Skip to main content

ज्ञानेन्द्र, दिवास्वप्न र जनकारबाही


हिजो बुधवार पूर्व राजा ज्ञानेन्द्रले ‘राजसंस्थाको समाप्ती काल्पनिक भएको’ बताएपछि सामान्य नेतादेखि प्रधानमन्त्रीसम्मको टाउको दुख्न थालेको छ । हिजो ज्ञानेन्द्रको सक्रिय राजनीति हुँदा दाम चढाएर ‘प्रधानमन्त्री’ पदका लागि एप्लिकेशन हालेर फेल समेत भएका वर्तमान सरकारका महामहिम प्रधानमन्त्री माधवकुमार नेपालले ज्ञानेन्द्र शाहले अभिव्यक्त गरेको कुरो दिवा स्वप्न भएको टिप्पणी गर्न सम्म भ्याएका छन् । संविधान सभाको निर्वाचनमा एक ठाउँ होइन् दुई–दुई (सायद उम्मेदवारी दिन मिल्ने भएको अझ धेरै स्थानबाट पनि चुनाव लड्ने थिए होला) वटा क्षेत्रबाट दुवै ठाउँमा सिलटिम्मुर खाएपछि नैतिकताको बहानाबाजीमा पार्टीको हुँदाखाँदाको ‘महासचिव’ पद त्यागेर झण्डै झण्डै राजनीतिबाट हात धोईसकेको स्थितीमा विश्वमा कहि नभएको मात्र नभै कसैले अझसम्म कल्पना नगरेको घटनाको आफू ज्यूँदो इतिहास (पात्र) भएको भुसुक्कै बिर्सिएर प्रधानमन्त्री नेपालको यो कस्तो टिप्पणी हो मैले बुझ्न सकेको छैन् ! अब विश्वमा कोही मान्छे चुनाव हारेर प्रधानमन्त्री बनेको रेकर्ड नै नभएको परिप्रेक्ष्यमा आफू चाहिँ नेपालको प्रधानमन्त्री हुन सक्ने, बिचरा जनताको चाहनालाई उच्च कदर गर्दै रक्तपातविना राजसंस्था त्याग्नेसम्मको लचकता देखाउने ज्ञानेन्द्र शाहले जनताले चाहेको खण्डमा आलंकारिक राजाको रुपमा जनताको सेवा गर्न पाउने ईच्छा जताउन नपाउने ? दिवास्वप्न हुने ? यो त अलि नमिल्ने कुरो भएन र माकुनेजी ?
उता एकिकृत नेकपा माओवादीको कुरो अर्कै छ, उसले आफ्नो असन्तुष्टि ब्यक्त गर्ने क्रममा पार्टीको आधिकारीक धारणा प्रस्तुत गर्दै भनेको छ – अब यो मात्तेको पूर्वराजालाई जनकारबाही गरिनेछ । म अचम्ममा परेको छु, यो कस्तो लोकतान्त्रिक गणतन्त्र भएको देश हो जहाँको आम नागरिकले आफ्नो विचार स्वतन्त्र ढंगले अभिव्यक्त गर्दा कुनै पार्टी विशेषको ‘जनकारबाही’ मा पर्नु पर्ने ? जनकारबाही त माओवादी लगायतका अन्य दलका नेताहरुलाई निकट भविष्यमै आम नेपालीहरुले गर्नुपर्ने भएको छ । शान्ति प्रक्रियालाई निष्कर्ष दिनमा निराश देखिने दलका नेताहरुलाई जनकारबाही गर्नुपर्ने भएको छ । सत्ताको वरिपरी आँखा गाड्ने सत्तालोलुप तिमी माओवादी, एमाले र कांग्रेस नामका पार्टीका नेताहरु जो सत्ताका लागि जसलाई जे पनि गर्न तयार हुन्छौं, तिमीहरुलाई पो जनकारबाही गर्नुपर्ने ! विदेशी प्रभु भनेर सार्वजनिक ठाउँमा सत्तोसराप गर्ने अनि गुप्तकोठामा काधमा काध, हातमा हात मिलाउने सम्पूर्ण दलका फाशिष्ट नेताहरुलाई जनकारबाही गर्नुपर्ने भएको छ । संविधान बनाउने सुरसारै नगर्ने जातका आधारमा राज्य बाड्नुपर्छ भन्दै बकम्फुसे कुरा गर्ने नेताहरुलाई पनि जनकारवाही गर्नुपर्ने भएको छ ।
जनताप्रति नेता भनौंदाहरु उत्तरदायि नभएपछि, राजतन्त्र समाप्ती भएको कुरा काल्पनिक हो भनेर भन्न पाउनु ज्ञानेन्द्र शाहको अधिकार हो । यो राज्यसँग राजतन्त्रको पूरानो सम्बन्ध छ । र, अनि दलका नेताहरुले बुझिराख्नु पर्ने एउटो मुख्य कुरो के हो भने देश विकासको अवरोध राजसंस्था होईन् राज्य संचालन प्रणाली हो । विश्वका सबभन्दा विकसित, सभ्य, सुसंस्कृत र धनी देशहरु बेलायत, नर्बे, डेनमार्क र जापानजस्ता देशमा नेपालको जस्तो नौटंकी लोकतान्त्रिक गणतान्त्रिक राजनीतिक प्रणाली छैन् बुझिराख – ती देशहरुमा राजतन्त्रात्मक राज्य सञ्चालन प्रणाली विद्यमान छ, दाम, नाम, सत्ता र भत्ताका खोजीमा भौतारिएका ए, कामरेडहरू !

Comments

Popular posts from this blog

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।           दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...

घामको आरती पनि घण्टी बजाएरै हुन्छ

पछिल्लो पल्ट ब्लगपोष्ट सार्वजनिक गरेपछि ब्लगै नलेखी बसेको पनि तीन महिना बितिसकेछ । एउटै काममा स्थिरतापूर्वक लागिरहने बानी कहिल्यै परेन मेरो ! यस्तो बेला म मेरा एक मित्रलाई बेस्सरी याद गर्छु । कतिपय ब्लगपोष्टमा उनको नाम मैले उल्लेख गर्दै आएको छु, उनी प्रत्येक पल्ट त्यसमा असहमत हुँदै भन्छ्न् - "ह्या बुढो मान्छे! मेरो नाम आफ्ना पोष्टहरूमा उल्लेख नगर्नुस् न यार ।" उनले जति भनेपनि मैले बेला बेला उनको नाम उल्लेख गर्न छाडेको छैन्, ती मेरा मित्र लक्ष्मी भन्ने गर्छन्, "Consistency is key."  बडो विस्मयको कुरा यो छ कि मेरो मित्रले कुनै बेला (सायद अहिले पनि) बडो आदर्श मान्ने नेता प्रचण्ड सम्भवतः अहिले सम्मको नेपाली राजनैतिक इतिहासमा सबभन्दा बढी अस्थिरताको आरोप लागेका नेपाली नेता हुनुपर्छ । 'यस्ता अस्थिरताका नायक नै आदर्श नेता मान्ने मेरा मित्रका मुखारबिन्दबाट सुनेको भएकै कारण मैले ब्लग लेखनमा स्थिरता कायम गर्ने प्रयत्न नगरेको हुँ' भन्ने मेरो स्वीकारोक्ति हैन् । बरू, मित्रले भन्दाभन्दै पनि उनको नाम उल्लेख गरिराख्ने स्थिरता मैले कायम गरेको छु, जस्तो प्रचण्डले अस्थिर हुने ...