Skip to main content

साहित्यकार होमनाथ सुवेदी सम्मानित

[gallery]

बेनी\१६ चैत्र, २०६६
 म्याग्दी साहित्य समाज, पौलस्त्य साहित्य समाज, बेनी वाङ्मय युवा परिवार, म्याग्दी सामुदायिक पुस्तकालय, मधुसुदन साहित्य प्रतिष्ठान र म्याग्दी बहुमुखी क्याम्पस लगायतका विभिन्न ६ वटा साहित्यिक, वाङ्मयीक तथा प्राज्ञिक संघसंस्थाहरुले संयुक्त रुपमा आयोजना गरेको “नेपाली डायोस्पाराका प्रवर्तक साहित्यकार होमनाथ सुवेदी अभिनन्दन तथा समकालिन लेखनधारा बारे अन्तरक्रिया कार्यक्रम" जि.वि.स. सभाहल बेनीमा सम्पन्न भएको छ ।
 कार्यक्रममा युवा समालोचक गोरखनाथ सुवेदीले डायास्पोराको प्राचिन सन्दर्भ, आधुनिक सन्दर्भ र होमनाथ सुवेदीका कृतिमा डायास्पोराको प्रयोगका सम्बन्धमा ब्याख्या गर्नु भएको थियो । सुवेदीले वि.सं. २०४८ मा स्थापित अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नेपाली डायास्पोराको समग्र साहित्यिक क्रियाकलापलाई पुर्‍याएको योगदानका बारेमा मुक्तकण्ठले प्रशंसा गर्नुभएको थियो । कार्यक्रममा म्याग्दी सामुदायिक पुस्तकालयका अध्यक्ष सन्तोष रावलले स्वागत मन्तव्य तथा स्थानीय विकास अधिकारी विष्णुप्रसाद पोखरेल, मोना म्याग्दीका कोषाध्यक्ष प्रमोद श्रेष्ठ, पौलस्त्य साहित्य समाजका संरक्षक भक्त कार्की तथा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सूर्यप्रसाद मर्सानी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
 गुप्तेश्वर बहुउद्देश्यीय पुस्तकालयका अध्यक्ष तथा वरिष्ठ साहित्यकार शान्तिनारायण श्रेष्ठले साहित्यकार होमनाथ सुवेदीलाई अभिनन्दन पत्र तथा दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो ।
 अन्तरक्रिया कार्यक्रममा म्याग्देली साहित्यमा नारी र गजलमा प्रणय भावका सम्बन्धमा गजलकार रेखाकौशल रेग्मी, विनिर्माण र म्याग्देली साहित्यमा विनिर्माणको प्रयोगका सम्बन्धमा प्राध्यापक तारानाथ शर्मा एवं युवा स्वतन्त्र लेखक नीराजन शिरीषले म्याग्देली साहित्यमा पुस्तान्तर र प्रविधिमा म्याग्देली साहित्यका सम्बन्धमा स्पष्ट पार्नु भएको थियो । कार्यक्रममा कवि नगेन्द्रप्रसाद परंतपले ‘मेरा निम्ति सुस्केराहरुको विश्राम छैन’ शिर्षकको कविता तथा तारामिलन छन्त्यालले आफ्नो गजल प्रस्तुत गर्नुभएको थियो ।
 आफू अमेरिकामा रहे पनि नेपाली भाषा साहित्यमा सेवा प्रदान गर्न सकेकोमा खुशी व्यक्त गर्दै अभिनन्दित स्रष्टा सुवेदीले डायास्पोराका सम्बन्धमा सहभागिलाई प्रष्टयाउने काम गर्नुभएको थियो । यो सम्मानले आफूलाई नेपाली भाषा साहित्य र म्याग्देली साहित्यमा विशेष टेवा पुर्‍याउनका लागि अझ बढी दायित्व थपिदिएको महशुस गरेको बताउँदै आजिवन यसका लागि आफू प्रतिबद्ध रहेको बताउनु भयो । सुवेदीले अमेरिकाबाट म्याग्दी साहित्य समाजका लागि बाल्टिमोर निवासी टिका पुनले उपलब्ध गराउनु भएको १०० यूएस डलर समाजका अध्यक्ष ध्रुवलाल शर्मालाई हस्तान्तरण गर्नुभएको थियो । सम्मानित स्रष्टा सुवेदीको पछिल्लो उपन्यास यमपुरीको महललाई स्नातक तह दोश्रो वर्षको पाठ्यक्रममा समावेश गरेको छ ।
 कार्यक्रमको सभापतित्व म्याग्दी साहित्य समाजका अध्यक्ष ध्रुवलाल शर्मा तथा संचालन मधुसुदन साहित्य प्रतिष्ठानका अध्यक्ष दामोदर घतानेले गर्नुभएको थियो ।

Comments

Popular posts from this blog

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।           दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

घामको आरती पनि घण्टी बजाएरै हुन्छ

पछिल्लो पल्ट ब्लगपोष्ट सार्वजनिक गरेपछि ब्लगै नलेखी बसेको पनि तीन महिना बितिसकेछ । एउटै काममा स्थिरतापूर्वक लागिरहने बानी कहिल्यै परेन मेरो ! यस्तो बेला म मेरा एक मित्रलाई बेस्सरी याद गर्छु । कतिपय ब्लगपोष्टमा उनको नाम मैले उल्लेख गर्दै आएको छु, उनी प्रत्येक पल्ट त्यसमा असहमत हुँदै भन्छ्न् - "ह्या बुढो मान्छे! मेरो नाम आफ्ना पोष्टहरूमा उल्लेख नगर्नुस् न यार ।" उनले जति भनेपनि मैले बेला बेला उनको नाम उल्लेख गर्न छाडेको छैन्, ती मेरा मित्र लक्ष्मी भन्ने गर्छन्, "Consistency is key."  बडो विस्मयको कुरा यो छ कि मेरो मित्रले कुनै बेला (सायद अहिले पनि) बडो आदर्श मान्ने नेता प्रचण्ड सम्भवतः अहिले सम्मको नेपाली राजनैतिक इतिहासमा सबभन्दा बढी अस्थिरताको आरोप लागेका नेपाली नेता हुनुपर्छ । 'यस्ता अस्थिरताका नायक नै आदर्श नेता मान्ने मेरा मित्रका मुखारबिन्दबाट सुनेको भएकै कारण मैले ब्लग लेखनमा स्थिरता कायम गर्ने प्रयत्न नगरेको हुँ' भन्ने मेरो स्वीकारोक्ति हैन् । बरू, मित्रले भन्दाभन्दै पनि उनको नाम उल्लेख गरिराख्ने स्थिरता मैले कायम गरेको छु, जस्तो प्रचण्डले अस्थिर हुने ...