Skip to main content

नर्वेमा पहिलो पटक नेपाली साँझ


नीराजन शिरीष\नर्वे
नर्वेको सुदुर उत्तरी क्षेत्र ट्रोम्सोमा कार्यरत दुर्इ नेपाली रेडक्रस स्वंयसेवक युवाहरू नीराजन थापा र प्रजु गुरूङको विशेष सक्रियता एवं ट्रोम्सो रेडक्रसकी युवा विभाग संयोजक हन्ना होभ्दे बार्इको परिकल्पनामा बुधवार साँझ ट्रोम्सोमा पहिलो पटक भव्य नेपाली साँझ सम्पन्न भएको छ ।
साँझको शुरूवातमा नीराजन थापाले नेपाल र यसको प्राकृतिक सौन्दर्यता दर्शाउने भिडियो तथा पावर प्वाइन्ट प्रस्तुती गरेका थिए । थापाले नेपाली जातीको गौरवशालिताका बारेमा व्याख्या गरिरहँदा कार्यक्रममा उपस्थित पाँच दर्जन नर्वजियन तथा अन्य विदेशी पाहुनाहरूले उनलाइ चाखपूर्वक सुने ।
थापाले प्रस्तुतीमा नेपालको जैविक विविधतामा विशेष जोड दिदै, सन् २०११ मा सहभागीहरूलार्इ नेपालले आयोजना गर्न लागेको पर्यटन वर्षमा सहभागिताका लागि प्रेरित गर्ने काम गरेका थिए । उनले विदेशी पाहुनाहरूका लागि नेपाल सुरक्षित गन्तव्य स्थान भएकोमा जोड दिदै विश्वमा शान्ती सुरक्षामा वीर गोर्खालीहरूले खेल्दै आएको भूमिकालार्इ स्मरण गराउँदै उनीहरू आफ्ना पाहुनाहरूको सुरक्षाका लागि सधैं संवेदनशील हुने स्पष्ट पारेका थिए ।
त्यसै गरी अर्की स्वयंसेवक प्रजु गुरूङले नेपाल रेडक्रस सोसाइटी र त्यसका क्रियाकलापका बारेमा आकर्षक प्रस्तुती दिएकी थिइन । उनले नेपाल रेडक्रसको इतिहास, संस्थागत ढाँचा र उद्देश्यका बारेमा प्रकाश पार्दै नेपालमा यसको महत्वका बारेमा विशेष चर्चा समेत गरेकी थिइन । साथै देशकै सबभन्दा धेरै स्वयंसेवकहरू आबद्द भएका तथा सबभन्दा ठूलो मानवीय संस्था भएकाले त्यसको एक जिम्मेवार सदस्य भएकोमा गर्व महशुस गरेको बताएकी थिइन । उनले सहभागीहरूलाइ रेडक्रस अभियानमा आबद्भ भइ मानवीय सेवामा संलग्न हुन समेत अनुरोध गरेकी थिइन । नर्वेजियन रेडक्रसबाट नेपाल रेडक्रसका लागि गत वर्ष युवा स्वंयसेवक रहेका युवा एमिल फ्ल्याकले आफ्नो नेपाल बसाइको अनुभव बताएका थिए । उनले नेपाल जीवनमा एक पटक पुग्नै पर्ने स्वर्गीय गन्तव्य रहेको जानकारी गराएका थिए ।
कार्यक्रममा नेपाली सहभागीहरूले तयार पारेको नेपाली खाना सर्भ गरिएको थियो । सहभागीहरूलार्इ नेपालमै भएको अनुभूती गराउन कुनै कसर बाँकी राखिएको थिएन । कार्यक्रममा नेपाली सहभागीहरूले गीत तथा नृत्य समेत प्रस्तुत गरेका थिए । कार्यक्रमा ट्रोम्सो विधालयमा अध्ययनरत दुर्इ दर्जन नेपाली विधार्थीहरूको पनि उपस्थिती रहेको थियो । कार्यक्रमको सम्पूर्ण खर्च ट्रोम्सो रेडक्रसले प्रायोजन गरेको थियो ।

Comments

Popular posts from this blog

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।           दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...

घामको आरती पनि घण्टी बजाएरै हुन्छ

पछिल्लो पल्ट ब्लगपोष्ट सार्वजनिक गरेपछि ब्लगै नलेखी बसेको पनि तीन महिना बितिसकेछ । एउटै काममा स्थिरतापूर्वक लागिरहने बानी कहिल्यै परेन मेरो ! यस्तो बेला म मेरा एक मित्रलाई बेस्सरी याद गर्छु । कतिपय ब्लगपोष्टमा उनको नाम मैले उल्लेख गर्दै आएको छु, उनी प्रत्येक पल्ट त्यसमा असहमत हुँदै भन्छ्न् - "ह्या बुढो मान्छे! मेरो नाम आफ्ना पोष्टहरूमा उल्लेख नगर्नुस् न यार ।" उनले जति भनेपनि मैले बेला बेला उनको नाम उल्लेख गर्न छाडेको छैन्, ती मेरा मित्र लक्ष्मी भन्ने गर्छन्, "Consistency is key."  बडो विस्मयको कुरा यो छ कि मेरो मित्रले कुनै बेला (सायद अहिले पनि) बडो आदर्श मान्ने नेता प्रचण्ड सम्भवतः अहिले सम्मको नेपाली राजनैतिक इतिहासमा सबभन्दा बढी अस्थिरताको आरोप लागेका नेपाली नेता हुनुपर्छ । 'यस्ता अस्थिरताका नायक नै आदर्श नेता मान्ने मेरा मित्रका मुखारबिन्दबाट सुनेको भएकै कारण मैले ब्लग लेखनमा स्थिरता कायम गर्ने प्रयत्न नगरेको हुँ' भन्ने मेरो स्वीकारोक्ति हैन् । बरू, मित्रले भन्दाभन्दै पनि उनको नाम उल्लेख गरिराख्ने स्थिरता मैले कायम गरेको छु, जस्तो प्रचण्डले अस्थिर हुने ...