Skip to main content

गिरिजाप्रसाद, पुत्ला र महाप्रस्थान

मलाई बच्चाहुँदैदेखि हाम्रा थुप्रै नेपाली संस्कृतीहरू भिन्न र अचम्मलाग्दो लाग्दै आएका छन् । जस्तो कि हाम्रो कामभन्दा कुरा बेशी गर्न रुचाउने स्वभाव, दुईजना व्यक्ति जुटेर तेस्रो व्यक्तिको सकारात्मक भन्दा धेरै नकारात्मक टिकाटिप्पणीमा देखाइने अभिरुची, अरुको प्रगतिको आहरिश गर्ने प्रवृती अनि मरेर गएपछि मात्र हरेक व्यक्तिको व्यक्तित्वको उच्च कदर गर्ने हामी नेपालीहरूको स्वभाव । मलाई लाग्छ, संसारको अर्को कुनै भुगोल र गोलार्द्धमा नपाईने यी स्वभावहरू हामी नेपालीहरुका मौलिक पहिचान हुन् । र, यी कालान्तरसम्म यसरी नै पूर्ववत ः आफ्नो गतिमा चलिनै रहनेछन ।

०४६ अगाडि स्वर्गीय गिरीजाप्रसाद कोइरालालाई उनको नेतृत्वदायी भूमिका र जस्तो खाले चूनौतीका समयमा पनि आफ्नो विचारमा अटेस्मटेस् नभै अडिग रहने लोकप्रिय स्वभावका लागि जति सम्मान गरिन्थ्यो, बहुदल पश्चात ः आफू शक्तिमा पुग्नका लागि कुनै कसर बाँकी नराख्ने उनको स्वभाव, पार्टी तथा राज्यका श्रोतहरुको पहुँचमा परिवारबाद हावी गराईराख्ने उनको निकृष्ट अभिरुची साथै सत्ता र शक्तिको दुरुपयोग गरेका थुप्रै आरोपहरु उनलाई लगाउन थालियो । हुन पनि कुनै पनि व्यक्ति ५\५ पटक सम्म प्रधानमन्त्री बन्नुका पछाडि उसका थुप्रै व्यक्तिगत स्वार्थगत स्वभावको झल्को हामी पाउन सक्छौं । आफ्नै पार्टीका वरिष्ठ नेता कृष्णप्रसाद भट्टराईलाई एकल बहुमतको सरकारको प्रधानमन्त्रीबाट राजिनामा दिन बाध्य पारी आफू उक्त पदमा पुग्न कुनै कसर बाँकी नराख्ने गिरीजाप्रसादको त्यो कदमलाई अहिले हामी कस्तो राजनीतिक इमान्दारीताका बारेमा व्याख्या गर्न सकौंला र ? पछिल्लो समयमा, पार्टीभित्र पनि आफ्नो पहुँच बिस्तारै कमजोर महशुस गर्दै आएका कोइरालाले आफ्नो समग्र राजनीतिक प्रतिष्ठालाई दाउमा राखी छोरी सुजतालाई जुन रुपमा नेपाली राजनीतिमा ल्याउन खोजे त्यसले उनभित्र रहेको परिवारवादलाई स्पष्ट पार्ने काम गरेकै हो । तथापि आफ्नो अवसानको उत्तराद्र्धमा सरकार भित्र वा बाहिर रहेका मुख्य दलका शिर्षस्थ नेताहरूलाई जारी शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन र नयाँ संविधान समयसीमाभित्रै जारी राख्न उच्च योगदान पु¥याउनलाई उनले गरेको आग्रहले उनीप्रति राष्ट्रप्रेम भन्दा परिवारबाद हावी छ भन्नेहरुलाई नतमस्तक बनाइ छाड्यो ।

सत्तामा एकपटक पुग्दा एउटा राजनेताले थुप्रै पटक राष्ट्रघाति चालबाजीमा प्रत्यक्ष वा परोक्ष रुपमा आफूलाई संलग्न गरेको हुन्छ वा कतिपय पटक ऊ त्यसो गर्न विवश या लाचार पनि हुनसक्छ । उनी त १ पटक होईन् २ पटक होईन् पूरापुर ५ पटकसम्म सरकारप्रमुख बन्न सफल भए, त्यतिमात्र होइन् बहुदलीय व्यवस्थाको आगमनसँगै मृत्युपर्यन्त हरेक हिसाबले नेपाली राजनीति र शक्तिको केन्द्रबिन्दुमा रहिराखे, अब त्यतिधेरै समयसम्म शक्तिको केन्द्रबिन्दुमा रहेको व्यक्तिका तर्फबाट छुटफुट हुने गल्तीलाई स्वभावत ः आममाफि हुन्छ भन्ने कुरो उनको शबयात्रामा सामेल हजारौं जनसाधारणको उपस्थितीले प्रष्ट्याएकै हो । अझ मलाई गिरीजाप्रसाद यो देश, जनता र हरेक राजनैतिक दलका नेताहरुका लागि निर्विकल्प अभिभावक थिए भन्ने कुरो त्यतिखेर महशुस भयो, जतिखेर थुप्रै पटक हिजो सडकमा उनको पुत्ला दहनका लागि लामबद्ध भएकाहरुले आफ्नो मनको बह पत्रिकामा पोखे, दुःखी भए र भन्न छुटाएनन् –“अश्रुग्याँस, कटबाँस र फोहोर पानीको प्रहारको पर्वाह नगरी गिरिजाबाबु जब सडकमा आउँथे, हामीलाई साहस र ढाडस सञ्चार गर्ने देवदूत आएझै लाग्थ्यो ।” हिजो थुप्रै पटक उनका गलत कदमका बारेमा बढी र जनतावादी छलाङ्मा कम बोल्ने, लेख्ने र सुनाउनेहरुले उनको महाप्रस्थानसँगै मुक्तकण्ठले प्रशंसा गर्नुलाई मैले स्वभाविक नेपाली विशेषता मात्र ठानेको छैन्, यसलाई मैले गिरिजाप्रसादको सर्वोत्कृष्ट राजनैतिक विजयका रुपमा लिएको छु ।

हुँदा हुँदा, हिजो आफ्ना जनवादी कार्यकलापका विरुद्ध “किलो शेरा टु” अप्रेशन थालेर गिरिजाप्रसादले सबभन्दा ठूलो जनविरोधी कदम चालेको ठान्ने माओवादीका शिर्षस्थ नेताहरुले समेत अब गिरिजाप्रसादको अवसानसँगै शान्तिप्रक्रियाले लिने दिशा र नयाँ संविधान जारी हुने कुरामा प्रशस्त शंका रहेको बताउनुले साँच्चिकै गिरिजाप्रसाद एकमात्र सफल राजनेता हुन् भन्ने कुरामा कुनै पनि द्धिविधा रहदैन् ।हिजो शान्तिप्रक्रियालाई शुरुवात गर्ने काममा उनले खेलेको महत्वपूर्ण भूमिकालाई आज सम्पूर्ण नेपाली जनताहरु र राजनेताहरुले हृदयङ्गम गरी उनले देखेको शान्त, समृद्ध र सफल नेपालको सपनालाई पूरा गर्ने दिशातर्फ उन्मुख हुन सक्यौ भने मात्रै उनीप्रतिको सच्चा श्रद्धान्जली हुनेछ ।

Comments

Popular posts from this blog

अनि मलाई खुबै राजनीति लाग्छ ...

कहिले काही मैले फोकस गुमाएको जस्तो मेरा नजिकका प्रिय मान्छेहरूले महशुस गर्नुहुन्छ ।  राजन दाईले अस्ति फोन गरेपछि पो झल्याँस्स भएँ । वहाँको गुनासो मिश्रित प्रश्नले सिधै मेरो दिमागमा झड्का दिन पुग्यो, दाईसँग खास घुलमिल नभएकाहरूलाई चाँहि वहाँको प्रश्नले दिमागमा हैन् सिधैं मुटुमा हान्न सक्छ । वहाँका प्रायः प्रश्नहरू तारा खेलमा निशाना लगाउन प्रयोग हुने वाण जस्तो सिधा र तिखो हुन्छन् । जस्तो मेरो दिमाग मैं झङ्कार लेराउने प्रश्न थियो वहाँको,  "हैन पाक्षिक रूपमा ब्लग अद्यावद्यिक (अपडेट) गर्छु भन्या हैन् ? एक महिना पुग्न लाग्यो त सर !"    मलाई व्यंग्य गर्नुपर्दा दाइले सर भन्नुहुन्छ, अनि वहाँलाई चाहिँ म भन्छु, साहुजी । यत्तिमा मात्र दाजुको प्रश्न सिमित हुन्थ्यो भने, सायदै म आजको यो ब्लग लेख्न बस्थेँ । तर वहाँको प्रश्नसँग व्यंग्यमिश्रित सानो जिज्ञासा पनि थियो, "खुबै चुनाव लाग्या छ हैन् तिमीलाई !?" यो जिज्ञासामिश्रित व्यंग्य हो या व्यंग्य मिसिएको जिज्ञासा । या यो जिज्ञासा हुँदै नभएर केवल व्यंग्य मात्र थियो । तर जेहोस् यो केहि न केहि चाँहि पक्कै थियो ।  खुबै चुनाव लाग्ने आफत ...

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...