Skip to main content

प्रणय दिवस, प्रेम र यौन


तत्कालिन रोमन साम्राज्यमा विवाह गर्न वर्जित गरिएका सैनिकहरुको विवाह गरिदिएको आरोपमा सन्त भ्यालेन्टाइनले जेल बस्नु पर्‍यो । र, जेल सजाय काटिरहेकै समय जेलरकी सुन्दरी पुत्रीसँग प्रेममा परेपछि उनलाई मृत्युदण्ड दिइयो । तीनै प्रेमी भ्यालेन्टाइनले आफूलाई झुण्ड्याईने दिनको अघिल्लो साँझ आफैले आफ्नी प्रेमिकालाई एउटा कार्ड बनाएका थिए । त्यो कार्ड जहाँ उनले आफ्नो प्रेमिल हृदयबाट आफ्नी प्रियतमाका लागि मारिनु अगाडि कुन शब्द लेखेर आफ्नो प्रेमका भावना पोखेका थिए होलान ? सायदै हामी परिकल्पना गर्न सकौंला । 

जेहोस अहिले हामी उनै भ्यालेन्टाइनको सम्मानमा प्रणय दिवस मनाउँदै आइरहेका छौं । थाहा छैन, कतिपय हामी प्रणय दिवसको महत्व बुझेर मनाउँदछौं यो, या मनाउनका लागि मात्र मनाउँछौ । तर महत्वपूर्ण कुरो के हो भने यसको विशेष महत्वलाई हामीले बुझ्नु जरुरी छ – कम्तिमा पनि यदि हामी आफूलाई असल प्रेमी वा प्रेमीका मान्छौं भने । 

उसो त हिजाँल प्रणय दिवसको महत्व सस्तो भएको छ । यसको अपब्याख्या भएको छ । गरिएको छ । फगत यसलाई प्रेम प्रस्ताव राख्ने दिनका रुपमा मात्र बुझिएको छ । अधिकांश प्रेमीजोडीहरु यो दिनलाई रमाईलो गर्ने दिनका रुपमा अथ्र्याउँछन् । विशेषगरी शारीरिक सुख लिनका लागि यसै दिवसलाई उपयोग गर्ने गरेका छन् – धेरै प्रेमील जोडीहरु । तर मेरो बुझाई हो – यो फगत रमाईलो गर्ने दिवस मात्र होईन । यसको महत्व त्यो भन्दा धेरै छ । महान् प्रेमी सन्त भ्यालेन्टाइनको प्रेमप्रतिको समर्पण र भावनालाई उच्च कदर गर्दै त्यसबाट प्रेरित हुनुसँग यो दिवसको खास महत्व जोडिएको छ । प्रेमलाई फगत “रमाईलो” को रुपमा हेर्ने हो भने प्रेमको अर्थ नै के मा रहला ? प्रेमका साँच्चीकै पुजारी ठान्छौं भने आफूलाई हामी, गम्भिरतापूर्वक बुझ्नु जरुरी छ – प्रेम मात्र एक निमेशको उच्छवास हैन ! शारीरिक भोग मेटाउने माध्यम हैन । साँच्चीकै यसको विशिष्ट महत्व छ । किनकी यो पवित्र भावनाको पर्व हो ! समर्पण, त्याग र प्रेमको चाड हो । यसलाई यसै गरी बुझ्नु जरुरी छ !

यस्ता थुप्रै मानिसहरु पनि छन जो एउटा वर्षको प्रणय दिवसका दिन आफ्नो प्रेम–यात्रा शुरुवात गर्छन् अनि अर्को वर्षको प्रणय दिवस आउँदा नआउँदै अरु दुई चार थान प्रेमी/प्रेमीका प्रस्ताव राख्ने तयारीमा भेटिन्छन् । त्यस्ता प्रवृती बोकेर हिड्ने मान्छेहरुलाई कसरी प्रेमी वा प्रेमीकारुपमा स्वीकार गर्न सकिएला जो “प्रेम” लाई खेँलाइचीको बस्तु ठान्दछ/छे । जो समय र परिस्थिती अनुरुप प्रेमको परिभाषा बदल्दछ त्यसलाई म प्रेमभक्त मान्न सक्दिनँ । त्यो चाहे जो सुकै होस् – ऊ प्रेम गर्न वा पाउन लायकको ब्यक्ति होईन । किनकी छेपाराले रंग फेरे जस्तो आफ्नो भूमिका फेर्दैन प्रेममा एउटा असल प्रेमी वा प्रेमीका । यो अत्यन्तै भावनात्मक हुन्छ र संवेदनशील पनि । त्यसकारण प्रेममा शारीरिक उपस्थिती जरुरी पनि त हुँदैन । त्यसकारण पवित्र प्रेममा विश्वास गर्ने प्रेमीहरुबीचको प्रेमसम्बन्धमा “दूरी र समय”को खास महत्व हुँदैन । हुन पनि जति टाढा भो उति गाढा हुने प्रेमको त खास विशेषता नै हो !

चर्चा गर्नै पर्ने अर्को महत्वपूर्ण विषय के पनि हो भने प्रेममा “यौन” प्रधान कुरो हैन । जो प्रेमका नाममा आफ्नो शारीरिक तिर्खा मेटाउन चाहन्छ – सम्झनु त्यो असल प्रेमी नै हैन । जस्तो नगरवधुहरु पनि त थुप्रैसँग यौन सम्बन्ध कायम राख्छन् परन्तु आफूले यौन सम्बन्ध राख्ने कसैसँग पनि उनीहरु प्रेम गर्दैनन् । यसको सिधा अर्थ हो – शारीरिक भोग र प्रेम नितान्त फरक विषयहरु हुन् । यो प्रणय दिवसले कम्तिमा पनि हामीहरुलाई प्रेम र यौन विचको भेद छुट्याउन प्रेरित गरोस् । यसले हामीलाई साँचो अर्थमा प्रेम गर्न उत्प्रेरित गरोस् । खास प्रेम सिकाओस् । सबैलाई प्रणय दिवसको प्रेमिल शुभकामना ! 

Comments

  1. lu hajur lai ni suvakamana hai

    ReplyDelete
  2. Not interesting content as promised in Title ;) - but thought provoking :D

    ReplyDelete

Post a Comment

प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।

Popular posts from this blog

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...