Skip to main content

Posts

नारीहरूलाई केहि पुरूष प्रश्नहरू

नारी दिवसका दिन इरानी महिलाहरू फोटोः गुगल आज दिनभरजसो देशका सडकहरूमा नारी आवाज एकसाथ घन्केका थिए होला । गगनभेदी नाराहरू, सडकभर नारीहरू र हातमा थुप्रै प्लेकार्डहरू यस्तै हुनुपर्छ आज दिनभरको बस्तुस्थिती । कतिपय नारी उत्थानका लागि भनि खोलिएका संघसंस्थाहरूले त विशेष रकम खर्च गरेर विशेष खालकै कार्यक्रमहरू पनि गरे होलान । नगरून पनि किन ? आखिर वर्षमा एकपटक आउने विशेष दिन जो पर्यो । र, सायद यतिखेर त नेपालका सडकहरू शुन्य पनि भैसके होलान् । सडकमा पुगेर नारी अधिकारका बारेमा चर्का चर्का नारा लगाएर घर फर्केका आमा, दिदीबैनी, भाउजु, फुपु र श्रीमतीहरू थकित थकित र चकित चकित भएर निदाई सके पनि होलान । तथापि मेरो मनोकामना ननिदाओस् उनीहरूको नारी उन्मुक्तिको अभिलाषा, नथाकोस् पुरूष बराबर महिलाहरू पनि हुन भन्ने उनीहरूको चेतना भन्ने नै हो । एउटी नारी आमा पनि हुन् र जीवन संगिनी पनि । यस अर्थमा मैले लेख्नुपर्छ नारी दिवसको पावन घडिमा मेरी आमा सडक सम्म पुगिन होला र मेरी श्रीमतीले पनि सायद नारी अधिकार, नारीको स्वाभिमानप्रतिको सम्मान र पुरूष बराबरको हकहित र सामाजिक सम्मानको ग्यारेन्टीका प्लेकार्डहरू बोकिन होला । ...

हत्तेरि एकछिन पर्खनुस न !

युवा स्वयंसेवकका रुपमा नर्वे आएपछि मैले धेरै कुराहरु सिक्ने मौका पाएको छु । बाटोमा हिड्दा होस या कुनै सभामा सहभागी हुँदा, चाहे पसलमा सामान किन्न जाँदा होस या बसमा चढ्दा । प्रत्येक पल्ट नयाँ कुराहरु अनुभव गर्ने अवसरहरु मिल्दै आएको छ, मलाई । त्यसैले, आफूले अनुभूत गरेका दुईचार कुराहरुलाई यस  ब्लग मार्फत बाड्न मात्र खोजेको हुँ । मलाई अचम्म लागिरहेको छ, मान्छेको संस्कार भन्ने कुरो । यो हत्तपत्त त्यसै नभूलिने विषय रहेछ । हरेकपल्टक कुनै पनि कार्यसम्पादन गर्दा मैले अनुभूत गरेका थुप्रै त्यस्ता अनुभूतीहरु छन् मसँग जसमा सगैँ मैले मेरो समाजमा सिकेको संस्कार जोडिएर आउँछ । अनि जब गल्ती महशुस हुन्छ म भुतुक्कै हुन्छु । तत्काल त्यो गल्तीलाई म सच्याउने प्रयत्न गर्दछु । र, प्रतिज्ञा पनि कि त्यही गल्ती म पटक पटक दोहोर्याउने छैन । तर ती त्यसरी नै त्यही रुपमा घटिरहेकै हुन्छन । सायद यसैले नै होला हामी नेपालीहरुले धेरै पहिले देखी भन्दै आएको, नानीदेखि लागेको बानी सिस्नोपानी लाउँदा नी नजानी । नर्वे आएको पहिलो हप्ता चल्दै थियो । रुवान्डा, सुडान र नेपालबाट आएकी युवा स्वयंसेवक प्रजु गुरुङ गरी हामी ...

बुझ्नै नसकिने दूर्बोध्य पत्रकारहरू

सबैभन्दा दुर्बोध्य विशेषता बोकेका मानिसहरू कुन पेशामा हुन्छन् भनेर कसैले मलार्इ प्रश्न गर्यो भने मेरो जवाफ हुनेछ, पत्रकारिता ! जुन वयदेखि म यो पेशासँगको सानिन्ध्यताबाटै गुज्रिएर आउने मौका पाएको छु, त्यतिञ्जेलदेखि मैले बुझ्नै नसकेका मानिसहरू भेला हुने ठाउँ भनेकै सञ्चार गृह हो । खासगरि यहाँ मैले यस्ता मान्छे भेटेको छु, जसको नजरमा आज एउटा कुरा अति सत्य हुन्छ, र त्यही विषय वा प्रसङ्ग भोली अत्यन्तै असत्य बन्न सक्दछ । यो यस्तो चौरस्ता हो जहाँ विषयको विश्लेषण गर्न सक्ने कसिलो क्षमता भएका मानिसहरू भेला हुन्छन् र आफ्ना स्वार्थ अनुकुलका विश्लेषणमा रमाउँछन् । अरूलार्इ पनि उसै अनुकुलको बुझार्इका लागि उत्प्रेरित गर्दछन् । यो पेशासँग आबद्द ब्यक्तिहरूबीच सर्वाधिक प्रतिस्पर्धा हुन्छ । एकले अर्काको प्रगति देख्न वा स्वीकार्नै नसक्ने खतरनाक प्रवृती यसमा संलग्न ब्यक्तिहरूमा नै हुन्छ । सिधा अर्थमा भन्दा, जसरी हुन्छ एक भन्दा अर्को विशेष देखिनै पर्ने वा 'आफ्नो सहकर्मीभन्दा उच्चकोटीको पत्रकार मै हुँ भन्ने' वातावरण तयार पार्न उल्टो, सुल्टो, थ्याप्चो वा च्याप्टो जस्तो सुकै काम गर्न पनि कसर नराख्ने भयानक...

केहि हाइकुहरू

असफल प्रेमी .... १. किन तिमीले नबुझेको पिरती दिएको मैले ? नटुटेको गल्ती .... २. छाड्ने कसम जति गरेनी चल्छ हस्तमैथुन ! कस्तो माग ? ३. ‎'गाँजा चाहियो' माग राख्छ छोराले शिबरात्रीमा ......! आधार ४. ज्यूने आधार जिन्दगीभरलार्इ तिम्रो अंगालो .....! ‌

नबिर्स फ्रान्सेली राज्य क्रान्ति !

झापड खाए पनि जे खाए पनि राजनैतिक दलका बज्रस्वाँठ नेताहरूमा कहिल्यै चेत पलाएन । देश र जनताको लागि भन्दै फलाक्दै हिड्ने तथापि आफू र आफ्ना आसेपासेहरूका बारेमा बाहेक अरूका पक्षमा केहि सोच्न नसक्ने र्इ हराम नेताहरूलार्इ अब गोली हानेर मार्नु बाहेक अर्को केहि बिकल्प छैन । यिनले राम्ररी बुझेका छन् कुनै पनि किसिमको निरंकुशता र स्वेच्छाचारी शासन ब्यवस्था विश्वमा कहि पनि टिकेन र टिक्ने पनि छैन । तर, यिनले यो किन बुझ पचार्इरहेका छन् ? बिषय अत्यन्तै गम्भीर छ ! नेपालकै इतिहासलार्इ फर्केर हेर्ने हो भने, हामी यस्ता थुप्रै उदाहरणहरू पाउँछौ । शस्त्रअस्त्रादी र पैसाको शक्ति हुँदा हुँदै पनि १०४ वर्ष पछि राणाहरूको निरंकुशता र स्वेच्छाचारी शासन किन निर्मुल भयो ? उत्तिकै धेरै समर्थन र शक्ति प्राप्त पञ्चायति ब्यवस्था किन नामेट भयो ? किन २४० वर्षे राजतन्त्रको अन्त्य भयो ? यसलार्इ दलका नेताहरूले गम्भीरता पूर्वक विश्लेषण गर्नु आवश्यक छ । सयौं बर्ष पहिलेदेखि हाम्रा पुर्खाहरूले साँचेको आफ्ना लागि आफैले निर्क्यौल गर्न पाउने शासन ब्यवस्थाको सपनालार्इ पूरा गर्ने सुनौलो अवसर प्राप्त गर्दा पनि हामी किन यसरी अल्मलिरहेका...

बाल सैन्य भर्ना बन्द गर !

सिरिया-लियोनमा भेटिएका एक बाल सैन्य फोटोः गुगल आमा बजार गएर आउँदाको दिन एक पोका पाउरोटी नलिइकन आउँदा म आमासँग २ दिनसम्म घुर्कि लाएर नबोलीकन बस्थेँ । मलार्इ अझै याद छ, बाबाले चाइनिज फाउन्टेन कलम ल्याइदिन्छु भनि बिर्सेर नल्याइकन आउँदाका दिन म उहाँसँग झगडा गरेको थियो । भार्इलार्इ अलिकति बढी माया गरेको जस्तो लाग्यो भने म पस्केको खाना छाडेर उठ्थेँ । र, मलार्इ राम्ररी याद छ- स्कुलबाट एक बजे छुट्टीको बेला मामाघर जाँदा बोर्इले भातसँग खाने दुधको तर (कतै कतै मलाइ पनि भन्छन् सायद) नराखिदिदा, हजुर मेरो बोर्इ नै हैन भनि ३/४ दिनसम्म बोर्इको घरमा पस्दा पनि पस्ने थिइँन । अर्थात म सानो छँदा मेरो बाल्यकाल थियो । म सँग सुरक्षित थियो- मेरो बाल्यकाल ! म रूँदा फकाउने मेरा बाबाआमा र आफन्तहरू थिए । खेल्नलार्इ साथीहरू थिए । साथीहरूसँग खेलेको र बनभोज गएको मैले कसरी बिर्सन सक्छु ? मेरो छुट्टै संसार थियो । प्रायःजसो खुशीले भरिपूर्ण थियो, मेरो बाल्यकाल !

प्रधानमन्त्री चुनाब र मेरो स्किङ

यो फोटो म १९ औं पटक थचारिँदाको हो । फोटोः हन्ना होभ्दे बार्इ हिजो जीवनमा पहिलो पटक स्कीको अनुभव लिएँ । टि.भी स्क्रिनमा स्कीका खेलाडीहरूले स्की गरेको देख्दा सारै आहरिश लाग्ने गर्थ्यो । तिनले जस्तै गर्न पाए हुन्थ्यो नी भन्ने लागिरहन्थ्यो । तर हिजो स्की गर्न गए पछि थाहा लाग्यो । यो काम त्यति सजिलो भने रहिन्छ । स्की बोर्डमा जुत्ता फिट गरेर हिड्न के थालेको थिएँ, लडि हाले । तैपनि सम्पर्क ब्यक्ति हन्नाको प्रेरणाबाट जसो तसो स्की बोर्ड लगाएर हिड्न भने सिकेँ त्यो पनि दशौं पटक लडेर मात्र । लड्यो अनि उठ्यो । उठ्यो, थोरै हिड्न थाल्यो अनि फेरि थचक्कै ! भगवान कसम, नेपालको प्रधानमन्त्रीको चुनावभन्दा पनि बढी पटक लडेँ म । आखिरीमा, नेपालको प्रधानमन्त्रीको चुनाव १७ औ पटकमा सफलतापूर्वक सम्पन्न भए जस्तै मैले पनि ५० औं पटक लड्दै, उठ्दै गरेपछि केहि छोटो दुरी सम्म स्किङ् गर्न सफल भएँ । अर्को हप्ता अलि बढि लामो दुरी तय गर्न सक्छु भन्ने लागेको छ । हेरम के हुन्छ । मैले विश्वास गर्छु, प्रसिद्द अमेरिकी कवि राल्फ वाल्डो इमर्शन  को भनार्इमा, “ Our greatest glory is not in never falling, but in rising up ever...