सडक मिचिएको घर भत्काउँदै डोजरः तस्बीर माइसंसार ट्राफिक प्रहरीले अविश्वसनीय रुपमा सडक बिस्तारमा लागेको देख्दा थुप्रै आम नागरिकहरु दंग परेका छन् । सर्बसाधरणहरुका मुहारमा खुशीको लाली पनि देखिएकै हो । बर्षौदेखि भत्काइन नसकेका सार्वजनिक जग्गा मिचेर बनाइएका पहुँचवालाहरुका पर्खाल, पौडी पोखरी र घर माथि एकाएक डोजर दगुर्नु हाम्रो देशको सन्दर्भमा स्वभाविक विषय हुँदै होइनन् । तथापि ट्राफिक महाशाखाले जुन निभर्यका साथ अदम्य साहस प्रदर्शन गरेको छ त्यो उसको कर्तब्य हुँदाहुँदै पनि हामी स्यालुट नगरी रहन सक्दैनौं । यो आँटिलो कदमका लागि ट्राफिक महाशाखाका प्रमुख र मातहतका कर्मचारीलाई हार्दिक धन्यवाद छ । तर यति हुँदाहुँदै पनि ट्राफिक महाशाखाले ट्राफिक ब्यवस्थापनको अन्य महत्वपूर्ण कामप्रति भने रमिते भएको देख्दा चित्त बुझिरहेको छैन । सडकमा राखिएका ट्राफिक लाइटहरु प्रदर्शनीका लागि संग्रहालयमा राखिएका ‘वस्तुहरु’ प्रतित हुन्छन् । तीनको मर्मत सम्भारको काम कहिले हुने हो उनै राम जानुन् । बाटो पार गर्नका लागि पैदल यात्रु जेब्रा क्रसिङ भेट्दैन, भेटोस् पनि कसरी ? ती सडकमा बिलाएका छन्, नामनिशान छैन तीनको ...
कुनै पनि बुझाइ अन्तिम सत्य होइनन् ।