Skip to main content

Posts

पाँच हाइकु

यौनको प्यास नाटक किन मेटाउनको लागि यौनको तिर्खा ? अनिदों रात एउटै खाट उनिसँगको रात निन्द्रा लाग्दैन प्यासी नजर सबैको आँखा उनैको रूपमाथि कति सुन्दरी ? कस्तो याद ? एक गिलास थप्दा पनि घटेन प्रियाको याद ! पवित्र प्रेमी असल प्रेमी अकस्मात खोज्दैन एउटै खाट

संग्रहालयमा (कविता)

'उ त्यो डोरीमा लहरै झुण्डाएको देखिस्? हो, तीनै हुन् – मादल, मुर्चुङ्गा र डम्फू सारंगी, मुरली र दमाहा सहनार्इ, ट्याम्को र ढोलक तैलें कहाँ सुन्न पाइँस र, बाबै? कति मीठा निस्कन्थे यीबाट, फुक्दा, ठोक्दा र बजाउँदा धूनहरू!' पल्तिर कुनामा धमीराले चिथोरेको दराजका टक्टाउँदै मैलालुगाहरू नातीलार्इ अर्थ्याउँदै छु म – 'धाननाच, रोपाइनाच सेलो र मारूनीनाच हिमाली आँगनीमा नाचिने हाम्रा भोटेनीका शेर्पानाच देउडा र माघीमा नाच्दा उहिले-उहिलेका नतर्कीहरूले पहिरिने भेष हुन – अमूल्य यी! बुझिस् केटा?' 'हेर्दा पनि शीतल हुने, साक्षात देख्दाको आनन्द के थाहा? ह्योल्मो, रूप्से र पाताले छाँगो रारा, बेगनाश र बुलबुल फोक्शुन्डो, फेवा र तिलिचो यिनकै नीला लहरहरूमा पौडेर नथाक्ने यी – अन्नपूर्ण, चोयू, कन्चनजंगा धवलागिरि, माछापुच्छ्रे र सगरमाथा 'नाति केटालार्इ म किन नभनूँ? अनुपम तालका नीला गहिरार्इमा डुबुल्की मार्दा आँखाले, सुन्दर हिमालका उचार्इ जब नाप्न खोज्थे पैतालाहरूले कि, फुल्थे गर्वले कति, हाम्रा नेपाली छाति?' आज धर्म, संस्कृती र पहिचान सबै हराएका बखत हेरिरहेछ मेरो नाति केटा भित्तामा सजाइ...

ब्रान्डेड ब्यापारी

हिजो, मैले किन्देको चप्पल, जुत्ता र मोजा लगाउने तिमी जिब्राको स्वाद फेर्न मकहाँ पार्टीमा आउने तिमी हेर त आज - तिम्रा कोटका भरिभराउ खल्तीहरूले मलार्इ मेरै नोटहरू देखाएर गिज्यार्इरहेछ - 'तिमीभन्दा हाम्रो मालिक धनी !' पहिलेपहिले विदेशमा सामान लिन जाँदा मैले सेकेण्ड ह्यान्ड पसलमै किन्देको भएपनि ल्याइदिएको उहापाहार - घडि कति बर्ष चलाथ्यौ तिमीले ? हेर त आज - तिम्रो नाडीमा टमक्क परेको रोलेक्स मेरो नाडीको घडि हेर्दै, जिब्रो टोक्दैछ - छिः कस्तो घडि बाँधेको ? उहिलेउहिले जुत्ता फाट्दा तिम्रा गोजी रित्तिन्थे मेरा पाइजामा, सुरूवाल र भादगाउँले टोपी समेत ब्यवस्था गर्नुपर्थ्यो मैले । हेर त आज, तिम्रा पहिरनहरू कति ब्रान्डेड, रोलेक्स नाडीमा एडिदास पैतालामा एक्स तिम्रा काँखी र जाँघहरूमा ! ------------------------------ 'नेता हुँ, सेवा गर्छु देश र जनताको' - भन्ने तिमी 'विकास र समृद्दी दिन्छु' - भन्ने तिमी ---------------------------------- सबै सबै देखेपछि परिवर्तन तिमीमा मलार्इ भन्न कर लाग्छ - देशको ब्यापार गर्ने आखिर कस्तो ब्यापारी तिमी ?

फूलहरुको शहरमा एकदिन

फूलको बगैंचा घुम्न जाने प्रस्ताव जो कोहीका लागि सर्वस्वीकार्य प्रस्ताव हुन सक्दछ । त्यसकारण पनि यस्ता प्रस्ताव मेरा लागि अस्वीकार्य प्रस्ताव हुनै सक्दैनन् । अप्रिल २४ का दिन एउटा यस्तै प्रस्ताव थियो मलाई । लुभेन बेल्जियममा बस्दै आउनुभएका एकजना दाजु नारायण पौडेल मार्फत दाई बिष्णु थापा र मेरो लागि पनि टिकट बुक भैसकेको थियो । साथमा थिए साथी रमेश पौडेल । नातामा मेरा दाई र ब्याबहारिक हिसाबले मेरा साथी झलक दाइसँग म लक्जमबर्ग घुम्न निस्कनु अगाडि नै नारायण दाजुले यो सुन्दर प्रस्ताव राख्नुभएको थियो । तसर्थ हर हालतमा म अप्रिल २३ भित्रमा लुभेन आइपुग्नु पर्ने थियो । र, म २३ अप्रिलमै लुभेन फर्किसकेको थिएँ । २४ अप्रिलको बिहान बिष्णु दाई र म हामीलाई बोलाइएको स्थानमा पुग्यौं । तीन वटा बस लहरै मिलाएर राखिएका थिए । मलाई अचम्म लाग्यो र सोधेँ — हैन दाई, तीन तीन वटा बस किन राखेका हुन यहाँ ? पछि थाहा लाग्यो लुभेन शहरमा बस्दै आएका थुुप्रै नेपालीहरु त्यो बिश्व प्रसिद्द फूलको बगैंचामा जादैँ रहेछन् । यसो चिहाएर हेरेको अलिकति नेपाली दाजुभाईहरु जम्मा भैसकेका थिए । एकै ठाउँमा नेपालीको जमघट देख्दा कताकता न...

जहाजभित्रबाट एउटा ब्लग पोष्ट

पर्यटन वर्ष मनाइरहेको मेरो देशमा राष्ट्रिय ध्वजाबाहक बिमान कम्पनीको कन्तबिजोगका समाचारहरू पढेर म कति दुखित बन्दै आएको छु, त्यो म यहाँ ब्यक्त गर्न सायदै सकुँला । तर त्यही अभागि देशबाट विकासको चरमतालार्इ अंगालिरहेको नर्वेमा विगत ८ महिनादेखि रहँदै आएको मैले यहाँको नर्वेजियन फ्लाइटको बोइङ B737-800W उडान नं DY 245, ट्रोम्सोदेखि वश्लोको उडान भरिरहेको जहाजभित्रबाट यो ब्लग अपडेट गर्न पाउँदा समेत खुशि ब्यक्त गर्न सकिरहेको छैन । आखिर कहिले आउँला यस्तै दिन हाम्रो विमान कम्पनीको पनि ?

देश, खनाल र चौधरीहरु

देश हाँक्ने ठेक्का पाएकाहरुका गलत अभ्यासका बारेमा धेरैले थुप्रै मसि बगाए, मैले पनि जानी नजानि केहि लेख्ने प्रयास गरे हुँला । तर लाग्दैछ, जति लेखे पनि शासकहरुको मति बिग्रेपछि इन्द्रेको बाउ चन्द्रेको पनि केहि नलाग्दो रै’छ ! चित्त बुझ्ने काम फिटिक्कै गर्दैनन् गाँठे, बाहिर सपाट चरित्र देखाउन खोज्छन् भित्र सर्वाङ्ग नांगा छन् । यिनको यो गतिछाडा र टीठलाग्दो व्यवहार देख्दा म आफैदेखि उदेक लाग्न थाल्छ । अनि यसो सोच्छु, यी हुँडारहरु हुन् यीनले हामी निम्छरा जनताहरुलाई प्रजाबाट उठेर स्वाभिमानी नेपाली नागरिक भएर उठ्न कहिल्यै नदिने भए । न आफू गर्छन, न केहि सपार्न चाहनेलाई काम गर्ने वातावरण बनाइदिन्छन् । हुँदा हुँदा पत्रकारिताका नाममा मुखपत्र चलाइरहेका केहि बज्रस्वाँठहरु तीनका गलत काम सहि हो भनि प्रमाणित गर्न भगिरथ प्रयासमा समेत लागिपर्छन । प्रसंग रामेश्वर खनालका बारेमा उठाउन खोजिरहेछु म । उनका कामका बारेमा म हिजोसम्म बेखबर थिएँ । केहि उल्लेखनीय र सबल उनका कदमका बारेमा मैले आजभोली सुन्न पाइरहेको छु । हिजो उनका असल कदमका बारेमा पत्रिकाहरुले आवश्यक कभरेज गरेनन त्यसैले म बेखबर थिएँ, अकस्मात उनको राजीनामा...

एस.एल.सी, ब्यापार र हरिलठ्ठकहरु

एस.एल.सी अर्थात प्रवेशिका, एउटा बिधार्थीका लागि बिधार्थी जीवनमा आउने एउटा महत्वपूर्ण खुड्किलो । कति यसलाई महत्वपूर्ण अवसर मान्छन् त कति बिधार्थीकालकै सबभन्दा ठूलो घाँडो । तथापि यसलाई महत्व नदिने सायदै कोही होला । अझ यो शैक्षिक राजनीतिमा लागेका केहि शिक्षक नामका राजनैतिक दलका कार्यकर्ताहरुलाई त आफ्नो महत्वलाई ह्वात्तै माथि उकास्ने खास चाड पनि । अरु त अरु राम्रो र गुणस्तरीय शिक्षा दिन्छौं भनी फलाक्ने नीजि बिधालयका संचालकहरुका लागि त आफूले भने अनुसारको शिक्षाको फगत नारालाई प्रमाणित गर्न प्राप्त हुने यो यस्तो एउटा अवसर कि, यसमा उनीहरुको खास केहि “ट्रिक” चलेन भने प्रवेशिकाको नतिजा प्रकाशित भएपछिको एक वर्ष दुनियाका माझ आफ्नो शान शौकत करिब करिब सबै ध्वस्त हुने मनोबिज्ञानले खेदिरहन्छ । कतिले प्रवेशिकामा ग्यारेन्टी पास गराउन सक्ने स्तरको ट्युशन सेवा दिन सक्ने आफ्ना आकर्षक विज्ञापनहरुले खास ब्यवसाय पनि गरे होलान । कोहीले भातका ब्यापार गरे सायद त कतिले रातका पनि ब्यापार ! यिनै तीता यथार्थहरुका बिचबाट यसपालीको प्रवेशिका पनि शुरु भैसक्यो । तथापि म्याग्दीमा प्रवेशिका परीक्षा सञ्चालनमा प्रयोग हुदैँ आ...