Skip to main content

Posts

यी दिशाहिन माउबादीहरू

करिब ८ महिनापहिले भदौंको दोश्रो हप्तादेखि “नागरिक सर्बोच्चता” को बहाली गर्ने एकमात्र आफ्नो उद्देश्य किटेर सडक र सदन आन्दोलन तताउन शुरु गरेको माओवादीको आन्दोलनले आजको मितिसम्म न त उसले दावी गरेको “नागरिक सर्बोच्चता” नै कायम गर्न सक्यो न त आन्दोलनले निर्णायक समाप्ती नै प्राप्त गर्‍यो । बरू हाँसो उठ्दो कुरो त उसको आन्दोलनले आजका दिन सम्म पाँचौ चरण पार गरिसक्दा उसले उद्देश्य किटेको “नागरिक सर्बोच्चता” को मु्द्दा समेत अहिले ओझेलमा पर्न गएको छ । अनि उसको नयाँ माग छ, स्वाधिनता ! हुन त “नागरिक सर्बोच्चता” भनेको के हो ? र, यसको कुन कुन क्षेत्रको व्याख्या गर्दछ ? भन्ने कुरा आम जनताले थाहा नपाउँदै उनीहरुले शुरु गरेको “स्वाधिनता” अर्थ र यसले समेट्ने क्षेत्रहरुको बारेमा जानकारी हासिल गर्न नपाउँदै फेरि कुन नयाँ शब्दको उदय हुने हो त्यो त आउने समयले नै बताउँला । राजनीतिक विश्लेषकहरुले माओवादी अब विस्तारै दिशाहिन हुन थालेको र ऊ आफ्नो अबको कार्यनीति जनसत्ता, जनविद्रोह वा संविधान निर्माण के रहने हो भन्ने कुरामा अलमलमा परिरहेको बताउँदै आएको बखतमा झण्डै २४ घण्टाको म्याद नगुज्रिदै बसेको स्थायी समितिको पछिल्...

साहित्यकार होमनाथ सुवेदी सम्मानित

[gallery] बेनी\१६ चैत्र, २०६६  म्याग्दी साहित्य समाज, पौलस्त्य साहित्य समाज, बेनी वाङ्मय युवा परिवार, म्याग्दी सामुदायिक पुस्तकालय, मधुसुदन साहित्य प्रतिष्ठान र म्याग्दी बहुमुखी क्याम्पस लगायतका विभिन्न ६ वटा साहित्यिक, वाङ्मयीक तथा प्राज्ञिक संघसंस्थाहरुले संयुक्त रुपमा आयोजना गरेको “नेपाली डायोस्पाराका प्रवर्तक साहित्यकार होमनाथ सुवेदी अभिनन्दन तथा समकालिन लेखनधारा बारे अन्तरक्रिया कार्यक्रम" जि.वि.स. सभाहल बेनीमा सम्पन्न भएको छ ।  कार्यक्रममा युवा समालोचक गोरखनाथ सुवेदीले डायास्पोराको प्राचिन सन्दर्भ, आधुनिक सन्दर्भ र होमनाथ सुवेदीका कृतिमा डायास्पोराको प्रयोगका सम्बन्धमा ब्याख्या गर्नु भएको थियो । सुवेदीले वि.सं. २०४८ मा स्थापित अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नेपाली डायास्पोराको समग्र साहित्यिक क्रियाकलापलाई पुर्‍याएको योगदानका बारेमा मुक्तकण्ठले प्रशंसा गर्नुभएको थियो । कार्यक्रममा म्याग्दी सामुदायिक पुस्तकालयका अध्यक्ष सन्तोष रावलले स्वागत मन्तव्य तथा स्थानीय विकास अधिकारी विष्णुप्रसाद पोखरेल, मोना म्याग्दीका कोषाध्यक्ष प्रमोद श्रेष्ठ, पौलस्त्य साहित्य समाजका संरक्षक ...

गिरिजाप्रसाद, पुत्ला र महाप्रस्थान

मलाई बच्चाहुँदैदेखि हाम्रा थुप्रै नेपाली संस्कृतीहरू भिन्न र अचम्मलाग्दो लाग्दै आएका छन् । जस्तो कि हाम्रो कामभन्दा कुरा बेशी गर्न रुचाउने स्वभाव, दुईजना व्यक्ति जुटेर तेस्रो व्यक्तिको सकारात्मक भन्दा धेरै नकारात्मक टिकाटिप्पणीमा देखाइने अभिरुची, अरुको प्रगतिको आहरिश गर्ने प्रवृती अनि मरेर गएपछि मात्र हरेक व्यक्तिको व्यक्तित्वको उच्च कदर गर्ने हामी नेपालीहरूको स्वभाव । मलाई लाग्छ, संसारको अर्को कुनै भुगोल र गोलार्द्धमा नपाईने यी स्वभावहरू हामी नेपालीहरुका मौलिक पहिचान हुन् । र, यी कालान्तरसम्म यसरी नै पूर्ववत ः आफ्नो गतिमा चलिनै रहनेछन । ०४६ अगाडि स्वर्गीय गिरीजाप्रसाद कोइरालालाई उनको नेतृत्वदायी भूमिका र जस्तो खाले चूनौतीका समयमा पनि आफ्नो विचारमा अटेस्मटेस् नभै अडिग रहने लोकप्रिय स्वभावका लागि जति सम्मान गरिन्थ्यो, बहुदल पश्चात ः आफू शक्तिमा पुग्नका लागि कुनै कसर बाँकी नराख्ने उनको स्वभाव, पार्टी तथा राज्यका श्रोतहरुको पहुँचमा परिवारबाद हावी गराईराख्ने उनको निकृष्ट अभिरुची साथै सत्ता र शक्तिको दुरुपयोग गरेका थुप्रै आरोपहरु उनलाई लगाउन थालियो । हुन पनि कुनै पनि व्यक्ति ५\५ पटक सम्म प्...

ज्ञानेन्द्र, दिवास्वप्न र जनकारबाही

हिजो बुधवार पूर्व राजा ज्ञानेन्द्रले ‘राजसंस्थाको समाप्ती काल्पनिक भएको’ बताएपछि सामान्य नेतादेखि प्रधानमन्त्रीसम्मको टाउको दुख्न थालेको छ । हिजो ज्ञानेन्द्रको सक्रिय राजनीति हुँदा दाम चढाएर ‘प्रधानमन्त्री’ पदका लागि एप्लिकेशन हालेर फेल समेत भएका वर्तमान सरकारका महामहिम प्रधानमन्त्री माधवकुमार नेपालले ज्ञानेन्द्र शाहले अभिव्यक्त गरेको कुरो दिवा स्वप्न भएको टिप्पणी गर्न सम्म भ्याएका छन् । संविधान सभाको निर्वाचनमा एक ठाउँ होइन् दुई–दुई (सायद उम्मेदवारी दिन मिल्ने भएको अझ धेरै स्थानबाट पनि चुनाव लड्ने थिए होला) वटा क्षेत्रबाट दुवै ठाउँमा सिलटिम्मुर खाएपछि नैतिकताको बहानाबाजीमा पार्टीको हुँदाखाँदाको ‘महासचिव’ पद त्यागेर झण्डै झण्डै राजनीतिबाट हात धोईसकेको स्थितीमा विश्वमा कहि नभएको मात्र नभै कसैले अझसम्म कल्पना नगरेको घटनाको आफू ज्यूँदो इतिहास (पात्र) भएको भुसुक्कै बिर्सिएर प्रधानमन्त्री नेपालको यो कस्तो टिप्पणी हो मैले बुझ्न सकेको छैन् ! अब विश्वमा कोही मान्छे चुनाव हारेर प्रधानमन्त्री बनेको रेकर्ड नै नभएको परिप्रेक्ष्यमा आफू चाहिँ नेपालको प्रधानमन्त्री हुन सक्ने, बिचरा जनताको चाहनालाई...

युग पुरुषको त देहवासन भो, देशको अवसान नहोस् !

उनका केहि विवादस्पद चालबाजीहरुलाई यस बखतमा माफ गर्ने हो भने साँच्चिकै उच्च राजनीतिक स्थान लिएका महान नेता थिए उनी अर्थात गिरीजाप्रसाद कोइराला ! अनि थुप्रै राजनेताहरुले स्वीकार गरेको पनि तथ्य पनि हो कि अब उनले लिएको स्थान अब कुनै पनि नेपाली नेताहरूले लिन सक्ने छैनन् । माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईले अति भावुकतासाथ सञ्चारकर्मीलाई बताएका छन् – जारी शान्ति प्रक्रियाले अभिभावक गुमाएको छ, उनको अनुपस्थितीमा यो प्रक्रियाले कुन रुप लिने हो अनुमान गर्न जटिल छ ।औषत नेपालीहरुले नबाँच्ने उमेर अर्थात हिन्दु ग्रन्थमा पनि विश्वास गरिएको छ कि ८४ वर्ष पार गर्ने औसर धेरै कमलाई मिल्दछ र ती देवता नै हुन् ! थोरै भाग्यमानीलाई मात्र मिल्ने धेरै वर्ष बाँच्ने अवसर प्राप्त गरेका कोइरालाले ६ दशक सम्म आफूलाई नेपाली राजनीतिमा सक्रिय बनाइराखे र त्यतिमात्र होइन् देशमा प्रजातन्त्रको पुनसर््थापना पश्चात ः २०४६ देखि यता नेपाली केन्द्रिय राजनीति लगभग उनकै वरिपरी सिमित बन्यो । वि.सं. २०४८ जेष्ठ १६ गते पहिलो पटक प्रधानमन्त्री बन्न पुगेका कोइराला त्यसपछि विभिन्न समयमा गरी ६ पटकसम्म नेपालको प्रधानमन्त्री बन्न पुगे । ...

राजा आऊ देश बचाऊ !

संविधान घोषणाका दिनहरू नजिकिदै गर्दा मलाई थुप्रै कुराहरुले पिरोल्न थालेका छन् । मुख्य भनौंदा दलहरूले एक अर्काको विचार र मान्यतालाई सम्मान गर्न नजान्दा देशमा ठूलै दुर्घटना होला कि भन्ने पिरलो नपरेको पनि होइन् तर मनको कुनै कुनामा देशमा अब राम्रो हुन्छ कि भन्ने झिनो आशा कायमै छ, जसले मजस्तै थुप्रै नेपालीहरुलाई निराश हुनबाट बचाउँदै आएको छ । आज मलाई लागेको छ, साँच्चिकै जेठ १४ गते यो देशमा कस्तो परिस्थीति निर्माण हुन्छ होला ? संविधान सभाको महत्व बिर्सिएका नेताहरुले आफ्नो सम्पूर्ण ध्यान सत्ता र सरकारमा मात्र केन्द्रित गर्न थालेको यो घडिमा आपराधीक समूहहरुलाई जे पनि गर्न सकिन्छ भन्ने परेको हामी सजिलै अड्कल काट्न सक्छौं । प्रत्येक दिन कहिं न कहिं गोली नचलेको, चन्दा र अपहरणको आतंक नभएको रेकर्ड नै छैन् । देशको सबभन्दा सुरक्षित ठानिने राजधानी अझ त्यसको पनि झन सुरक्षित मानिने राष्ट्रपति निवास सहित विभिन्न देशका राजदुतावास रहेको क्षेत्र (लाजिम्पाट) मा दिनदहाडै गोली चल्छ, प्रहरीकै आँखा अगाडिबाट अपराधी भाग्छ अनि गृहमन्त्री भिम रावल कुनै सार्वजनिक समारोहमा जनताहरुलाई अनुभूत गराउन खोज्दै बोल्नुहुन्छ – स...

पौलस्त्य साहित्य समाजको तेस्रो अधिवेशन सम्पन्न

पौलस्त्य साहित्य समाज म्याग्दीले गत शनिवार आफ्नो तेस्रो अधिवेशन भव्यताका साथ रेडक्रस सभाहल बेनीमा सम्पन्न गरेको छ । वरिष्ठ साहित्यकार एवं प्राज्ञ सरुभक्तको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा झण्डै एकसयको हाराहारीमा नवोदित तथा अग्रज साहित्यकर्मीहरुको उपस्थिति रहेको थियो ।

भारतले नेपाली सीमा मिचेको छैन्

भारतले नेपालसँग एक असल छिमेकीको रुपमा व्यवहार गर्न नसकेको अन्तर्राष्ट्रिय विश्लेषण छ । सिमा क्षेत्रका नेपालीहरुलाई भारतीय सिमा सुरक्षा बल (एसएसबी) ले दुःख दिदैँ आएको हामी सबैले देख्दै र भोग्दै आएको कुरा हो । अझ नेपाली सीमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म ५ दर्जनभन्दा बढी क्षेत्रहरुमा मिचिँदै आएको कुरा पनि घामजस्तै छर्लङ्ग भएकै कुरा हो । यति हुँदा हुँदै पनि भारतीय शासकलाई रिझाएर नेपाली राजनीतिमा आफ्नो प्रभाव पार्न सकिने भ्रममा उसले भन्दै आएकी छे – भारतले नेपाली सीमा मिचेको छैन् । यो कस्तो दुर्भाग्य नेपालीहरुको ? कि, देशको उपप्रधानमन्त्रीले नै यसरी ढाट्छे अनि नेपालीहरुको शीरनत गराउन बाध्य पार्छे । यो सुजता भन्नीको पछिल्ला गतिविधीले मेरो त कन्सिरी नै तातेर आएको छ । यसलाई त नेपालमा रहने अधिकार नै दिनु हुँदैन् । हैन्, यसको भिषा सिद्धिएको छैन कि क्या हो ?

विदेशी नागरिकको उच्चस्तरीय संयन्त्रमा दावी

नेपालमै रहदैँ बस्दै आएका हामीहरुलाई त यहाँको राजनीतिक वृतमा हुने गरेका घटनाले अचम्म तुल्याउँदै आएका छन् झन विदेशमा रहनु हुने नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई नेपालमा हुने गरेका घटनाले निकै अचम्ममा पार्छन कि भन्ने मेरो अनुमान मात्र हो । यहाँहरु नेपालको राजनीतिमा झण्डै पछिल्लो एक दशकदेखि हालीमुहाली मच्चाउँदै आएकी एक जर्मन नागरिकका बारेमा सायद जानिफकार हुनुहुन्छ होला नै । मैले यहाँ कुरा गर्न खोजेको कांग्रेस नेतृ (भन्दा पनि बढी गिरीजापुत्री) सुजता जोष्टको हो । हाल एमाले, फोरम (लोकतान्त्रिक) अरु केही झिना मसिना दलको सहकार्यमा कांग्रेससहितको सरकार छ । र, यो सरकार यति लाजमर्दो र घृणित गठबन्धनका साथ निर्माण भयो कि सरकारमा प्रतिनिधित्व गर्ने झण्डै ८० प्रतिशत भन्दा बढी मन्त्रीहरु संविधानसभाको निर्वाचनमा हारेकाहरु छन् । त्यस्तै, आफ्नो बाबुको खोल्टीबाट दिइएको चुनावी टिकटले सुजता जोष्ट संविधान सभा निर्वाचनमा मोरङ ३ बाट उठेकी थिइन तर आफ्ना प्रतिस्पर्धी उपेन्द्र यादवसँग झण्डै पाँच गुणा कम मतले पराजित भए पनि उनको पुर्पुरोमा नेपालको उपप्रधानमन्त्री खाने दाउ लेखिएको रहेछ । अब कस्को बाउ के लाग्नु ? धे...

जेल नै कैदी राख्नमा फेल भएपछि

जब देशमा राजनीतिक तरतलता छाउँछ तब देश विभिन्न किसिमका अराजकताले चारैतिरबाट घेराबन्दीमा पर्न पुग्दछ । हो, साथी यस्तै खालका घटनाहरु घट्न थालेका छन् आजभोली हाम्रो देशमा । आज राजधानी काठमाडौंमा भएको एउटा सामान्य विवादमा गोली चल्दा विद्यालयबाट फर्किरहेको एक निर्दोष बालकको हत्या हुन पुगेको छ । गोली काण्डमा सहभागी ११ जना मध्ये दुई जनालाई स्थानीयवासीले पक्रेर प्रहरीकोमा बुझाउन सफल भएका छन् । तर यति कुराले हामीहरु विश्वस्त हुन सक्दैनौ कि समाजमा हत्या, हिंसा, आतंक र अराजकता फैलाउँदै हिड्ने ती र तीजस्तै अराजक समूहहरु निमिट्यान्न होलान् भनेर किनकी विगत ५ महिनामा देशका विभिन्न स्थानमा रहेका कारागारको कमजोर व्यवस्थापन र प्रशासनको चरम लापरबाहीका कारण हत्या, चोरी, डकैती, अपहरण र बलात्कारजस्ता जघन्य अपराधमा संलग्न झण्डै ५ दर्जन कैदीहरु कारागारबाटै फरार हुन सफल भएका छन् । जसको विवरण तल हेर्नुस् –  २०६६ साउन २९ गते राती १२ बजे, जिल्ला कारागार सिराहा बाट ४५ कैदि फरार  २०६६ अशोज १२ गते राती, जिल्ला कारागार कञ्चनपुरबाट ६ कैदी फरार  र, गत हप्ता २०६६ माघ १ गते कपिलबस्तुबाट ८ कैदी फरार अब तपाइँ आफै भन्नुस्...

ए ! भगवान, यो कस्तो व्यङ्गय हो ?

नेपालको राजनीति अनौठो किसिमको हुन्छ भन्ने तपाइँ हामीलाई जानकारी भएकै कुरा हो । अझ यो देशको अगाडि नयाँ भन्ने शब्दावली थपिए पछि काम पनि नयाँ र अनौठो पो हुन थालेका छन् । अब तपाइँलाई लाग्ला– हैन् है ! के अनौठो भएछ फेरि नयाँ नेपालको नयाँ राजनीतिमा ? नआत्तिनुस्, म बताउँदै छु, धैयर्ताका साथ यसलाई पढ्ने काम गर्नोस् । खास कुरो के भएको छ भने, जनमत संग्रह विना नेपाल धर्म निरपेक्ष, गणतान्त्रिक देश घोषणा गर्न नहुने बताउँदै आएका रा.प्र.पा नेपालका अध्यक्ष कमल थापाले आजको दिनदेखि नयाँ अभियान छेडेका छन् । उनको यो अभियान भने केहि पृथक र नेपाली अनौठो लाग्ने खालको आन्दोलन जस्तो छ । यो खासगरी क्रान्तिकारी पार्टीहरुको जस्तो चक्काजाम, नेपाल बन्द वा हडताल गर्ने प्रकृतिको आन्दोलन चैं होइन् । भलै आफ्ना दुई चार सय भरौटेहरु जम्मा पारिएर थालिएको अभियान किन नहोस् तर यसको प्रकृति अनौठो छ र विषय वा सन्दर्भ पनि मजबुत नै छ । उनले नेतृत्व दिएको यो अभियान समयमै संविधान बनाउनलाई दलका नेताहरुलाई खबरदारी गर्नुपर्छ भनेर सर्वसाधारण जनताहरुलाई सुसूचित गर्नलाई हो । देशका शिर्ष, प्रगतिशिल, क्रान्तिकारी, लोकतान्त्रिक तथा नेपालक...

३७ औं सन्ध्या ध्वनी सम्पन्न

[caption id="attachment_112" align="alignleft" width="300" caption="कार्यक्रममा उपस्थित साहित्यकारहरु"] [/caption] प्रत्येक नेपाली महिनाको पहिलो शनिवार साहित्यिक गोष्ठी आयोजना गर्दै आएका बेनी वाङमय परिवार, म्याग्दीले माघ महिना २ गते शनिवार आफ्नो ३७ औं सन्ध्या ध्वनीको श्रृङ्खला म्याग्दी सामुदायिक पुस्तकालयको सभाहलमा सम्पन्न गरेको छ । बाग्लुङे युवा गजलकार विनय थापाको मियोत्वमा सम्पन्न कार्यक्रममा एक दर्जन कवि÷कवयित्रीले आफ्ना सृजना वाचन गरेका थिए । कार्यक्रममा म्याग्दी साहित्य समाजका अध्यक्ष ध्रुबलाल शर्माले कविता, मधुसुदन साहित्य प्रतिष्ठानका अध्यक्ष दामोदर घतानेले हाईकु, पौलस्त्य साहित्य समाजका सचिव नीराजन शिरीषले दुई कविता र ध्रुबलाल शर्माको व्यक्तित्व समेटिएको एक आलेख प्रस्तुत गरेका थिए । कार्यक्रममा सुशन विसर्जन र अमर स्पन्दनले गजल, कविता शर्माले मुक्तक र हाइकु, भद्रबहादुर कार्कीले कविता वाचन गरेका थिए । कार्यक्रम परिवारका क्रियाशिल सदस्य अजयमिलन श्रेष्ठले सञ्चालन गरेका थिए । कार्यक्रममा श्रेष्ठले समसामयिक व्यङ्गय प्रस्तुत गरेका थिए ।