Skip to main content

पाइला – पाइलामा समस्या

पहाडी क्षेत्रका अझ त्यो पनि कच्ची बाटोमा यात्रा गर्दाका अनुभव प्रत्येक पल्ट ती यादगार क्षणहरू बन्न पुग्दछन् । कतिपय अवस्थामा ती ज्यानै जानसक्ने जोखिमयुक्त पनि हुन सक्दछन् भने कहिलेकाही ती यात्रुहरूका लागि रमाईलो र फ्रेश बन्ने अबसरका रूपमा पनि प्रयोग गर्न सकिने स्तरका हुन्छन् । तस्बिरमा देखिएको दृश्य चाहिँ केहि हप्ता अगाडि म ताकम क्षेत्रमा फिल्ड गएर बेनी फर्कदा हो । दरबाङ सबेरै सबभन्दा शुरूको क्युमा रहेको यो बसमा म ५ दिन पछाडी मेरी प्रिय सानुको हातबाट बनेको खाना खान लालयित भएर अति उत्साहित भएर चढेको थिएँ । जति जति यो दरबाङबाट टाढिदै थियो उति उति म मेरी सानु र प्यारी छोरी एन्जिलसँगको भेटलाई नजिकाउँदै थिएँ । तर दुर्भाग्य यो गाडी कम्तिमा डेढ घण्टासम्म डम्मरा (बेनी मंगलाघाटदेखि पैदल २० मिनेटको बाटो) मा आएर फसिरह्यो । म चढेको गाडिको ड्राइभर आफू नै उक्त सवारीको धनी भएको नाताले पनि हुनुपर्छ अति नै सम्बेदनशिल भएर त्यहाँबाट बाहिर निकाल्दै थियो । तर ऊ सफल हुन सकिरहेको थिएन । म लगायत बसमा सवार प्रायः यात्रुहरूले उसलाई विभिन्न संज्ञा दिन थालिसकेका थियौं । छेराउटे, कायर, डरछेरुवा, मख्खीचुस आदि इत्यादि ! ऊ कुनै शब्द ननिकाली चुपचाप बसलाई त्यहाँबाट निकाल्न खोजिरहेको थियो । ट्याक्ट्ररले २ पटकसम्म प्रयास ग¥यो तर दुबै पटक गाडी तान्ने रसी चुडिए पछि ट्याक्ट्ररको ड्राइभर निराश भयो र केहि पनि नबोली त्यहाँबाट हिड्यो । तर हामी सवार बसको साहु–ड्राइभर भने आफ्नो निरर्थक प्रयासमा लागिरहेकै थियो । झण्डै डेढ घण्टा बित्नै लाग्दा बेनीबाट दरबाङ्का लागि हिडेको बसको एक किशोर ड्राइभरले उसलाई कुन्नी के कानेखुशी गरेथ्यो । गाडि त्यस दलदलबाट मुक्त भयो । र, म श्रीमतीको हप्की पाइने डरले फोन गर्दै उनलाई फसेको ठाउँबाट गाडि निक्लेको कुरा अवगत गराएँ । “जेसुकै गर्नोस्, आफै खाना पस्केर खानुहोला म र छोरी बाहिर बजारमा जाने काम छ ।” जबाफ उनले यति भनिन र मोवाईल राखिन् ।
2 comments

Popular posts from this blog

नेताको छोरा १ - समाज, विकास र चुनाव

(यो बि.सं. २०७४ मा नयाँ संविधानको कार्यान्वयनको कठीन खुडकिलो मानिएको तीन तहको निर्वाचन सम्पन्न गरेर समृद्द नेपालको सपना साकार पार्ने लक्ष्यमा अगाडि बढेको जिकिर गरिएको हाम्नो सुन्दर हिमाली राज्य नेपालको चुनावमा म स्वंय प्रतक्ष्य सहभागी भएर अनुभूत गरेका अनुभवहरूको श्रृङ्खला हो । जसलाई मैले नेताको छोरा नाम दिएको छु । यस श्रृङ्खलामा म चुनावका अँध्यारा र उज्याला पक्षहरूलाई अधिकतम इमान्दारीताका साथ प्रस्तुत गर्नेछु ।)
“यहाँ के छैन?” रेलगाडीभित्रबाट बाहिर चियाउँदै मैले आफैलाई प्रश्न गर्ने गर्दछु । शिशाबाहिर चिल्ला सडकहरु देखिन्छन । सफा पानी पोखरीहरु देखिन्छन । अनि देखिन्छन्, ससाना नानीबाबुहरुको किताबमा कोरिएका चित्रहरुमा जस्तै आँखाभरी बस्ने खेल मैदान, बगैंचा र घरहरु पनि । बिगत ५ बर्षदेखि म काममा जाँदै गर्दा या बिद्यालय जाँदै गर्दा अनि कहिलेकाही साथीभाईहरु भेट्न जाँदा उहि बाटो त्यहि नामको रेलगाडीे चढेर मैले गर्ने रेलयात्रा तीनै ५ वटा बिसौनी पार गरेर १५ मिनेटमा अन्तिम बिसौनीमा पुगेर रोकिन्छ तर मेरा मनभरी उब्जने तर्कनाहरु रेलगाडीसँगै रोकिदैनन् । ती अझै बढ्दै जान्छन । 
सडकमा मान्छेहरु हतारिदै आ…

डा. केसी, उनको अनशन अनि एउटा झुम्रे नागरिक

डा. गोविन्द केसीका शुरूवात तिरका अनशनहरूमा मेरो पूर्ण समर्थन थियो । मैले पनि आफ्ना सामाजिक संजालका भित्ताहरूमा निकै खरा खरा वाक्यहरूसहित तीनका पुछारमा ह्यासट्याग आइएमवीथडाकेसी लेखेकै हुँ । मलाई लुकाउनुपर्ने केहि छैन । डा. केसीका शुरूवाती मागहरू भनेका चिकित्सा क्षेत्रमा बढ्दो राजनैतिक हस्तक्षेप अनि तीसँगै यस क्षेत्रमा बढ्दै गएका विकृती विसंगतीहरूको अन्त्य हुनुपर्छ भन्नेमा केन्द्रित हुन्थे ।तर डा. केसी जति नै निष्ठावान, त्यागी या देवरूप नै किन नहोस उनको, उनका काँधमा बन्दुक राखेर आफ्ना विभिन्न खालका अभिष्ट पूरा गर्न खोज्नेहरूको एउटा ठूलो जमातबाट उनी घेरिएका छन । यो मिथ्याको आरोप हैन । निसन्देहः डा. केसी अनशन बस्नुपूर्व उनले अनशन बस्न थालिसकेपछि स्वास्थ्य क्षेत्रमा महशुस हुनेगरी परिवर्तन भएकै हुन । त्यसको जस पूरापूर उहाँलाई जान्छ । तर यसको अर्थ यो हैन कि स्वास्थ्य क्षेत्र सुधारका लागि सबै कुरा वहाँले नै भनेजसरी हुनुपर्छ । बिडम्बना यो छ कि वहाँको शुरूको अनशन देखि नै माग पूरा गर्ने बहानामा सरकारले एउटा बेथितीको पृष्ठपोषण गर्ने कामको श्रीगणेश गरेको छ । केसीको एक सुत्रिय माग थियो बरिष्ठताका आ…

नेताको छोरा २ - टिकट, उत्साह र यात्रा

(यो बि.सं. २०७४ मा नयाँ संविधानको कार्यान्वयनको कठीन खुडकिलो मानिएको तीन तहको निर्वाचन सम्पन्न गरेर समृद्द नेपालको सपना साकार पार्ने लक्ष्यमा अगाडि बढेको जिकिर गरिएको हाम्नो सुन्दर हिमाली राज्य नेपालको चुनावमा म स्वंय प्रतक्ष्य सहभागी भएर अनुभूत गरेका अनुभवहरूको श्रृङ्खला हो । जसलाई मैले नेताको छोरा नाम दिएको छु । यस श्रृङ्खलामा म चुनावका अँध्यारा र उज्याला पक्षहरूलाई अधिकतम इमान्दारीताका साथ प्रस्तुत गर्नेछु ।)"दाई, बधाई छ । अंकलको टिकट भएजस्तो छ ।" एकजना गाउँले भाईले फेसबुक म्यासेन्जरमा खबर गरेको रहिछन् । मैले आश्चर्यतापूर्वक उनलाई प्रतिप्रश्न गरेँ – "को अंकल ?" मेरो प्रश्नले ती भाई झन छक्क परे । भने, "को अंकल हुनु ? हजुरको बाबा के!" "कहाँ अंकल भन्या त ? तिमीले मेरो बाबालाई पुसाजु भन्नुपर्छ ।" मैले उनलाई हाम्रो नाता सम्झाउनु आफ्नो कर्तव्य ठानेँ । फेरि चुनावको पारो ह्वात्तै बढ्दै थियो । बाबाले टिकट पाएको अपुष्ट समाचार जसले सुनाएको छ, प्रचार उही ब्यक्तिबाट थाल्नु पनि चुनावी रणनीतिको एउटा पाटो त छँदै थियो ।
यसरी, एउटा गाउँले भाईबाट बाले संसदीय निर…