Skip to main content

बाल सैन्य भर्ना बन्द गर !


सिरिया-लियोनमा भेटिएका एक बाल सैन्य फोटोः गुगल
आमा बजार गएर आउँदाको दिन एक पोका पाउरोटी नलिइकन आउँदा म आमासँग २ दिनसम्म घुर्कि लाएर नबोलीकन बस्थेँ । मलार्इ अझै याद छ, बाबाले चाइनिज फाउन्टेन कलम ल्याइदिन्छु भनि बिर्सेर नल्याइकन आउँदाका दिन म उहाँसँग झगडा गरेको थियो । भार्इलार्इ अलिकति बढी माया गरेको जस्तो लाग्यो भने म पस्केको खाना छाडेर उठ्थेँ । र, मलार्इ राम्ररी याद छ- स्कुलबाट एक बजे छुट्टीको बेला मामाघर जाँदा बोर्इले भातसँग खाने दुधको तर (कतै कतै मलाइ पनि भन्छन् सायद) नराखिदिदा, हजुर मेरो बोर्इ नै हैन भनि ३/४ दिनसम्म बोर्इको घरमा पस्दा पनि पस्ने थिइँन । अर्थात म सानो छँदा मेरो बाल्यकाल थियो । म सँग सुरक्षित थियो- मेरो बाल्यकाल ! म रूँदा फकाउने मेरा बाबाआमा र आफन्तहरू थिए । खेल्नलार्इ साथीहरू थिए । साथीहरूसँग खेलेको र बनभोज गएको मैले कसरी बिर्सन सक्छु ? मेरो छुट्टै संसार थियो । प्रायःजसो खुशीले भरिपूर्ण थियो, मेरो बाल्यकाल !
माओवादी युद्दकालमा एक बालसैन्य । फोटोः Flickr
मेरो बाल्यकालको समय बित्यो, म अहिले युवा छु । २४ वटा हिउँद पार गरिसकेँ, २५ मा चल्दैछु । आज नौ वर्षका बालबालिकाहरू बन्दुक बोकेर युद्दमा लड्दै छन रे भन्ने तथ्य थाहा पाउँदा मलार्इ दुःख लाग्छ । मेरो मन पोल्छ । म कल्पना पनि गर्न सक्दिन, एउटा नौ/दश वर्षे बालक बन्दुक समातेर रणभूमीमा गोली चलार्इरहेको क्षण । तथापि यो वास्तविकतालार्इ हामी कसैले पनि नकार्न सक्दैनौं । विश्वभर ३ लाख भन्दा बढी बालबालिकाहरू युद्दमैदानमा उतारिएको कुरूप चित्रलार्इ विभिन्न अध्ययन अनुसन्धानले प्रकाशमा ल्याइसकेका छन् । बालबालिकाहरूलार्इ सहज रूपमा फकाउन वा धम्काउन सकिने भएकाले प्रायःजसो भूमिगत संगठनहरूले बालबालिकाहरूलार्इ युद्दमा प्रयोग गर्दै आएका छन् । ति बालबालिकाहरूलार्इ खुशिको अर्थ थाहा छैन, थाहा छ त केबल कसरी बन्दुक चलाउने र हत्या गर्ने ! अध्ययन कार्यमा सरिक भै आफ्नो सुन्दर भविष्यको मार्गचित्र कोर्नु पर्ने समयमा बन्दुकधारी समूहहरूले बालबालिकाहरूलार्इ नारकिय जीवन जिउन बाध्य तुल्याएका छन् । ती बालबालिकाहरूलार्इ बाल्यकालको खास अर्थ थाहा छैन् । तपाइँ कल्पना गर्नुस त, यदि त्यो ठाउँमा तपाइँ हाम्रा साना भाइबैनीहरू हुन्थे भने हामीलार्इ कति नरमाइलो लाग्थ्यो होला ?
युद्दमा प्रयोग गरिने बालिकाहरूको अवस्था अझ कहालिलाग्दो भएको विभिन्न अनुसन्धानहरूले पुष्टी गरेका छन् । बालिकाहरूलार्इ युद्दमा सैनिकको मात्र भूमिका नदिइ, जबरजस्ती करणी वा बिबाहका लागि बाध्य पारिन्छ । उनीहरूको काम ती युद्द समूहका नाइकेहरूको यौन प्यास मेटाउने मात्र नभर्इ खाना पकाउने र ख्वाउने पनि हुन्छ । र, विभिन्न तथ्यहरूले यो पनि देखाउँछ कि कुल बालसैन्यहरूको संख्या मध्ये ४० प्रतिशत संख्या बालिकाहरूको छ । त्यसैले, समयमै हामी सबै सचेत हुनु आवश्यक छ । युद्दमा हुँदै आएको बालबालिकाहरूको प्रयोगका बिरूद्द एक भएर उभ्भिनु हामी सबै सचेत मानिसहरूको जिम्मेवारी हो । आउनुस्, हामी सबैले आफ्नो ठाउँबाट गर्न सकिने सहयोगका लागि साझा संकल्प गरौं ।
बालसैन्य भर्ना बिरूद्दको अभियानमा सहभागि हुनका लागि यहाँले तलका दुर्इ विकल्पहरू रोज्न सक्नुहुने पनि सहर्ष जानकारी गराउँछु ।
१) फेब्रुअरी १२ अर्थात रेड ह्यान्ड डे दिन सम्मका लागि यहाँको फेसबुक, ट्विटर वा माइस्पेस जस्ता सामाजिक सञ्जालहरूको प्रोफाइल तस्बीरमा रेड ह्यान्ड तस्बीर राखेको । यहाँहरूको सहजताका लागि एउटा तस्बीर तल राखिएको छ ।
२) फेसबुकमा तयार पारिएको एक अनलाइन कार्यक्रम मा सहभागि भर्इ, आफ्ना साथीहरूलार्इ पनि प्रोफाइल तस्बीर परिवर्तन गर्न अनुरोध गरेर ।
हामीले त आफ्नो बाल्यकाल हाँसी खुशी बितायौं, अब हाम्रो जिम्मेवारी भनेको हाम्रा भार्इबैनीहरूको बाल्यकाल हाम्रो भन्दा पनि उच्चस्तरले बितोस भनि सृजनात्मक काम गर्नु नै हो ।
आउनुस् बाल शैन्य भर्ना बिरूद्द एक भएर उभ्भियौ‌ ।




Comments

Popular posts from this blog

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...