Skip to main content

Posts

मोदीको भाषणमा हाम्रा नेताको ताली

अबकी बार मोदी सरकार ! यो त्यहि नारा थियो जसले केहि महिना अगाडि विश्वकै सबभन्दा ठूलो लोकतान्त्रिक देश भनिने भारतलार्इ जुरूक्कै उचाल्न सक्यो । राजनीतिलार्इ फोहोरी खेलको संज्ञा दिने करौडौं भारतीय युवाहरु समेत आफ्ना सम्भावित प्रधानमन्त्रीको पक्षमा खुलेर अगाडि आए । ती युवाहरूको समर्थन त्यसै सजिलै पनि आएको थिएन् त्यसमा कहि न कतै समृद्द र विकसित भारतको सपना गाँसिएर आएको थियो । र, भारतीय युवाहरूलार्इ के विश्वास लाग्यो भने पछिल्लो दशकदेखि २९ वटा प्रान्तहरू मध्ये अत्यन्तै तिब्रतर विकासको गति समातेको गुजरात प्रान्तको नेतृत्वको मुख्य कमाण्ड सम्हाल्दै आएका नरेन्द्र दामोदरदास मोदीको प्रेरणामा आधुनिक भारतको खास प्रगती सम्भव छ । फलतः नमोक्रेज यसरी ह्वात्तै बढ्न पुग्यो कि जसको लोकप्रियताको तेजले एकदशकभन्दा बढि केन्द्रिय राज्यसत्ता सञ्चालन गरिररहेको कांग्रेस आर्इ संविधानतः संसदमा प्रमुख प्रतिपक्षीको हैसियत प्राप्त गर्न पनि असमर्थ रह्यो । संक्षेपमा भन्दा मोदीको उदयले पारम्परिक शक्तिको पत्तासाफ हुन पुग्यो । र, तिनै चमत्कारिक नरेन्द्र दामोदरदास मोदी उनकै अनुसार, दोश्रो पटक एक सुन्दर हिमाली राज्यको भ्रम...

मेरा शब्दहरू

ए, साँवा अक्षर चिनेर बुद्दिजीवीको पगरी गुथ्नेहरू हो - सुन, बुझार्इको गहिरार्इ शब्दको स्वरूपमा पाइँदैन त्यसको एकदम आवरणीय  संरचनामा भेट्टिदैन । तसर्थ मेरो आब्हान छ - तिम्रा मरन्च्यासे बौद्दिकताले मेरा शब्दहरूको अर्थको भेऊ पाउँदैन् । बन्द गर तिम्रा बकबासहरू, र, निषेध नगर मेरा शब्दहरूलार्इ ! तिमी अक्षरमा अक्षर मात्र देख्छौं शब्दमा खाली शब्द मात्र भेट्छौं के अक्षर फगत अक्षर मात्र हो ? के शब्दमा कुनै गाम्भीर्यता हुँदैन ?  तिमी किन इन्कार गर्दछौं ? कि, एक अक्षरमा सिंगो ब्रम्हाण्ड वशीभूत छ !  तसर्थ मेरो आब्हान छ - तिम्रा मरन्च्यासे बौद्दिकताले मेरा शब्दहरूको अर्थको भेऊ पाउँदैन् । बन्द गर तिम्रा बकबासहरू, र, निषेध नगर मेरा शब्दहरूलार्इ ! तिमी एक दीर्घरोगी नै हौ जसलार्इ छ - ज्ञानको कुपोषण  - बुझार्इको पोलियो - समीक्षाको रतन्धो र, छ - शब्दको फोविया  ए, शब्दहरूबाट डराउने डरपोकहरू हो  तसर्थ मेरो आब्हान छ - तिम्रा मरन्च्यासे बौद्दिकताले मेरा शब्दहरूको अर्थको भेऊ पाउँदैन् । बन्द गर तिम्रा बकबासहरू, र...

बोक्रे विद्वानहरू र एक विवादास्पद लोक गायक

केहि दिनदेखि यता सामाजिक सञ्जालमा ' विद्वान ' नेपालीहरूको तारो भएको एउटा नाम हो – पशुपति शर्मा । पछिल्लो दशक नेपाली लोकसंगीतमा चर्चीत गायकका रूपमा परिचित शर्मा विशेषतः रोर्इला गीतका लागि परिचित छन् । उनका गीत मैले धेरै त सुनेको थिइँन, तर म्याग्दी महोत्सबका केहि संस्करणहरूमा उनको प्रस्तुतीले नेपाली लोकसंगीत प्रतिको मेरो चाह थोरै भएपनि बढाएकै हो । नत्र त किशोरवास्था ताकाको नेपाली पप एवं हिपहप संगीतको पारखी म, लोकगीत सुन्नेहरूलार्इ ' पाखे ' ठान्दथेँ । नेपाली हुनुको नाताले लोकगीतका बारेमा ज्ञान हुनैपर्छ वा पर्दैन भन्ने मान्यतामा म उती गम्भीर छैन । तर नेपाली भएरै पनि नेपाली लोक संस्कृतीलार्इ हेयका भावले हेर्ने मेरो किशोरावस्थाको त्यो सोच घटिया र निम्नस्तरको थियो भन्नेमा म ढुक्क छु । यति हुँदाहुँदै पनि बिस्तारै नेपाली लोक संगीत सुन्दै जाँदा यो अझ अरू कर्णप्रिय लाग्दै आएको छ । तर पछिल्ला बर्षहरूमा नेपाली लोकसंगीतका नाममा तयार पारिएका सस्ता र कोठे भाकाहरूले नेपाली लोकगीतको मर्मलार्इ प्रहार गरेको कुरामा सायदै कोही असहमत होला । उसो त पशुपति शर्माका गीतहरू त्यति धेरै मेहनत साथ त...

आधा जूनको उज्यालो र मेरा बाका कामरेडहरू

केहि दिन अगाडि मात्र एउटा उपन्यास पढेर भ्याएँ । आधा जून ! कम्युनिष्ट राजनीतिमा आफ्नो उर्वर वैंश खेर (?) फालेका र अहिले राजनैतिक विश्लेषणमा नियमित संलग्नता राख्ने झलक सुवेदीले लेखेको आधा जूनले नेपाली राजनीतिमा संघर्षशील इतिहास बोकेको एउटा राजनैतिक दलको क्रान्तिकारीतालाई छर्लङ्ग्याउने प्रयास गरेको छ । अनि उपन्यासले उस्तै कुशल पारामा स्पष्ट बताएको पनि छ कि एउटा कम्युनिष्ट दल कसरी नवसामन्तहरूको पहुँचमा पुग्यो, र किन आज मान्छेहरू त्यसलाई कम्युनिष्टको पुच्छ्रे झुण्डाएको नवउदारवादीहरूको जमात भएको पार्टी मान्न विवश छन् । प्रथम पुरूष पात्र सञ्जय नै उपन्यासको मुख्य पात्र छ । घरको आर्थिक दुरावस्थाका बावजुद पनि ऊ परिवर्तनको सपना साँचेर क्रान्तिको बाटोमा होम्मिएको छ । न्यायपूर्ण एवं समतामुलक राज्यव्यवस्था निमार्णको लक्ष्य बोकेर रक्त क्रान्तिको झण्डा लिएर हिडेको सञ्जय नेपाली कम्युनिष्ट आन्दोलनमा सरिक भएका हजारौ इमान्दार कम्युनिष्ट कार्यकर्ताहरूको प्रतिनिधी पात्र हो । निर्दलीय पञ्चायती ब्यवस्थाका बखत कम्युनिष्ट पार्टीको एक इमान्दार योद्दाका रूपमा ऊ परिवर्तनको सपना मनमा साँचेर निरन्तर क्रान्तिक...

हामी, दिलशोभा र हाम्रा अखबारहरू

तस्वीर श्रोतः  द मेटा पिक्चर यिनै अखबारहरु हुन् जसले मलाई दिलशोभाका बारेमा बताए । यिनै अखबारहरु हुन् जसले मलाई दिलशोभा चिनाए । उनको त्याग, समर्पण, अनि समाजसेवाप्रतिको लगावका बारेमा जानकारी गराए । म उसैउसै प्रफुल्ल हुँदै आएँ – सोचेर कि अत्यन्तै व्यक्तिवादी भएको मेरो नेपाली समाजमा उनीजस्ता महान नारीहरु पनि छन् जसले सडकमा फ्याँकिएका वृद्धा आमाहरुलाई आफ्नो नीजि घरमा आफ्नै सिमित आयश्रोतका भरमा बसोबासको ब्यवस्था मिलाईन । र, उनै दिलशोभा हुन जसले सडकमा पुगेका बालबालिकाहरुलाई न्यानो काख दिईन । विभिन्न आर्थिक सीमाहरुका बाबजुद पनि बालबालिका र वृद्धाहरुलाई दुई छाक खान, एकसरो लगाउन र ओत लाग्ने घर दिईन । अनि अमूल्य आफ्नो माया दिएर राखिन । राखेकीछिन् !  यी सबैसबै खबरहरु, जानकारीहरु मैले अखबारहरुमा पढेर नै थाहा पाएको हो । तर उनी एक महान ब्यक्तित्व हुन भन्ने धारणा चाँहि फगत अखबारहरु पढेर बनाएको हैन मैले । मैले उनका अन्तरवार्ताहरु पढ्दा र हेर्दा उनको मनोविज्ञानलाई पनि सँगसँगै बुझ्ने यत्न गर्दै आएको छु । र मेरा बुझाईहरु भन्दछन् – दिलशोभा सपाट छिन् । सफा छिन् । महान हृदयकी खानी हुन् उनी ! ...

म र मेराे झाेले अभियान :)

पौने चार बर्ष पहिले मध्य साउन मासको एक दिन म चौराखेतको ओरालो झर्दै थिएँ, चौरको फाँटमा अन्तिम हल रोपाइँको काम चल्दै थियो । मेरा आँखा शिबालय मन्दिर नेर ओरालोबाट माथितिर आउँदै गरेको एक जना भाईमा गएर ठोक्किए । त्यो भाई जसलाई म सानैदेखि कलमकापी दिने गर्थेँ । उसले प्रवेशिका उत्तीर्ण गरेको एक महिना हुँदै थियो । ऊ नेर पुगेपछि मैले मेरो मोटरसाइकलको ब्रेक लगाएँ । डोको छड्के पारेर बोकेको थियो उसले । झण्डै विशिष्ट श्रेणीको अंक ल्याएर प्रवेशिका पास गरेको उसलाई मैले बधाई दिएँ । उसले मुस्कुराएर धन्यवाद भन्यो । उसका केही साथीहरु उच्च शिक्षा अध्ययनका लागि बजारतिर भर्ना फाराम लिन गएको देखेको मैले उसलाई भने त्यहाँ देखेपछि आश्चर्यतापूर्वक सोधेको थिएँ – भाई अब एघार चाँहि कहाँ पढ्ने बिचार गरेका छौं ? ऊ निशब्दः रह्यो ! मैले धेरै बल गरेपछि उसले भन्यो – “दाई, अब पढाई अगाडि बढ्दैन जस्तो छ । आमाले अब यहाँसम्म पढाईदिए त्यहाँभन्दा उता त गार्हो हुन्छ मलाई भन्नुहुन्छ ।” निशब्दः हुने पालो अब मेरो थियो । म चुपो लागेँ । र, मोटरसाइकल अगाडि बढाउँदै गर्दा मैले अलिपर पुगेको उसलाई हेरेर बोलेँ – “बिदुर, पाठ्यपुस्तक किन्न...

You and Snow

In Norwegian Du og snøen   Du og  snøen  Begge er hvite  Yup, hvit --   I betydningen av   Ingen dårlig er med deg!   Snow - at jeg liker det mye,  Du - som våger ikke å like deg?  Så jeg  Du og snøen  Jeg er fortsatt forvirret!  In English Version)   You and the Snow  You and the snow  Both of you are white Yup, white - In the sense of No bad is with you! Snow - that I like it much, You - who dare not to like you? So do I You and the snow I'm still confused!