Skip to main content

आकाशमा सूर्यग्रहण सडकमा खाना महोत्सब ?

नेपालीहरूको बुद्धि पछि आउँछ भन्ने कुरा म्याग्दी बेनीमा हालै घटेको एक घटनाले पुष्टि गरेको छ । हुन पनि हामी नेपालीहरू योजना निर्माण गर्दा समय, सन्दर्भ, आवश्यकता वा कुनै पनि आधारका बारेमा केही सोच विचार नै नगरी ठ्याम्मै पारेर कार्यक्रमको योजना तयार पार्छौ अनि पछि छक्क पर्दै भन्छौं – हत्तेरी यसो नगर्नुथ्यो ! हो, यस्तै घटना माघेसंक्रान्ति मेलालाई पोहोर परार झैं महोत्सवको रुपमा मनाउने शिलशिलामा सडक खाना महोत्सवको आयोजना गर्ने समय केही धार्मिक कुराहरुलाई आयोजकले ध्यान नदिदाँ उनीहरु नराम्ररी चुक्न पुगेका छन् । त्यति मात्र हैन् उनीहरुको मनमा नराम्ररी छटपहाट शुरु भैसकेको छ ।
माघेसंक्रान्ति मेला मनाउने परम्परालाई निरन्तरता दिने क्रममा यो पालि उद्योग बाणिज्य संघ म्याग्दीको महिला उद्यमी संघको हुस्सु टिमले आवश्यक विचार गर्न नसक्दा सूर्यग्रहण दिनको सडक खाना महोत्सव पो आयोजना गर्न पुग्यो ! न उनीहरुले त्यसो गर्नु भन्दा पहिले सोचे न त उनीहरुका पुरुष उद्यमी साथीहरुले पात्रो हेर्न भ्याएर ग्रहणको दिन खाना खानु हुँदैन भन्ने थाहा नै पाए !
यो कुन हदसम्मको मुर्खता हो कु्न्नी ?धार्मिक ग्रन्थहरूमा मात्र होइन्, वैज्ञानिकहरुले समेत ग्रहणको समयमा वायुमण्डलमा जीवजन्तुका स्वास्थ्यमा कुप्रभाव पार्ने विकिरण पैदा हुने भएकाले ग्रहणको समयमा सूर्यलाई हेर्न वा त्यस्तो समयमा खाना खान नहुने तथ्यको पुष्टि गरेका छन् । तर बेनीमा यो कुरालाई ठाडो चूनौती दिदैँ, आयोजकहरुले ग्रहणको समयमा खाना खान दर्शकलाई प्रेरित गर्दै थिए भने दर्शकहरु पनि को भन्दा को कम भन्दै खाना खानमा मस्त देखिन्थे । मानौं, गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा उनीहरुको नाम लेखिदैछ – ग्रहणको बेलामा सबैभन्दा धेरै खाना खाने मान्छेहरुको एउटा लामो सूचीमा !

Comments

  1. आयोजक त वुद्दु भय तर संचार माध्यमहरु झन वुद्दु भय जस्तो लाग्छ मलाई त।यसवारे कही कतै एक शव्द पनी देख्न पाइयन।य़सवाट आगामी दीन मा केही सीक्नु पर्छ।

    ReplyDelete

Post a Comment

प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।

Popular posts from this blog

अनि मलाई खुबै राजनीति लाग्छ ...

कहिले काही मैले फोकस गुमाएको जस्तो मेरा नजिकका प्रिय मान्छेहरूले महशुस गर्नुहुन्छ ।  राजन दाईले अस्ति फोन गरेपछि पो झल्याँस्स भएँ । वहाँको गुनासो मिश्रित प्रश्नले सिधै मेरो दिमागमा झड्का दिन पुग्यो, दाईसँग खास घुलमिल नभएकाहरूलाई चाँहि वहाँको प्रश्नले दिमागमा हैन् सिधैं मुटुमा हान्न सक्छ । वहाँका प्रायः प्रश्नहरू तारा खेलमा निशाना लगाउन प्रयोग हुने वाण जस्तो सिधा र तिखो हुन्छन् । जस्तो मेरो दिमाग मैं झङ्कार लेराउने प्रश्न थियो वहाँको,  "हैन पाक्षिक रूपमा ब्लग अद्यावद्यिक (अपडेट) गर्छु भन्या हैन् ? एक महिना पुग्न लाग्यो त सर !"    मलाई व्यंग्य गर्नुपर्दा दाइले सर भन्नुहुन्छ, अनि वहाँलाई चाहिँ म भन्छु, साहुजी । यत्तिमा मात्र दाजुको प्रश्न सिमित हुन्थ्यो भने, सायदै म आजको यो ब्लग लेख्न बस्थेँ । तर वहाँको प्रश्नसँग व्यंग्यमिश्रित सानो जिज्ञासा पनि थियो, "खुबै चुनाव लाग्या छ हैन् तिमीलाई !?" यो जिज्ञासामिश्रित व्यंग्य हो या व्यंग्य मिसिएको जिज्ञासा । या यो जिज्ञासा हुँदै नभएर केवल व्यंग्य मात्र थियो । तर जेहोस् यो केहि न केहि चाँहि पक्कै थियो ।  खुबै चुनाव लाग्ने आफत ...

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

खाल्डोमा गाडी, जेलमा साथीः एक आत्मसंवाद

सधैं पुगिरहेको गन्तव्य थियो । गन्तव्यमा गुगल म्याप्सले सिफारीश गरेको बाटो भएर जाँदा मैले हठात गाडी मोड्नुपर्ने अवस्था बन्यो । हतपत गाडीलाई पार्किङमा छिर्ने बाटोतिर छिराउँदा, मैले हाँकेको गाडीको भाग त्यस बाटोको छेउमा कम, बाटोको छेउतिरको खाल्डोमा बढी पर्न जाँदा पछाडिको एउटा पाङ्ग्रोले भुँइ छाडेको विचित्रको स्थितिमा पुग्यो । यो आजैको घटना हो, केहि घण्टा अगाडिको । मलाई कुनै चोटपटक लागेन । गाडीमा विशेष क्षति पनि भएन । तर गाडीलाई त्यस विचित्रको स्थितीबाट बाहिर ननिकाल्दासम्मको मेरो जीवनको त्यो पूरा १ घण्टा १५ मिनेटले मलाई केहि विशेष ज्ञान भने अवश्य दिलायो ।  म जुन विचित्रको स्थितीबाट गुज्रिएर अहिले यो ब्लगपोष्ट लेख्तैछु, सम्झनामा मेरा केहि चिनजानका र केहि घनिष्ट मित्रहरूको तस्बीर एकतमास मेरो दिमागमा घुमिरहेको छ जो केहि समय अगाडिदेखि सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । के ति मेरा साथीहरूले पनि यस वयमा जुन स्थितिको सामना गरिरहेका छन् त्यसका बारे दैनिकी लेख्दै होलान् ? थाहा छैन्, कसले कहिलेदेखि सहकारीमा जम्मा हुन आएको बचतकर्ताको रकमलाई मनोमानी तवरले आफ्नो नीजि लाभको लागि प्रयोग...