Posts

भानु जयन्ती विशेषः अन्तरबार्ता म्याग्दी काली एफएम ८८.२ मेघाहर्जमा

१९८ औ भानु जयन्तीका अवसर पारेर म्याग्दी काली एफएम ८८.२ मेघाहर्जका गजलप्रहरका कार्यक्रम संचालक सहपाठी  इन्द्र बरूवाल वियोगी  ले म्याग्दीका अग्रज साहित्यकार ध्रुबलाल शर्मा र मलार्इ निम्ता गर्नु भएको थियो - केहि साहित्यिक विषयहरूमा चर्चा गर्नका लागि । करिब एक घण्टा लामो बहस यहाँले सुन्न सक्नुहुनेछ । जसका लागि तलको अडियो स्ट्रिमिङ आइकनमा 'play' बटन थिच्नु पर्ने हुन्छ । कृपया सुनिसकेपछि आफ्नो प्रतिक्रिया पनि राखिदिनुहोला ।

मझेरीको भान्से मोहराजसँग फेरि एकपटक

बग्रेल्ती साहित्यिक समाज, भानु जयन्ती र साहित्यकारहरु

नेपाली साहित्यमा आदिकवी भनेर चिनिने भानुभक्तको जन्मजयन्ती प्रत्येक वर्ष आषाढ २९ गते पर्दछ भन्ने कुराको हेक्का म्याग्दीका थुप्रै साहित्यकारलाई थाहा रहेनछ भन्ने तथ्य मैले त्यतिखेर थाहा पाएँ, जतिखेर १९८ औं भानु जयन्तीका अवसर पारी तय गरिएको कार्यक्रमको निमन्त्रणाका लागि उनीहरुसँग मैले फोन सम्पर्क गर्नु प¥यो । हुन त यस सम्बन्धमा मेरो केहि ब्यक्तिगत गुनासो छैन । र, मलाई यो पनि थाहा छैन कि भानुजयन्ती, लक्ष्मीजयन्ती र भुपीजयन्ती जस्ता दिवसहरु साहित्यकर्ममा लागेकाहरुका लागि महत्वपुर्ण हुन वा हैनन तर मलाई राम्ररी के थाहा छ भने साहित्यकर्ममा लागेकाहरुले नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिएका माथि उल्लेखित मूर्धन्य साहित्यकारहरुका जन्मजयन्तीका सम्बन्धमा समेत हेक्का नराख्नु लाजमर्दो बिषय चाँहि अवश्य हो । हुन त भानु जयन्ती मनाउने सन्दर्भमा पनि म्याग्दीमा छन भनिएका आधा दर्जन कुनै पनि साहित्यिक संस्थाहरुको संस्थागत निर्णयबाट भने भएको हैन । म्याग्दीका क्रियाशिल साहित्यकारद्धय ध्रुबलाल शर्मा र अजयमिलन श्रेष्ठसँग यस पंक्तिकारले बिशेष सम्पर्क र समन्वय गरे पश्चात उक्त कार्यक्रम सम्भव भएको हो । हुन त त्यस

खोज्ने किन हो ?

भो पुग्यो अब पिउँदिन भन्दा पनि, पिलाउन खोज्ने किन हो ? चाहिँदैन केहि भन्दा पनि अझ अरू, दिलाउन खोज्ने किन हो ? एक्लै एक्लै छाडिदेउ मलार्इ निम्ता नदेउ भिडमा हराउने, पर्दैन कोही साथीहरू भन्दा पनि, मिलाउन खोज्ने किन हो ?

पहिलो प्रेम

खोज्दा बिर्सन पनि नसकिने, कस्तो यो पहिलो प्रेम छैन मतलब भन्दा पनि नहुने, सस्तो यो पहिलो प्रेम आए कति गए जीवनमा, रहेन कसैको केहि महत्व तर नहुने स्मरणीय अरू किन,जस्तो यो पहिलो प्रेम

पाँच हाइकु

यौनको प्यास नाटक किन मेटाउनको लागि यौनको तिर्खा ? अनिदों रात एउटै खाट उनिसँगको रात निन्द्रा लाग्दैन प्यासी नजर सबैको आँखा उनैको रूपमाथि कति सुन्दरी ? कस्तो याद ? एक गिलास थप्दा पनि घटेन प्रियाको याद ! पवित्र प्रेमी असल प्रेमी अकस्मात खोज्दैन एउटै खाट

संग्रहालयमा (कविता)

'उ त्यो डोरीमा लहरै झुण्डाएको देखिस्? हो, तीनै हुन् – मादल, मुर्चुङ्गा र डम्फू सारंगी, मुरली र दमाहा सहनार्इ, ट्याम्को र ढोलक तैलें कहाँ सुन्न पाइँस र, बाबै? कति मीठा निस्कन्थे यीबाट, फुक्दा, ठोक्दा र बजाउँदा धूनहरू!' पल्तिर कुनामा धमीराले चिथोरेको दराजका टक्टाउँदै मैलालुगाहरू नातीलार्इ अर्थ्याउँदै छु म – 'धाननाच, रोपाइनाच सेलो र मारूनीनाच हिमाली आँगनीमा नाचिने हाम्रा भोटेनीका शेर्पानाच देउडा र माघीमा नाच्दा उहिले-उहिलेका नतर्कीहरूले पहिरिने भेष हुन – अमूल्य यी! बुझिस् केटा?' 'हेर्दा पनि शीतल हुने, साक्षात देख्दाको आनन्द के थाहा? ह्योल्मो, रूप्से र पाताले छाँगो रारा, बेगनाश र बुलबुल फोक्शुन्डो, फेवा र तिलिचो यिनकै नीला लहरहरूमा पौडेर नथाक्ने यी – अन्नपूर्ण, चोयू, कन्चनजंगा धवलागिरि, माछापुच्छ्रे र सगरमाथा 'नाति केटालार्इ म किन नभनूँ? अनुपम तालका नीला गहिरार्इमा डुबुल्की मार्दा आँखाले, सुन्दर हिमालका उचार्इ जब नाप्न खोज्थे पैतालाहरूले कि, फुल्थे गर्वले कति, हाम्रा नेपाली छाति?' आज धर्म, संस्कृती र पहिचान सबै हराएका बखत हेरिरहेछ मेरो नाति केटा भित्तामा सजाइ