गएको हप्ता त हो नी छोरीले आफ्नी आमा (ममी) को मोबाइल फोनमा ‘मिस्ड कल’ गरेको, अनि मेरी दुलहीले छोरीलाई फोन गरेको । आमा–छोरीको मोबाइल वार्ता सुन्दै गर्दा बोलीरहेका दुईजनामा मैले प्रशन्नताको स्पष्ट भाव पाएथेँ, तर मलाई अलि धेरै गम्भीर बनाईदिए मेरा दुई परीहरुले ! “के गर्दैहुनुहुन्छ नी ?” हामीले यताबाट “छोरी” भनेपछि उताबाट छोरीले बोल्ने पहिलो वाक्य नै यहि हो ! त्योदिन पनि छोरीले उनकी आमाले “छोरी” सम्बोधन गरेलगत्तै यहि प्रश्न गरीन् । “तिमीसँग कुरा गर्दैछु ।” वा “भर्खर खाजा खाएँ ।” भनेको भएपनि आज म यसरी सायदै यो लेखिरहेको हुनेथिएँ । तर मेरी पत्नीले भनीन – “म भर्खर पढेर आएको, बाबाले खाजा बनाउनु भयो अनि हामीले खायौं !” यसो भनेर सकेपछि उनले पुलुक्क मतिर फर्केर हेरीन् । उनको त्यो हेराईमा मैले असीम अनुग्रहीत भाव पाएथेँ । उनीहरु अरु धेरै कुराहरु गर्दै थिए, मलाई चाँहि पत्नीले बोलेको पहिलो वाक्यले नै एक हिसाबले स्तब्ध बनायो । अझ यस्तो भनूँ कि त्यसले मेरो भावुक हृदयलाई क्षतविक्षत पार्यो । उनको तात्कालिक अनुग्रहीत भावले मेरो हृदयमा ल्याएर आएको कम्पनको अहिले म वर्णन गर्न सक्दिनँ । प्रायःजसो म कामबाट ...
कुनै पनि बुझाइ अन्तिम सत्य होइनन् ।