Skip to main content

Posts

Showing posts from 2019

विद्वान एनआरएन र भुँइमान्छे

एउटा सामान्य आग्रह थियो त्यो, जसको मैले अति नै असामान्य जवाफ पाएको थिएँ । इतिहास नभैसकेको अस्ति भर्खरको सन्दर्भ हो त्यो । गैरआवासीय नेपालीहरूको संस्था जस्ता संगठनहरूमा लोकतान्त्रिक मात्र नभै सृजनशील अभ्यासहरूलाई आत्मसाथ गरिनुपर्छ भन्ने मेरो ठनाई हो । त्यसैकारण, मैले मेरो सामान्य बुझाई सामाजिक सञ्जालमा राखेको थिएँ - को नयाँ ? को पुराना ? जोसँग ‘नेतृत्व गर्न सक्ने क्षमता मसँग छ’ भन्ने आत्मविश्वास छ भने त्यो जोसुकै होस् लोकतान्त्रिक प्रक्रियाबाट चुनिएर नेतृत्वमा आउने अवसर उसले पनि पाउनुपर्छ । के आफ्नो आत्मविश्वासको परख गर्न नपाउने उसले?   म आफू भुँइमान्छे भन्ठान्छु, त्यसैले मेरा बुझाईहरूमा सिमितता छन् भन्न मलाई कुनै अप्ठ्यारो लाग्दैन । तर म भुँइमान्छेको भुँइप्रश्नको जवाफ एक जिम्मेवार ब्यक्तिले गैरजिम्मेवार तरिकाले दिएको भान भएपछि, मैले यो ब्लग लेख्दैछु । मेरो नेपाली भाषाको सम्प्रेषणमा मित्रको अंग्रेजी भाषामा जवाफ पाएपछि, अंग्रेजी साहित्यमा आफू अध्ययनरत क्याम्पसको सर्वोत्कृष्ट नतिजासहित स्नातक गरेको मेरो अहम रन्थियो नै, मैले अंग्रेजी जवाफको लागि मित्रलाई अंग्रेजीमा नै जवाफ फर्काइसकेको...

एनआरएनए - नट रिप्लेशएबल अर नट एसेप्टेबल ? के बनाउने ?

                 हेलसिन्कीबाट ३७ किमी पर अरू डेढ दुई दर्जन नेपाली विधार्थीहरूले जस्तै भर्खर पढाई शुरू गरिरहेको मलाई यो देशमा पनि एनआरएनए भन्ने कुनै संस्था छ भन्ने थाहा थिएन । धरोधर्म, फिनल्याण्डमा गैर आवासीय नेपालीहरूको संस्था जिवित छ, वर्षमा दुईचार कार्यक्रमहरू गर्छ भन्ने कुरो मैले थाहा पाएको मुश्किलले साढे २ वर्ष भए होला । उसो त गैर आवासिय नेपालीहरूको संगठन (एनआरएनए) को २०१७ मा संसोधन हुनुपूर्वको विधानले तोकेको योग्यता अनुसार, २०१३ को मार्चसम्म म यस संस्थाको सदस्य बन्न योग्य गैर आवासीय नेपाली नागरिक थिएँ ।                     म, यस संस्थाको सदस्य भएको हालै एक वर्ष मात्रै भएको छ । मेरो चिनजानका करिब ९० प्रतिशत फिनल्याण्डबासी नेपाली मित्रहरू यस संस्थामा औपचारिक रूपमा  जोडिसकेका छैनन । यो लेख तयार पार्दै गर्दा एनआरएनएको विश्वभरका राष्ट्रिय संघमा आबद्द सदस्यहरूको केन्द्रिय तथ्याङ्क भण्डारमा खोजी गर्दा फिनल्याण्डबाट मात्र ८३ जना यस संस्थामा आबद्द भएको पाएँ । परन्तु, करिब २ हजार ५ स...

नेपाली रेष्टुरेन्टमा हुन नसकेको एउटा मम पार्टी

तिनताका म हेलसिन्कीबाट करिब ४० किमीको दूरीमा रहेकाे यारभेनपा शहरमा बस्थेँ । हेलसिन्की खासै आइदैन्थ्यो । पहिलो त बेकामे जो थिईयो, अतः खर्च हुने हर यूरो बराबरको नेपाली रकमको हिसाबले दिमाग रन्थनाउने बेला थियो त्यो । दोश्रो कामै नभएपछि कुकुरको जस्तो घुमाईमा उति रूची कहिल्यै भएन जीवनमा । २०१२ निख्रिनै लागेको समय थियाे त्यो । अहिले २०१९ को एक चाैथाई सकिन लाग्याे । पूरापूर ६ बर्ष पुगिसकेछ, त्यो सामान्य जस्ताे लाग्ने घटना घटेकाे । तर कुनै कुनै चलचित्रको अति नै मनछुने कुनै दृश्यको प्रत्येक वस्तुस्थिति झल्झल्ती याद भएजस्तै गरी मलाई, त्यो घटनाकाे प्रत्येक घटनाक्रम याद छ । घटना सामान्य नै मान्न सकिएला, तर अहिले त्यसको याद गर्नूको छुट्टै मज्जा छ ।  एकजना साथीले भर्खर काम पाएको थियो । कामको खडेरी परेको समय, सबभन्दा पहिला काम पाएको उसले मलाई विशेष भोज दिन्छु भनेर उसकै खर्चमा रेलगाडी चढाइवरी हेलसिन्की झारेको थियो । एउटा नेपाली रेष्टुरेन्टमा मम पाइन्छ, मम खुवाउँछु भन्दै लगेको थियो । मुखमा मम नपरेको पूरै साढे ४ महिना भैसकेको थियो । किनकी अन्तिमपल्ट फिनल्याण्ड उड्नुभन्दा अघिल्लो रात केहि साथीह...

नेताको छोरो ५, युवा परिचालन - अनिको बाध्यता !

चुनाव प्रचारका क्रममा Photo: Nirajan Thapa बेनी त्यसै त कोप्चो ठाउँ झन मंसिर लागिसकेको समय,  जाडोले लास्टै ल्याङ हानिरहेथ्यो । अनि चुनावको चटारोले देशलाई छपक्कै छोपेको समय, म चाँहि दुईथान सिरकले छोपिएर बिस्तारामा लडिरहेथेँ, त्यो बिहानको आरम्भ एउटा फोनबाट भयो । मलाई यस्ता फोनले मंसिर लागेपछि अति नै ल्याङ गरिरहेथे । बेनीबाट चारपाँच घण्टाको पैदल यात्रामा पुगिने गाउँबाट एकजना अति नै नजिकका चिनजानको भाईको फोन थियो त्यो, उनको उर्दि थियो, "दाई, एकजना बैनी आज बिनी (बेनी) झर्दैछिन, तिनैका हाता १५, १६ हजार पठाईदिनु होला हैं !"  यी तिनै भाई थिए, जो म चुनावका लागि नेपाल जाने तयारीमा रहेका बेला मलाई बारम्बार फेसबुक म्यासेन्जरमा चारा हालिरहेका हुन्थे    “ढुक्क हुनुस् दाई, बुढाले जित्छन! तर अलि मेहनत चाँहि गर्न पर्छ हैं ।” उनले भनेको मेहनत सानोतिनो कुरो थिएन । त्यो मेहनत अर्थोउपार्जन गर्ने मेहनत नभै अर्थवितरणसम्बन्धि मेहनत थियो । जुन मैले फोन आउँदाको दिनको साँझमा गरेको थिएँ ।  साँझको समय, मेरा तीनजना हितैषी चुनावकै लागि आफ्नै खर्चमा काठमान्डुबाट बेनीमा झरेका थिए । ...