Skip to main content

साहित्यकार होमनाथ सुवेदी सम्मानित

[gallery]

बेनी\१६ चैत्र, २०६६
 म्याग्दी साहित्य समाज, पौलस्त्य साहित्य समाज, बेनी वाङ्मय युवा परिवार, म्याग्दी सामुदायिक पुस्तकालय, मधुसुदन साहित्य प्रतिष्ठान र म्याग्दी बहुमुखी क्याम्पस लगायतका विभिन्न ६ वटा साहित्यिक, वाङ्मयीक तथा प्राज्ञिक संघसंस्थाहरुले संयुक्त रुपमा आयोजना गरेको “नेपाली डायोस्पाराका प्रवर्तक साहित्यकार होमनाथ सुवेदी अभिनन्दन तथा समकालिन लेखनधारा बारे अन्तरक्रिया कार्यक्रम" जि.वि.स. सभाहल बेनीमा सम्पन्न भएको छ ।
 कार्यक्रममा युवा समालोचक गोरखनाथ सुवेदीले डायास्पोराको प्राचिन सन्दर्भ, आधुनिक सन्दर्भ र होमनाथ सुवेदीका कृतिमा डायास्पोराको प्रयोगका सम्बन्धमा ब्याख्या गर्नु भएको थियो । सुवेदीले वि.सं. २०४८ मा स्थापित अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नेपाली डायास्पोराको समग्र साहित्यिक क्रियाकलापलाई पुर्‍याएको योगदानका बारेमा मुक्तकण्ठले प्रशंसा गर्नुभएको थियो । कार्यक्रममा म्याग्दी सामुदायिक पुस्तकालयका अध्यक्ष सन्तोष रावलले स्वागत मन्तव्य तथा स्थानीय विकास अधिकारी विष्णुप्रसाद पोखरेल, मोना म्याग्दीका कोषाध्यक्ष प्रमोद श्रेष्ठ, पौलस्त्य साहित्य समाजका संरक्षक भक्त कार्की तथा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सूर्यप्रसाद मर्सानी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
 गुप्तेश्वर बहुउद्देश्यीय पुस्तकालयका अध्यक्ष तथा वरिष्ठ साहित्यकार शान्तिनारायण श्रेष्ठले साहित्यकार होमनाथ सुवेदीलाई अभिनन्दन पत्र तथा दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो ।
 अन्तरक्रिया कार्यक्रममा म्याग्देली साहित्यमा नारी र गजलमा प्रणय भावका सम्बन्धमा गजलकार रेखाकौशल रेग्मी, विनिर्माण र म्याग्देली साहित्यमा विनिर्माणको प्रयोगका सम्बन्धमा प्राध्यापक तारानाथ शर्मा एवं युवा स्वतन्त्र लेखक नीराजन शिरीषले म्याग्देली साहित्यमा पुस्तान्तर र प्रविधिमा म्याग्देली साहित्यका सम्बन्धमा स्पष्ट पार्नु भएको थियो । कार्यक्रममा कवि नगेन्द्रप्रसाद परंतपले ‘मेरा निम्ति सुस्केराहरुको विश्राम छैन’ शिर्षकको कविता तथा तारामिलन छन्त्यालले आफ्नो गजल प्रस्तुत गर्नुभएको थियो ।
 आफू अमेरिकामा रहे पनि नेपाली भाषा साहित्यमा सेवा प्रदान गर्न सकेकोमा खुशी व्यक्त गर्दै अभिनन्दित स्रष्टा सुवेदीले डायास्पोराका सम्बन्धमा सहभागिलाई प्रष्टयाउने काम गर्नुभएको थियो । यो सम्मानले आफूलाई नेपाली भाषा साहित्य र म्याग्देली साहित्यमा विशेष टेवा पुर्‍याउनका लागि अझ बढी दायित्व थपिदिएको महशुस गरेको बताउँदै आजिवन यसका लागि आफू प्रतिबद्ध रहेको बताउनु भयो । सुवेदीले अमेरिकाबाट म्याग्दी साहित्य समाजका लागि बाल्टिमोर निवासी टिका पुनले उपलब्ध गराउनु भएको १०० यूएस डलर समाजका अध्यक्ष ध्रुवलाल शर्मालाई हस्तान्तरण गर्नुभएको थियो । सम्मानित स्रष्टा सुवेदीको पछिल्लो उपन्यास यमपुरीको महललाई स्नातक तह दोश्रो वर्षको पाठ्यक्रममा समावेश गरेको छ ।
 कार्यक्रमको सभापतित्व म्याग्दी साहित्य समाजका अध्यक्ष ध्रुवलाल शर्मा तथा संचालन मधुसुदन साहित्य प्रतिष्ठानका अध्यक्ष दामोदर घतानेले गर्नुभएको थियो ।

Comments

Popular posts from this blog

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...

अनि मलाई खुबै राजनीति लाग्छ ...

कहिले काही मैले फोकस गुमाएको जस्तो मेरा नजिकका प्रिय मान्छेहरूले महशुस गर्नुहुन्छ ।  राजन दाईले अस्ति फोन गरेपछि पो झल्याँस्स भएँ । वहाँको गुनासो मिश्रित प्रश्नले सिधै मेरो दिमागमा झड्का दिन पुग्यो, दाईसँग खास घुलमिल नभएकाहरूलाई चाँहि वहाँको प्रश्नले दिमागमा हैन् सिधैं मुटुमा हान्न सक्छ । वहाँका प्रायः प्रश्नहरू तारा खेलमा निशाना लगाउन प्रयोग हुने वाण जस्तो सिधा र तिखो हुन्छन् । जस्तो मेरो दिमाग मैं झङ्कार लेराउने प्रश्न थियो वहाँको,  "हैन पाक्षिक रूपमा ब्लग अद्यावद्यिक (अपडेट) गर्छु भन्या हैन् ? एक महिना पुग्न लाग्यो त सर !"    मलाई व्यंग्य गर्नुपर्दा दाइले सर भन्नुहुन्छ, अनि वहाँलाई चाहिँ म भन्छु, साहुजी । यत्तिमा मात्र दाजुको प्रश्न सिमित हुन्थ्यो भने, सायदै म आजको यो ब्लग लेख्न बस्थेँ । तर वहाँको प्रश्नसँग व्यंग्यमिश्रित सानो जिज्ञासा पनि थियो, "खुबै चुनाव लाग्या छ हैन् तिमीलाई !?" यो जिज्ञासामिश्रित व्यंग्य हो या व्यंग्य मिसिएको जिज्ञासा । या यो जिज्ञासा हुँदै नभएर केवल व्यंग्य मात्र थियो । तर जेहोस् यो केहि न केहि चाँहि पक्कै थियो ।  खुबै चुनाव लाग्ने आफत ...