समय मैं ऋतुकालमा प्रविष्ट नहुने असाध्य नारी रोगले आक्रान्त मेरी धर्मपत्नीको व्यथा नेपाल छाड्दा पनि उस्तै नै रह्यो । त्यसकारण , उनले यो विदेशी भूमीमा पहिलो पटक यहाँको चिकित्सकसँग चेकजाँच गराउनु पर्ने भयो । त्यस हेतू नजिकैको सरकारी स्वास्थ्य केन्द्रमा फोन मार्फत हामीले चेकजाँचको लागि समयको अग्रीम प्रबन्ध ग र् यौं । उनका लागि आकस्मिक सेवा आवश्यक नभएका कारण , स्वास्थ्यकेन्द्रले तीन हप्तापछिको समयको ब्यवस्था गरिदियो ! तीन हप्तापछि बिहान आठ बजे उनी स्वास्थ्य केन्द्र पुगीन । “ नयाँ ठाउँ , नयाँ परिवेश , नयाँ हावापानीका कारण सिर्जित तनावका कारणले त्यस्तो भएको रे डाक्टरले भनेकी ! ” स्वास्थ्यकेन्द्रबाट फर्केर आफ्नो झोला समेत नबिसाई एकै श्वासमा पत्नीले सुनाईन । “ ए , ए ! हामी त्यसै के के सोचेर आत्तिएछौं ! ठीकै छ नी त उसोभए । ” मैले यतिभनेपछि आफूले स्वास्थ्यकेन्द्रमा बिताएको आधा घण्टाभन्दा बढीको समयमा के के भयो र कस्तो अनुभव रह्यो उनले सविस्तार सुनाइँन । जुन मेरा लागि नौलो विषय थिएनन् । “ म तल बसिरहेकी थिएँ , मेरो नाम लिदैँ डाक्टर आइन । मलाई ह्युभा हुवामेन्ता (शुभप्रभात) भन्दै अभिवादन...
कुनै पनि बुझाइ अन्तिम सत्य होइनन् ।