Skip to main content

शरणार्थी बनेर बाँच्दा ...

“यहाँ बस्नुको अब कुनै औचित्य छैन, यदि तिमीहरूलाई पनि मलाई जस्तो आफ्नो ज्यानको माया लाग्दछ भने आउ मसँग, मेरो धैर्यताको बाँध टुटिसक्यो अब ।” म यत्रो २७ वर्ष भैइन्जेलसम्म मेरा बाबा उफकले कहिल्यै यस्तो भनेका थिएनन् तर आज एक्कासी उनको मुखबाट यस्तो सुन्दा मलाई कत्ति पनि स्वभाविक लागेन । मेरो २७ वर्षिय जोश फेरि एकपटक तङ्ग्रीन खोजिरहेको थियो । हाम्रो सुन्दर यइडिड परिवार राजधानी शहर भन्दा केहि घण्टाको दुरीमा रहेको यो सानो गाउँमा शान्तपूर्वक जीवन बिताइरहेका थियौं । तर सोमालियन राष्ट्रिय आन्दोलन नामक एक शसस्त्र समूहमा आबद्द इज्याक वंशका मान्छेहरूले हतियारको दम्भमा हाम्रा सबै चौपायाहरू लुटेर लगे पछि हाम्रो आम्दानीको मुख्य आयश्रोत हामीले गुमाउनु परेको थियो । हामी त शसस्त्र युद्दमा समावेश थिएनौ र छैनौ पनि तर वंशीय युद्दका भुक्तभोगीहरूले हाम्रा सबैथोक लुटेर लगे । कत्रो अन्याय ?

 

देशव्यापी रूपमा चर्कदै गएको वंशीय तथा अन्य सशस्त्र युद्दमा हामी जस्तै थुप्रै निर्दोषहरू पिल्सनुपरेको छ । अझ त्यसमा पनि मेरी आमापट्टीकी सानी बहिनी बजारमा तरकारी लिन जाँदा बम विस्फोटमा परेर मारिएपछि मेरो बाबासँग यहि ठाउँमा बसेर बाँच्न सकिन्छ भन्ने आशा करिब करिब निमिट्यान्न भैसकेको थियो । बाबाकी प्रिय सन्तान भएर पनि हुनसक्छ, बहिनी मारिएपछि बाबा अलि निराश देखिदै आएका थिए । र, आज एक्कासी उनले यो निर्णय गर्नु अस्वभाविक पनि थिएन । तर मेरो २७ वर्षे युवा जोश त्यसै हार मान्ने पक्षमा थिएन् । म आफू जन्मे, हुर्केको ठाउँ कसरी छोड्न सक्छु, यसरी अचानक ? मनमा निकै कुराहरू खेलिरहेका थिए । सबैजना आफ्ना लत्ता कपडा मिलाउन व्यस्त   देखिन्थे । आमाको अनुहार मलिन देखिन्थ्यो, सायद मेरो एक्लै बस्छु भन्ने कुरो सुनेर पनि होला । हाम्रो मान्यतामा आमाइ मान्छे र अविवाहित मान्छेला पाका मान्छेको निर्णयमा प्रभाव पार्ने अधिकार नभएकाले पनि होला, आमा, बहिनी, सौतेनी आमा र बहिनी, काका सबै मेरो बाबाको निर्णयमा एक ढिक्का हुन विवश थिए । तर म सानै देखी फरक स्वभावको मान्छे बाबा मदेखि वाक्कै भैसकेका थिए । म कहिल्यै पनि अर्काको निर्णयमा हिड्न नरूचाउने भएकाले बाबा मला उति विधी रूचाउँदैन्थे ।

 

सबैजना हिड्नला तम्तमाएर परेको देखेपछि र मनमा म मात्र एक्लै बस्नु पर्ने साथै पछि परिवारसँग एकाकार हुने सम्भावना पनि न्यून रहने महशुस गरेपछि मला आफ्नो निर्णय बदल्न मन लागेको थियो तर सकिरहेको थिइँन । जब आफ्नी प्रिय जननीका नयनमा टिल्पिरा रहेका आँशु देखेँ मैले आफूला रोक्न सकिन । सायद, मेरी आमाला लागेको हुनुपर्छ, यस्का उमेरकाले दु दु वटी भित्र्याइसके, बबुरोले अझै एउटी पाएको होइन । अझ उनला यस्तो पनि लाग्यो होला कि हाम्रा वंशकाहरू सबैले गाउँ छोडिसके, यो एक्लै मर्नला बसेको । अब त झन उनका आँखाबाट बरर्र आँशुका थोपाहरू खस्न थाले, उनको गाला र छाति सबै रूझ्न थाल्यो । अब म आफूला कहाँ रोक्न सक्नु र ? म पनि मेरा परिवारका अन्यहरूले झैं गाउँ छोड्न लाचार हुन करै लाग्यो ।

 

बाबा भन्दै थिए, अब हामी केहि घण्टाको हिडाँइ पश्चातः मोगादिशु पुग्छौं । त्यहाँ इमिग्रेशन अफिसमा केहि कागजात बुझेर हामीहरू सुरक्षित स्थानितर जाने छौं । बाबाको कुरा सुनेपछि, परिवारका सबै जनामा केहि खुशि सञ्चार भएको सहजै अनुमान लगाउन सकिन्थ्यो । परिवारका अन्य सदस्यहरूका मुहारमा देखिएको खुशि पढेपछि मलाई लाग्यो, यो यिनीहरूको क्षणिक खुशि आखिर कतिन्जेल टिक्ला र ? म अझै विश्वस्त भैसकेको थिइँन, आफ्नै जन्मभूमिबाट लखेटिएका हामी जस्ताहरूका लागि पृथ्वीको अर्को कुनै कुनामा सुरक्षित ठाउँ हुन सक्छ ?

 

केहि समयपछि हामीहरू मोगादिशु पनि पुग्यौं । इमिग्रेशन अफिसमा लामो लाइन थियो । मानिसहरू अब केहि समयपछि अफिस बन्द हुने खासखुस गर्दै थिए । हामीले बल्ल तल्ल केही फर्महरू पाउन त पायौ तर विवरणहरू भरेर प्रमाणित गर्नका लागि हामीले आफूसँग भएको जम्मा रकम मध्यको धेरै हिस्सा खर्च गरिसकेको बाबाले सुनाए । कार्यालयका कर्मचारीहरू यति घुस्याहा भेट्यौं कि पैसाबिना त उनीहरू बोल्न पनि मन पार्दैनथे । कार्यालय समय पनि बन्द भएको जानकारी दिदैँ उनीहरूले हामीला त्यहाँबाट बाहिर निकाल्दिए ।

 

हामी निरीह थियौं, जसले जे गरेपनि सहनु बाहेकको अर्को उत्तम विकल्प हामीसँग केहि थिएन । हामी त्यहाँबाट बाहिरियौं । केही समय हिडे पश्चातः बाबाले आज यतै बस्नुपर्ने  बताए । त्यसैले हामीहरू पनि अरू शरणार्थी परिवारहरू बसेको ठाउँमा सानो टहरा बनाउन तिर लाग्यौं । टहरा बनाउने काम सक्दा नसक्दै मिलीटरीका केही जवानहरू आएर हामीहरूलाई लखेट्न शुरू गरे । उनीहरूमा मानवताको एक औंश पनि देखिएन ।  हाम्रा सबैजसो चिजबिजहरू उनीहरूले खोसेर लगिदिए । फेरि हामी लाचार थियौं, अज्ञात गन्तव्यको लागि अज्ञात बाटो भएर गर्नुपर्ने अज्ञात यात्रा 

क्रमशः

 


Comments

  1. really abandonment is not that easy and to be uprooted from one's birthplace is very much unbearable. Now looking for new place and identity is even more challenging. So to make somebody leave their homeland forcefully is crime more than that its a sin.
    Nirajan Sir well written. Really its moving and touchy....

    ReplyDelete
  2. really abandonment is not that easy and to be uprooted from one's birthplace is very much unbearable. Now looking for new place and identity is even more challenging. So to make somebody leave their homeland forcefully is crime more than that its a sin.
    Nirajan Sir well written. Really its moving and touchy....

    ReplyDelete

Post a Comment

प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।

लोकप्रिय पोष्टहरू

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो ...

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइको मुड्की

मेरो बाल्यकाल लगभग बोईसँगै बित्यो । त्यो चकचक गर्ने समय भएकाले मेरो चकचकसँग बोईलाई बेलाबेलामा झिझो लाग्नु स्वभाविक नै थियो । त्यसैले मैले अति नै अटेर गरेपछि बोईले मलाई भन्नुहुन्थ्यो -  "अहिले गाडूँला मुड्की (मुड्कीले हान्छु) ।" तर अहँ कहिल्यै पनि एक झापड खानुपरेन । मुड्की नै खानु नपरेपछि मेरो चकचक थामिने कुरै थिएन, त्यसैले बोईले पनि मुड्की गाडूँला भन्न छाड्नुभएन अनि मैले चकचक गर्न । मेरी बोईले यस धरा छोडेको पनि यहि हिउँदमा बर्षदिन पुग्दैछ, तर बोईले भन्ने गरेको "अहिले गाडूँला मुड्की" मेरो मनमा गडिरहेको छ, अनि यसो सोच्छु, दुईचार पटक बोईले साँच्चिकै मुड्की गाड्नुभएको भए, मेरा चकचक उहिले पहिले नै खत्तम हुन्थे कि ?  तर खासमा चकचक भन्ने जिनिस त्यत्तिकै खत्तम भएर गैहाल्ने कुरो हैन रहेछ । न त यो उमेर बढ्दै गएपछि आफै घट्दै र पछि निस्तेज नै हुने रहेछ । यसले खासमा उमेर बढ्दै गएर केश पाक्दै गएपनि आफ्नो स्वरूपमा अलिकति फेरिदै तरह तरहका रूपमा प्रकट हुँदै पो जाँदो रहेछ कि ? भन्ने निचोडमा पुगेको छु । यस्तै केहि केश पाक्नै थालेका मान्छेहरूको चकचक कोरोनको त्रास बढ्दै गएपछि अलिकति भि...

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।           दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...

कतै ती मेरा रमेश भाइ त हैनन् !

बेनीको बजार पुगेपछि बेनीलाई नै काखमा बेरेको पहाडलाई नै माथिपट्टी यसो चियाउने हो भने केहि गोरेटा बाटाहरू देखिन्छन् । सायद अहिले धर्सा मात्र बाँकी हुनन् किनकी अलि बर्षै पहिले नै त्यहाँ दुई चारवटा जेसिभी डोजरहरू दार्हा फिजाउँदै हिडिसकेका हुन् । अतःधर्सा जस्ता देखिने उहिलेका गोरेटाहरूको ढाड र टाउका चिथोर्दै अर्थाय (अर्थुङ्गे)को गाउँ हुँदै पाखापानीसम्म पुग्ने अलिकति कालोपत्रे समेत भएको सडक हुँदै अलिधेरै उकालो र अलि कति तेर्पाय बाटो सिटी सफारी चढेर जाने बेला हातमा लौरी समातेर कुनै बोकालाई 'धेर रिस नउठा है लम्काने, भोली फेरि नपर्साइकन तेरा गर्धनाँ मार हान्न नपरोस् !' भनेर यदि कोही अधबैंसे युवक सन्किदैँ छ भने तिनी सम्भवतः रमेश भाइ हुन सक्छन् । हैन भने, त्यतै कता बाटातिर जोरजाम पारेर केहि थान भटभटेहरू भ्यार भ्यार पार्दै गरेका  ओठ  निचोर्दा दूध झर्लान जस्ता अनुहार बोकेका ठिटाहरूलाई, 'कता हिड्न लाग्यौ ए, झोलेहरू हो ? मोज छ है तिमेरूलाई ? फ्रिमा मासु चिउरा रौसी बजाउन पाएकै छौ ।' भन्दै जिस्काए जस्तै गरेर नराम्ररी हपार्दै गरेको ती ठिटाहरू भन्दा अलि वयस्क युवा देख्यौ भने त्यो रमेश भाइ...

एउटा सग्लो रात(कथा)

आषाढको एक शुक्रबारको साँझ बिश्वविद्यालयबाट घरतिर फर्कने क्रममा अलि ढिला भो । घरसम्म पुग्नलाई माइक्रो, अनि नगर बस सबैको आवातजावत बन्द भैसेकेको थियो । हिडेर एक घण्टाको पैदल यात्रा गर्ने दुस्साहस मैले गरिनँ । त्यसकारण, ट्याक्सीको पखाईमा त्यसै उभिरहेको थिएँ । आडैमा एउटी युवती आई । मतिर पुलुक्क हेर्दै मुसुक्क मुस्कुराई । मैले पनि मुस्कुराएरै उसको आगमनको स्वागत गरेँ । सोधी – “दाई ट्याक्सी कुर्नुभएको ?” “हजुर ।” मैले जवाफ दिएँ । “म पनि ट्याक्सी वेट गरिराखेको हेर्नु न अहिलेसम्म एउटा भेटेको छैन ।” युवतीले दुखेसो पोखी । मैले प्रश्न गरेँ – “कहाँ जानुपर्ने ?” “धेरै टाढा त हैन, मुस्ताङचोकसम्म पुग्नुपर्ने थियो ।” जवाफमा उसले भनी ।  उसको मुखबाट मुस्ताङचोक फुत्कदाँसाथ ममा नजानिदो उत्साह बढेर आयो । भनेँ – “ए, हो र ? म पनि त मुस्ताङचोक नै जान लागेको नी !” “ला हो र ? उसो भए त मज्जा भो नी, हजुर अनि मेरो दुवैको फिप्टी प्रसेन्टेज पैसा सेभ हुने भो नी त । एक्लै जाँदा त ४०० लिन्छ । अब दुई सयमै पुगिने भईयो ।” उसले खुशी ब्यक्त गरी । मैले पनि समर्थन जनाएँ – “हो त ।” अनि यो पनि जान्न चाहेँ कि ऊ के गर्...