Skip to main content

जीवन चलिरहन्छ - अनवरत !

यहि कार्तिक २३ गते अर्थात नोभेम्बर ८ तारिखका दिन म २७ वर्ष पूरा गरी जीवनको २८ औं वर्षमा प्रवेश गर्दैछु । यहाँसम्म आइपुग्ने क्रममा जीवनमा मैले अनेकौं तीतामीठा अनुभवहरू संगालेको पनि छु । ती अनुभवहरू सम्भवतः यहाँहरूका झैं पक्कै छैनन् । किन्तु, हाम्रा भोगाईहरूले हामी सबैलाई एउटै पाठ चाँहि सिकाएको हुनुपर्छ - जीवन जिउने कला ! मेरो विश्वास छ, जीवनको अविरल यात्रामा हामीले सामना गर्नुपर्ने कैयन कठिन चुनौतीहरूले हामीलाई जीवन के हो भनेर बुझ्नलाई अझ प्रेरित गरेका छन् । हामी सधैं सुखभोग मात्र गर्दैनौं, हाम्रा लागि दर्दहरूको पनि आफ्नै महत्व छन् । सायद जीवनमा दर्द, विवशता र लाचारीपन नहुँदा हुन त बाँच्नुको  पनि त महत्व नरहँदो हो । 
मैले आफ्नै जीवनलाई मिहीन पाराले बुझ्ने प्रयास गर्दै गर्दा के पाएको छु भने, जीवन सुन्दर छ र यसका थुप्रै अँध्यारा पाटाहरू पनि छन् । केहि मानिसहरू सधैं जीवनका उज्याला पाटाहरूलाई अङ्गाल्छन्, उनीहरू अँध्यारा पाटाहरू देख्तैदेख्दैनन् वा इन्कार गर्छन् । र, उनीहरू सधैं सुखी अनि खुशी हुन्छन् । खुशि यस अर्थमा कि अँध्यारोले जीवन छोपिरहेका बखत पनि उनीहरू परपर क्षितिजसम्म उज्यालाहरू पर्खिरहेका हुन्छन् । र यहाँ थुप्रै यस्ता मानिसहरू पनि छन् जो जीवनका उज्याला पलहरू बाँच्दै गर्दा खोतलखातल पारी अँध्याराहरू खोजिरहेछन्, फलतः उनीहरू सुखि हुन सकिरहेका छैन, जति उनीहरू हुनुपर्ने हो ! त्यसकारण, मानिसहरूले यो बुझ्नु जरूरी छ कि जीवन भनेको सुख र दुखको संगम हो । 
मलाई याद छ ती कठिन बाल्यकालहरू, जतिखेर राजनैतिक कामका शिलशिलामा पिताजी जिल्लाका विभिन्न गाउँहरूमा गइरहनुहुन्थ्यो (उसो त अझै उहाँ सक्रिय राजनीतिमा क्रियाशिल हुनुहुन्छ, प्रायः घरबाहिरनै हुनुपर्ने हुन्छ) र घरमा मेरी निरूपाय आमा म र मेरो बर्षौटे भाइको रेखदेखमा ब्यस्त हुनुपर्थ्यो । हामीलाई ख्वाउनु पिलाउनु, स्कृल पठाउनु वा गृहकार्य गराउनुका अलावा आमाले घरको सबै काम पनि गर्नुपर्थ्यो । वहाँ यन्त्रमानव झैं रातदिन काममा खटिरहनु हुन्थ्यो । मलाई मेरा पिताजीको तालदेख्दा त्यसैत्यसै रिस उठेर आउथ्यो । तथापी, न हामीले भनेर वहाँले राजनीति छाड्नुहुन्थ्यो न हामी वहाँले भनेर वहाँको ब्यस्त राजनैतिक रूटिनलाई स्वीकार गर्न सक्थ्यौं । अहिले अलि बुझ्ने भएपछि, तनावका बीचमा जीवनका बाल्यकालहरू गुज्रेर गए कि भन्ने लागेको छ । र, अहिले पनि यसो पछाडि पर्खेर हेर्दा मैले पाएको छु, जीवन त चलिनै रहँदो रहेछ आखिर !
एक, दुई, तीन गर्दै जीवनका खुड्किलाहरू चढ्दै आउँदा २८ औ‌ खुड्किलामा आइपुगेछु । म हिजोको जन्मोत्सवहरूमा झैं आज पनि झसङ्ग भएको छु - ओहो, कति चाँडो यत्रो उमेरको भएछु ? हिजो झैं लाग्छ, फुलबारीमा अम्चुर (आँप) झार्न हिडेको, साथीहरूसँग च्यान्टेको तालमा पौडिन गएको, बेलाबखत पाइने दुईचार दाम जम्मा पारेर बाग्लुङबजारको पुजा चलचित्र मन्दिरमा फिलिम हेर्न गएको, हाडेचक्कु र छुर्पी बनाएर बेचेको, पिताजीको पार्टी जिन्दावाद र मावलीहरूको पार्टी मुर्दावाद भन्दै नारा लगाएको । भावनामा बग्दैबग्दै जाँदा फेरि व्यवहारिक हुन करै लाग्ने, त्यसैले भन्न करै लाग्दछ मलाई - मैले जे जति बाँचेको छु, एकदम अर्थवान जीवन बाँच्ने प्रयास गरेको छु । इमान्दारीताका साथ भन्नुपर्छ, जानेर मैले आजपर्यन्त कसैलाई चोट पुर्याएको छैन । कसैलाई ढाँटेर फाइदा लिएको छैन । के मैले यो साँच्चीकै सार्थक जीवन बाँचेको हैन त ? आज प्रश्न गर्न मन लाग्यो, मलाई - आफैसँग ।
मेरा पछिल्ला केहि जन्मोत्सवहरू मनाउँदै आउँदा मलाई लागेको छ, अब म अझ अरू जिम्मेवार र परिपक्व हुनु जरूरी छ । म मेरालागि मात्र हैन, अरू धेरैका लागि बाँच्नु जरूरी छ । म आफ्ना लागि जति सहयोगी छु अरूहरूका लागि पनि मैले बराबर सहयोगी हुने प्रयत्न गर्नु जरूरी छ । एउटा वर्षगाँठ थियो जैले मैले कृति विमोचन गरेर मनाएँ, अर्को एउटा चाँहि अनलाइन काब्य गोष्ठी गरेर । र, यो वर्ष मैले विचार गरेको छु कि मेरो जन्मदिन अझ अरू सृजनात्मक तरिकाले मनाउने छु । पहिलो तरिका, विदेशमा रहेका मेरा सहपाठीहरूसँग आधा घण्टा विदेशमा आएर पढ्दाका चुनौती र अवसरहरुका बारेमा छलफल गर्ने र यूट्युब मार्फत त्यो छलफल संप्रेषण गर्ने । र, दोश्रो मेरा एक मित्र केपी अधिकारीले चाहेको बहिरा स्कृल निर्माणका लागि १०० यूरो सहयोग गर्ने । दोश्रो त म स्वयं आफैले एक्लै सम्पन्न गर्न सक्छु । तर पहिलो काम फत्ते गर्नका लागि मलाई मेरा साथीहरूको सहयोग आवश्यक छ । त्यसकारण यो इच्छुक मित्रहरूलाई यो फर्म भरी मलाई सहयोग गर्नुहुन सविनय अनुरोध गर्दछु ।

र, अन्त्यमा चर्चीत अंग्रेजी कवि रोबर्ट फ्रस्ट को यो भनाई पनि  -
 “In three words I can sum up everything I've learned about life: it goes on.” 


Comments

  1. ekdam ramro xa.....balykal ko sandharva alik badi nai lekheko vaye rochok hunthyo vanne lagxa !!

    ReplyDelete
  2. प्रतिक्रियाका लागि अभिषेकजी यहाँलार्इ धेरै धेरै धन्यवाद । कुनै दिन विस्तारमा बाल्यकालसम्बन्धी पनि संस्मरण लेख्ने नै छु । यसैगरी नियमित ब्लग हेर्ने र पृष्ठपोषण राखिदिनु होला ।

    ReplyDelete
  3. निराजन जि, धेरै धेरै धन्यवाद । तपाइको अभियान सफल वनोस । म मेरो ठाउ बाट सहयोगको प्रयत्न गरीरहने छु ।
    र सुदुर पश्रिममा बहिरा बिद्यालयकालागी यहाँको मात्रै नभै यहाँको तर्फबाट समेत सहयोगको अपेक्षा गरेको छु ।

    ReplyDelete

Post a Comment

प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।

लोकप्रिय पोष्टहरू

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

घर कहाँ हो दाजुको ?

अन्तिम पटक ह्वाट्स एपकलमा तेर्ह मिनेट कुराकानी भएको ठ्याक्कै तीन महिनापछि ह्वाट्स एपमा तिमीलाई मेरो पछिल्लो ब्लग पोष्टको लिंक साझा गरेथेँ, करिब तीन हप्तापछि आजै बुनेले मीठो टिप्पणीसहितको सन्देश प्रवाह गर्ने क्रममा अम्रिकाबाट सोधी पठायौ, "Dai, I have a question, where is home? Nepal or Finland?" सायदै बुने तिम्रो प्रश्न यत्तिमै मात्र सक्किन्थ्यो भनेपनि मैले सजिलै भनिदिन सक्थेँ होला जसरी हाम्रै म्याग्दीका लोकगायक खड्ग गर्बुजाले आफ्नो ' पिरती ' एल्बमको एक गीतमा सोध्दा प्रश्न, "घर कहाँ हो मायालु?" कति सजिलै जवाफ दिएथीन् गायिकाले, "हिमालको काखैमा ।" तर तिम्रो प्रश्नमा जवाफ मात्र दिएर पुग्थेन्, त्यसले अन्तःस्करणको भाव पनि जान्न चाहन्थ्यो किनकी त्यसमा तिमीले थपेर पठाएथ्यौ - "What is your feeling since you've lived so many years in Finland?" म फिनल्याण्ड टेकेको वर्षदिन पनि त पुगेको थिएन् जतिबेला सन् २०१३ को हिउँदमा फिनल्याण्डमा मलाई पहिलो कामका लागि भनसुन गर्दिनुभएका दाजु राजन सुवेदीले, तिम्रो जत्तिकै गम्भीर त होईन् तर सिधा प्रश्न गर्नु भएथ्...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...

खाल्डोमा गाडी, जेलमा साथीः एक आत्मसंवाद

सधैं पुगिरहेको गन्तव्य थियो । गन्तव्यमा गुगल म्याप्सले सिफारीश गरेको बाटो भएर जाँदा मैले हठात गाडी मोड्नुपर्ने अवस्था बन्यो । हतपत गाडीलाई पार्किङमा छिर्ने बाटोतिर छिराउँदा, मैले हाँकेको गाडीको भाग त्यस बाटोको छेउमा कम, बाटोको छेउतिरको खाल्डोमा बढी पर्न जाँदा पछाडिको एउटा पाङ्ग्रोले भुँइ छाडेको विचित्रको स्थितिमा पुग्यो । यो आजैको घटना हो, केहि घण्टा अगाडिको । मलाई कुनै चोटपटक लागेन । गाडीमा विशेष क्षति पनि भएन । तर गाडीलाई त्यस विचित्रको स्थितीबाट बाहिर ननिकाल्दासम्मको मेरो जीवनको त्यो पूरा १ घण्टा १५ मिनेटले मलाई केहि विशेष ज्ञान भने अवश्य दिलायो ।  म जुन विचित्रको स्थितीबाट गुज्रिएर अहिले यो ब्लगपोष्ट लेख्तैछु, सम्झनामा मेरा केहि चिनजानका र केहि घनिष्ट मित्रहरूको तस्बीर एकतमास मेरो दिमागमा घुमिरहेको छ जो केहि समय अगाडिदेखि सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । के ति मेरा साथीहरूले पनि यस वयमा जुन स्थितिको सामना गरिरहेका छन् त्यसका बारे दैनिकी लेख्दै होलान् ? थाहा छैन्, कसले कहिलेदेखि सहकारीमा जम्मा हुन आएको बचतकर्ताको रकमलाई मनोमानी तवरले आफ्नो नीजि लाभको लागि प्रयोग...

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।           दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...