Skip to main content

Posts

सरस्वतीको मन्दिरमा क्रान्तिकारीको तोडफोड !

नीजि विद्यालयले मनपरी शुल्क बृद्धि गरेको निहुँमा माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको देशभर विद्यालय बन्द गर्ने कार्यक्रम अनुसार म्याग्दी जिल्लाका अखिल क्रान्तिकारीमा संलग्न युवाहरुले पनि सदरमुकामका नीजि विद्यालयहरु आजदेखि पूर्णरुपमा बन्द गराएका छन् । आफ्नो माउ पार्टीले बैशाख १८ गतेदेखि गर्ने भनेको आन्दोलनबाट प्रेरित भएर अखिल क्रान्तिकारीका विद्यार्थीहरुले नीजि विद्यालय बन्द गराएको कारण शुल्क बृद्धि बहानाबाजी मात्र भएको धेरैको टिप्पणी छ । विद्यालय बन्द गराउने काममा उनीहरु निकै हदसम्म पूर्वाग्राही भएर लागेको सदरमुकाम बेनीस्थित विद्यालय बन्द गराउने क्रममा उनीहरुले देखाएको हर्कतबाटै प्रष्ट हुन्छ । नेपाली कांग्रेस जिल्ला कार्य समितिका उपसभापति रेशम बानियाँद्धारा संचालित बेनी आवासीय मा.वि.मा बन्द गराउने क्रममा उनीहरुले तोडफोड समेत गरेका छन् । तोडफोडबाट खासै ठूलो क्षति नभएपनि बजारबासी बुद्धिजीवीहरुको अखिल क्रान्तिकारीका विद्यार्थी तथा नेताहरुले विद्यालय बन्द गराउने नाममा पूर्वाग्राही व्यवहार प्रदर्शन गरेको ठहर छ । आफ्ना पार्टीमा संलग्न सुवासकुमार श्रेष्ठ तथा रवीन्द्रराज जोशी संचाल...

आमस्टर्डमदेखि ओश्लोसम्मको यात्रा

बादल माथि माथि उड्नुको मज्जै बेग्लै ! मलाई आमस्टर्डमदेखि ओश्लोसम्मको यात्रा अवधीभर महशुस भएको एउटै मात्र सत्य नै यहि थियो । सहकर्मी प्रजु थकान भरिएको निन्द्रा निदाईरहेको बेला म यति लालयित भएर समुन्द्र खोजिरहेको थिएँ कि मेरो वशमा भैदिएको भए समुन्द्र ढाकेर छरिएको बादललाई एकै निमेशमा हटाएर समुन्द देख्ने मेरो प्यास एकै पलमा मेटाउथेँ तर कहाँ सक्नु ? आखिर समुन्द्र देख्नै नपाई CITY HOPPER ले १ घण्टा ५० मिनेटतिर हामीलाई ओश्लो एअरपोर्टको सिधैं माथि ल्याई पुर्‍यायो । झ्यालबाट मैले यसो चिहाएको मात्र के थिएँ, हिउँ नै हिउँले छोपिएको ओश्लोको दृश्यले मलाई यति रोमाञ्चित बनाईदियो कि अगाडि समुन्द्र देख्न नपाएको थकथक एकै निमेशमा झ्वाम ! “आहा कति राम्रो” प्रजुको आवाजले मलाई झसङ्गै पारिदियो । उनी पनि त्यो मनमोहक दृश्यले उत्तिकै रोमाञ्चित भएको मैले सहजै अनुमान लगाउन सकेँ । साँच्चिकै जाडो याममा ओश्लोको विशेषता नै हिउँले पुरिनु रहेछ ! उता हाम्रा हिमाल हिउ कंगाल भैरहेका बेला यता मिटरका मिटर हिउँ जमेको देखेर आहरिश पनि लाग्यो । तर मन बुझाउनु बाहेक अर्को उत्तम विकल्प पनि त थिएन् ! मौसमको खराबीका कारण ह...

संविधान सभाको अर्को चुनाऊ

राजनीति त्यसै त नबुझिने विषय झन नेपालको राजनीतिको त के कुरा गर्नु र ? कुरा गरेरै साध्य छैन् । न सत्ता पक्ष दलहरू गम्भिर देखिन्छन् न सत्ताका लागि कसरत गरिरहेका दलहरु इमान्दार देखिन्छन् ! सायद अजब देशको गजब कहानी भनेकै यहि नै होला । भाद्रदेखि चलिरहेको कुर्सीको द्धन्द्ध यति विधि उछालिएर आयो कि त्यो समयको दौडानमा ठूला भनौंदा दलहरुको दिमागमा संविधान निर्माणको कार्य तालिका कहिल्यै घुसेन् उनीहरुको दिमागमा खाली एउटै मात्र कुरा नाचिरह्यो – सत्ता जोगाइराख्न सकेमा वा त्यो कुर्सीमा पुग्न सकेमा जाबो संविधान त एक चुट्कीको भरमा भैहाल्छन नि !

यी दिशाहिन माउबादीहरू

करिब ८ महिनापहिले भदौंको दोश्रो हप्तादेखि “नागरिक सर्बोच्चता” को बहाली गर्ने एकमात्र आफ्नो उद्देश्य किटेर सडक र सदन आन्दोलन तताउन शुरु गरेको माओवादीको आन्दोलनले आजको मितिसम्म न त उसले दावी गरेको “नागरिक सर्बोच्चता” नै कायम गर्न सक्यो न त आन्दोलनले निर्णायक समाप्ती नै प्राप्त गर्‍यो । बरू हाँसो उठ्दो कुरो त उसको आन्दोलनले आजका दिन सम्म पाँचौ चरण पार गरिसक्दा उसले उद्देश्य किटेको “नागरिक सर्बोच्चता” को मु्द्दा समेत अहिले ओझेलमा पर्न गएको छ । अनि उसको नयाँ माग छ, स्वाधिनता ! हुन त “नागरिक सर्बोच्चता” भनेको के हो ? र, यसको कुन कुन क्षेत्रको व्याख्या गर्दछ ? भन्ने कुरा आम जनताले थाहा नपाउँदै उनीहरुले शुरु गरेको “स्वाधिनता” अर्थ र यसले समेट्ने क्षेत्रहरुको बारेमा जानकारी हासिल गर्न नपाउँदै फेरि कुन नयाँ शब्दको उदय हुने हो त्यो त आउने समयले नै बताउँला । राजनीतिक विश्लेषकहरुले माओवादी अब विस्तारै दिशाहिन हुन थालेको र ऊ आफ्नो अबको कार्यनीति जनसत्ता, जनविद्रोह वा संविधान निर्माण के रहने हो भन्ने कुरामा अलमलमा परिरहेको बताउँदै आएको बखतमा झण्डै २४ घण्टाको म्याद नगुज्रिदै बसेको स्थायी समितिको पछिल्...

साहित्यकार होमनाथ सुवेदी सम्मानित

[gallery] बेनी\१६ चैत्र, २०६६  म्याग्दी साहित्य समाज, पौलस्त्य साहित्य समाज, बेनी वाङ्मय युवा परिवार, म्याग्दी सामुदायिक पुस्तकालय, मधुसुदन साहित्य प्रतिष्ठान र म्याग्दी बहुमुखी क्याम्पस लगायतका विभिन्न ६ वटा साहित्यिक, वाङ्मयीक तथा प्राज्ञिक संघसंस्थाहरुले संयुक्त रुपमा आयोजना गरेको “नेपाली डायोस्पाराका प्रवर्तक साहित्यकार होमनाथ सुवेदी अभिनन्दन तथा समकालिन लेखनधारा बारे अन्तरक्रिया कार्यक्रम" जि.वि.स. सभाहल बेनीमा सम्पन्न भएको छ ।  कार्यक्रममा युवा समालोचक गोरखनाथ सुवेदीले डायास्पोराको प्राचिन सन्दर्भ, आधुनिक सन्दर्भ र होमनाथ सुवेदीका कृतिमा डायास्पोराको प्रयोगका सम्बन्धमा ब्याख्या गर्नु भएको थियो । सुवेदीले वि.सं. २०४८ मा स्थापित अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नेपाली डायास्पोराको समग्र साहित्यिक क्रियाकलापलाई पुर्‍याएको योगदानका बारेमा मुक्तकण्ठले प्रशंसा गर्नुभएको थियो । कार्यक्रममा म्याग्दी सामुदायिक पुस्तकालयका अध्यक्ष सन्तोष रावलले स्वागत मन्तव्य तथा स्थानीय विकास अधिकारी विष्णुप्रसाद पोखरेल, मोना म्याग्दीका कोषाध्यक्ष प्रमोद श्रेष्ठ, पौलस्त्य साहित्य समाजका संरक्षक ...

गिरिजाप्रसाद, पुत्ला र महाप्रस्थान

मलाई बच्चाहुँदैदेखि हाम्रा थुप्रै नेपाली संस्कृतीहरू भिन्न र अचम्मलाग्दो लाग्दै आएका छन् । जस्तो कि हाम्रो कामभन्दा कुरा बेशी गर्न रुचाउने स्वभाव, दुईजना व्यक्ति जुटेर तेस्रो व्यक्तिको सकारात्मक भन्दा धेरै नकारात्मक टिकाटिप्पणीमा देखाइने अभिरुची, अरुको प्रगतिको आहरिश गर्ने प्रवृती अनि मरेर गएपछि मात्र हरेक व्यक्तिको व्यक्तित्वको उच्च कदर गर्ने हामी नेपालीहरूको स्वभाव । मलाई लाग्छ, संसारको अर्को कुनै भुगोल र गोलार्द्धमा नपाईने यी स्वभावहरू हामी नेपालीहरुका मौलिक पहिचान हुन् । र, यी कालान्तरसम्म यसरी नै पूर्ववत ः आफ्नो गतिमा चलिनै रहनेछन । ०४६ अगाडि स्वर्गीय गिरीजाप्रसाद कोइरालालाई उनको नेतृत्वदायी भूमिका र जस्तो खाले चूनौतीका समयमा पनि आफ्नो विचारमा अटेस्मटेस् नभै अडिग रहने लोकप्रिय स्वभावका लागि जति सम्मान गरिन्थ्यो, बहुदल पश्चात ः आफू शक्तिमा पुग्नका लागि कुनै कसर बाँकी नराख्ने उनको स्वभाव, पार्टी तथा राज्यका श्रोतहरुको पहुँचमा परिवारबाद हावी गराईराख्ने उनको निकृष्ट अभिरुची साथै सत्ता र शक्तिको दुरुपयोग गरेका थुप्रै आरोपहरु उनलाई लगाउन थालियो । हुन पनि कुनै पनि व्यक्ति ५\५ पटक सम्म प्...

ज्ञानेन्द्र, दिवास्वप्न र जनकारबाही

हिजो बुधवार पूर्व राजा ज्ञानेन्द्रले ‘राजसंस्थाको समाप्ती काल्पनिक भएको’ बताएपछि सामान्य नेतादेखि प्रधानमन्त्रीसम्मको टाउको दुख्न थालेको छ । हिजो ज्ञानेन्द्रको सक्रिय राजनीति हुँदा दाम चढाएर ‘प्रधानमन्त्री’ पदका लागि एप्लिकेशन हालेर फेल समेत भएका वर्तमान सरकारका महामहिम प्रधानमन्त्री माधवकुमार नेपालले ज्ञानेन्द्र शाहले अभिव्यक्त गरेको कुरो दिवा स्वप्न भएको टिप्पणी गर्न सम्म भ्याएका छन् । संविधान सभाको निर्वाचनमा एक ठाउँ होइन् दुई–दुई (सायद उम्मेदवारी दिन मिल्ने भएको अझ धेरै स्थानबाट पनि चुनाव लड्ने थिए होला) वटा क्षेत्रबाट दुवै ठाउँमा सिलटिम्मुर खाएपछि नैतिकताको बहानाबाजीमा पार्टीको हुँदाखाँदाको ‘महासचिव’ पद त्यागेर झण्डै झण्डै राजनीतिबाट हात धोईसकेको स्थितीमा विश्वमा कहि नभएको मात्र नभै कसैले अझसम्म कल्पना नगरेको घटनाको आफू ज्यूँदो इतिहास (पात्र) भएको भुसुक्कै बिर्सिएर प्रधानमन्त्री नेपालको यो कस्तो टिप्पणी हो मैले बुझ्न सकेको छैन् ! अब विश्वमा कोही मान्छे चुनाव हारेर प्रधानमन्त्री बनेको रेकर्ड नै नभएको परिप्रेक्ष्यमा आफू चाहिँ नेपालको प्रधानमन्त्री हुन सक्ने, बिचरा जनताको चाहनालाई...