Skip to main content

पुत्र, पिता र क्रान्तिकारीता


शहरमा एउटा गाँइगुई सुनिन थालेको छ अचेल, कि माओवादी सुप्रिमो अध्यक्ष कामरेडका पुत्रले पार्टीकी एक महिला कार्यकर्तालाई उछिट्टियाए रे ! हुन त बेलाबेलामा बाउछोराका विषयमा निकै गर्मागर्मी कुरो बाहिर आएकै हुन । त्यसकारण पनि यो पछिल्लो कुराले उति गम्भीर अर्थ नराख्ला कतिपयलाई । तरपनि नेपाली संस्कारको त कुरै छाड्दिम क्रान्तिकारीतको बख्यान गरेर नथाक्ने माओवादी पार्टीका अध्यक्षका छोरा अझ एक जिम्मेवार माओवादी कार्यकर्ताले नै कम्युनिष्ट चरित्रको धज्जी उडाएकाले सायद शहरमा यस्तो चर्काचर्की बहस चलेको हुनुपर्छ । यो चर्चा कहिले गएर सेलाउँछ त्यो मैले जान्ने कुरो भएन ! तर मलाई लागेको कुरा प्रचण्डपुत्रले आफ्नो पिताको लागि केहि राम्रो त गर्न सकेनन् बरू आफ्नो पिताको “बचेखुचेको” ईज्जत, शान, शौकत बागमतिमा लगेर सेलाईदिए !
आफ्ना पिता प्रधानमन्त्री हुँदा पिताको सहयोगी भएर देशविदेश भ्रमण गर्ने अत्यन्तै दुर्लभ अवसरहरु पाएपछि यिनलाई लागेको हुँदो हो – म भनेको प्रधानमन्त्रीको छोरो ! ऐश आराम भोग गर्न जन्मेको ! हुनपनि बाउले नै छोराको बानी बिगारेपछि अरुले जे पनि लाग्ने कुरो भएन । मलाई अचम्म लाग्छ, प्रचण्ड जस्तो एउटा भिमकाय ब्यक्तित्व निर्माण गरेको मान्छेले कुन क्षमता देखेर आफ्ना छोरालाई यस्तो अवसर दिए कुन्नी ? के छोरा हुँदैमा ऊ बाबाका लागि सहयोगी भूमिका निर्वाह गर्न योग्य नै हुन्छ ? सायद यो प्रचण्डको क्रान्तिकारी सैद्धान्तिक बुझाई हुन सक्दछ । यसमा बढी टिप्पणी नगरुँ । तथापि प्रकाश यस्तो हुनुमा सबभन्दा बढि जिम्मेवार प्रचण्ड हुन ।
“लौ बाऊ म देशमा शान्ति र संविधानका लागि सगरमाथा चढ्छु । सरकारलाई सहयोग माग्दिनु पर्‍यो !” छोराको ख्वाहिस सुन्दासाथ रक्सीको नशामा चूर हुने छोरा सुध्रिएछ लौ अब यो पनि देश र जनताका बारेमा सोच्ने भएछ भन्ने लाग्यो होला विचरा पिताजीलाई आफ्नै दलको नेतृत्वको सरकारलाई आदेश दिए – “लौ, हाम्रा पुत्र शान्ति र संविधानका लागि सगरमाथा चढ्ने ख्वाहिस राखिरहेछन् दुई चार करोड ब्यवस्था गर्नु पर्‍यो !” आफूलाई प्रधानमन्त्रीको कुर्सीमा विराजमान बनाउने आफ्ना मालिकका खातिर हाम्रा डाक्टर पछि हट्ने कुरै भएन । आखिर सुप्रिमोको आज्ञा हो । भनिदिए – “हस मालिक ! कति चाहिएला प्रकाशबाबुलाई ?” मुख्य कुरो यहि बाट बिग्रेको छ । प्रचण्डको खास स्खलन यहिनेरबाट भएको छ । यहि विन्दुमा आईपुगेपछि प्रचण्डले आफ्नो राजनैतिक प्रतिष्ठा त धुमिल बनाए बनाए, आफ्ना एकमात्र पुत्रलाई बिग्रने बाटोतिर लाग्न प्रोत्साहन पनि गरे । यता बाबा चाँहिलाई लाग्यो छोरो सगरमाथा चढ्न हिड्यो शान्ति र संविधानका लागि उता छोराले शान्ति र संविधानलाई गोली मार्‍यो । बिनालाई काखी च्याप्यो र आफ्नो उन्मत्त यौवनको प्यास बुझायो । परिणाम अहिले छोराले दुर्नाम गर्‍यो उसको क्रान्तिकारीताको !
यसबाट सबैले एउटा पाठ सिक्नु जरुरी छ – सन्तान भनेका आफू विनाका हुन् । अहिले देखिनै आफ्ना सन्तानको उज्ज्वल भविष्यका बारेमा सोचौं । नत्र पछि सुप्रिमो झैं पछुताउनु पर्ला !

Comments

  1. युवा पत्रकार.... साथि निराजन सरलार्इ मेरो ह्दय देखिनै धन्यबाद दिन चाहन्छु किन भने उहाको बिभिन्न् लेख अनि रचनाहरू मैले पढ्ने गर्छु साच्चै नै एकदम मार्मिक अनि पढिरहु जस्तो लाग्छ यसरि नै सर साच्चै हजुरको हातमा कलम चलिरहोस यहि मेरो शुभकामना छ हजुरलार्इ अझ अझ प्रगति गर्दै जानुस अबश्य सगरमाथामा पुग्नुहुन्छ यहि मेरो शुभकामना छ हजुरलार्इ है

    ReplyDelete

Post a Comment

प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।

Popular posts from this blog

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।           दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...

घामको आरती पनि घण्टी बजाएरै हुन्छ

पछिल्लो पल्ट ब्लगपोष्ट सार्वजनिक गरेपछि ब्लगै नलेखी बसेको पनि तीन महिना बितिसकेछ । एउटै काममा स्थिरतापूर्वक लागिरहने बानी कहिल्यै परेन मेरो ! यस्तो बेला म मेरा एक मित्रलाई बेस्सरी याद गर्छु । कतिपय ब्लगपोष्टमा उनको नाम मैले उल्लेख गर्दै आएको छु, उनी प्रत्येक पल्ट त्यसमा असहमत हुँदै भन्छ्न् - "ह्या बुढो मान्छे! मेरो नाम आफ्ना पोष्टहरूमा उल्लेख नगर्नुस् न यार ।" उनले जति भनेपनि मैले बेला बेला उनको नाम उल्लेख गर्न छाडेको छैन्, ती मेरा मित्र लक्ष्मी भन्ने गर्छन्, "Consistency is key."  बडो विस्मयको कुरा यो छ कि मेरो मित्रले कुनै बेला (सायद अहिले पनि) बडो आदर्श मान्ने नेता प्रचण्ड सम्भवतः अहिले सम्मको नेपाली राजनैतिक इतिहासमा सबभन्दा बढी अस्थिरताको आरोप लागेका नेपाली नेता हुनुपर्छ । 'यस्ता अस्थिरताका नायक नै आदर्श नेता मान्ने मेरा मित्रका मुखारबिन्दबाट सुनेको भएकै कारण मैले ब्लग लेखनमा स्थिरता कायम गर्ने प्रयत्न नगरेको हुँ' भन्ने मेरो स्वीकारोक्ति हैन् । बरू, मित्रले भन्दाभन्दै पनि उनको नाम उल्लेख गरिराख्ने स्थिरता मैले कायम गरेको छु, जस्तो प्रचण्डले अस्थिर हुने ...