Skip to main content

Posts

यो पो सक्कली परीक्षा हल !

साथीहरू, मानिलिनुस् तपाइँले एउटा संस्था खोल्नुभयो, र त्यो संस्थाका लागि आवश्यक केही सय पदका लागि विज्ञापन पनि गर्नुभयो । विज्ञापन त गर्नुभयो तर आवेदन चाँहि हजारौंको पर्यो । अब त्यस्तो बेलामा ती हजार विधार्थीहरूलार्इ लिखित परिक्षा लिन पर्नेभयो भने तपाइँले तीनलार्इ कहाँ राखेर परिक्षा लिनुहुन्छ होला ? एकछिन गम्भीर भएर सोच्नुस त । तपार्इ लाग्ला आफ्नो संस्था भएकै ठाउँतिर उपलब्ध विधालय वा कलेजमा राखेर लिने । तर त्यसो हैन, तपाइँले त्यसरी निर्णय गर्दा ती विधालय वा कलेजका अध्यापनकार्यमा अबरोध हुन सक्तछ । त्यसैले त्यो बकुम्फसे आइडिया हैन नेपाली सेनाको अर्हिदमन गण परासीको आइडिया नै उपयुक्त हुन सक्ला । सबभन्दा पहिले तलको फोटो राम्रोसँग हेर्नुस । र, प्रयास गर्नुस थाहा पाउन की भैरहेछ के ? कुरो भएछ के भने, नेपाली सेनाको उक्त गणले सेनामा जवान पदका लागि भर्ना हुन आएका एक हजार एक सय दुर्इ जनाको परिक्षा स्थान अभाव भएको जनाउँदै भूमहि-भैरहवा सडक खण्डको झण्डै एक किलोमिटर लम्वाइ नै अबरूद्भ पारेर लिएछ । अब तपाइँ नै अनुमान गर्नुस भैरहवा क्षेत्रको त्यो टन्टलापूर घाममा ती परिक्षार्थी युवा / युवतीहरूले कति कसला ...

थुक्क ! उपाधीकै बेइज्जत !

बाँया तस्वीरमा लहरै बसेकाहरूलार्इ चिन्नु भयो ? सायद चिन्नु भयो होला । नचिनेको भए पख्नुस्, बिस्तारै चिन्दै गर्नुहोला । तस्बिरको बाँया छेउका दुर्इ जनालार्इ तपाइँहामीले नचिन्ने कुरै भएन । यी त हाम्रा मन मस्तिष्कबाट कहिल्यै पनि बाहिर निकाल्न नसकिने दुर्इ आदरणीय नेताज्यूहरू हुनुहुन्छ । देशका विकासमा उहाँहरूको योगदानलार्इ हामीले यहाँ शब्दमा व्यक्त गर्न सक्तैनौ । अनि साँच्ची यता दायाँ छेउका अर्का दुर्इ बेबकुफहरूलार्इ पनि चिन्नुभयो । ल चिन्नुभएन ? यि त हाम्रा देशका मात्र हैन यो धर्तीकै बोझ हुन । मलार्इ यी चारजना नेपाली पुत्रहरूले हालै हासिल गरेको विधावारिधी उपाधीले निकै खुशि तुल्याएको थियो । तर जब मैले थाहा पाएँ त्यो उपाधी त यी दायाँ पट्टी बसेका बेबकुफहरूलार्इ पनि दिइएको रहेछ । मलार्इ भाउन्न छुटेको थियो के खास लायकको गरेका छन् र यी बेबकुफहरूले ? खाल्लि सूचना प्रदान भनेर ताँइनतुँइका श्रृङ्खला बनाउने बाहेक ? अनि गार्इजात्राका अवसर पारेर हाम्रा महान नेताहरूको हुर्मत लिने बाहेक ? बन्द हडताल गर्नुहुन्न । देश विकास गर्नुपर्छ । नेपालमै बसेर इलम गर्न पर्छ । समयै संविधान बन्नुपर्छ आदि र्इत्यादि भनेर ह...

ज्ञानेन्द्र र यिनमा आखिर फरक के ?

विश्वका गरिव देशहरूको सूचीमा दोश्रो रोल नं. भएका हामी नेपालीका पूर्व राजा ज्ञानेन्द्रले तत्कालिन परिस्थितीमा तल उल्लेख गरे बमोजिम तलब भत्ताको सुविधा लिँदा रहेछन । चिनका राष्ट्रपतिले भन्दा २,४२६ गुणाबढि रकम भारतीय राष्ट्रपतिले भन्दा ३१८ गुणाबढि रकम बेलायतका राष्ट्रपतिले भन्दा १५ गुणा बढि र अमेरिका राष्ट्रपतिले भन्दा १० गुणा बढि रकम राजाका हैसियतमा उनले तत्कालिन अवस्थामा बार्षिक रू. ६१ करोड ९१ लाख लिने गर्दथे । आफ्नो ६ सदस्यीय परिवारका लागि उनले सन् २००३ देखि २००५ को ३ वर्षको अवधीमा १ अरब ६ करोड ४५ लाख रकम राज्यको ढुकुटीबाट लिएका थिए । त्यति छोटो अवधीमा त्यत्रो रकम लिने राजालार्इ पालिरहेका हामी नेपालीका टाउकोमा टेकेका ज्ञानेन्द्रलार्इ ६२ \ ६३ गुराँश आन्दोलनले बढार्यो । तर साधारण नागरिकको हैसियतमा रहेका भनिएका उनलार्इ अझै राज्यले विशेष सुरक्षा प्रदान गरिरहेको छ । यो सब हाम्रा निकम्मा नेताहरूले गरिरहेछन् भन्दा अत्युक्ति नहोला । यसरी हामीले हाम्रा ढुकुटी रित्याएका ज्ञानेन्द्रलार्इ त हटायौं तर अझै खास उद्देश्यका लागि निर्वाचित गरि पठाइएका छोटे राजाहरूलार्इ पनि हटाउनु पर्ने अवस्था आएको हो कि ...

नजित्ने चुनावमा १९ लाख खर्च ??

संविधान सभा भवनभित्र प्रधानमन्त्रीका एकमात्र प्रत्यासी रामचन्द्र पौडेलले नवौ पटक हार्ने कार्यक्रम चलिरहेका समयमा   News 24  सँग सडकमा आफ्नो मत दिदैं गरेका एक स्कुले टिठाले अति गम्भीर ढंगले प्रतिक्रिया दिदै भने , “ बाहिर बाहिर बेइज्जत भैसक्यो । ”  मलार्इ लाग्यो ,  आफूलार्इ देशको सर्वेसर्वा ठान्नेहरूले गरिरहेको बेइज्जतीका विषयमा आफ्नो कुनै हैसियत नभएका तपाइँ हामीभन्दा पनि साना ती किशोरमा कति धेरै चिन्ता  ? देशको राजस्व खर्चको फेहरिस्त हेर्दा ,  नवौ पटकसम्म प्रधानमन्त्रीको निर्वाचनमा झण्डै १९ लाख झ्वाम भैसकेछ त्यो पनि सभासदहरूलार्इ बैठक भत्ता र सवारी सुविधा वापतको खर्च  दिदा । बैठक भत्ता स्वरूप एउटा सभासदले २ सय रूपैयाँ पाउँदो रहिछ । जबकी हाम्रो देशको प्रतिव्यक्ति औसत आम्दानी दैनिक १ डलर भन्दा कम छ । जनताहरू भोकभोकै बस्ने सभासदहरू भत्ताचाँहि चपाउने तर प्रधानमन्त्रीको छनोट पनि गर्न नसक्ने  ?  कस्तो जात्रा हो ,  यो  ?  हुन त त्यसरी दुःखी भैहाल्नु पर्ने अवस्था पनि हैन । कम्तीमा पनि विश्व रेकर्डमा दुर्इ चार कुराहरू थप्न सकेका छ...

थापादार्इ, रूप्से र ती अप्ठ्याराहरू

नीराजन शिरीष म विश्वभर प्रसिद्द रूप्से छहरामा धेरै पटक पुगेको छु । र, नजिकबाट नियालेको पनि छु । त्यसैले होला, रूप्से भन्दा बित्तिकै झल्याँस्स याद आउँछ, सतत् बगिरहने छहरा । अपवादलार्इ छोड्ने हो भने रूप्से साप्ताहिक मात्र म्याग्दीकै पत्रकारीताको इतिहासमा हालसम्मकै एउटा यस्तो पत्रिका, जुन ८ वर्षसम्म निरन्तर प्रकाशित हुँदै जिल्लाका ४१ वटै गा.वि.स. मा पुगेको सायदै एक्लो पत्रिका हो । म व्यक्तिगत रूपमा रूप्सेले मेरो लेखनीलार्इ धेरै हदसम्म खारेको मान्दछु । यसले मेरो लेखनीको एक महत्वपूर्ण उद्देश्य “ शिरीष ” भएर चिनिने मौका दिएको हो भन्न मलार्इ केहि अप्ठ्यारो लाग्दैन । म शहरमा गुमनाम मान्छे थिएँ । मेरो परिचय म्याग्दी क्याम्पसको विधार्थी र माउण्ट एभरेष्ट आवासिय मा.वि. (हाल उ.मा.वि) को शिक्षकमै खुम्चिरहेको थियो । मैले चाहे जस्तो एउटा सिमित घेराबाट बाहिर आउने परिचय मलार्इ रूप्सेले दिलायो । म लेख्दा प्रशंसित भएको अनुभव छ, घेरिएको अनुभव छ, मोवाइलमा धम्की आएको अनुभव छ र जिल्लाका कुनै एक क्रान्तिकारी नेताले “ निकै चढेछ ...... को छोरो, कस्तो जण्ड रहेछ ” भनेर टिप्पणी गरेको सुनेको अनुभव छ । यस्त...

फेसबुक, राष्ट्रियता र हामीहरू

मलार्इ थाहा छैन मेरो कुराले यहाँहरूलार्इ कत्तिको छुन्छ वा छुँदैन, तर मैले एक नेपाली नागिरक भएको हैसियतले आफूलार्इ लागेको कुरो अर्को एक नेपाली नागरिकसँग बिसाउन मात्र खोजेको हुँ । यसलार्इ अन्य अर्थमा बुझिदिनु हुने छैन भन्ने मेरो अपेक्षा रहेको छ । हामीहरूले नेताहरूमा कहिल्यै राष्ट्रियताको छनक पाएनौं । र, उनीहरू राष्ट्रियताको मुद्दामा अति नै कमजोर रहेको आँकलन गर्दै आएका छौं । तर आज मलार्इ सम्पूर्ण नेपाली जनहरूमा एउटा प्रश्न गर्न मन लागेको छ (अझ विशेषतः फेसबुक संसारमा छाउनु भएका नेपाली मित्रहरूलार्इ) कि हामीमा राष्ट्रियता कति छ ? सायद मैले अब लेख्न लागेको कुराले राष्ट्रियता कसरी झल्कन्छ त ? भनेर यहाँको प्रश्न पनि रहला तर मलार्इ लागेको एउटै मात्र कुरा के हो भने साना कुराहरूमा हामीले आफ्नो परिचय लुकाएका हुन्छौं र त्यो हामीमा रहेको राष्ट्रियताको सानो झिल्को हो । मसँग विभिन्न १ दर्जन देशका व्यक्तिहरू फेसबुक संसारमा साथी छन् । उनीहरू मध्ये धेरैसँग मेरो प्रत्यक्ष कुराकानी पनि भएको छ । मैले उनीहरू अंग्रेजीमा अति नै कम बोलेको पाएँ । यदि आफ्ना देशका साथीहरूसँग छन र उनीहरूको भाषा नबुझ्ने कोही अर्को फ...

नर्वेमा पहिलो पटक नेपाली साँझ

नीराजन शिरीष\नर्वे नर्वेको सुदुर उत्तरी क्षेत्र ट्रोम्सोमा कार्यरत दुर्इ नेपाली रेडक्रस स्वंयसेवक युवाहरू नीराजन थापा र प्रजु गुरूङको विशेष सक्रियता एवं ट्रोम्सो रेडक्रसकी युवा विभाग संयोजक हन्ना होभ्दे बार्इको परिकल्पनामा बुधवार साँझ ट्रोम्सोमा पहिलो पटक भव्य नेपाली साँझ सम्पन्न भएको छ । साँझको शुरूवातमा नीराजन थापाले नेपाल र यसको प्राकृतिक सौन्दर्यता दर्शाउने भिडियो तथा पावर प्वाइन्ट प्रस्तुती गरेका थिए । थापाले नेपाली जातीको गौरवशालिताका बारेमा व्याख्या गरिरहँदा कार्यक्रममा उपस्थित पाँच दर्जन नर्वजियन तथा अन्य विदेशी पाहुनाहरूले उनलाइ चाखपूर्वक सुने । थापाले प्रस्तुतीमा नेपालको जैविक विविधतामा विशेष जोड दिदै, सन् २०११ मा सहभागीहरूलार्इ नेपालले आयोजना गर्न लागेको पर्यटन वर्षमा सहभागिताका लागि प्रेरित गर्ने काम गरेका थिए । उनले विदेशी पाहुनाहरूका लागि नेपाल सुरक्षित गन्तव्य स्थान भएकोमा जोड दिदै विश्वमा शान्ती सुरक्षामा वीर गोर्खालीहरूले खेल्दै आएको भूमिकालार्इ स्मरण गराउँदै उनीहरू आफ्ना पाहुनाहरूको सुरक्षाका लागि सधैं संवेदनशील हुने स्पष्ट पारेका थिए । त्यसै गरी अर्की स्वयंसेवक ...

एउटा चिठी देशबासीलार्इ ।

प्रिय नेपाली बन्धुहरु नमस्कार , तथा मीठो सम्झना । विशेष समाचार त केहि थिएन तर परदेशको ठाउँमा आएपछि देशप्रतिको माया र सदभाव अझ बढेर आएको महशुस हुन थालेपछि मैले यो चिठी लेख्ने प्रयास गरेको छु । मलाइ थाहा छैन , यो विश्वमा कति मान्छे त्यस्ता होलान् जसले आफ्नो देशलाई माया नगर्ने होस् । तर मलाई थाहा छ , हामी कुनै पनि त्यस्ता नेपाली छैनौ जसले नेपाललाई माया नगर्ने होस । हामीले भन्दै आएका छौ । नेपालका नेता भनौंदाहरुमा राष्ट्रियताको छनक देखिएन । तर अब हामीले आफैलाई फर्केर हेर्ने बेला भएको छ , कि हामीमा कति छ , राष्ट्रप्रेम ? मलाइ लाग्दैन, यो कुरा सानो हो । बरू मलार्इ लाग्दछ, आफूमा राष्ट्रियता कति छ भनेर जान्न खोज्नु ठूलो र महत्वपूर्ण कुरो हो ।   यो चिठी लेख्दै गर्दा मेरो दिमागमा खेलेको एउटै कुरो छ, यो पढ्ने कतिले मेरो दिमागी हालतका बारेमा प्रश्न गर्नुहोला ? मलार्इ त्यसको कुनै पर्वाह छैन । न मैले म मा राष्ट्रप्रेम छ भनेर प्रमाणित गर्न खोजेको हुँ न त अरूमा यो भावना छैन भनेर प्रत्यारोप गर्न नै खोजेको हुँ । बरू मैले त सम्भव भए सम्म र आफ्नो हैसियतले भ्याए सम्म राष्ट्रियता झल्कने प्रय...

शरणार्थी बनेर बाँच्दा ...

“यहाँ बस्नुको अब कुनै औचित्य छैन , यदि तिमीहरूलाई पनि मलाई जस्तो आफ्नो ज्यानको माया लाग्दछ भने आउ मसँग , मेरो धैर्यताको बाँध टुटिसक्यो अब ।” म यत्रो २७ वर्ष भैइन्जेलसम्म मेरा बाबा उफकले कहिल्यै यस्तो भनेका थिएनन् तर आज एक्कासी उनको मुखबाट यस्तो सुन्दा मलाई कत्ति पनि स्वभाविक लागेन । मेरो २७ वर्षिय जोश फेरि एकपटक तङ्ग्रीन खोजिरहेको थियो । हाम्रो सुन्दर यइडिड परिवार राजधानी शहर भन्दा केहि घण्टाको दुरीमा रहेको यो सानो गाउँमा शान्तपूर्वक जीवन बिताइरहेका थियौं । तर सोमालियन राष्ट्रिय आन्दोलन नामक एक शसस्त्र समूहमा आबद्द इज्याक वंशका मान्छेहरूले हतियारको दम्भमा हाम्रा सबै चौपायाहरू लुटेर लगे पछि हाम्रो आम्दानीको मुख्य आयश्रोत हामीले गुमाउनु परेको थियो । हामी त शसस्त्र युद्दमा समावेश थिएनौ र छैनौ   पनि तर वंशीय युद्दका भुक्तभोगीहरूले हाम्रा सबैथोक लुटेर लगे । कत्रो अन्याय ?   देशव्यापी रूपमा चर्कदै गएको वंशीय तथा अन्य सशस्त्र युद्दमा हामी जस्तै थुप्रै निर्दोषहरू पिल्सनुपरेको छ । अझ त्यसमा पनि मेरी आमापट्टीकी सानी बहिनी बजारमा तरकारी लिन जाँदा बम विस्फोटमा परेर मारिएपछि ...

पर क्षितिजमा देखिएको आशाको धिपधिपे ज्योति !

सातौं पटकसम्म चुनाव लड्दा पनि जित्न नसकेपछि माओवादी अध्यक्ष प्रचण्ड सायद लाचार भएको   हुनुपर्दछ । र, माधवकुमार नेपाल प्रधानमन्त्री निर्वाचित भैसकेपछि उनलाई आफैले भिराएको नयाँ विशेषण “हारेको मान्छे” ले आफैलाई कुत्कुती लगाएको पनि हुनु पर्छ । माधवकुमार नेपाल त दुईवटा निर्वाचित क्षेत्रबाट एक एक पटक हारेका मान्छे तर पुष्पकमलको कथाले बेग्लै मोड लियो । जनयुद्ध नामकरण गरिएको सशस्त्र द्धन्द्धका नायक, 'सर्बाधिक देशप्रेमी नेता', 'भारतीय विस्तारबादलाई खुल्ला चूनौती दिन हिम्मत जुटाउने एक मात्र जिवित नेता' पुष्पकमल, प्रधानमन्त्रीको निर्वाचनमा भने नराम्ररी पछारिन पुगे । त्यो पनि एकपटक होइन, दुई पटक होइन, सात सात पटकसम्म हार्नु, अचम्मको विषय बनेको छ । अब लाग्दछ, उनलाई हार्ने रहर पुगिसकेको हुनुपर्दछ । त्यसैले त भन्न पनि थालिसकेका छन्— परिणाम ननिस्कने लडाई नलडौं । निरन्तरको हारले अब देशका दुई कम्युनिष्ट भनिएका पार्टीहरुलाई एक ठाउँमा उभ्भिन विवश तुल्याएको छ । हुन त कम्युनिष्ट पार्टी पनि के भन्ने एकले अर्कालाई उग्रबामपन्थी, संशोधनबादी, दक्षिणपन्थी, बुर्जवाको जो नाम दिदैँ आएका छन् । तर हामी...