Skip to main content

नबिर्स फ्रान्सेली राज्य क्रान्ति !

झापड खाए पनि जे खाए पनि राजनैतिक दलका बज्रस्वाँठ नेताहरूमा कहिल्यै चेत पलाएन । देश र जनताको लागि भन्दै फलाक्दै हिड्ने तथापि आफू र आफ्ना आसेपासेहरूका बारेमा बाहेक अरूका पक्षमा केहि सोच्न नसक्ने र्इ हराम नेताहरूलार्इ अब गोली हानेर मार्नु बाहेक अर्को केहि बिकल्प छैन । यिनले राम्ररी बुझेका छन् कुनै पनि किसिमको निरंकुशता र स्वेच्छाचारी शासन ब्यवस्था विश्वमा कहि पनि टिकेन र टिक्ने पनि छैन । तर, यिनले यो किन बुझ पचार्इरहेका छन् ? बिषय अत्यन्तै गम्भीर छ !
नेपालकै इतिहासलार्इ फर्केर हेर्ने हो भने, हामी यस्ता थुप्रै उदाहरणहरू पाउँछौ । शस्त्रअस्त्रादी र पैसाको शक्ति हुँदा हुँदै पनि १०४ वर्ष पछि राणाहरूको निरंकुशता र स्वेच्छाचारी शासन किन निर्मुल भयो ? उत्तिकै धेरै समर्थन र शक्ति प्राप्त पञ्चायति ब्यवस्था किन नामेट भयो ? किन २४० वर्षे राजतन्त्रको अन्त्य भयो ? यसलार्इ दलका नेताहरूले गम्भीरता पूर्वक विश्लेषण गर्नु आवश्यक छ ।
सयौं बर्ष पहिलेदेखि हाम्रा पुर्खाहरूले साँचेको आफ्ना लागि आफैले निर्क्यौल गर्न पाउने शासन ब्यवस्थाको सपनालार्इ पूरा गर्ने सुनौलो अवसर प्राप्त गर्दा पनि हामी किन यसरी अल्मलिरहेका छौं ? किन हाम्रा नेताहरूमा आफ्ना काँधमा आएको जिम्मेवारी पूरा गर्ने उत्कट चाहना भएन् ? के जनआन्दोलनका नाममा दशौं नेपालीहरूको शहादता, जनयुद्दका नाममा हजारौं नेपालीहरूको बलिदानी नेताहरूलार्इ सत्तामा पुर्याउने भर्याङ् बाहेक अर्थोक केहि होर्इन त ? यसरी नेताहरूले आफ्ना जनताहरूको मौनतालार्इ कहिलेसम्म आफ्ना गल्तीहरूको समर्थन हो भनेर भ्रममा परिराख्ने हुन ? मलार्इ आश्चर्य लाग्छ, विश्व राजनैतिक परिवेशमा भैरहेको परिवर्तनलार्इ किन बुझ्ने प्रयास गर्दैनन् नेताहरू ? दशकौं देखि इजिप्शियन राजनीतिमा हालिमुहाली गरिरहेका सर्वशक्तिमान इजिप्सियन राष्ट्रपति मुबारकले किन जनताको सामु घुँडा टेक्न पुगे ? यि तथ्यहरूको सहि समयमा विश्लेषण गरि उचित शिक्षा लिनु आवश्यक छ, नेपाली नेताहरूले !
बिष्णुका अवतार मानिने, आफ्नो प्राण भन्दा प्यारो ठानिने नेपाली जनताहरूले आफ्नो एकताका प्रतिक मानिदै आएका राजालार्इ सत्ता च्युत गर्न पछि परेनन्, तिमी मुला नेताहरू भनेका त हिजोका चल्लाहरू नै हौं नी गाँठे ! कुरा यहि हो बुझे भैगयो । नत्र, भोली जनताले गर्नेछन् तिम्रा एकएक हिसाब ! सम्झ, फ्रान्सेली राज्यक्रान्ति जहाँ बिचसडकमा जनताले काटेका थिए- आफ्नो राजाको टाउको !
कृपया यसलार्इ फेसबुकमा बाँडिदिनुहोला, अब त अत्ति भयो !

Comments

Popular posts from this blog

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।           दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

घामको आरती पनि घण्टी बजाएरै हुन्छ

पछिल्लो पल्ट ब्लगपोष्ट सार्वजनिक गरेपछि ब्लगै नलेखी बसेको पनि तीन महिना बितिसकेछ । एउटै काममा स्थिरतापूर्वक लागिरहने बानी कहिल्यै परेन मेरो ! यस्तो बेला म मेरा एक मित्रलाई बेस्सरी याद गर्छु । कतिपय ब्लगपोष्टमा उनको नाम मैले उल्लेख गर्दै आएको छु, उनी प्रत्येक पल्ट त्यसमा असहमत हुँदै भन्छ्न् - "ह्या बुढो मान्छे! मेरो नाम आफ्ना पोष्टहरूमा उल्लेख नगर्नुस् न यार ।" उनले जति भनेपनि मैले बेला बेला उनको नाम उल्लेख गर्न छाडेको छैन्, ती मेरा मित्र लक्ष्मी भन्ने गर्छन्, "Consistency is key."  बडो विस्मयको कुरा यो छ कि मेरो मित्रले कुनै बेला (सायद अहिले पनि) बडो आदर्श मान्ने नेता प्रचण्ड सम्भवतः अहिले सम्मको नेपाली राजनैतिक इतिहासमा सबभन्दा बढी अस्थिरताको आरोप लागेका नेपाली नेता हुनुपर्छ । 'यस्ता अस्थिरताका नायक नै आदर्श नेता मान्ने मेरा मित्रका मुखारबिन्दबाट सुनेको भएकै कारण मैले ब्लग लेखनमा स्थिरता कायम गर्ने प्रयत्न नगरेको हुँ' भन्ने मेरो स्वीकारोक्ति हैन् । बरू, मित्रले भन्दाभन्दै पनि उनको नाम उल्लेख गरिराख्ने स्थिरता मैले कायम गरेको छु, जस्तो प्रचण्डले अस्थिर हुने ...