नेपालीहरूको बुद्धि पछि आउँछ भन्ने कुरा म्याग्दी बेनीमा हालै घटेको एक घटनाले पुष्टि गरेको छ । हुन पनि हामी नेपालीहरू योजना निर्माण गर्दा समय, सन्दर्भ, आवश्यकता वा कुनै पनि आधारका बारेमा केही सोच विचार नै नगरी ठ्याम्मै पारेर कार्यक्रमको योजना तयार पार्छौ अनि पछि छक्क पर्दै भन्छौं – हत्तेरी यसो नगर्नुथ्यो ! हो, यस्तै घटना माघेसंक्रान्ति मेलालाई पोहोर परार झैं महोत्सवको रुपमा मनाउने शिलशिलामा सडक खाना महोत्सवको आयोजना गर्ने समय केही धार्मिक कुराहरुलाई आयोजकले ध्यान नदिदाँ उनीहरु नराम्ररी चुक्न पुगेका छन् । त्यति मात्र हैन् उनीहरुको मनमा नराम्ररी छटपहाट शुरु भैसकेको छ ।
माघेसंक्रान्ति मेला मनाउने परम्परालाई निरन्तरता दिने क्रममा यो पालि उद्योग बाणिज्य संघ म्याग्दीको महिला उद्यमी संघको हुस्सु टिमले आवश्यक विचार गर्न नसक्दा सूर्यग्रहण दिनको सडक खाना महोत्सव पो आयोजना गर्न पुग्यो ! न उनीहरुले त्यसो गर्नु भन्दा पहिले सोचे न त उनीहरुका पुरुष उद्यमी साथीहरुले पात्रो हेर्न भ्याएर ग्रहणको दिन खाना खानु हुँदैन भन्ने थाहा नै पाए !

यो कुन हदसम्मको मुर्खता हो कु्न्नी ?धार्मिक ग्रन्थहरूमा मात्र होइन्, वैज्ञानिकहरुले समेत ग्रहणको समयमा वायुमण्डलमा जीवजन्तुका स्वास्थ्यमा कुप्रभाव पार्ने विकिरण पैदा हुने भएकाले ग्रहणको समयमा सूर्यलाई हेर्न वा त्यस्तो समयमा खाना खान नहुने तथ्यको पुष्टि गरेका छन् । तर बेनीमा यो कुरालाई ठाडो चूनौती दिदैँ, आयोजकहरुले ग्रहणको समयमा खाना खान दर्शकलाई प्रेरित गर्दै थिए भने दर्शकहरु पनि को भन्दा को कम भन्दै खाना खानमा मस्त देखिन्थे । मानौं, गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा उनीहरुको नाम लेखिदैछ – ग्रहणको बेलामा सबैभन्दा धेरै खाना खाने मान्छेहरुको एउटा लामो सूचीमा !
Comments