Skip to main content

युवानेताको मुर्खताका नाममा

साठीको दशकमा जहिले म बागलुङबजारमा एक नीजि बिधालयमा अध्यापनरत थिएँ, उनीसँग आकलझुक्कल भेट मात्र हुन्थ्यो मेरो । भेट प्रायः साहित्यिक गोष्ठीहरूमा हुने गर्थ्यो । तिनताका निकै साहित्यिक सरगर्मी रहन्थ्यो बागलुङमा । कहिले बिधामन्दिर पुस्ताकलय, त कहिले धौलागिरि क्याम्पसको सभाहल । कविहरूको बीचमा एउटा अर्को कवि हुन्थ्यो छिर्केमिर्के गाउँले झोला बोकेको, हल्का बाक्लो दार्ही जुँघा भएको, मसिनो आवाजमा बोल्ने म भन्दा दुर्इचार बर्ष जेठो जस्तो देखिने राजनैतिक चेत भएको कवि । म उसलाई गोविन्द दाई भन्ने गर्थेँ । उनलाई मेरो नाम धेरैपछि मात्र याद भो ।  कारण, उनी मेरो बाबाको पनि साथी रहिछन् । पछि, उनले असिम प्यारसहित सम्बोधन गर्न थालेँ - शिरीष भाइ । म त्यसै त्यसै पुलकित हुन थालेँ ।


पछिफेर सामिप्यता बढेपछि, मैले उनलाई अझ धेरै बुझ्न थालेँ - उनी अञ्चलमै धेरै विधार्थीहरूले पढ्ने धौलागिरि क्याम्पसको स्ववियू सभापति पनि रहेछन् । एक आम युवामा भन्दा कति हो कति राजनैतिक चेत भएका गोविन्द दाईले बिस्तारै राजनैतिक सफलताको सिंढी चढ्दै आएका छन । एक परिचितका नाताले उनको सफलतामा मलाई असिम खुशी पनि लाग्दछ । तर ६० को प्रारम्भमा शुरू भएको हाम्रो सामिप्यताको गाँठो यसै दशकको उत्तरार्धमा आएर केहि खुकुलो बन्न गयो । कारण थियो - मेरो राजनैतिक टिप्पणी ! गलतलाई गलत भन्न सक्ने मेरो साहसमा जब उनको राजनैतिक फरमान हुन शुरू भयो । मैले उनलाई स्पष्ट शब्दमा भन्नुपर्यो - देश र जनतामा भ्रम छर्ने काम वा बेफाइदा गर्ने प्रयोजनमा मेरै बाले राजनैतिक चालबाजी गरे पनि म त्यसको सख्त विरोध गर्दछु । मलाई यहाँको फरमान अस्वीकार्य छ । लगभग डेढ बर्ष पहिले हाम्रो अन्तिम दोहोरो कुराकानी भएको थियो - सामाजिक संजाल फेसबुकमा । त्यो पनि हालै संविधान सभाको उपनिर्वाचनमा बागलुङ १ की एमाले उम्मेदवार मना के.सी. ले सम्प्रेषण गरेको एउटा तस्वीरमा टिप्पणीका रूपमा ..। 


आज तिनै गोविन्द दाईको एक सन्काहा, बहुलठ्ठी र हास्यापद कृत्यले मलाई मेरो जीवनको केहि महत्वपूर्ण समय यो लेख्नमा खर्च गराएको छ । निर्वाचनको क्रममा भोट किन्न पैसाको बाँडेको आरोपमा एक कांग्रेसी युवालाई कुटपिट गरेको अभियोगमा पक्राउ परेका केहि आफ्ना साथीहरूलाई निशर्त छुटाउनका लागि गोविन्द दाईले आमरण अनशन बसेको समाचार, तस्वीर र फेसबुकमा भित्तेलेखनका सम्प्रेषणहरू पढेपछि म केहिबेर स्तब्ध भएँ । मलाई दुई कुरा नराम्ररी बिझाए- पहिलो त खराबै भएपनि आफ्ना साथी ठीक छन् भन्ने गोविन्द दाईको बुझाई र उनीहरूका लागि आफ्नो प्राणको पनि पर्वाह नगरी उनले चालेको कदम, दोश्रो यो मनोवृतीबाट ग्रसित हाम्रा युवा नेताको निर्देशन गर्ने भविष्यको राजनीति !


जूलाई १९०९ मा बेलायतमा महिलाहरूले पनि निर्वाचनमा मत दिन पाउनुपर्छ भनेर प्रदर्शनमा उत्रेका कारण पक्राउ परेकी वालेस डुनलपले शुरू गरेको भोक हडतालको मर्म, भारतको स्वतन्त्रताका लागि तत्कालिन विट्रिस उपनिवेशका विरूद्द महात्मा गान्धी र उनका साथीहरूले गरेको भोक हडताल, अनि हालै मात्र स्वास्थ्य शिक्षालाई माफियाकरण हुनबाट बचाउन डा. गोविन्द के.सीले गरेको अनशनको अबमूल्यन हुने गरि किन गोविन्द दाईले यस्तो कदम उठाए ? के उनलाई लागेको छ - राजनीतिको आवरणमा गरिने सबै कृत्यहरू क्षम्य छन् ?  यस्तो निकृष्ट मनोवृति बोकेर हिड्ने हाम्रा कथित युवा नेताहरूबाट हामीले भोलीको नेपालको कस्तो रूपरेखा कोर्दै छौं ? राजनीति गर्ने ब्यक्ति के लहडी, स्वेच्छाचारी हुनु मिल्छ ? नेताले राजनीतिको धर्म, मूल्य र मान्यतालाई मनन गर्नुपर्दैन ? कि, भाषण दिएमात्र पुग्ने हो ?


यो लेख्दै गर्दा, उनको स्वास्थ्य स्थिती कमजोर हुँदै गएको समाचार पढेको थिएँ । र, दुःख साथ, एकदमै संवेदनहीन भएर भन्नुपर्ने हुन्छ मैले कि यो हठका कारणले उनको जीवनमा केहि तलमाथि हुन गएमा मलाई कुनै सन्देह लाग्ने छैन । किनकी, म कानुनीराजमा विश्वास गर्दछु । मैले सिकेको राजनैतिक मूल्यले मलाई - मूर्खहरूका लागि संवेदनशील हुन बाध्य पार्दैन । अतएवः उनी यो पढ्ने स्थितीमा छन् भने मेरो आग्रह यत्ति हो - गोविन्द दाई, मुर्खताले कसैको भलो गर्दैन । अनसनको घोर अपमान गर्ने यो नौटंकी बन्द गर्नुस् । 

Comments

Popular posts from this blog

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...

घर कहाँ हो दाजुको ?

अन्तिम पटक ह्वाट्स एपकलमा तेर्ह मिनेट कुराकानी भएको ठ्याक्कै तीन महिनापछि ह्वाट्स एपमा तिमीलाई मेरो पछिल्लो ब्लग पोष्टको लिंक साझा गरेथेँ, करिब तीन हप्तापछि आजै बुनेले मीठो टिप्पणीसहितको सन्देश प्रवाह गर्ने क्रममा अम्रिकाबाट सोधी पठायौ, "Dai, I have a question, where is home? Nepal or Finland?" सायदै बुने तिम्रो प्रश्न यत्तिमै मात्र सक्किन्थ्यो भनेपनि मैले सजिलै भनिदिन सक्थेँ होला जसरी हाम्रै म्याग्दीका लोकगायक खड्ग गर्बुजाले आफ्नो ' पिरती ' एल्बमको एक गीतमा सोध्दा प्रश्न, "घर कहाँ हो मायालु?" कति सजिलै जवाफ दिएथीन् गायिकाले, "हिमालको काखैमा ।" तर तिम्रो प्रश्नमा जवाफ मात्र दिएर पुग्थेन्, त्यसले अन्तःस्करणको भाव पनि जान्न चाहन्थ्यो किनकी त्यसमा तिमीले थपेर पठाएथ्यौ - "What is your feeling since you've lived so many years in Finland?" म फिनल्याण्ड टेकेको वर्षदिन पनि त पुगेको थिएन् जतिबेला सन् २०१३ को हिउँदमा फिनल्याण्डमा मलाई पहिलो कामका लागि भनसुन गर्दिनुभएका दाजु राजन सुवेदीले, तिम्रो जत्तिकै गम्भीर त होईन् तर सिधा प्रश्न गर्नु भएथ्...