Posts

म शिशा पुछ्दिनँ २

यो नेपालमा विनाशकारी भूकम्प गएको ३ दिन पछिको घटना थियो ।  पश्चिमतिरको काम्पिनतोरी जाने ढोकाको शिशा उति पुछ्नु पर्दैन । सफा नै हुन्छ । तर आज त्यो ढोकामा जानु मन लाग्यो मलाई । म गएँ पनि । अलिअलि औंलाहरुका डोब परेछन् । नीलो फाइबरमा सुमा र्‍यापिड १  छर्केर एकै फिटिक हात लम्काएपछि ती नामेट भए । शिशा टलक्कै भो । टल्केको शिशाबाट साठी सत्तरी हात पर रेडक्रसको स्वयंसेवी पोशाकमा एउटा फिनिश अधवैशेंलाई हातमा बट्टा समातेर सहयोग उठाईरहेको देखेँ । मोबाइल निकालेर हेरेँ – नौ बज्न तीन मिनेट थियो । अलिकति अगाडि बढेर यसो चिहाएपछि देखेँ, फिनिशमा लेखेको रहिछ – नेपाललाई सहयोग गरौं !  हप्ताको मध्य दिन अलि बढी मात्रामा शिशा पुछ्नु पर्छ मलाई । र, नेपाललाई सहयोग गरौं लेखेको बट्टा बोक्ने फिनिशलाई देखेको दिन पनि हप्ताको मध्य दिन नै थियो । त्यो यस बर्षको अठारौं हप्ताको बुधबार थियो । केहि शिशाहरु पुछपाछ पारेपछि मेरो खाना खाने समय भो । आधा घण्टाको खाना खाने अवधीभर मनमा धेरै तर्कनाहरु उठेँ । खाना पनि नरुचे जस्तो भो । र, फेरि एकपल्ट मैले खाँदाखाँदैको भाग पूरा गर्न सकिनँ । पत्नीले प्रेमपूर्वक तयार पारेको आलु र केर

म शिशा पुछ्दिन

“पश्चिमतिरको खालीभाग पनि सफा गर्नुपर्ने तिम्रै भागमा पर्ने भो’ हैं ।” – एक भोर काम गर्ने ठाउँको प्यालेस्टाइनी नाइकेले सफाई कोठाको शौचालय सफा गरेर निस्किदै गर्दा भन्यो । काम उति धेरै त होईन तर च्याँठ्ठिदै मैले प्रतिप्रश्न गरेँ – “त्यो बेल्जियन क्याफेको साइडको ?” “अँ, त्यो भुइँतलादेखि माथि टाइगर बारसम्मको ।” फेरि सम्झे झैं गरेर भन्यो – “जम्मा ५ वटा तलाको कुनाकुना परेको भाग न हो, धेरै छैन । त्यहि पनि त्यो भित्ताको काला निला धर्साधर्सी केहि भए त्यो तिम्ले गर्नुपर्दैन, त्यो अर्कैले गर्छ ।” मैले केहि आपत्ति जनाइँन । पोछा लगाएर कनिकनि गर्नुपर्ने होइन । मेसिन चलाउने न हो । त्यो पनि हप्ताको दुईदिन गर्दे हुन्छ । त्यति फोहोर पनि त हुँदैन त्यतातिर । एल्ले थाहा पाउने हैन ! म मनमनै खुशी भएँ । म मुस्कुराएको देखेपछि ऊ पनि मुस्कुरायो । खासमा ऊ नमुस्कुराउने खालको मान्छे नै हैन । मुस्कुराएरै ऊ त्यहाँबाट ओझेल हुन लाग्यो, भन्यो – “सिसाहरु राम्ररी टल्काउनु हैं । मैले त्यसलाई पनि भन्या छु ।” अनि ऊ त्यहाँबाट हिड्यो । म, मेरो ट्रलि गुडाएर सिसा पुछ्न हिडेँ । त्यो दिउँसो आफैले टलक्क पारेको शिशाको झ्यालबाट मैल

युवानेताको मुर्खताका नाममा

साठीको दशकमा जहिले म बागलुङबजारमा एक नीजि बिधालयमा अध्यापनरत थिएँ, उनीसँग आकलझुक्कल भेट मात्र हुन्थ्यो मेरो । भेट प्रायः साहित्यिक गोष्ठीहरूमा हुने गर्थ्यो । तिनताका निकै साहित्यिक सरगर्मी रहन्थ्यो बागलुङमा । कहिले बिधामन्दिर पुस्ताकलय, त कहिले धौलागिरि क्याम्पसको सभाहल । कविहरूको बीचमा एउटा अर्को कवि हुन्थ्यो छिर्केमिर्के गाउँले झोला बोकेको, हल्का बाक्लो दार्ही जुँघा भएको, मसिनो आवाजमा बोल्ने म भन्दा दुर्इचार बर्ष जेठो जस्तो देखिने राजनैतिक चेत भएको कवि । म उसलार्इ गोविन्द दार्इ भन्ने गर्थेँ । उनलार्इ मेरो नाम धेरैपछि मात्र याद भो ।  कारण, उनी मेरो बाबाको पनि साथी रहिछन् । पछि, उनले असिम प्यारसहित सम्बोधन गर्न थालेँ - शिरीष भार्इ । म त्यसै त्यसै पुलकित हुन थालेँ । पछिफेर सामिप्यता बढेपछि, मैले उनलार्इ अझ धेरै बुझ्न थालेँ - उनी अञ्चलमै धेरै विधार्थीहरूले पढ्ने धौलागिरि क्याम्पसको स्ववियू सभापति पनि रहेछन् । एक आम युवामा भन्दा कति हो कति राजनैतिक चेत भएका गोविन्द दार्इले बिस्तारै राजनैतिक सफलताको सिंढी चढ्दै आएका छन । एक परिचितका नाताले उनको सफलतामा मलार्इ असिम खुशी पनि लाग्दछ । तर

म्याग्दी, तर्क र नांगो नाच

म्याग्दीमा अचम्मको राजनीति छ । उसो त नेपाल नै अचम्मको राजनीतिमा चलिरहेको देश हो । उधोग बाणिज्य संघमा राजनीति, क्याम्पस संचालक समितिमा राजनीति । राजनीतिबाट अछुतो छैन- जिल्ला बाल संगठन, वा कुनै सामुदायिक बिधालयको व्यवस्थापन समिति । अझ म्याग्दीमा त काङ्ग्रेस र एमालेका छुट्टाछुट्टै नीजि बोर्डिङ, केबुल, सहकारी, पसल, ट्युसन सेन्टर, ढिकुटी खेलाउने घोपा, रेष्ट्रँरा, होटल, करिब करिव सबैसबै सेवा प्रदायकहरू छुट्टाछुट्टै छन् । अझ राजनीतिको प्रभाव शुन्यः हुनुपर्छ भनेर ठानिने रेडक्रसमा समेत राजनीति छ म्याग्दीमा । पहिला पहिला काँग्रेसीहरू आलोपालो हुन्थे रेडक्रस अध्यक्ष, अहिले एमालेहरू चलार्इराखेका छन् । मानौं म्याग्दी जिल्ला एमाले र कांग्रेसको बिर्ता हो । र, त्यहाँ उनीहरू आफ्नो क्षमता, शक्ति र पैसाका आधारमा नांगो नाच नाच्न रूचाउँछन् । पछिल्लो क्रममा, राजनीतिको नांगो नाच एमाले र कांग्रेसले खुलेर नाचिरहेका छन् । यो नांगो नाचमा सर्वाङ्ग नाङ्गो नाच चाँहि काङ्गेसले नाचिरहेछ । गीतको बोल छ – जिल्लाबाट बनेका छन् तीनजना सभासद हाम्रै माननीयले पाउनु पर्छ प्रमुख अतिथीको पद ... संविधानसभाको पछिल्लो निर

सिंहदरबार, एउटा जोगी र घण्टा

केहि बर्ष पहिले हाम्रो गाउँमा वैदिक सनातन धर्म उत्थानका लागि भनेर एकजना स्वामीको प्रार्दुभाव भो । समथर चौरको सानो सुर्का जसलार्इ ठाडो चौर भनिन्छ, तहाँ स्मावीमजीले आश्रम बसाले । केहि गार्इहरू पालिए । सागपात लगार्इए । केराका बोटहरू लगाइए । बेलौती पनि फलेकै छन् । उजाड सुर्को हरियाली भो । आक्कल झुक्कल आउने स्वामीले प्रवचन पनि दिन शुरू गरे । सुन्नलार्इ मान्छेहरू जम्मा हुन थाले । एकाध मान्छेहरू बैष्णव भएर त्यतै कुटीमा पनि बसे । केहि मान्छेहरू ठाडा टिका पहिरिएर बैष्णव बने । तीनलार्इ मन नपार्नेहरूले " ठाडटिके " को विशेषण पनि दिए । कृष्णतट देखि ७०० मिटरमाथिको उचार्इमा रहेको मेरो गाउँमा मान्छेहरू दुर्इचीरामा विभक्त भए । एकथरी ती ठाडटिकेहरू जसले वैष्णव संस्कार शिरोधार्य गरे, ललाटमा ठाडो चम्किलो पहेंलो रंगको तिलक पहिरिनेहरू, र अर्काथरी तीनै तिलकधारीहरूलार्इ मन नपार्ने मान्छेहरू । ठाडटिकेहरू कस्ता भने, यी भिन्दै किसिमका । घर परिवारका अरू मान्छेहरूले पनि छोएको वा पकाएको नखाने, अत्यन्तै शुद्दता कायम गर्ने । त्यो शुद्दता कस्तो भने ठाडटिके संस्कारसहित भर्खर भर्खर गोबर ग्याँस प्लान्ट

डा. बाबुराम भट्टराईलाई खुलापत्र

कुनै बेलाका मेरा सर्बाधिक प्रिय नेता डा. बाबुराम भट्टाराईज्यू सादार नमस्कार, सर्वप्रथम त यहाँलाई यहाँकै “प्रिय अभिवादन” लालसलामसहित अभिवादन गर्न यसर्थ असमर्थ छु कि त्यो अभिवादनमा मलाई निहत्था, निरीह हजारौं शहादतप्राप्त नौजवानहरुको रगतको “गन्ध” अनुभूत गर्दछु । ती जो जो मारिए, ती देशकै लागि मर्दैछौं भनेर शहादत प्राप्त गरेका थिए । किन्तु, उनीहरुको बलिदानीले देशले जे पाउनु पर्ने थियो त्यो पाएन, जे अनपेक्षित थियो त्यसका साक्षी वर्तमानमा बाँचिरहेका हामीहरु छौ, खैर यो प्रसंगलाई यहि टुंगाऔं । डा. सा’ब, यहाँलाई अचम्भित पार्ला कि यो अपरिचितले अकारण किन यो खुलापत्र लेख्यो ? तर म यहाँलाई दुई कुरा स्पष्ट पार्न चाहन्छु – पहिलो हामीहरु परिचित छौं, र दोश्रो यो पत्र लेख्नुको कारण छ । हो डाक्टरसा’ब अत्यन्तै सान्दर्भिक कारण ! अर्थमन्त्रीका हैसियतमा यहाँ म्याग्दी भ्रमणमा आउँदैका दिन उद्योग बाणिज्य संघ म्याग्दीको सभाहलमा उपस्थितहरुको यहाँसँग साक्षात्कार चलिरहँदा, दाहिने हात मेरो पनि उठेको थियो । ५ मिनेटसम्म अविश्रान्त हात उठिरहेपछि, बजारका “गन्यमान्यहरु” को हातबाट माइक्रोफोन मनेर आईपुगेको थियो ।

कुरी कुरी कांग्रेस, कुरी कुरी सभासद !

केहि वर्ष पहिले, जिल्ला परिषद बैठकमा एमालेका तत्कालिन जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठले पहिलो संविधानसभामा म्याग्दी जिल्लाबाट प्रत्यक्ष निर्वाचित एकिकृत माओवादीका सभासद गोविन्द पौडेल उर्फ प्रविनको जिल्लाका हिमाली भेगमा संकलन हुने यार्सा गुम्बाको चोरी तस्करीमा संलग्नता भएको बारे राष्ट्रिय मिडियामा प्रकासित÷प्रसारित समाचारका बारेमा उल्लेख गर्दासाथ मञ्चमा सँगै आसिन माओवादीका जिल्ला संयोजक समेत रहेका एक कँडेल थरका नेताले कुर्सी प्रहार गरेपछि त्यतिखेर ठुलै हंगामा भयो । धेरैले घटनाको टिप्पणी गर्दै गर्दा माओवादीको उग्रताको खुलेरै विरोध गरेँ । ती मध्ये कतिपयले त्यस हर्कतले. माओवादीमा जंगली स्वभावको अवशेष अझै रहेको पुष्टि भएको बताए । विभिन्न दावा गर्ने क्रमको अघिल्लो पंक्तिमा नेपाली कांग्रेसका स्थानीय नेताहरु नै थिए । र, अहिले त्यस्तै अर्को जंगली स्वभावको अवशेषको प्रदर्शनी भएको छ,  बेनी नगरपालिकाको परिषदमा । र, त्यो हर्कत कुनै सामान्य व्यक्त्तिले होइन, नेपालसरकारले दोश्रो संविधानसभामा मनोनित गरेका २६ सभासदहरु मध्य एक सभासद – रेशम बानियाँले गरेका छन् ।  राष्ट्रियस्तरमा योगदान पुर्‍याएका ब्यक