Skip to main content

ओश्लो, नेपालीहरु र मेरो एक असल साथी

मेरो बुबाको साथी र मेरो पनि साथी बरंजा म्याग्दीका रामचन्द्र आचार्य जस्ता साथीहरु निकै कम नै हुन्छन् । उनको सहयोगी बानी तथा साथीहरुको बारेमा अति धेरै चासो व्यक्त गर्ने, सञ्चो, बिसञ्चो सोध्ने उनको यी र यस्ता थुप्रै आनिबानीले मलाइ हायलकायल पारिसकेको छ । उनको मिजासता र हार्दिकता मैले कहिल्यै पनि बिर्सन सक्दिन होला भन्ने लाग्दछ ।
हिजो शनिबार सप्ताहन्तमा नेपालको न्यास्रो मेटाउनलाई उनको निमन्त्रणा थियो, मलाई । म उनकोमा गएँ । उनी ग्रूनल्याण्डमा आफ्नो काममा मस्त नै थिए । उनको मेहनती बानीले मलाई निकै नै प्रभावित पार्यो । म उनले गरिरहेको कामलाई निकै नै नजिकबाट नियाल्दै थिएँ । उनले मलाई पचास क्रोनरको नोट दिदैँ मलाई मन पर्ने तरकारी छानेर ल्याउन भने । मैले मसँगै छ पैसा राख्नुस भन्दा पनि उनी पटक्कै मानेन । कुनैदिन मलाई उनैले नै भनेका थिए, नर्बेमा आएका नेपालीहरुमा कसले धेरै पैसा कमाउने ? भन्ने अस्वस्थ प्रतिस्पर्धा छ । तर लाग्यो उनी त्यो प्रतिस्पर्धामा भाग नलिएका एक्ला बृहस्पती हुन । उनले मलाई ओश्लो झर्दाको दिन नै सिमसहितको मोबाईल दिए, आफूसँग थुपै्र पटक डिनर र लन्च गराए । र, हिजो फेरि आउनको लागि निमन्त्रणा गरे ।
म चुपचाप उनकोमा गएको थिएँ । किनकी यिनीजस्ता असल साथीको संगत निकै नै दुर्लभ हुन्छ । उनी काममा अति नै व्यस्त थिए । मलाई पर्खिराख्न अल्छि लागिरहेको थियो । मैले काम गरिरहेका उनलाई फोन गरेर सोधे — आरसी सर कतिखेर आउने ? उनी अझै व्यस्त थिए । मैले छेवैको समोसा पसलमा समोसा किनेँ । समोसा पसलको मान्छे हिन्दीमा बोल्यो । मलाई खुशि लाग्यो, अहोँ नेपालकै नभए पनि नजिकैको मान्छे त भेटेँ नि ! उसले नेपाली गीत गाएको सुने पछि मलाई अचम्म लाग्यो । पछि त मोरो नेपालकै रहिछ । ऊ मसँग धेरै बोल्न चाहेन । म समोसा र पेप्सी खादैँ रामचन्द्रलाई पर्खिराखेको थिएँ । उनी आफूले भनेको समयभन्दा पनि १० सेकेण्ड अगाडि आईपुगे । मैले हाँसो गरे — नेपालमा भएको भए आधा घण्टा ढिलो हुन्थ्यो होला है ! युरोपमा त राम्रो व्यवस्थापन रहिछ नी, है ! लामो हाँसो छुट्यो ।
उनले भने, हामी उनको कोठामा हैन कृष्ण जि.सी (धौलागिरि एफ.एम.का भू.पु. कार्यक्रम संयोजक तथा चर्चित आर. जे) को कोठा स्टोभनरमा जादैँ छौं । मलाई अति नै खुशि लाग्यो । किनकी उनलाई मैले दुई हप्ता अगाडि दुई मिनेट मात्र भेट्न पाएको थिएँ । र, आज हामी उनकै रात बिताउन जादैँ थियौं ।
(कृष्ण जि.सी. को मा बिताएको रातको विवरण अर्को पाली लेख्नेछु ।)

Comments

Popular posts from this blog

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...