Skip to main content

युवानेताको मुर्खताका नाममा

साठीको दशकमा जहिले म बागलुङबजारमा एक नीजि बिधालयमा अध्यापनरत थिएँ, उनीसँग आकलझुक्कल भेट मात्र हुन्थ्यो मेरो । भेट प्रायः साहित्यिक गोष्ठीहरूमा हुने गर्थ्यो । तिनताका निकै साहित्यिक सरगर्मी रहन्थ्यो बागलुङमा । कहिले बिधामन्दिर पुस्ताकलय, त कहिले धौलागिरि क्याम्पसको सभाहल । कविहरूको बीचमा एउटा अर्को कवि हुन्थ्यो छिर्केमिर्के गाउँले झोला बोकेको, हल्का बाक्लो दार्ही जुँघा भएको, मसिनो आवाजमा बोल्ने म भन्दा दुर्इचार बर्ष जेठो जस्तो देखिने राजनैतिक चेत भएको कवि । म उसलाई गोविन्द दाई भन्ने गर्थेँ । उनलाई मेरो नाम धेरैपछि मात्र याद भो ।  कारण, उनी मेरो बाबाको पनि साथी रहिछन् । पछि, उनले असिम प्यारसहित सम्बोधन गर्न थालेँ - शिरीष भाइ । म त्यसै त्यसै पुलकित हुन थालेँ ।


पछिफेर सामिप्यता बढेपछि, मैले उनलाई अझ धेरै बुझ्न थालेँ - उनी अञ्चलमै धेरै विधार्थीहरूले पढ्ने धौलागिरि क्याम्पसको स्ववियू सभापति पनि रहेछन् । एक आम युवामा भन्दा कति हो कति राजनैतिक चेत भएका गोविन्द दाईले बिस्तारै राजनैतिक सफलताको सिंढी चढ्दै आएका छन । एक परिचितका नाताले उनको सफलतामा मलाई असिम खुशी पनि लाग्दछ । तर ६० को प्रारम्भमा शुरू भएको हाम्रो सामिप्यताको गाँठो यसै दशकको उत्तरार्धमा आएर केहि खुकुलो बन्न गयो । कारण थियो - मेरो राजनैतिक टिप्पणी ! गलतलाई गलत भन्न सक्ने मेरो साहसमा जब उनको राजनैतिक फरमान हुन शुरू भयो । मैले उनलाई स्पष्ट शब्दमा भन्नुपर्यो - देश र जनतामा भ्रम छर्ने काम वा बेफाइदा गर्ने प्रयोजनमा मेरै बाले राजनैतिक चालबाजी गरे पनि म त्यसको सख्त विरोध गर्दछु । मलाई यहाँको फरमान अस्वीकार्य छ । लगभग डेढ बर्ष पहिले हाम्रो अन्तिम दोहोरो कुराकानी भएको थियो - सामाजिक संजाल फेसबुकमा । त्यो पनि हालै संविधान सभाको उपनिर्वाचनमा बागलुङ १ की एमाले उम्मेदवार मना के.सी. ले सम्प्रेषण गरेको एउटा तस्वीरमा टिप्पणीका रूपमा ..। 


आज तिनै गोविन्द दाईको एक सन्काहा, बहुलठ्ठी र हास्यापद कृत्यले मलाई मेरो जीवनको केहि महत्वपूर्ण समय यो लेख्नमा खर्च गराएको छ । निर्वाचनको क्रममा भोट किन्न पैसाको बाँडेको आरोपमा एक कांग्रेसी युवालाई कुटपिट गरेको अभियोगमा पक्राउ परेका केहि आफ्ना साथीहरूलाई निशर्त छुटाउनका लागि गोविन्द दाईले आमरण अनशन बसेको समाचार, तस्वीर र फेसबुकमा भित्तेलेखनका सम्प्रेषणहरू पढेपछि म केहिबेर स्तब्ध भएँ । मलाई दुई कुरा नराम्ररी बिझाए- पहिलो त खराबै भएपनि आफ्ना साथी ठीक छन् भन्ने गोविन्द दाईको बुझाई र उनीहरूका लागि आफ्नो प्राणको पनि पर्वाह नगरी उनले चालेको कदम, दोश्रो यो मनोवृतीबाट ग्रसित हाम्रा युवा नेताको निर्देशन गर्ने भविष्यको राजनीति !


जूलाई १९०९ मा बेलायतमा महिलाहरूले पनि निर्वाचनमा मत दिन पाउनुपर्छ भनेर प्रदर्शनमा उत्रेका कारण पक्राउ परेकी वालेस डुनलपले शुरू गरेको भोक हडतालको मर्म, भारतको स्वतन्त्रताका लागि तत्कालिन विट्रिस उपनिवेशका विरूद्द महात्मा गान्धी र उनका साथीहरूले गरेको भोक हडताल, अनि हालै मात्र स्वास्थ्य शिक्षालाई माफियाकरण हुनबाट बचाउन डा. गोविन्द के.सीले गरेको अनशनको अबमूल्यन हुने गरि किन गोविन्द दाईले यस्तो कदम उठाए ? के उनलाई लागेको छ - राजनीतिको आवरणमा गरिने सबै कृत्यहरू क्षम्य छन् ?  यस्तो निकृष्ट मनोवृति बोकेर हिड्ने हाम्रा कथित युवा नेताहरूबाट हामीले भोलीको नेपालको कस्तो रूपरेखा कोर्दै छौं ? राजनीति गर्ने ब्यक्ति के लहडी, स्वेच्छाचारी हुनु मिल्छ ? नेताले राजनीतिको धर्म, मूल्य र मान्यतालाई मनन गर्नुपर्दैन ? कि, भाषण दिएमात्र पुग्ने हो ?


यो लेख्दै गर्दा, उनको स्वास्थ्य स्थिती कमजोर हुँदै गएको समाचार पढेको थिएँ । र, दुःख साथ, एकदमै संवेदनहीन भएर भन्नुपर्ने हुन्छ मैले कि यो हठका कारणले उनको जीवनमा केहि तलमाथि हुन गएमा मलाई कुनै सन्देह लाग्ने छैन । किनकी, म कानुनीराजमा विश्वास गर्दछु । मैले सिकेको राजनैतिक मूल्यले मलाई - मूर्खहरूका लागि संवेदनशील हुन बाध्य पार्दैन । अतएवः उनी यो पढ्ने स्थितीमा छन् भने मेरो आग्रह यत्ति हो - गोविन्द दाई, मुर्खताले कसैको भलो गर्दैन । अनसनको घोर अपमान गर्ने यो नौटंकी बन्द गर्नुस् । 

Comments

Popular posts from this blog

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।           दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...

घामको आरती पनि घण्टी बजाएरै हुन्छ

पछिल्लो पल्ट ब्लगपोष्ट सार्वजनिक गरेपछि ब्लगै नलेखी बसेको पनि तीन महिना बितिसकेछ । एउटै काममा स्थिरतापूर्वक लागिरहने बानी कहिल्यै परेन मेरो ! यस्तो बेला म मेरा एक मित्रलाई बेस्सरी याद गर्छु । कतिपय ब्लगपोष्टमा उनको नाम मैले उल्लेख गर्दै आएको छु, उनी प्रत्येक पल्ट त्यसमा असहमत हुँदै भन्छ्न् - "ह्या बुढो मान्छे! मेरो नाम आफ्ना पोष्टहरूमा उल्लेख नगर्नुस् न यार ।" उनले जति भनेपनि मैले बेला बेला उनको नाम उल्लेख गर्न छाडेको छैन्, ती मेरा मित्र लक्ष्मी भन्ने गर्छन्, "Consistency is key."  बडो विस्मयको कुरा यो छ कि मेरो मित्रले कुनै बेला (सायद अहिले पनि) बडो आदर्श मान्ने नेता प्रचण्ड सम्भवतः अहिले सम्मको नेपाली राजनैतिक इतिहासमा सबभन्दा बढी अस्थिरताको आरोप लागेका नेपाली नेता हुनुपर्छ । 'यस्ता अस्थिरताका नायक नै आदर्श नेता मान्ने मेरा मित्रका मुखारबिन्दबाट सुनेको भएकै कारण मैले ब्लग लेखनमा स्थिरता कायम गर्ने प्रयत्न नगरेको हुँ' भन्ने मेरो स्वीकारोक्ति हैन् । बरू, मित्रले भन्दाभन्दै पनि उनको नाम उल्लेख गरिराख्ने स्थिरता मैले कायम गरेको छु, जस्तो प्रचण्डले अस्थिर हुने ...