Skip to main content

Posts

जेल नै कैदी राख्नमा फेल भएपछि

जब देशमा राजनीतिक तरतलता छाउँछ तब देश विभिन्न किसिमका अराजकताले चारैतिरबाट घेराबन्दीमा पर्न पुग्दछ । हो, साथी यस्तै खालका घटनाहरु घट्न थालेका छन् आजभोली हाम्रो देशमा । आज राजधानी काठमाडौंमा भएको एउटा सामान्य विवादमा गोली चल्दा विद्यालयबाट फर्किरहेको एक निर्दोष बालकको हत्या हुन पुगेको छ । गोली काण्डमा सहभागी ११ जना मध्ये दुई जनालाई स्थानीयवासीले पक्रेर प्रहरीकोमा बुझाउन सफल भएका छन् । तर यति कुराले हामीहरु विश्वस्त हुन सक्दैनौ कि समाजमा हत्या, हिंसा, आतंक र अराजकता फैलाउँदै हिड्ने ती र तीजस्तै अराजक समूहहरु निमिट्यान्न होलान् भनेर किनकी विगत ५ महिनामा देशका विभिन्न स्थानमा रहेका कारागारको कमजोर व्यवस्थापन र प्रशासनको चरम लापरबाहीका कारण हत्या, चोरी, डकैती, अपहरण र बलात्कारजस्ता जघन्य अपराधमा संलग्न झण्डै ५ दर्जन कैदीहरु कारागारबाटै फरार हुन सफल भएका छन् । जसको विवरण तल हेर्नुस् –  २०६६ साउन २९ गते राती १२ बजे, जिल्ला कारागार सिराहा बाट ४५ कैदि फरार  २०६६ अशोज १२ गते राती, जिल्ला कारागार कञ्चनपुरबाट ६ कैदी फरार  र, गत हप्ता २०६६ माघ १ गते कपिलबस्तुबाट ८ कैदी फरार अब तपाइँ आफै भन्नुस्...

ए ! भगवान, यो कस्तो व्यङ्गय हो ?

नेपालको राजनीति अनौठो किसिमको हुन्छ भन्ने तपाइँ हामीलाई जानकारी भएकै कुरा हो । अझ यो देशको अगाडि नयाँ भन्ने शब्दावली थपिए पछि काम पनि नयाँ र अनौठो पो हुन थालेका छन् । अब तपाइँलाई लाग्ला– हैन् है ! के अनौठो भएछ फेरि नयाँ नेपालको नयाँ राजनीतिमा ? नआत्तिनुस्, म बताउँदै छु, धैयर्ताका साथ यसलाई पढ्ने काम गर्नोस् । खास कुरो के भएको छ भने, जनमत संग्रह विना नेपाल धर्म निरपेक्ष, गणतान्त्रिक देश घोषणा गर्न नहुने बताउँदै आएका रा.प्र.पा नेपालका अध्यक्ष कमल थापाले आजको दिनदेखि नयाँ अभियान छेडेका छन् । उनको यो अभियान भने केहि पृथक र नेपाली अनौठो लाग्ने खालको आन्दोलन जस्तो छ । यो खासगरी क्रान्तिकारी पार्टीहरुको जस्तो चक्काजाम, नेपाल बन्द वा हडताल गर्ने प्रकृतिको आन्दोलन चैं होइन् । भलै आफ्ना दुई चार सय भरौटेहरु जम्मा पारिएर थालिएको अभियान किन नहोस् तर यसको प्रकृति अनौठो छ र विषय वा सन्दर्भ पनि मजबुत नै छ । उनले नेतृत्व दिएको यो अभियान समयमै संविधान बनाउनलाई दलका नेताहरुलाई खबरदारी गर्नुपर्छ भनेर सर्वसाधारण जनताहरुलाई सुसूचित गर्नलाई हो । देशका शिर्ष, प्रगतिशिल, क्रान्तिकारी, लोकतान्त्रिक तथा नेपालक...

३७ औं सन्ध्या ध्वनी सम्पन्न

[caption id="attachment_112" align="alignleft" width="300" caption="कार्यक्रममा उपस्थित साहित्यकारहरु"] [/caption] प्रत्येक नेपाली महिनाको पहिलो शनिवार साहित्यिक गोष्ठी आयोजना गर्दै आएका बेनी वाङमय परिवार, म्याग्दीले माघ महिना २ गते शनिवार आफ्नो ३७ औं सन्ध्या ध्वनीको श्रृङ्खला म्याग्दी सामुदायिक पुस्तकालयको सभाहलमा सम्पन्न गरेको छ । बाग्लुङे युवा गजलकार विनय थापाको मियोत्वमा सम्पन्न कार्यक्रममा एक दर्जन कवि÷कवयित्रीले आफ्ना सृजना वाचन गरेका थिए । कार्यक्रममा म्याग्दी साहित्य समाजका अध्यक्ष ध्रुबलाल शर्माले कविता, मधुसुदन साहित्य प्रतिष्ठानका अध्यक्ष दामोदर घतानेले हाईकु, पौलस्त्य साहित्य समाजका सचिव नीराजन शिरीषले दुई कविता र ध्रुबलाल शर्माको व्यक्तित्व समेटिएको एक आलेख प्रस्तुत गरेका थिए । कार्यक्रममा सुशन विसर्जन र अमर स्पन्दनले गजल, कविता शर्माले मुक्तक र हाइकु, भद्रबहादुर कार्कीले कविता वाचन गरेका थिए । कार्यक्रम परिवारका क्रियाशिल सदस्य अजयमिलन श्रेष्ठले सञ्चालन गरेका थिए । कार्यक्रममा श्रेष्ठले समसामयिक व्यङ्गय प्रस्तुत गरेका थिए ।

आकाशमा सूर्यग्रहण सडकमा खाना महोत्सब ?

ने पालीहरूको बुद्धि पछि आउँछ भन्ने कुरा म्याग्दी बेनीमा हालै घटेको एक घटनाले पुष्टि गरेको छ । हुन पनि हामी नेपालीहरू योजना निर्माण गर्दा समय, सन्दर्भ, आवश्यकता वा कुनै पनि आधारका बारेमा केही सोच विचार नै नगरी ठ्याम्मै पारेर कार्यक्रमको योजना तयार पार्छौ अनि पछि छक्क पर्दै भन्छौं – हत्तेरी यसो नगर्नुथ्यो ! हो, यस्तै घटना माघेसंक्रान्ति मेलालाई पोहोर परार झैं महोत्सवको रुपमा मनाउने शिलशिलामा सडक खाना महोत्सवको आयोजना गर्ने समय केही धार्मिक कुराहरुलाई आयोजकले ध्यान नदिदाँ उनीहरु नराम्ररी चुक्न पुगेका छन् । त्यति मात्र हैन् उनीहरुको मनमा नराम्ररी छटपहाट शुरु भैसकेको छ । माघेसंक्रान्ति मेला मनाउने परम्परालाई निरन्तरता दिने क्रममा यो पालि उद्योग बाणिज्य संघ म्याग्दीको महिला उद्यमी संघको हुस्सु टिमले आवश्यक विचार गर्न नसक्दा सूर्यग्रहण दिनको सडक खाना महोत्सव पो आयोजना गर्न पुग्यो ! न उनीहरुले त्यसो गर्नु भन्दा पहिले सोचे न त उनीहरुका पुरुष उद्यमी साथीहरुले पात्रो हेर्न भ्याएर ग्रहणको दिन खाना खानु हुँदैन भन्ने थाहा नै पाए ! यो कुन हदसम्मको मुर्खता हो कु्न्नी ?धार्मिक ग्रन्थहरूमा मात्र...

एक बिद्रोही कबिको बारेमा

साहित्यकार ध्रुबलाल शर्मा, म्याग्देली साहित्यिक फाँटमा उमेरका हिसाबले चाउरिएका र लेखनका हिसाबले माझिएका ब्यक्ति मानिन्छन् । उनी आफ्नो विद्यार्थी कालदेखि नै नेपाली साहित्यको क्षेत्रमा यसरी गाँजिए कि उनी विज्ञानका एक असल छात्र र इतिहास अनि भुगोलका कुशल शिक्षक हुन् भनेर कमैले मात्र विश्वास गर्ने चरित्रका रुपमा स्थापित हुन पुगे । सामाजिक विसंगती र राजनीतिका खेलाडीहरुले प्रदर्शन गर्ने अराजनीतिक गतिविधीका उनी सबैभन्दा उच्चस्तरको विरोधीका रुपमा चिनिन थाले । उनको लेखन शैली र क्षमतामा पाठकहरु यति विश्वस्त भेटिन्छन्, जब कोही एक व्यक्तिले उनलाई मन नपर्ने केहि गरिदियोस् त उक्त व्यक्तिको प्रवृतिलाई दर्‍हो हुर्मत लिने सामथ्र्य उनको कवितामा छ ! तर यसो गर्दा उनी धेरैपटक चुकेका पनि छन् आफ्ना सृजनाहरूमा । तथापि उनी म्याग्दीको साहित्यलाई यहाँसम्म ल्याई पुर्‍याउनका लागि दिनरात नभनि साधनारत एक इमान्दार साहित्यिक साधक हुन भन्नेमा दुई मत रहदैन् । आफ्नी प्रिय आमा मन्दोदरी शर्माबाट प्रभावित अनि उत्तिकै बढी प्रेरित भएर साहित्यमा लागेको बताउने शर्माले आफ्नो पहिलो साहित्यिक कृति नै आमाको समर्पणमा “आमाको सम्झना” न...

साला ! नेपाली हुनुको पिडा !

एकदिन राष्ट्रप्रेम मनमा अत्यन्तै गढेपछि मैले लेखेथें – " दे श रूँदा रोएन कि कठोर हाम्रा मन, देशलाई दुख्दा मलाई दुख्ने चोट पठाईदि नु !" किन बहकिएर मैले यस्तो लेख्न पुगेँ अहिले आएर बुझ्न सकेको छैन मैले, तथापि एक आम नेपाली नागरिक भएको नाताले मात्र मेरो मनमा यो भावना आएको हो भन्ने मैले बुझेको छु । हुनपनि, पछिल्ला समयमा विकसित हुँदै गएका अराष्ट्रिय गतिविधी र अराजकताले म र मजस्तै थुप्रै आम नेपालीहरुको मन दुखेको मैले नजिकैबाट अनुभव गर्न सकेको छु । पौष तेस्रो साता म काठमाडौंमा थिएँ । एकदिन रत्नपार्क जादै गर्दा त्रि–चन्द्र क्याम्पसको सडकपेटीमा म २–३ जना स्कुले विद्यार्थीहरूको एक सानो झुण्डको अगाडि हिडिँरहेको थिएँ । त्यो झुण्डको एक किशोर आवाज मैले सुनेथेँ – “साला ! मलाई नेपाली भएर जन्मिनु परेको कस्को श्रापले होला !” मलाई त्यो किशोर आवाजले स्तब्ध पा¥यो – “विचरा ! कति निर्दोष छ ऊ ? र, कस्तो विडम्बनापूर्वक आफू नेपाली हुनु परेकोमा दुःखी बनेको ! म चुपचाप अगाडि बढे । त्यो बिडम्बनायुक्त आवाज निकाल्ने किशोरलाई पछाडी फर्केरसम्म हेर्ने साहस गर्न सकिनँ । हुनपनि, उसले बोलेको यो यथार्थले मलाई बिझ...

प्रेम

अस्ति नै, उनीहरूले मलाई प्रेमको बारेमा धेरै सिकाउन खोजेका थिए । र पनि मैले बुझ्न सकिन कि, प्रेमको बारेमा । म सधैं, प्रेमलाई तौलिन खोज्थेँ व्यर्थका चिजहरूसँग गुन्द्रुकसँग, खोलेसँग । र, असारे झरीसँग । तर, आज आएर मलाई थाहा लाग्यो– प्रेम सागर रहेछ, सम्राटलाई तयार पारिएको चौरासी व्यञ्जन रहेछ । र, रहेछ माघमासको एउटा अति शान्त बर्षा जसले बेशीमा शीतलता अनि लेकमा, एक अञ्जुली हिमपुरी ल्याएर आउँछ ।                            ०६१ माघ

हामी भिखारी

हामी सबै भिखारी निरीह र विपन्न, आस्थाका भिखारी दयाका भिखारी र, परिवर्तनका भिखारी कृत्रिम आस्था घोकेर सिद्धान्त रटेर र, पिछलग्गु भएर व्यवहार शुन्यः बनेका हामी भिखारी आस्थाका । पिछडिएका अनि हुर्मत नभएका चेतनाशून्यः आत्मस्वाभिमान गुमाएका दया नपाई नबाँच्ने ओत नभइ बढ्न नसक्ने हामी भिखारी दयाका । मुठ्ठी नकस्ने संघर्ष वा आन्दोलन नहाँक्ने नबुझ्ने, नसुन्ने अनि बोध नगर्ने आशामा बाँच्ने तर केही नगर्ने सधैं पछि, अन्तिम र ओरालो झरेका हामी भिखारी परिवर्तनका ।

अमान्छे

तिमी आफू ठीक र अरू बेठीक तिमी जान्ने अनि बाँकी नजान्ने मात्र तिमी असल र अरू सबै खराब भन्दैनौ र गर्दैनौ, त्यसैले तिमी नयाँ प्राणी हौ हो, तिमी अमान्छे ! यदि तिमी विश्वस्त हुँदैनौ, चाकडी, चाप्लुसी र चम्चागिरीमा जबसम्म तिमीलाई लागिरहन्छ, सत्य, सत्य नै हो, असत्य, सधैं झुटो नै हुन्छ अब मलाई सन्देह लाग्दैन तिमीलाई भन्नलाई – ए अमान्छे ! जतिखेर तिमीलाई लाग्दैन तिमी बोल्यौ\बोलेनौ अरूलाई पोल्यौ\पोलेनौ, वा, त्यो पीडामा डुबिरहँदा तिमीले खित्का छोड्न जानेनौ, अब त साँच्चिकै प्रमाणित भयौ, तिमी संसारकै एकमात्र  – अमान्छे !

नागरिक चित्कार

केही नागरिकहरु आव्हान गर्दैछन् – दण्डहिनताको हु्ँदै भएन अन्त्य, आऔं नौला कुनै अपराध गरौं । केहि बु्रजुकहरु अपिल गर्दैछन् – अझै सुध्रिएन शासकहरुको व्योहोरा, आऔं यिनलाई बहिष्कार गरौं । आम मान्छेहरु सडकमा चिच्याई रहेछन् – देश हाँक्नेहरु हुँडार निक्ले, आऔं यिनलाई नैतिकता सिकाऔं । राष्ट्रवादीहरु विच सडकमा उफ्रिरहेछन् – देशप्रेमीहरु लोप हुन आँटे, आऔं हाम्रा छातिमा, आफ्नै देश खोजौं । तर, युग–युगदेखि म एक्लै भुत्भुतिरहेछु – कति खप्नु यस्तो पीडा ? आओ सबै पागल बनौं !

तरपनि जाति

काँडा हुन्छ गुलाफमा तरपनि जाति फूल्छ प्रीत करकापमा तरपनि जाति शुरु नभै सिद्धिएकी हाम्रा कुराकानी लुक्छ प्रीत तापमा तर पनि जाति रित्तिएकी सम्झना तिम्रा छातिभरीका दुख्छ प्रीत नापमा तरपनि जाति कहाँ छुटे हातहरु थाहै नभएर सुक्छ प्रीत रापमा तरपनि जाति

दशै

मेरो भित्तामा उभिण्डो परेको पात्रोले प्रत्येक शरदमा एउटा दौडको आयोजना गर्दछ – मेरो विवश नगरमा ! काठमाण्डु घोर्ले खसीको पछि दौडन्छ, बाजुरा उसिना चामलका लागि उछिट्टिन्छ । धरान फेसनको एक श्रृङ्खला बनाउँछ । सोलु हिउँको चीसो बतासमा कठ्याङिग्रएर रोइदिन्छ, दशगजा साँघुरिएर आफैभित्र थाहै नपाई बिलाईदिन्छ । सुनसान गल्लिहरुमा कर्कश आवाजहरु सुनिन्छ, भीडहरुमा आवाज गुपचुप भैदिन्छ, प्रत्येक शरदमा एक दौड हुन्छ, मेरो नगरमा । आशा लिएर आउने दौड आशा बोकेर लैदिन्छ, सफल होला कि भन्ने दौड निरर्थक भैदिन्छ, तथापी युग–युगदेखि प्रत्येक शरदमा एक दौड हुन्छ मेरो नगरमा । फगत एक दौड हुन्छ, मेरो विवश नगरमा !