केहि बर्ष पहिले हाम्रो गाउँमा वैदिक सनातन धर्म उत्थानका लागि भनेर एकजना स्वामीको प्रार्दुभाव भो । समथर चौरको सानो सुर्का जसलाई ठाडो चौर भनिन्छ, तहाँ स्मावीमजीले आश्रम बसाले । केहि गाईहरू पालिए । सागपात लगाईए । केराका बोटहरू लगाइए । बेलौती पनि फलेकै छन् । उजाड सुर्को हरियाली भो । आक्कल झुक्कल आउने स्वामीले प्रवचन पनि दिन शुरू गरे । सुन्नलाई मान्छेहरू जम्मा हुन थाले । एकाध मान्छेहरू बैष्णव भएर त्यतै कुटीमा पनि बसे । केहि मान्छेहरू ठाडा टिका पहिरिएर बैष्णव बने । तीनलाई मन नपार्नेहरूले "ठाडटिके" को विशेषण पनि दिए । कृष्णतट देखि ७०० मिटरमाथिको उचाइमा रहेको मेरो गाउँमा मान्छेहरू दुईचीरामा विभक्त भए । एकथरी ती ठाडटिकेहरू जसले वैष्णव संस्कार शिरोधार्य गरे, ललाटमा ठाडो चम्किलो पहेंलो रंगको तिलक पहिरिनेहरू, र अर्काथरी तीनै तिलकधारीहरूलाई मन नपार्ने मान्छेहरू । ठाडटिकेहरू कस्ता भने, यी भिन्दै किसिमका । घर परिवारका अरू मान्छेहरूले पनि छोएको वा पकाएको नखाने, अत्यन्तै शुद्दता कायम गर्ने । त्यो शुद्दता कस्तो भने ठाडटिके संस्कारसहित भर्खर भर्खर गोबर ग्याँस प्लान्ट पनि गाउँ छिरेको त्यो बखत पा...
कुनै पनि बुझाइ अन्तिम सत्य होइनन् ।