Skip to main content

सरस्वतीको मन्दिरमा क्रान्तिकारीको तोडफोड !

नीजि विद्यालयले मनपरी शुल्क बृद्धि गरेको निहुँमा माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको देशभर विद्यालय बन्द गर्ने कार्यक्रम अनुसार म्याग्दी जिल्लाका अखिल क्रान्तिकारीमा संलग्न युवाहरुले पनि सदरमुकामका नीजि विद्यालयहरु आजदेखि पूर्णरुपमा बन्द गराएका छन् । आफ्नो माउ पार्टीले बैशाख १८ गतेदेखि गर्ने भनेको आन्दोलनबाट प्रेरित भएर अखिल क्रान्तिकारीका विद्यार्थीहरुले नीजि विद्यालय बन्द गराएको कारण शुल्क बृद्धि बहानाबाजी मात्र भएको धेरैको टिप्पणी छ ।

विद्यालय बन्द गराउने काममा उनीहरु निकै हदसम्म पूर्वाग्राही भएर लागेको सदरमुकाम बेनीस्थित विद्यालय बन्द गराउने क्रममा उनीहरुले देखाएको हर्कतबाटै प्रष्ट हुन्छ । नेपाली कांग्रेस जिल्ला कार्य समितिका उपसभापति रेशम बानियाँद्धारा संचालित बेनी आवासीय मा.वि.मा बन्द गराउने क्रममा उनीहरुले तोडफोड समेत गरेका छन् । तोडफोडबाट खासै ठूलो क्षति नभएपनि बजारबासी बुद्धिजीवीहरुको अखिल क्रान्तिकारीका विद्यार्थी तथा नेताहरुले विद्यालय बन्द गराउने नाममा पूर्वाग्राही व्यवहार प्रदर्शन गरेको ठहर छ । आफ्ना पार्टीमा संलग्न सुवासकुमार श्रेष्ठ तथा रवीन्द्रराज जोशी संचालक रहेको सदरमुकाम स्थित न्यु वेष्ट प्वाईन्ट कलेज अझ अबेरैसम्म संचालन हुँदा पनि क्रान्तिकारीका विद्यार्थीहरुले नरम व्यवहार प्रदर्शन गर्नुलाई शंकाको घेरामा राख्न सकिन्छ । आजदेखि बन्द भएका नीजि विद्यालयहरूले आफूले बृद्धि गरेको शुल्क फिर्ता नलिएसम्म विद्यालय बन्द गराउने अखिल क्रान्तिकारीले चेतावनी दिएको छ ।

तर अचम्मको विषय, शुल्क बृद्धि भएकोमा सबभन्दा बढि चासो व्यक्त गर्नुपर्ने अभिभावकहरु चुपचाप नै रहेका बेला अखिल क्रान्तिकारीले एकाएक यस्तो बहानामा नीजि विद्यालय ठप्प पार्न खोज्नुको पछाडि उक्त संगठनको केहि स्वार्थ त लुकेको छैन् । हुन पनि समय समयमा नीजि विद्यालयका संस्थापकहरुबाट मोटो रकम लिएर आन्तरिक लेनदेन गर्ने आरोप खेप्दै आएको अखिल क्रान्तिकारीको यो ठूलो रकम जोहो गर्ने अभियान पनि त हुन सक्छ नि, कि कसो ?!

Comments

Popular posts from this blog

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...

अनि मलाई खुबै राजनीति लाग्छ ...

कहिले काही मैले फोकस गुमाएको जस्तो मेरा नजिकका प्रिय मान्छेहरूले महशुस गर्नुहुन्छ ।  राजन दाईले अस्ति फोन गरेपछि पो झल्याँस्स भएँ । वहाँको गुनासो मिश्रित प्रश्नले सिधै मेरो दिमागमा झड्का दिन पुग्यो, दाईसँग खास घुलमिल नभएकाहरूलाई चाँहि वहाँको प्रश्नले दिमागमा हैन् सिधैं मुटुमा हान्न सक्छ । वहाँका प्रायः प्रश्नहरू तारा खेलमा निशाना लगाउन प्रयोग हुने वाण जस्तो सिधा र तिखो हुन्छन् । जस्तो मेरो दिमाग मैं झङ्कार लेराउने प्रश्न थियो वहाँको,  "हैन पाक्षिक रूपमा ब्लग अद्यावद्यिक (अपडेट) गर्छु भन्या हैन् ? एक महिना पुग्न लाग्यो त सर !"    मलाई व्यंग्य गर्नुपर्दा दाइले सर भन्नुहुन्छ, अनि वहाँलाई चाहिँ म भन्छु, साहुजी । यत्तिमा मात्र दाजुको प्रश्न सिमित हुन्थ्यो भने, सायदै म आजको यो ब्लग लेख्न बस्थेँ । तर वहाँको प्रश्नसँग व्यंग्यमिश्रित सानो जिज्ञासा पनि थियो, "खुबै चुनाव लाग्या छ हैन् तिमीलाई !?" यो जिज्ञासामिश्रित व्यंग्य हो या व्यंग्य मिसिएको जिज्ञासा । या यो जिज्ञासा हुँदै नभएर केवल व्यंग्य मात्र थियो । तर जेहोस् यो केहि न केहि चाँहि पक्कै थियो ।  खुबै चुनाव लाग्ने आफत ...