Skip to main content

पर क्षितिजमा देखिएको आशाको धिपधिपे ज्योति !

सातौं पटकसम्म चुनाव लड्दा पनि जित्न नसकेपछि माओवादी अध्यक्ष प्रचण्ड सायद लाचार भएको   हुनुपर्दछ । र, माधवकुमार नेपाल प्रधानमन्त्री निर्वाचित भैसकेपछि उनलाई आफैले भिराएको नयाँ विशेषण “हारेको मान्छे” ले आफैलाई कुत्कुती लगाएको पनि हुनु पर्छ । माधवकुमार नेपाल त दुईवटा निर्वाचित क्षेत्रबाट एक एक पटक हारेका मान्छे तर पुष्पकमलको कथाले बेग्लै मोड लियो । जनयुद्ध नामकरण गरिएको सशस्त्र द्धन्द्धका नायक, 'सर्बाधिक देशप्रेमी नेता', 'भारतीय विस्तारबादलाई खुल्ला चूनौती दिन हिम्मत जुटाउने एक मात्र जिवित नेता' पुष्पकमल, प्रधानमन्त्रीको निर्वाचनमा भने नराम्ररी पछारिन पुगे । त्यो पनि एकपटक होइन, दुई पटक होइन, सात सात पटकसम्म हार्नु, अचम्मको विषय बनेको छ । अब लाग्दछ, उनलाई हार्ने रहर पुगिसकेको हुनुपर्दछ । त्यसैले त भन्न पनि थालिसकेका छन्— परिणाम ननिस्कने लडाई नलडौं ।

निरन्तरको हारले अब देशका दुई कम्युनिष्ट भनिएका पार्टीहरुलाई एक ठाउँमा उभ्भिन विवश तुल्याएको छ । हुन त कम्युनिष्ट पार्टी पनि के भन्ने एकले अर्कालाई उग्रबामपन्थी, संशोधनबादी, दक्षिणपन्थी, बुर्जवाको जो नाम दिदैँ आएका छन् । तर हामी भन्न सक्छौं, कम्तिमा पनि यिनले विश्व कम्युनिष्ट आन्दोलनको प्रतिक हसिँया हथौंडालाई आफ्ना झण्डामा राख्न नछोडिसकेकाले कम्युनिष्ट पार्टी हुन कि भनेर शंका गर्ने सानो आधार छ । 

मलाई आपत्तिजनक लाग्दछ, यी कम्युनिष्ट हुन भन्न । जसका नाममा यीनले राजनीति गरेका छन् । जसको उनीहरु मुक्ति गर्छु भन्छन्, तिनीहरु जागिर र खाना नभएकाले पार्टी मुख्यालयमा आत्मदाह गर्दछन् । “जागिर चाहियो हजुर भनेर कोही यिनका आलिशान कम्युनिष्ट निवासमा पुगे भने घर सफा गर्ने, कुकुरको हेरचाह गर्ने र फोहोर कपडा धुने जागिर छ, खाने हो ?” भनेर आकर्षक जागिरको प्रस्ताव गर्न यीनलाई कुनै थकथक लाग्ने देखिदैन् । आफ्ना छोरा छोरी छात्रवृति भन्दै भारत, चिन, बेलायत र अमेरिका पढाउँछन तर सर्बहाराका छोराछोरीले पढ्ने विद्यालयमा न यिनले शिक्षक पठाउँछन् न त ती विद्यालयका भत्किन लागेका संरचनाको मर्मतका विषयमा सोच्दछन् । यी पनि कम्युनिष्ट ? मलाई थुक्न मन लाग्दछ, यीनको नाममा । थुईक्क !

यिनका भान्सामा बासमति पाक्छन्, वा थाइल्याण्डबाट खरिदिएका जस्मीनका मसिना चामलका दाना पाक्छन् । अनि कानमा यिनको बतास कसरी चल्छ, सुन्नलाई - तिनीहरूका व्यथा जो यहाँ वर्षको एक पटक दशैंमा भात खाने रहर बोकेर खाद्य संस्थानका डिपोमा झर्ने बाजुरा, कालिकोट, दैलेख र जाजरकोटका भोका जनताहरु जो १० किलो चामलका लागि सयौं माइल नांगा खुट्टा हिडेर आइपुग्छन् ? मैले धेरै पटक भनेँ, यिनलाई रुघा लाग्नु हुँदैन, सरकारी खर्चमा विदेशमा उपाचार गर्छन् । तर एक रुपिँयाको सिटामोट नपाएर गरिब मरिरहेछ गाउँमा । मलाई भन्न मन लाग्दछ, कम्युनिष्ट हुँ भनेर डाँको नछोड, बरु कम्तिमा कम्युनिष्ट नभएरै सहि मानवीय संवेदनालाई बुझ । 

झण्डै तीन महिना पछि यी एक ठाउँमा हुन आएका छन् । सम्झौता पनि गरेछन् । मलाई खुशि भन्दा दुःख बढी लाग्यो, यिनीहरुको मिल्तीमा । अब कति गरिब निमुखाहरु भ्रममा पर्ने हुनन् तिनका कम्युनिष्ट भनिएका पार्टीहरु एक ठाउँमा उभिएका छन् । अब तिनले गरिब र निमुखाका बारेमा सोच्ने छन् । मेरो सानो आग्रह छ, कम्युनिष्ट नेता भन्न रुचाउने श्रीमान् प्रचण्ड र श्रीमान झलनाथसँग कि यो मिल्ती कुर्सीको बार्गेनिङका निम्ति मात्र होइन । यो मिल्ती त देशलाई अनिर्णयको बन्दी हुनबाट, दण्डहिनताको अन्त्यका लागि, शान्ति र सुशासनको ग्यारेन्टीका लागि हो । यो मिल्ती यथासिघ्र गणतान्त्रिक नेपालको संविधान निर्माणको लागि हो । र, यो मिल्ती हो गरिब, निमुखा नेपालीहरुले देखेको सुनौलो सपना पूरा गर्नका लागि थालिएको एउटा सुन्दर कदम । 

यो मिल्तीपछि मलाई लागेको खाश कुरो अब के.पी. हरुको भूमिका कस्तो रहला ? मोहन बैद्य, भट्टराई अनि नारायणकाजी र प्रचण्डबीचको हार्दिकताको दायरा अझ कति बढेर आउँला ? म ग्यारेन्टीका साथ दावा गर्न सक्दछु, प्रचण्ड माओवादीमा एक्ला व्यक्ति होइनन् जसले चाहेको कुरा सधैं पुग्छ । झलनाथको स्थिती त झन बिजोग नै छ । तर लाग्दछ, नेपाली जनताहरु ढिलै भएपनि यीनमा दिव्य चेतना आएकोमा हर्षित छन् । र, विकसित राजनैतिक घटनाक्रमलाई नजिकबाट चिहाईरहेका छन् । किनकी हामी देख्दैछौं, आशाको मलिनो दिप पर क्षितिजमा धिपधिपाईरहेको छ ।
जय नेपाल !

Comments

  1. Mahesh Prasad Bhatt18/9/10 2:25 PM

    Maobadi ko rajnitik sujhbujhko kami, anya dalharuko asahyogi rawaiyya ra loktantrik acharan ko nyunata jasle garda deshka janata pidama bachna bibas chhan. Bichar sarita anawarat bagirahos.

    ReplyDelete
  2. सर, म यहाँको प्रतिकृयाको लागि हार्दिक आभर ब्यक्त गर्न चाहन्छु । यसै गरी बेला बेला मा सल्लाह सुझाब पाउनेछु भन्ने पूर्ण विश्वाश छ ।

    ReplyDelete

Post a Comment

प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।

लोकप्रिय पोष्टहरू

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो ...

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइको मुड्की

मेरो बाल्यकाल लगभग बोईसँगै बित्यो । त्यो चकचक गर्ने समय भएकाले मेरो चकचकसँग बोईलाई बेलाबेलामा झिझो लाग्नु स्वभाविक नै थियो । त्यसैले मैले अति नै अटेर गरेपछि बोईले मलाई भन्नुहुन्थ्यो -  "अहिले गाडूँला मुड्की (मुड्कीले हान्छु) ।" तर अहँ कहिल्यै पनि एक झापड खानुपरेन । मुड्की नै खानु नपरेपछि मेरो चकचक थामिने कुरै थिएन, त्यसैले बोईले पनि मुड्की गाडूँला भन्न छाड्नुभएन अनि मैले चकचक गर्न । मेरी बोईले यस धरा छोडेको पनि यहि हिउँदमा बर्षदिन पुग्दैछ, तर बोईले भन्ने गरेको "अहिले गाडूँला मुड्की" मेरो मनमा गडिरहेको छ, अनि यसो सोच्छु, दुईचार पटक बोईले साँच्चिकै मुड्की गाड्नुभएको भए, मेरा चकचक उहिले पहिले नै खत्तम हुन्थे कि ?  तर खासमा चकचक भन्ने जिनिस त्यत्तिकै खत्तम भएर गैहाल्ने कुरो हैन रहेछ । न त यो उमेर बढ्दै गएपछि आफै घट्दै र पछि निस्तेज नै हुने रहेछ । यसले खासमा उमेर बढ्दै गएर केश पाक्दै गएपनि आफ्नो स्वरूपमा अलिकति फेरिदै तरह तरहका रूपमा प्रकट हुँदै पो जाँदो रहेछ कि ? भन्ने निचोडमा पुगेको छु । यस्तै केहि केश पाक्नै थालेका मान्छेहरूको चकचक कोरोनको त्रास बढ्दै गएपछि अलिकति भि...

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।           दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...

कतै ती मेरा रमेश भाइ त हैनन् !

बेनीको बजार पुगेपछि बेनीलाई नै काखमा बेरेको पहाडलाई नै माथिपट्टी यसो चियाउने हो भने केहि गोरेटा बाटाहरू देखिन्छन् । सायद अहिले धर्सा मात्र बाँकी हुनन् किनकी अलि बर्षै पहिले नै त्यहाँ दुई चारवटा जेसिभी डोजरहरू दार्हा फिजाउँदै हिडिसकेका हुन् । अतःधर्सा जस्ता देखिने उहिलेका गोरेटाहरूको ढाड र टाउका चिथोर्दै अर्थाय (अर्थुङ्गे)को गाउँ हुँदै पाखापानीसम्म पुग्ने अलिकति कालोपत्रे समेत भएको सडक हुँदै अलिधेरै उकालो र अलि कति तेर्पाय बाटो सिटी सफारी चढेर जाने बेला हातमा लौरी समातेर कुनै बोकालाई 'धेर रिस नउठा है लम्काने, भोली फेरि नपर्साइकन तेरा गर्धनाँ मार हान्न नपरोस् !' भनेर यदि कोही अधबैंसे युवक सन्किदैँ छ भने तिनी सम्भवतः रमेश भाइ हुन सक्छन् । हैन भने, त्यतै कता बाटातिर जोरजाम पारेर केहि थान भटभटेहरू भ्यार भ्यार पार्दै गरेका  ओठ  निचोर्दा दूध झर्लान जस्ता अनुहार बोकेका ठिटाहरूलाई, 'कता हिड्न लाग्यौ ए, झोलेहरू हो ? मोज छ है तिमेरूलाई ? फ्रिमा मासु चिउरा रौसी बजाउन पाएकै छौ ।' भन्दै जिस्काए जस्तै गरेर नराम्ररी हपार्दै गरेको ती ठिटाहरू भन्दा अलि वयस्क युवा देख्यौ भने त्यो रमेश भाइ...

एउटा सग्लो रात(कथा)

आषाढको एक शुक्रबारको साँझ बिश्वविद्यालयबाट घरतिर फर्कने क्रममा अलि ढिला भो । घरसम्म पुग्नलाई माइक्रो, अनि नगर बस सबैको आवातजावत बन्द भैसेकेको थियो । हिडेर एक घण्टाको पैदल यात्रा गर्ने दुस्साहस मैले गरिनँ । त्यसकारण, ट्याक्सीको पखाईमा त्यसै उभिरहेको थिएँ । आडैमा एउटी युवती आई । मतिर पुलुक्क हेर्दै मुसुक्क मुस्कुराई । मैले पनि मुस्कुराएरै उसको आगमनको स्वागत गरेँ । सोधी – “दाई ट्याक्सी कुर्नुभएको ?” “हजुर ।” मैले जवाफ दिएँ । “म पनि ट्याक्सी वेट गरिराखेको हेर्नु न अहिलेसम्म एउटा भेटेको छैन ।” युवतीले दुखेसो पोखी । मैले प्रश्न गरेँ – “कहाँ जानुपर्ने ?” “धेरै टाढा त हैन, मुस्ताङचोकसम्म पुग्नुपर्ने थियो ।” जवाफमा उसले भनी ।  उसको मुखबाट मुस्ताङचोक फुत्कदाँसाथ ममा नजानिदो उत्साह बढेर आयो । भनेँ – “ए, हो र ? म पनि त मुस्ताङचोक नै जान लागेको नी !” “ला हो र ? उसो भए त मज्जा भो नी, हजुर अनि मेरो दुवैको फिप्टी प्रसेन्टेज पैसा सेभ हुने भो नी त । एक्लै जाँदा त ४०० लिन्छ । अब दुई सयमै पुगिने भईयो ।” उसले खुशी ब्यक्त गरी । मैले पनि समर्थन जनाएँ – “हो त ।” अनि यो पनि जान्न चाहेँ कि ऊ के गर्...