Skip to main content

Posts

हाम्रो बच्चा हुर्काउने काइदा

तस्वीरमा छोरी  चार बर्षपहिलेको एउटा घटना याद भो, “आमा, अब मलाई ज्यामिति बाकस चाहिन्छ है, पर्सीबाट ज्यामितीको पढाई हुन लाइच्च !” म त्यहीबाटो भएर कतै जाँदै थिएँ, एकजना गाउँले भाईले आफ्नी आमासँग ज्यामिति बाकसको माग गर्दैथिए । उनकी आमाले झर्किदै भनिन् – “तेरो बाउले पैसा नपठाएको पाँच महिना भैसक्यो, मैले कहाँबाट ल्याएर दिने हो ?” म बाटोमा टक्क रोकिएँ, आमा–छोराको वार्तालाप सुन्नलाई । बच्चाले माग राखिनै राख्यो, उसलाई बाबुले पैसा पठाउनु या नपठाउनुसँग सम्बन्ध थिएन । आमाले प्रतिजवाफ दिईराखीन् । एकछिन पछि पट्यांग आवाज आयो । आवाजसँगै अर्को करुण आवाज आयो । त्यो रुवाईको आवाज थियो । लगत्तै, म निशब्द त्यहाँबाट हिडेँ । एकपटक अमेरिका घुमेर फर्केपछि नयिका रेखा थापाले सार्वजनिक टिप्पणी गरेकी थिईन – “अमेरिकामा अरु त सबै ठीक लाग्यो तर आफ्नो बच्चालाई एक दुई झापड लगाउन पनि नपाइने कुरोले ताजुब बनायो । त्यो कस्तो नियम हो ?” आमा पनि नबनेकी उनले गरेको सार्वजनिक टिप्पणीले एउटी छोरीको बाबु बनिसकेको मलाई चाँहि आश्चर्यचकित बनायो । त्यो अलिकति स्वभाविक टिप्पणी भैकन पनि त्यसले नेपाली संस्कारको दुर्बल पाटोलाई...

मैले एकदिन श्रीमतीलाई खाजा बनाएर खुवाएँ

गएको हप्ता त हो नी छोरीले आफ्नी आमा (ममी) को मोबाइल फोनमा ‘मिस्ड कल’ गरेको, अनि मेरी दुलहीले छोरीलाई फोन गरेको । आमा–छोरीको मोबाइल वार्ता सुन्दै गर्दा बोलीरहेका दुईजनामा मैले प्रशन्नताको स्पष्ट भाव पाएथेँ, तर मलाई अलि धेरै गम्भीर बनाईदिए मेरा दुई परीहरुले ! “के गर्दैहुनुहुन्छ नी ?” हामीले यताबाट “छोरी” भनेपछि उताबाट छोरीले बोल्ने पहिलो वाक्य नै यहि हो ! त्योदिन पनि छोरीले उनकी आमाले “छोरी” सम्बोधन गरेलगत्तै यहि प्रश्न गरीन् । “तिमीसँग कुरा गर्दैछु ।” वा “भर्खर खाजा खाएँ ।” भनेको भएपनि आज म यसरी सायदै यो लेखिरहेको हुनेथिएँ । तर मेरी पत्नीले भनीन – “म भर्खर पढेर आएको, बाबाले खाजा बनाउनु भयो अनि हामीले खायौं !” यसो भनेर सकेपछि उनले पुलुक्क मतिर फर्केर हेरीन् । उनको त्यो हेराईमा मैले असीम अनुग्रहीत भाव पाएथेँ । उनीहरु अरु धेरै कुराहरु गर्दै थिए, मलाई चाँहि पत्नीले बोलेको पहिलो वाक्यले नै एक हिसाबले स्तब्ध बनायो । अझ यस्तो भनूँ कि त्यसले मेरो भावुक हृदयलाई क्षतविक्षत पार्‍यो । उनको तात्कालिक अनुग्रहीत भावले मेरो हृदयमा ल्याएर आएको कम्पनको अहिले म वर्णन गर्न सक्दिनँ । प्रायःजसो म कामबाट ...

मेरो नानीलाई नेपाली बोल्नै आएन

म बस्ने घरबाट रेल बिसौनीतिर जाने बाटोको मध्य भागतिर बालबालिकाहरुको स्याहार गर्ने पाइभा कोटी (बालबालिका दिवा स्याहार गृह) छ । किनमेलका लागि पसलहरुमा जाँदा म त्यहीबाटो भएर हिड्ने गर्छु । ग्रिश्मकालीन सन्ध्याहरू यति रोमाञ्चक हुन्छन कि राती एघारबजेसम्म घामको उज्यालो हुन्छ । र, एक साँझको ७ बजेतिर म किनमेलका लागि पसल जादैँ थिएँ । मैले एक फिनिश स्वास्नीमान्छेलाई आफ्ना दुईजना बच्चाहरुसँग त्यही स्याहार गृहको खेलमैदानमा खेलिरहेको देखेँ । “आइती...” लामो लेघ्रो तान्दै उनको सानो बच्चा आफ्नी आमालाई केही सोध्दै थियो । उसले “आइती” भनेर आमालाई बोलाएको मात्र मैले बुझेँ । किनकी फिनिशमा “आइती” भनेको आमालाई भनिन्छ भन्ने मैले यहाँ आउँदाको पहिलो महिनातिरै थाहा पाइसकेको थियो । बाँकी उसले के सोध्यो मैले बुझिनँ । उसकी आमाले केहि बताइन । ऊ “कितोस” भन्दै खुरुरु दौडियो । उसले आमालाई धन्यवाद भनेको थियो । तत्क्षण मैले मेरी ७ बर्षीया छोरीलाई याद गरेँ । उनले आफ्नी हजुरआमा (मेरी आमा) लाई आमा, र आफ्नी आमालाई ममी भनेर सम्बोधन गर्ने गरेको सम्झेँ । अनि मैले यो पनि सम्झेँ कि मैले मिठाईहरु लगिदिदा वा वार्षिक तथा त्रैमासि...

शिशा पुछ्दै गर्दा आएथ्यो देशको याद

यो नेपालमा विनाशकारी भूकम्प गएको ३ दिन पछिको घटना थियो ।  पश्चिमतिरको काम्पिनतोरी जाने ढोकाको शिशा उति पुछ्नु पर्दैन । सफा नै हुन्छ । तर आज त्यो ढोकामा जानु मन लाग्यो मलाई । म गएँ पनि । अलिअलि औंलाहरुका डोब परेछन् । नीलो फाइबरमा सुमा र्‍यापिड १  छर्केर एकै फिटिक हात लम्काएपछि ती नामेट भए । शिशा टलक्कै भो । टल्केको शिशाबाट साठी सत्तरी हात पर रेडक्रसको स्वयंसेवी पोशाकमा एउटा फिनिश अधवैशेंलाई हातमा बट्टा समातेर सहयोग उठाईरहेको देखेँ । मोबाइल निकालेर हेरेँ – नौ बज्न तीन मिनेट थियो । अलिकति अगाडि बढेर यसो चिहाएपछि देखेँ, फिनिशमा लेखेको रहिछ – नेपाललाई सहयोग गरौं !  हप्ताको मध्य दिन अलि बढी मात्रामा शिशा पुछ्नु पर्छ मलाई । र, नेपाललाई सहयोग गरौं लेखेको बट्टा बोक्ने फिनिशलाई देखेको दिन पनि हप्ताको मध्य दिन नै थियो । त्यो यस बर्षको अठारौं हप्ताको बुधबार थियो । केहि शिशाहरु पुछपाछ पारेपछि मेरो खाना खाने समय भो । आधा घण्टाको खाना खाने अवधीभर मनमा धेरै तर्कनाहरु उठेँ । खाना पनि नरुचे जस्तो भो । र, फेरि एकपल्ट मैले खाँदाखाँदैको भाग पूरा गर्न सकिनँ । पत्नीले प्रेमपूर्वक तयार पा...

म शिशा पुछ्दिन

“पश्चिमतिरको खालीभाग पनि सफा गर्नुपर्ने तिम्रै भागमा पर्ने भो’ हैं ।” – एक भोर काम गर्ने ठाउँको प्यालेस्टाइनी नाइकेले सफाई कोठाको शौचालय सफा गरेर निस्किदै गर्दा भन्यो । काम उति धेरै त होईन तर च्याँठ्ठिदै मैले प्रतिप्रश्न गरेँ – “त्यो बेल्जियन क्याफेको साइडको ?” “अँ, त्यो भुइँतलादेखि माथि टाइगर बारसम्मको ।” फेरि सम्झे झैं गरेर भन्यो – “जम्मा ५ वटा तलाको कुनाकुना परेको भाग न हो, धेरै छैन । त्यहि पनि त्यो भित्ताको काला निला धर्साधर्सी केहि भए त्यो तिम्ले गर्नुपर्दैन, त्यो अर्कैले गर्छ ।” मैले केहि आपत्ति जनाइँन । पोछा लगाएर कनिकनि गर्नुपर्ने होइन । मेसिन चलाउने न हो । त्यो पनि हप्ताको दुईदिन गर्दे हुन्छ । त्यति फोहोर पनि त हुँदैन त्यतातिर । एल्ले थाहा पाउने हैन ! म मनमनै खुशी भएँ । म मुस्कुराएको देखेपछि ऊ पनि मुस्कुरायो । खासमा ऊ नमुस्कुराउने खालको मान्छे नै हैन । मुस्कुराएरै ऊ त्यहाँबाट ओझेल हुन लाग्यो, भन्यो – “सिसाहरु राम्ररी टल्काउनु हैं । मैले त्यसलाई पनि भन्या छु ।” अनि ऊ त्यहाँबाट हिड्यो । म, मेरो ट्रलि गुडाएर सिसा पुछ्न हिडेँ । त्यो दिउँसो आफैले टलक्क पारेको शिशाको झ्यालबाट मैल...

युवानेताको मुर्खताका नाममा

साठीको दशकमा जहिले म बागलुङबजारमा एक नीजि बिधालयमा अध्यापनरत थिएँ, उनीसँग आकलझुक्कल भेट मात्र हुन्थ्यो मेरो । भेट प्रायः साहित्यिक गोष्ठीहरूमा हुने गर्थ्यो । तिनताका निकै साहित्यिक सरगर्मी रहन्थ्यो बागलुङमा । कहिले बिधामन्दिर पुस्ताकलय, त कहिले धौलागिरि क्याम्पसको सभाहल । कविहरूको बीचमा एउटा अर्को कवि हुन्थ्यो छिर्केमिर्के गाउँले झोला बोकेको, हल्का बाक्लो दार्ही जुँघा भएको, मसिनो आवाजमा बोल्ने म भन्दा दुर्इचार बर्ष जेठो जस्तो देखिने राजनैतिक चेत भएको कवि । म उसलाई गोविन्द दाई भन्ने गर्थेँ । उनलाई मेरो नाम धेरैपछि मात्र याद भो ।  कारण, उनी मेरो बाबाको पनि साथी रहिछन् । पछि, उनले असिम प्यारसहित सम्बोधन गर्न थालेँ - शिरीष भाइ । म त्यसै त्यसै पुलकित हुन थालेँ । पछिफेर सामिप्यता बढेपछि, मैले उनलाई अझ धेरै बुझ्न थालेँ - उनी अञ्चलमै धेरै विधार्थीहरूले पढ्ने धौलागिरि क्याम्पसको स्ववियू सभापति पनि रहेछन् । एक आम युवामा भन्दा कति हो कति राजनैतिक चेत भएका गोविन्द दाईले बिस्तारै राजनैतिक सफलताको सिंढी चढ्दै आएका छन । एक परिचितका नाताले उनको सफलतामा मलाई असिम खुशी पनि लाग्दछ । तर ६० को प्रारम्भ...

म्याग्दी, तर्क र नांगो नाच

म्याग्दीमा अचम्मको राजनीति छ । उसो त नेपाल नै अचम्मको राजनीतिमा चलिरहेको देश हो । उधोग बाणिज्य संघमा राजनीति, क्याम्पस संचालक समितिमा राजनीति । राजनीतिबाट अछुतो छैन- जिल्ला बाल संगठन, वा कुनै सामुदायिक बिधालयको व्यवस्थापन समिति । अझ म्याग्दीमा त काङ्ग्रेस र एमालेका छुट्टाछुट्टै नीजि बोर्डिङ, केबुल, सहकारी, पसल, ट्युसन सेन्टर, ढिकुटी खेलाउने घोपा, रेष्ट्रँरा, होटल, करिब करिव सबैसबै सेवा प्रदायकहरू छुट्टाछुट्टै छन् । अझ राजनीतिको प्रभाव शुन्यः हुनुपर्छ भनेर ठानिने रेडक्रसमा समेत राजनीति छ म्याग्दीमा । पहिला पहिला काँग्रेसीहरू आलोपालो हुन्थे रेडक्रस अध्यक्ष, अहिले एमालेहरू चलार्इराखेका छन् । मानौं म्याग्दी जिल्ला एमाले र कांग्रेसको बिर्ता हो । र, त्यहाँ उनीहरू आफ्नो क्षमता, शक्ति र पैसाका आधारमा नांगो नाच नाच्न रूचाउँछन् । पछिल्लो क्रममा, राजनीतिको नांगो नाच एमाले र कांग्रेसले खुलेर नाचिरहेका छन् । यो नांगो नाचमा सर्वाङ्ग नाङ्गो नाच चाँहि काङ्गेसले नाचिरहेछ । गीतको बोल छ – जिल्लाबाट बनेका छन् तीनजना सभासद हाम्रै माननीयले पाउनु पर्छ प्रमुख अतिथीको पद ... संविधानसभाको पछिल्लो निर...