अन्तत : प्रधानमन्त्रीको कुर्सीमा बसेको लगभग १३ महिना पुग्नै आँटेपछि नेपाली राजनीतिमा सर्बाधिक विवादास्पद प्रधानमन्त्रीका रुपमा चित्रित २२ दलीय संयन्त्रका साझा उम्मेदवार बनि प्रधानमन्त्रि बन्न सफल माधवकुमार नेपालले आज राजीनामा दिएका छन् ।
२२ दलीय संयन्त्रमा गठित आफ्नो नेतृत्वको सरकारलाई टिकाइराख्न माधवकुमार नेपालले जीवनमा सर्वाधिक तनावका दिनहरूका रूपमा बिताए भन्नेमा सहजै अडकल काट्न सक्तछौं । विभिन्न मितिमा गरी बितेका १३ महिनामा उनले मन्त्रिपरिषदलाई ८ पटकसम्म बिस्तार गरी ४३ सदस्यीय बनाएका थिए । हालसम्मकै दोश्रो ठूलो आफ्नो नेतृत्वको सरकारलाई टिकाइराख्न उनले विभिन्न कसरतहरू गरिराख्न विवश बने । प्रत्येक बिहान भारतीय राजदुत राकेश सुदलाई भेट दिनु र भेट्नु, तथा गठबन्धनमा रहेका हरेक नाम मात्रका दलहरूको संयुक्त बैठक डाकिराख्नु र छलफल गर्नु तथा गराउनु उनका नियमित कामका रूपमा देखिए । संविधानसभाको निर्वाचनमा दुई फरक जिल्लाका दुई फरक निर्वाचन क्षेत्रहरूबाट निर्वाचन लडेपनि चुनाव हारेका उनी सम्भवत निर्वाचन हारेपनि प्रधानमन्त्री बन्न पाउने विश्वकै अहिलेसम्मका एक मात्र र सायद अन्तिम व्यक्ति हुन सफल भए ।
सरकार टिकाउनकै लागि प्रमुख जिल्ला अधिकारीलाई हातपात गर्ने राज्यमन्त्री करिमाबेगमलाई कारबाही गर्न नसक्नु र परराष्ट्रमन्त्री सुजता कोइरालाको भारतीय प्रभावमा आउने वक्तव्यबाजीलाई नियन्त्रण गर्न नसक्नु उनको सबभन्दा ठूला लाचारीका नमुनाहरू बन्न गए । अरू त अरू आफ्नै पार्टीका तर्फबाट प्रतिनिधित्व गरी मन्त्री बनाइएकी रक्षामन्त्री विद्या भण्डारीले आफैलाई ठाडो चूनौती दिदाँ समेत उनी निरीह पूर्वक हेर्न विवश रहे ।
“आकाशवाणीका भरमा चल्ने” “कठपूतली” “हरूवा” “विषवृक्ष” जस्ता विभिन्न उपनामहरू दिएर प्रतिपक्षले खिल्ली उडाइएका उनी आफ्नै प्रहरी सहकर्मीहरूबाट बलात्कृत महिला प्रहरी सुन्तली धामीलाई न्याय दिन समेत चुके । उनकै नेतृत्वको सरकार हुँदा राजधानीका व्यस्त र अति सुरक्षित स्थानहरूमा समेत गोली चल्न थाले । दिउँसै मान्छे मारिए ।
“शान्ति र संविधान” भन्ने नारालाई भर्याङ बनाएर प्रधानमन्त्रीको पदमा चढेका उनले उक्त पदबाट ओर्लदा त्यसको गुञ्जायस समेत देशवासीलाई दिन त सकेनन् तर राजीनाम दिदाँदिदै उनले चाहेको असहयोग र निषेधको राजनीतिको अन्त्य हुँदै अब बन्ने सम्भावित सहमतिको राष्ट्रिय सरकारले देशलाई अनिर्णयको बन्दीबाट मुक्त पार्न तथा शान्ति र संविधानको ग्यारेन्टि दिन सकेमा मात्र उनको राजीनामले सार्थकता पाउने छ ।
" नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि, मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् । जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो । यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...
Comments
Post a Comment
प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।