Skip to main content

सरस्वतीको मन्दिरमा क्रान्तिकारीको तोडफोड !

नीजि विद्यालयले मनपरी शुल्क बृद्धि गरेको निहुँमा माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको देशभर विद्यालय बन्द गर्ने कार्यक्रम अनुसार म्याग्दी जिल्लाका अखिल क्रान्तिकारीमा संलग्न युवाहरुले पनि सदरमुकामका नीजि विद्यालयहरु आजदेखि पूर्णरुपमा बन्द गराएका छन् । आफ्नो माउ पार्टीले बैशाख १८ गतेदेखि गर्ने भनेको आन्दोलनबाट प्रेरित भएर अखिल क्रान्तिकारीका विद्यार्थीहरुले नीजि विद्यालय बन्द गराएको कारण शुल्क बृद्धि बहानाबाजी मात्र भएको धेरैको टिप्पणी छ ।

विद्यालय बन्द गराउने काममा उनीहरु निकै हदसम्म पूर्वाग्राही भएर लागेको सदरमुकाम बेनीस्थित विद्यालय बन्द गराउने क्रममा उनीहरुले देखाएको हर्कतबाटै प्रष्ट हुन्छ । नेपाली कांग्रेस जिल्ला कार्य समितिका उपसभापति रेशम बानियाँद्धारा संचालित बेनी आवासीय मा.वि.मा बन्द गराउने क्रममा उनीहरुले तोडफोड समेत गरेका छन् । तोडफोडबाट खासै ठूलो क्षति नभएपनि बजारबासी बुद्धिजीवीहरुको अखिल क्रान्तिकारीका विद्यार्थी तथा नेताहरुले विद्यालय बन्द गराउने नाममा पूर्वाग्राही व्यवहार प्रदर्शन गरेको ठहर छ । आफ्ना पार्टीमा संलग्न सुवासकुमार श्रेष्ठ तथा रवीन्द्रराज जोशी संचालक रहेको सदरमुकाम स्थित न्यु वेष्ट प्वाईन्ट कलेज अझ अबेरैसम्म संचालन हुँदा पनि क्रान्तिकारीका विद्यार्थीहरुले नरम व्यवहार प्रदर्शन गर्नुलाई शंकाको घेरामा राख्न सकिन्छ । आजदेखि बन्द भएका नीजि विद्यालयहरूले आफूले बृद्धि गरेको शुल्क फिर्ता नलिएसम्म विद्यालय बन्द गराउने अखिल क्रान्तिकारीले चेतावनी दिएको छ ।

तर अचम्मको विषय, शुल्क बृद्धि भएकोमा सबभन्दा बढि चासो व्यक्त गर्नुपर्ने अभिभावकहरु चुपचाप नै रहेका बेला अखिल क्रान्तिकारीले एकाएक यस्तो बहानामा नीजि विद्यालय ठप्प पार्न खोज्नुको पछाडि उक्त संगठनको केहि स्वार्थ त लुकेको छैन् । हुन पनि समय समयमा नीजि विद्यालयका संस्थापकहरुबाट मोटो रकम लिएर आन्तरिक लेनदेन गर्ने आरोप खेप्दै आएको अखिल क्रान्तिकारीको यो ठूलो रकम जोहो गर्ने अभियान पनि त हुन सक्छ नि, कि कसो ?!

Comments

Popular posts from this blog

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।           दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

घामको आरती पनि घण्टी बजाएरै हुन्छ

पछिल्लो पल्ट ब्लगपोष्ट सार्वजनिक गरेपछि ब्लगै नलेखी बसेको पनि तीन महिना बितिसकेछ । एउटै काममा स्थिरतापूर्वक लागिरहने बानी कहिल्यै परेन मेरो ! यस्तो बेला म मेरा एक मित्रलाई बेस्सरी याद गर्छु । कतिपय ब्लगपोष्टमा उनको नाम मैले उल्लेख गर्दै आएको छु, उनी प्रत्येक पल्ट त्यसमा असहमत हुँदै भन्छ्न् - "ह्या बुढो मान्छे! मेरो नाम आफ्ना पोष्टहरूमा उल्लेख नगर्नुस् न यार ।" उनले जति भनेपनि मैले बेला बेला उनको नाम उल्लेख गर्न छाडेको छैन्, ती मेरा मित्र लक्ष्मी भन्ने गर्छन्, "Consistency is key."  बडो विस्मयको कुरा यो छ कि मेरो मित्रले कुनै बेला (सायद अहिले पनि) बडो आदर्श मान्ने नेता प्रचण्ड सम्भवतः अहिले सम्मको नेपाली राजनैतिक इतिहासमा सबभन्दा बढी अस्थिरताको आरोप लागेका नेपाली नेता हुनुपर्छ । 'यस्ता अस्थिरताका नायक नै आदर्श नेता मान्ने मेरा मित्रका मुखारबिन्दबाट सुनेको भएकै कारण मैले ब्लग लेखनमा स्थिरता कायम गर्ने प्रयत्न नगरेको हुँ' भन्ने मेरो स्वीकारोक्ति हैन् । बरू, मित्रले भन्दाभन्दै पनि उनको नाम उल्लेख गरिराख्ने स्थिरता मैले कायम गरेको छु, जस्तो प्रचण्डले अस्थिर हुने ...