Skip to main content

ख्वै हाम्रो राजनेता ?


ब्यक्तिगत आनीबानी र स्वभावलाई मसिनो गरी केलाउने हो भने महात्मा गान्धीका पनि थुप्रै नकारात्मक पक्षहरु थिए होला । मानिस भएपछि ब्यवहारतः ऊ पूर्णरुपेण भगवान कसरी बन्न सक्छ ? त्यसकारण महात्मा गान्धीलाई भगवान भनिएन/मानिएन । तर उनी निष्ठाको राजनीति गर्थे । र, सधैं परिवर्तन र स्वतन्त्रताको पक्षमा वकालत गरे । परिणाम आज उनी भारतका मात्र हैन विश्वका नेता बन्न पुगे । उनी जिवीत छैनन् तर विश्व राजनीतिका हजारौं जिवीत नेताहरु भन्दा बढी सम्मानपूर्वक स्थान छ उनको । एशियादेखि युरोपसम्म, अमेरिकादेखि अफ्रिकी मुलुकका चप्काचप्कामा उनलाई सम्मानपूर्वक सम्झिन्छन् मान्छेहरु । उनको नाम सम्झिदाँ श्रद्धाले शिरनत गर्छन मानिसहरू । किनकी उनी नेता थिएनन्, राजनेता थिए ।
राजनेताका नामहरु लिदै गर्दा विश्वसमुदायले उत्तिकै सम्मानपूर्वक सम्झिने नामहरु थुप्रै छन् जस्तो मार्टिन लुथर किङ, माओत्सेतुङ, नेल्सन मण्डेला, डा. मोहम्मद महाथिर, ह्युगो चाभेज, विस्टन चर्चिल आदिआदि । यी विश्वप्रसिद्ध राजनेताहरु एकै झिमिक वा सनकमा राजनेता भएका थिएनन् । यिनीहरुले स्वयंलाई राजनेता भनेर घोषणा गरेका पनि थिएनन् । तर आफ्नो भूगोलमा राजनीतिको एउटा साँघुरो सिमाभित्रबाट उठेर जनताप्रतिको उतरदायी राजनैतिक भूमिका निर्वाहका गरेका कारण आज उनीहरु विश्वसमुदायका माझ सम्मानित ब्यक्तित्व भएर परिचित छन् । र, अनन्त भविष्यसम्म भावी पुस्ताले पनि यिनका इतिहास पढ्दा गौरवभान्वित हुनेछन् । 
तर बिडम्बना हामी नेपालीले गतिलो गरि सम्झन लायकका कोही नेता पाएका छैनौ । केहि थिए जसले केहि गर्न पाएनन् । जसको शासन जनताले भोग गर्न पाएनन् । केहि थिए जसले शासन त गरे तर विभिन्न पारिस्थीतिक परिबन्धको घेरालाई तोड्न खोज्दै गर्दा आफैले घुँडा टेके । अहिले पनि लाखौं नेपालीहरु उनीहरुलाई बरोबर सम्झिन्छन् । सायद ती बाँचिदिएका भए वा तिनले शासन गर्न पाएका भए नेपाल अहिले कस्तो हुँदो हो भन्ने रुमानी कल्पनामा हराउने गर्दछन् । परन्तु ती सबै कृत्यहरु फगत छन् । 
अहिले देश संक्रमणबाट गुज्रिरहेको छ, नेताहरुको कानमा बतास लागेको छैन । कहिले सुदुर पश्चिम जल्छ, कहिले तराई ठप्प हुन्छ । कहिले तामाङ सडकमा ओर्लन्छन् त कहिले बाहुनक्षेत्रीहरु देश बन्दको दौडाहामा सडकमै ओर्लिन्छन् । हुँदाहुँदा बर्षौदेखि थिचोमिचोमा पारिएका वा बाहुनक्षेत्रीको शासनबाट शासित भएका भनिएकाहरु सडकभरी नारा घन्काउन पुग्छन् – तातो रगत चाटिन्छ, बाहुनक्षेत्री काटिन्छ ! अब जातियताको मुद्धा बलियो बनेर स्थापित हुँदैछ, राष्ट्रियताको मुद्धा हराउन थालिसक्यो । केहि नेता भनिएकाहरु उक्साउँदै छन् जातजातीहरुलाई – जाऊ मुठभेड गर ! अधिकार खोसेर लिऊ ! तर कोसँग ? कसैलाई केहि पत्तो छैन ! देशमा दण्डहिनता मौलाउँदै गएको छ । सबै क्षेत्र अस्तब्यस्त छ । सबैभन्दा महत्वपूर्ण कुरा त तोकिएकै समयमा संविधान जारी हुनेमा ठूलो आशंका छ । नेताहरु जुँगाको लडाईमा केन्द्रित छन् । देशको ‘आज’ बर्बाद हुँदैछ, उनीहरु आफ्नो भोलीको राजनैतिक भविष्य सम्झेर काम गर्न चाहन्छन् । धुर्तहरु ! आफूआफूबिच मैं तय गर्न सकिने कुरामा विदेशी राजदुतहरुको मध्यस्थता खोज्दैछन् । सायद यसकारण पनि नेपालीहरु विवशतापूर्वक ती नेताहरुलाई बिर्सन सकिरहेका छैनन् जसको उनीहरुले शासन भोग्न पाएनन् । अर्कोतर्फ वर्तमान समयमै भएका नेताहरुप्रति नेपालीहरुको एक रत्ति विश्वास रहेन । जसका कारण देश र जनताका लागि ‘केहि गर्छु’ भन्ने ठानेका नेताहरु पनि जनताका नजरमा ओझेल पर्न थालिसकेका छन् । देश संकटग्रस्त बन्दैछ । साँच्चिकै देशलाई एउट राजनेता चाहिएको छ ।
अहिले उपलब्ध नेताहरुलाई हामीहरु विश्वास गर्दैनौं । एकातिर यो तीतो सत्य छदैंछ । तथापि नेता भन्ने ब्यक्तित्व अमूर्त हुँदैन । त्यो आकाशबाट झर्ने बस्तु होइन । बरु अहिले उपलब्ध नेताहरु बीचबाट एउटा असल नेतृत्व प्रकाशमा आउन मात्र नसकेको हो । देश कठिन परिस्थितीबाट गुज्रिरहेका बेला एउटा दूरदर्शी नेतृत्व अगाडि नदेखिएको मात्र हो । तर हामी के विश्वास गर्न सक्छौं भने हामीसँग उपलब्ध खराब नेताहरुको भीडबाट एउटा असल नेतृत्व हाम्रा लागि यो संगीन परिस्थितीको सामना गर्नका खातिर अग्रपंक्तिमा आउनेछ । र, समयमै हामीले उसलाई चिन्ने मौका पाउनेछौं । र, कालान्तर सम्म त्यो हाम्रा लागि स्मरणीय र सम्माननीय ब्यक्तित्व बन्नेछ ।

Comments

Popular posts from this blog

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...