Skip to main content

नारीहरूलाई केहि पुरूष प्रश्नहरू

नारी दिवसका दिन इरानी महिलाहरू फोटोः गुगल

आज दिनभरजसो देशका सडकहरूमा नारी आवाज एकसाथ घन्केका थिए होला । गगनभेदी नाराहरू, सडकभर नारीहरू र हातमा थुप्रै प्लेकार्डहरू यस्तै हुनुपर्छ आज दिनभरको बस्तुस्थिती । कतिपय नारी उत्थानका लागि भनि खोलिएका संघसंस्थाहरूले त विशेष रकम खर्च गरेर विशेष खालकै कार्यक्रमहरू पनि गरे होलान । नगरून पनि किन ? आखिर वर्षमा एकपटक आउने विशेष दिन जो पर्यो । र, सायद यतिखेर त नेपालका सडकहरू शुन्य पनि भैसके होलान् । सडकमा पुगेर नारी अधिकारका बारेमा चर्का चर्का नारा लगाएर घर फर्केका आमा, दिदीबैनी, भाउजु, फुपु र श्रीमतीहरू थकित थकित र चकित चकित भएर निदाई सके पनि होलान । तथापि मेरो मनोकामना ननिदाओस् उनीहरूको नारी उन्मुक्तिको अभिलाषा, नथाकोस् पुरूष बराबर महिलाहरू पनि हुन भन्ने उनीहरूको चेतना भन्ने नै हो ।


एउटी नारी आमा पनि हुन् र जीवन संगिनी पनि । यस अर्थमा मैले लेख्नुपर्छ नारी दिवसको पावन घडिमा मेरी आमा सडक सम्म पुगिन होला र मेरी श्रीमतीले पनि सायद नारी अधिकार, नारीको स्वाभिमानप्रतिको सम्मान र पुरूष बराबरको हकहित र सामाजिक सम्मानको ग्यारेन्टीका प्लेकार्डहरू बोकिन होला । दिनभर कार्यक्रममा ब्यस्त भएको हुनुपर्छ मेरा आमा र श्रीमती । यसो गरिरहँदा उनीहरूको चेतनाले बर्षौदेखि समाजमा ब्याप्त नारीका बिरूद्द नारीबाटै हुने विविध अवरोध, झालझेल र कुसंस्कृत धारणाहरूमा परिवर्तनका लागि हामीबाटै पहलकदमी लिनुपर्छ भन्ने दिव्य चेतना आयो होला या छैन । मलाई आश्चर्य लागिरहेछ !


जति नै धेरै नारी उन्मुक्तिका नाराहरू लगाए पनि, पुरूष बराबरको हकहितका लागि सडकसम्म ओर्ले पनि जबसम्म एउटी आमाले आफ्नो छोरा भन्दा छोरीको उपस्थितीलाई  बढ्ता महत्व दिन्ने, जहिले सम्म एउटी सासुले आफ्नी बुहारीप्रति छोरीको र बुहारीले सासुलाई  आफ्नी आमा बराबरको माया, सम्मान र सदभाव राख्न सक्दिने तबसम्म नारी उन्मुक्तिका लागि गरिने पहलहरू सार्थक हुन सक्दैन । तसर्थः यस घडिमा हामीले एउटी नारी पछि पर्नुको खास र महत्वपूर्ण कारण अर्की नारी भएको सन्दर्भलाई  बिर्सनु हुँदैन । सत्य कुरा लेख्दा धेरैलाई  नमीठो लाग्न सक्छ । तर जति नै नमीठो भए पनि सत्यलाई  स्वीकार गर्नु सबैको कर्तब्य हुन आउँछ ।


नारी उन्मुक्तिको विषय उठाउँदा बित्तिकै सबभन्दा पहिले एउटी नारीका विषयमा अर्की नारीले सोच्ने बिषयलाई  प्राथमिकताकासाथ हेर्नु पर्ने हुन्छ । एक नारीले अर्को नारीका विषयमा सोच्ने सोचाई मा परिवर्तन ल्याउन सकियो भने मात्र मान्न सकिन्छ कि अब साँच्चिकै नारी उन्मुक्तिको अभियानले ठिक गति पक्डिन सकेको छ । हामीले एकपटक हाम्रो सोच कस्तो छ भनेर पुनरावलोकन गर्नु अपरिहार्य छ । जस्तो कि सडकमा एउटी युवती स्कर्ट लगाएर हिडेको देखियो भने सबभन्दा पहिला अधबैशें नारीहरू नै जिब्रो टोक्न पुग्छन् । र, टिप्पणी गरिहाल्छन् – 'छिः कस्ती बेशुली रैछे मोरी ! कसकी छोरी होली ? मेरी छोरी यस्तरी हिड्थी भने त त्यसका जगल्टा गोड्दिन्थेँ !' अब यस्ता सोचबाट गुज्रिएका बग्रेल्ती महिलाहरूको बिचबाट नारी उन्मुक्तिका कुराहरू उठ्दा खेरी ती हाँस्यास्पद लाग्दैन त ? हाम्रो यस्तो समाज छ, जहाँ एउटी नारीले आफूलाई  सजिलो लाग्ने पहिरन लगाउनका लागि मात्र सयौपल्ट सोच्नु पर्छ । टिप्पणी सुन्नुपर्छ । छोराले रफ पंक पोशाक लगाएको प्रति कसैले प्रश्न उठाउँदा जबाफ दिन्छन् आमाहरू – खै, भनेको हो मान्देन् ! तैपनि के भयो र ? छोरो हो लाउँछ त के भयो ? छोरीले पो लोकलाज ख्याल गर्नु पर्यो ! अनि मलाई प्रश्न गर्न मन लाग्छ, किन एउटी आमाले आफ्नी छोरीलाई  सहज हुने पहिरन लगाउने वातावरण निर्माण गर्ने साहस गर्न सक्दिनन् ? जवाफ स्वभाविक हुन सक्छ - सामाजिक मूल्य मान्यताको ख्याल गर्नु पर्ने हुन्छ, र एउटी आमाले आफ्नी छोरीलाई  सामाजिक मूल्य मान्यताका बारेमा शिक्षित बनाउनु उसको कर्तब्य हुन्छ । उसोभए सामाजिक मूल्य मान्यताका नाममा नारीहरूलाई  लगाइएका कठोर अनुशासनका साङ्लोबाट आफ्नी छोरीको मुक्तिको लागि आमाले कुनै भूमिका नखेल्ने त ? सोच्ने बेला आएको छ ।


घरका नियमित कामहरूमा परम्पराका नाममा किन छोरीहरूलाई  मात्र जिम्मेवार बनाउन चाहन्छन् आमाहरू ? छिमेकीले आफ्नी छोरीले खाना पकाउन नजानेको कुरा बताउँदा, ओठ लेप्राउँदै 'छोरी भएर पनि खाना पकाउन नआउने ! किन नसिकाएको नी ?' भनि टिप्पणी नगर्ने वातावरण कहिले बन्ला ? आफ्ना छोरीलाई  आत्मनिर्भर हुनका लागि कहिलेदेखि प्रेरित गर्लान हाम्रा आमाहरू ? आफ्नो पहिलो सन्तान जे भए पनि राम्रै होस्, स्वस्थ होस् भन्ने सोच कहिले आउँला हाम्रा गर्भवतीहरूमा ? कहिले अन्त्य होला छोरा जन्माउने अपेक्षामा गणेशपुराण लगाउने हाम्रो परम्परा ? बुहारी पनि छोरी नै हुन भन्ने सोच कहिलेदेखि संस्थागत होला हाम्रो समाजमा ?


तसर्थः हामीहरूले जहिलेदेखि हाम्रा गलत अभ्यासहरू हटाउनका लागि आफूले नै कम्मर कस्न थाल्छौं, त्यो दिनदेखि बल्ल हामी निश्चिन्त रहन सक्छौं, कि आउने दिनहरूमा हाम्रा छोरीहरूले पनि छोराहरूले जस्तै आफ्नो भविष्य निर्माणको मुक्त आकाशमा पखेटा फट्फटाउने छन । हामीले बिर्सन नहुने कुरा के हो भने, बोलाई  र गराईमा जहिलेसम्म हामीले सामञ्जस्यता कायम गर्न सक्दैनौं त्यहिले सम्म हाम्रा सबै योजनाहरू मीठा र आकर्षक सपनाहरू बाहेक केहि होइनन् ! जय नारी दिवस !

Comments

लोकप्रिय पोष्टहरू

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

घर कहाँ हो दाजुको ?

अन्तिम पटक ह्वाट्स एपकलमा तेर्ह मिनेट कुराकानी भएको ठ्याक्कै तीन महिनापछि ह्वाट्स एपमा तिमीलाई मेरो पछिल्लो ब्लग पोष्टको लिंक साझा गरेथेँ, करिब तीन हप्तापछि आजै बुनेले मीठो टिप्पणीसहितको सन्देश प्रवाह गर्ने क्रममा अम्रिकाबाट सोधी पठायौ, "Dai, I have a question, where is home? Nepal or Finland?" सायदै बुने तिम्रो प्रश्न यत्तिमै मात्र सक्किन्थ्यो भनेपनि मैले सजिलै भनिदिन सक्थेँ होला जसरी हाम्रै म्याग्दीका लोकगायक खड्ग गर्बुजाले आफ्नो ' पिरती ' एल्बमको एक गीतमा सोध्दा प्रश्न, "घर कहाँ हो मायालु?" कति सजिलै जवाफ दिएथीन् गायिकाले, "हिमालको काखैमा ।" तर तिम्रो प्रश्नमा जवाफ मात्र दिएर पुग्थेन्, त्यसले अन्तःस्करणको भाव पनि जान्न चाहन्थ्यो किनकी त्यसमा तिमीले थपेर पठाएथ्यौ - "What is your feeling since you've lived so many years in Finland?" म फिनल्याण्ड टेकेको वर्षदिन पनि त पुगेको थिएन् जतिबेला सन् २०१३ को हिउँदमा फिनल्याण्डमा मलाई पहिलो कामका लागि भनसुन गर्दिनुभएका दाजु राजन सुवेदीले, तिम्रो जत्तिकै गम्भीर त होईन् तर सिधा प्रश्न गर्नु भएथ्...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइको मुड्की

मेरो बाल्यकाल लगभग बोईसँगै बित्यो । त्यो चकचक गर्ने समय भएकाले मेरो चकचकसँग बोईलाई बेलाबेलामा झिझो लाग्नु स्वभाविक नै थियो । त्यसैले मैले अति नै अटेर गरेपछि बोईले मलाई भन्नुहुन्थ्यो -  "अहिले गाडूँला मुड्की (मुड्कीले हान्छु) ।" तर अहँ कहिल्यै पनि एक झापड खानुपरेन । मुड्की नै खानु नपरेपछि मेरो चकचक थामिने कुरै थिएन, त्यसैले बोईले पनि मुड्की गाडूँला भन्न छाड्नुभएन अनि मैले चकचक गर्न । मेरी बोईले यस धरा छोडेको पनि यहि हिउँदमा बर्षदिन पुग्दैछ, तर बोईले भन्ने गरेको "अहिले गाडूँला मुड्की" मेरो मनमा गडिरहेको छ, अनि यसो सोच्छु, दुईचार पटक बोईले साँच्चिकै मुड्की गाड्नुभएको भए, मेरा चकचक उहिले पहिले नै खत्तम हुन्थे कि ?  तर खासमा चकचक भन्ने जिनिस त्यत्तिकै खत्तम भएर गैहाल्ने कुरो हैन रहेछ । न त यो उमेर बढ्दै गएपछि आफै घट्दै र पछि निस्तेज नै हुने रहेछ । यसले खासमा उमेर बढ्दै गएर केश पाक्दै गएपनि आफ्नो स्वरूपमा अलिकति फेरिदै तरह तरहका रूपमा प्रकट हुँदै पो जाँदो रहेछ कि ? भन्ने निचोडमा पुगेको छु । यस्तै केहि केश पाक्नै थालेका मान्छेहरूको चकचक कोरोनको त्रास बढ्दै गएपछि अलिकति भि...

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।           दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...