मेरो बुबाको साथी र मेरो पनि साथी बरंजा म्याग्दीका रामचन्द्र आचार्य जस्ता साथीहरु निकै कम नै हुन्छन् । उनको सहयोगी बानी तथा साथीहरुको बारेमा अति धेरै चासो व्यक्त गर्ने, सञ्चो, बिसञ्चो सोध्ने उनको यी र यस्ता थुप्रै आनिबानीले मलाइ हायलकायल पारिसकेको छ । उनको मिजासता र हार्दिकता मैले कहिल्यै पनि बिर्सन सक्दिन होला भन्ने लाग्दछ । हिजो शनिबार सप्ताहन्तमा नेपालको न्यास्रो मेटाउनलाई उनको निमन्त्रणा थियो, मलाई । म उनकोमा गएँ । उनी ग्रूनल्याण्डमा आफ्नो काममा मस्त नै थिए । उनको मेहनती बानीले मलाई निकै नै प्रभावित पार्यो । म उनले गरिरहेको कामलाई निकै नै नजिकबाट नियाल्दै थिएँ । उनले मलाई पचास क्रोनरको नोट दिदैँ मलाई मन पर्ने तरकारी छानेर ल्याउन भने । मैले मसँगै छ पैसा राख्नुस भन्दा पनि उनी पटक्कै मानेन । कुनैदिन मलाई उनैले नै भनेका थिए, नर्बेमा आएका नेपालीहरुमा कसले धेरै पैसा कमाउने ? भन्ने अस्वस्थ प्रतिस्पर्धा छ । तर लाग्यो उनी त्यो प्रतिस्पर्धामा भाग नलिएका एक्ला बृहस्पती हुन । उनले मलाई ओश्लो झर्दाको दिन नै सिमसहितको मोबाईल दिए, आफूसँग थुपै्र पटक डिनर र लन्च गराए । र, हिजो फेरि आउनको लागि निमन्...