प्रणय दिवस, प्रेम र यौन


तत्कालिन रोमन साम्राज्यमा विवाह गर्न वर्जित गरिएका सैनिकहरुको विवाह गरिदिएको आरोपमा सन्त भ्यालेन्टाइनले जेल बस्नु पर्‍यो । र, जेल सजाय काटिरहेकै समय जेलरकी सुन्दरी पुत्रीसँग प्रेममा परेपछि उनलाई मृत्युदण्ड दिइयो । तीनै प्रेमी भ्यालेन्टाइनले आफूलाई झुण्ड्याईने दिनको अघिल्लो साँझ आफैले आफ्नी प्रेमिकालाई एउटा कार्ड बनाएका थिए । त्यो कार्ड जहाँ उनले आफ्नो प्रेमिल हृदयबाट आफ्नी प्रियतमाका लागि मारिनु अगाडि कुन शब्द लेखेर आफ्नो प्रेमका भावना पोखेका थिए होलान ? सायदै हामी परिकल्पना गर्न सकौंला । जेहोस अहिले हामी उनै भ्यालेन्टाइनको सम्मानमा प्रणय दिवस मनाउँदै आइरहेका छौं । थाहा छैन, कतिपय हामी प्रणय दिवसको महत्व बुझेर मनाउँदछौं यो, या मनाउनका लागि मात्र मनाउँछौ । तर महत्वपूर्ण कुरो के हो भने यसको विशेष महत्वलाई हामीले बुझ्नु जरुरी छ – कम्तिमा पनि यदि हामी आफूलाई असल प्रेमी वा प्रेमीका मान्छौं भने । 
उसो त हिजाँल प्रणय दिवसको महत्व सस्तो भएको छ । यसको अपब्याख्या भएको छ । गरिएको छ । फगत यसलाई प्रेम प्रस्ताव राख्ने दिनका रुपमा मात्र बुझिएको छ । अधिकांश प्रेमीजोडीहरु यो दिनलाई रमाईलो गर्ने दिनका रुपमा अथ्र्याउँछन् । विशेषगरी शारीरिक सुख लिनका लागि यसै दिवसलाई उपयोग गर्ने गरेका छन् – धेरै प्रेमील जोडीहरु । तर मेरो बुझाई हो – यो फगत रमाईलो गर्ने दिवस मात्र होईन । यसको महत्व त्यो भन्दा धेरै छ । महान् प्रेमी सन्त भ्यालेन्टाइनको प्रेमप्रतिको समर्पण र भावनालाई उच्च कदर गर्दै त्यसबाट प्रेरित हुनुसँग यो दिवसको खास महत्व जोडिएको छ । प्रेमलाई फगत “रमाईलो” को रुपमा हेर्ने हो भने प्रेमको अर्थ नै के मा रहला ? प्रेमका साँच्चीकै पुजारी ठान्छौं भने आफूलाई हामी, गम्भिरतापूर्वक बुझ्नु जरुरी छ – प्रेम मात्र एक निमेशको उच्छवास हैन ! शारीरिक भोग मेटाउने माध्यम हैन । साँच्चीकै यसको विशिष्ट महत्व छ । किनकी यो पवित्र भावनाको पर्व हो ! समर्पण, त्याग र प्रेमको चाड हो । यसलाई यसै गरी बुझ्नु जरुरी छ !
यस्ता थुप्रै मानिसहरु पनि छन जो एउटा वर्षको प्रणय दिवसका दिन आफ्नो प्रेम–यात्रा शुरुवात गर्छन् अनि अर्को वर्षको प्रणय दिवस आउँदा नआउँदै अरु दुई चार थान प्रेमी/प्रेमीका प्रस्ताव राख्ने तयारीमा भेटिन्छन् । त्यस्ता प्रवृती बोकेर हिड्ने मान्छेहरुलाई कसरी प्रेमी वा प्रेमीकारुपमा स्वीकार गर्न सकिएला जो “प्रेम” लाई खेँलाइचीको बस्तु ठान्दछ/छे । जो समय र परिस्थिती अनुरुप प्रेमको परिभाषा बदल्दछ त्यसलाई म प्रेमभक्त मान्न सक्दिनँ । त्यो चाहे जो सुकै होस् – ऊ प्रेम गर्न वा पाउन लायकको ब्यक्ति होईन । किनकी छेपाराले रंग फेरे जस्तो आफ्नो भूमिका फेर्दैन प्रेममा एउटा असल प्रेमी वा प्रेमीका । यो अत्यन्तै भावनात्मक हुन्छ र संवेदनशील पनि । त्यसकारण प्रेममा शारीरिक उपस्थिती जरुरी पनि त हुँदैन । त्यसकारण पवित्र प्रेममा विश्वास गर्ने प्रेमीहरुबीचको प्रेमसम्बन्धमा “दूरी र समय”को खास महत्व हुँदैन । हुन पनि जति टाढा भो उति गाढा हुने प्रेमको त खास विशेषता नै हो !
चर्चा गर्नै पर्ने अर्को महत्वपूर्ण विषय के पनि हो भने प्रेममा “यौन” प्रधान कुरो हैन । जो प्रेमका नाममा आफ्नो शारीरिक तिर्खा मेटाउन चाहन्छ – सम्झनु त्यो असल प्रेमी नै हैन । जस्तो नगरवधुहरु पनि त थुप्रैसँग यौन सम्बन्ध कायम राख्छन् परन्तु आफूले यौन सम्बन्ध राख्ने कसैसँग पनि उनीहरु प्रेम गर्दैनन् । यसको सिधा अर्थ हो – शारीरिक भोग र प्रेम नितान्त फरक विषयहरु हुन् । यो प्रणय दिवसले कम्तिमा पनि हामीहरुलाई प्रेम र यौन विचको भेद छुट्याउन प्रेरित गरोस् । यसले हामीलाई साँचो अर्थमा प्रेम गर्न उत्प्रेरित गरोस् । खास प्रेम सिकाओस् । सबैलाई प्रणय दिवसको प्रेमिल शुभकामना ! 

Comments

Unknown said…
lu hajur lai ni suvakamana hai
VirginApollo said…
Not interesting content as promised in Title ;) - but thought provoking :D

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)