Skip to main content

Posts

ख्वै मेरो यौनिक अधिकार ?

तस्बीर श्रोतः एफोरिक ब्लगस्पट डट फि हेलसिन्की सेन्ट्रल स्टेशनमा यात्रुहरुको राम्रै भिडभाड हुन्छ । र, प्रत्येक पटक म त्यहाँ पुग्दाँ विभिन्न दृश्यपरिदृश्यहरु देखेकै हुन्छु । जस्तो माग्नेहरुले बटुवाहरुबाट पैसा फुत्काउन प्रस्तुत गर्ने सृजनशीलता, एक्ला बृद्धबृद्धाहरु, तरुनी तन्नेरीहरु र हतार हतार हिडिरहेका मान्छेहरुको भीड । तर आज सयौं मान्छेहरुका बीच एउटा जोडी देखेँ, जो लिपिक्कै टाँसिएर दश मिनेटभन्दा बढी समय चुम्बनक्रिडामा ब्यस्त रह्यो । यी दृश्यहरु देखिरहँदा मलाई खासै अचम्म त लाग्दैन सायद बानी परिसकेको भएर पनि होला तर कताकता असहजताको अनुभूति चाँहि हुन्छ । सोच्दछु, कि सार्वजनिक स्थानमा जहाँ सयौं मान्छेहरु ओहोरदोहोर गर्दछन् त्यहाँ कम्तिमा पनि यतिधेरै स्वतन्त्रताको हक नदिएको भए पनि हुने परन्तु युरोप हो – यहाँ एउटा नागरिक अरु नागरिकहरुको अधिकार हनन् नहुनेहदसम्मका लागि आफ्नो स्वतन्त्रताको हक उपभोग गर्न स्वतन्त्र छ । र, यहि समय म मेरो देशको नागरिक भएको नाताले उपभोग गर्न पाउने अधिकार र यस विकसित देशका नागरिहरुलाई प्रदत्त गरिएका अधिकारहरुका बीच अनायाश तुलना गर्न पुग्दछु । बोध हुन्छ यस्तो पनि...

परदेश, नयाँ काम र पुराना यादहरु

कामदारको पोशाकमा आफैलाई कैद गर्दै परदेशमा ६ महिनासम्म कामविहिन भएर बस्नुको एउटा पिडा थियो, अब त्यो पिडा समाप्त भएको छ । र, नयाँ पिडा शुरु भएको छ – रोजगार हुनुको । हुनु त खुशि हुनु पर्ने हो – बेरोजगारी भएर बस्नुपर्ने दिन – विशेषगरी विश्वविद्यालयमा पठनपाठनको तालिका नभएको दिन र सप्ताहन्तका २ दिनहरुमा समेत बेफुर्सदी बनिने भइयो भनेर । तर, काम पाएर पनि धेरै त्यस्ता कारणहरु हुँदा रहेछन् जसले गर्दा बेखुशी हुनुपर्ने । कारणहरु फरक होलान्, भोगाईहरुमा भिन्नता होलान् तर त्यसबाट उत्पन्न पिडा करिवकरिव उस्तै हुन्छन् । मलाई यस्तो पनि लागेको छ, कतै प्रायः मान्छेहरुका काम पाउँदाका शुरुका दिनका अनुभूतिहरु सायद उस्तै पनि हुन्छन् कि ?  एकजना भाईको नजिकको सम्बन्धमा रहेका एकजना दाईले आफूले काम गर्ने ठाउँमा तीनजना अरु बेकामे मान्छेलाई काममा लगाईदिने अठोट गरेर प्रक्रिया शुरु गरेपछिबाट आरम्भ भएको छ – मेरो रोजगारीको कथा ! मैले अहिलेसम्म नदेखेका ती सज्जनले (काममा लागेको केहि महिनापछि वहाँसँग मेरो भेट भएको थियो) आफूले काम गर्ने कम्पनीका सुपरभाइजरलाई उनको सम्पर्कमा रहेका भाइसहित म र अर्को साथीको नम...

मेरा मित्र

जो रहनेछन् आजन्म प्रिय मेरा दिलभित्र सम्बन्ध छ जो सँग मेरो अति नै पवित्र सँगै हाँस्ने मेरा दुखमा आँशुसँगै झार्ने ती हरदम यादहरूमा ताजा ती मेरा प्यारा मित्र

अन्तिम लडाई, प्रचण्डहरू र सपनाहरू

केहि दिनदेखि सामाजिक सञ्जालहरूमा निकै नै बाँडिएको एउटा भिडियो रहेछ – “जित्नै पर्छ यो अन्तिम लडाई तिमीले लडेर...” बोलको जनवादी गीतको प्रस्तुती । सायद दशक अगाडिको हुनुपर्छ यो । क्रान्तिकारी कलाकारहरूले जिवन्त अभिनय रहेको भिडियो हेर्दाहेर्दै मेरो पनि आँशु झरे । मेरा केहि साथीहरू बताउँदै थिए – उनीहरू पनि उस्तै भावविभोर भएछन् ।  गीत त मार्मिक छदैँछ त्यसमाथि कलाकारहरूले कथात्मक तरिकाको प्रस्तुतीले जोकोहीलाई पनि छुन्छ । यसैकारण पनि कम्युनिष्ट आन्दोलनमा सांस्कृतिक विभागको महत्वपूर्ण जिम्मेवारी हुन्छ । किनभने, गीतले योद्धाहरूलाई लडाइँ लड्न प्रेरित गर्दछ, किनभने गीतले जनताहरूलाई आन्दोलनको महत्व बुझाउँछ र सबभन्दा विशेष कारण किनभने गीतले अधिकांशलाई छुन्छ । मैले हेर्ने सौभाग्य प्राप्त गरेको उक्त भिडियोमा अर्को एउटा दुर्लभ दृश्य पनि देखेँ जसमा माओवादी जनयुद्धका सुप्रिमो प्रचण्डका साथमा वर्तमान प्रधानमन्त्री एवं सशस्त्र विद्रोहका अर्का महत्वपूर्ण नेता डा. बाबुराम भट्टराई पनि सांस्कृतिक कार्यक्रममा यहि गीत माथि गरिएको प्रस्तुती हेरेर भक्कानिएर रोएका छन् । सारांशमा भन्दा, कार्यक्रम हेर्नलाई उपस्थित...

प्रित बुझेको मेरो साथी

हिजो म मित्र लक्ष्मीसँगै निवासतिर फर्किदै थिएँ, एकाएक प्रणय दिवसको बारेमा कुरो उठ्यो । प्रितलाई नै केन्द्रविन्दु बनाएर प्रित संवाद जारी रह्यो – करिब आधा घण्टासम्म । उनी प्रेमका राम्रा ब्याख्यता हुन भन्ने मेरो आफ्नै बुझाई छ, र मलाई विश्वास छ – उनी एक असल प्रेमी पनि हुन । आदर्शवादी प्रेममा विश्वास गर्ने मान्छे हुन उनी । तर यसको मतलब यो पनि हैन कि प्रेमलाई अनुभूत गर्न/गराउन परस्परमा उपहार आदानप्रदान हुनुहुँदैन वा त्यो एकदम भौतिक कुरो हो भन्नेमा उनी विश्वास गर्दछन् । हाम्रो आधा घण्टे प्रितसंवादमा प्रेमको खास मतलब उनले के लगाए भने “प्रेम” को अर्थ मात्र “प्रेम” हो, यसभन्दा पल्तिर विभिन्न उपविषय वा उपप्रसङ्गहरु जोडेर प्रेमलाई ब्याख्या गर्न मिल्दैन । वा हुँदैन ।  ऋणात्मक ४ डिग्री सेन्टिग्रेडको ठन्डीमा हामी हिडिरहेथ्यौं । फुसफुस हिउँ झरिरहेथ्यो । प्रणयदिवसका बारेमा हामी संवाद गरिरहेथ्यौं – झल्याँस्स मैले ६२ फाल्गुणको प्रणय दिवसको याद गरेँ । जतिखेर तल बेशीमा समेत हिउँ परेको थियो । र, एक हुल रित्ता ठिटाहरु हामी जामुनाखर्कको उकालो चढेथ्यौं हिउँमा रमाएर तस्बिर खिच्न । कल्पिदैँ – सायद म पनि कस...

प्रणय दिवस, प्रेम र यौन

तत्कालिन रोमन साम्राज्यमा विवाह गर्न वर्जित गरिएका सैनिकहरुको विवाह गरिदिएको आरोपमा सन्त भ्यालेन्टाइनले जेल बस्नु पर्‍यो । र, जेल सजाय काटिरहेकै समय जेलरकी सुन्दरी पुत्रीसँग प्रेममा परेपछि उनलाई मृत्युदण्ड दिइयो । तीनै प्रेमी भ्यालेन्टाइनले आफूलाई झुण्ड्याईने दिनको अघिल्लो साँझ आफैले आफ्नी प्रेमिकालाई एउटा कार्ड बनाएका थिए । त्यो कार्ड जहाँ उनले आफ्नो प्रेमिल हृदयबाट आफ्नी प्रियतमाका लागि मारिनु अगाडि कुन शब्द लेखेर आफ्नो प्रेमका भावना पोखेका थिए होलान ? सायदै हामी परिकल्पना गर्न सकौंला ।  जेहोस अहिले हामी उनै भ्यालेन्टाइनको सम्मानमा प्रणय दिवस मनाउँदै आइरहेका छौं । थाहा छैन, कतिपय हामी प्रणय दिवसको महत्व बुझेर मनाउँदछौं यो, या मनाउनका लागि मात्र मनाउँछौ । तर महत्वपूर्ण कुरो के हो भने यसको विशेष महत्वलाई हामीले बुझ्नु जरुरी छ – कम्तिमा पनि यदि हामी आफूलाई असल प्रेमी वा प्रेमीका मान्छौं भने ।  उसो त हिजाँल प्रणय दिवसको महत्व सस्तो भएको छ । यसको अपब्याख्या भएको छ । गरिएको छ । फगत यसलाई प्रेम प्रस्ताव राख्ने दिनका रुपमा मात्र बुझिएको छ । अधिकांश प्रेमीजोडीहरु यो दिनलाई रमाई...

राजनीति, मेरो बुबा र म

एउटा समय थियो, जतिखेर बुबा आफ्नो पार्टीको सांगठनिक काममा एकदमै ब्यस्त हुनुहुन्थ्यो र म प्राथमिक तहमा अध्ययनरत थिएँ । घरमा बुबाको उपस्थिती अति नै पातालो हुने गर्दथ्यो । जिल्लाका विभिन्न गाउँहरुमा उहाँ पुगिरहँदा घरमा चाँहि म, भाई र आमा बुबाकै विषयमा कुरा गरेर बस्थ्यौं । आमा निकै नै चिन्ता लिनुहुन्थ्यो विशेषगरी बुबाको स्वास्थ्यप्रति । किनकी, बुबा हुनुहुन्थ्यो नै त्यस्तो । आफ्नो स्वास्थ्यको पटक्कै ख्याल नगर्ने – जस्तो खानेकुरा तात्तातै खाने, मदिरापान गर्ने आदि ईत्यादि । समाज र देश निर्माणको महानअभियानमा टेवा दिन पार्टीको काम लिएर गाउँगाउँ पुग्ने पिताजीलाई आफ्नै घर व्यवहारमा उति गम्भिर चासो रहेन । यो एउटै कारण थियो, म सानो छँदा पनि बुबासँग यहि विषयलाई लिएर झगडा गर्थे । सात कक्षाको विद्यार्थी हुँदा वर्षायामको एकरात एकहप्तापछि घर फिर्नुभएको पिताजीलाई मैले भनेको थिएँ – “तिमी बुढालाई हाम्रो केही मतलब छैन, खाली पार्टी पार्टी भनेर हिड्ने, अझ घर आउँदा रक्सी पिएर आउने ? तिमी जिउँदो लाश हौ !” मलाई थाहा छ खास त्यती धेरै मात्ने गरी रक्सी पिउनुभएको थिएन पिताजीले, परन्तु म हदभन्दा तल गिरेर बुबालाई गा...