Skip to main content

Posts

साउना र नाङ्गा मान्छेहरू

साउना लिने कोठा । तस्बीर स्रोत त्यतिखेर म फिनल्याण्ड झरेको पुगनपुग एक हप्ता भएको थियो । विद्यार्थी युनियनले एउटा भेटघाट कार्यक्रम राखेको थियो र त्यहाँ साउना पनि हुँदै थियो । “हो त मान्छेहरु सबै नाङ्गै भएर भित्र छिर्ने हो ।” नेपालबाट आएका एक सिनियर विद्यार्थीले साउनाका बारेमा यो वाक्य बोलेका थिए । र, मलाई भित्रैदेखि शरम लागेर आएको थियो । म पानीपानी भएको थियो, मलाई लाग्यो – छिः साउनामा बस्ने सबै मान्छेहरुको अगाडि आफ्नो नीजि अंगको प्रदर्शन म कसरी गर्न सक्छु ? यस्तैमा सिनियर मध्येका एक जनाले आफ्नो अनुभव सुनाएका थिए, “हैन त्यस्तो लाजै लाग्ने भए त भित्री वस्त्र (अन्डरवेयर) लगाएर जाँदा पनि हुन्छ । मैले त्यसै गरेको थिएँ ।” उनको कुरामा असहमत हुँदै अर्का एकजनाले सुझाए –“साउना पनि कोही कट्टु लगाएर जान्छ ? साउना भनेकै नाङ्गै बसेर आनन्दले वाफ लिने हो, पसिना झार्ने हो । कट्टु लगाएर साउना जानु स्वास्थ्यका लागि उति फाइदाजनक कुरो हैन ।” म त्यसदिन बिलखबन्दमा परेँ । पहिलो पटकको अनुभव भएकाले साउना जान मलाई भित्रैदेखि ईच्छा जागेर आएको थियो, र फेरि नाङ्गै मानिसहरुबीच बस्ने कुराले कताकता चिमोटी रहेथ्यो ।...

हामी, हाम्रो विमानस्थल र हाम्रा कर्मचारी

डेढ बर्ष पहिले नर्बेबाट १५ दिने छुट्टी मनाउनका लागि नेपाल आएर फर्कदा त्रिभुवन विमानस्थलमा मैले जुन अकल्पनिय र निकृष्ट ब्यवहार अनुभव गरेको थिएँ लगभग उस्तै अनुभव यसपाली देश छाड्दै गर्दा विमानस्थलमा अनुभव गरेँ – एकजना कर्मचारी भनौंदोबाट ।  उसको व्यवहारले मलाई यस्तो रिस उठ्यो कि सायद मेरो ठाउँमा दुर्वासा हुन्थे भने उक्त कर्मचारीको इहलीला नै समाप्त पारिदिन्थे होला ।  अध्ययनको शिलशिलामा भाद्र १६ गते फिनल्याण्डका लागि उड्दै गर्दा उक्त कर्मचारीले मलाई शिक्षा मन्त्रालयबाट मेरा नाममा जारी गरिएको नो अब्जेक्सन लेटर मागे । मैले विनम्रतापूर्वक उसलाई जानकारी गराएकै थिएँ – नो अब्जेक्शन लेटर मलाई मेरो फिनल्याण्ड बसाइका क्रममा आवश्यक केहि हजार युरो विनिमय गर्नका लागि बैङ्कमा प्रस्तुत गर्नका लागि दिइएको हो भन्ने जानकारी पाएकाले र अर्को वर्ष पनि युरो सटहीका लागि मलाई आवश्यक पर्ने हुनाले मैले मेरो अभिभावकलाई बुझाएको छु । तर बुढो मान्दै मान्दैन । जहाज छुट्न एक घण्टा पनि बाँकी नरहेको अवस्थामा ऊ मलाई त्यो पत्र लिन आदेश दिन्छ । म निरीह बन्छु । राहदानी छ, प्रवेशाज्ञा (भिषा) छ, विश्वविद्यालयको विद्या...

पुत्र, पिता र क्रान्तिकारीता

शहरमा एउटा गाँइगुई सुनिन थालेको छ अचेल, कि माओवादी सुप्रिमो अध्यक्ष कामरेडका पुत्रले पार्टीकी एक महिला कार्यकर्तालाई उछिट्टियाए रे ! हुन त बेलाबेलामा बाउछोराका विषयमा निकै गर्मागर्मी कुरो बाहिर आएकै हुन । त्यसकारण पनि यो पछिल्लो कुराले उति गम्भीर अर्थ नराख्ला कतिपयलाई । तरपनि नेपाली संस्कारको त कुरै छाड्दिम क्रान्तिकारीतको बख्यान गरेर नथाक्ने माओवादी पार्टीका अध्यक्षका छोरा अझ एक जिम्मेवार माओवादी कार्यकर्ताले नै कम्युनिष्ट चरित्रको धज्जी उडाएकाले सायद शहरमा यस्तो चर्काचर्की बहस चलेको हुनुपर्छ । यो चर्चा कहिले गएर सेलाउँछ त्यो मैले जान्ने कुरो भएन ! तर मलाई लागेको कुरा प्रचण्डपुत्रले आफ्नो पिताको लागि केहि राम्रो त गर्न सकेनन् बरू आफ्नो पिताको “बचेखुचेको” ईज्जत, शान, शौकत बागमतिमा लगेर सेलाईदिए ! आफ्ना पिता प्रधानमन्त्री हुँदा पिताको सहयोगी भएर देशविदेश भ्रमण गर्ने अत्यन्तै दुर्लभ अवसरहरु पाएपछि यिनलाई लागेको हुँदो हो – म भनेको प्रधानमन्त्रीको छोरो ! ऐश आराम भोग गर्न जन्मेको ! हुनपनि बाउले नै छोराको बानी बिगारेपछि अरुले जे पनि लाग्ने कुरो भएन । मलाई अचम्म लाग्छ, प्रचण्ड जस्तो एउटा...

ख्वै हाम्रो राजनेता ?

ब्यक्तिगत आनीबानी र स्वभावलाई मसिनो गरी केलाउने हो भने महात्मा गान्धीका पनि थुप्रै नकारात्मक पक्षहरु थिए होला । मानिस भएपछि ब्यवहारतः ऊ पूर्णरुपेण भगवान कसरी बन्न सक्छ ? त्यसकारण महात्मा गान्धीलाई भगवान भनिएन/मानिएन । तर उनी निष्ठाको राजनीति गर्थे । र, सधैं परिवर्तन र स्वतन्त्रताको पक्षमा वकालत गरे । परिणाम आज उनी भारतका मात्र हैन विश्वका नेता बन्न पुगे । उनी जिवीत छैनन् तर विश्व राजनीतिका हजारौं जिवीत नेताहरु भन्दा बढी सम्मानपूर्वक स्थान छ उनको । एशियादेखि युरोपसम्म, अमेरिकादेखि अफ्रिकी मुलुकका चप्काचप्कामा उनलाई सम्मानपूर्वक सम्झिन्छन् मान्छेहरु । उनको नाम सम्झिदाँ श्रद्धाले शिरनत गर्छन मानिसहरू । किनकी उनी नेता थिएनन्, राजनेता थिए । राजनेताका नामहरु लिदै गर्दा विश्वसमुदायले उत्तिकै सम्मानपूर्वक सम्झिने नामहरु थुप्रै छन् जस्तो मार्टिन लुथर किङ, माओत्सेतुङ, नेल्सन मण्डेला, डा. मोहम्मद महाथिर, ह्युगो चाभेज, विस्टन चर्चिल आदिआदि । यी विश्वप्रसिद्ध राजनेताहरु एकै झिमिक वा सनकमा राजनेता भएका थिएनन् । यिनीहरुले स्वयंलाई राजनेता भनेर घोषणा गरेका पनि थिएनन् । तर आफ्नो भूगोलमा राजनीतिको ए...

फागुमा

साथी मेरा राता नीला रंग छर्दै होलान फागुको यो उमंगमा दंग पर्दै होलान उन्मत्त वैंश छताछुल्ल सडकैमा पोखी कति नियम होलीका भंग गर्दै होलान

धरातल भूल्नेहरू हो

बगैंचामा झरी, गमलामा फूल्नेहरू हो दिनमा हरार्इ, अँध्यारामा खुल्नेहरू हो बताइदिउँला आऊ म, जीन्दगीको अर्थ खासमा आफ्नो धरातल भूल्नेहरू हो !