पहाडी क्षेत्रका अझ त्यो पनि कच्ची बाटोमा यात्रा गर्दाका अनुभव प्रत्येक पल्ट ती यादगार क्षणहरू बन्न पुग्दछन् । कतिपय अवस्थामा ती ज्यानै जानसक्ने जोखिमयुक्त पनि हुन सक्दछन् भने कहिलेकाही ती यात्रुहरूका लागि रमाईलो र फ्रेश बन्ने अबसरका रूपमा पनि प्रयोग गर्न सकिने स्तरका हुन्छन् । तस्बिरमा देखिएको दृश्य चाहिँ केहि हप्ता अगाडि म ताकम क्षेत्रमा फिल्ड गएर बेनी फर्कदा हो । दरबाङ सबेरै सबभन्दा शुरूको क्युमा रहेको यो बसमा म ५ दिन पछाडी मेरी प्रिय सानुको हातबाट बनेको खाना खान लालयित भएर अति उत्साहित भएर चढेको थिएँ । जति जति यो दरबाङबाट टाढिदै थियो उति उति म मेरी सानु र प्यारी छोरी एन्जिलसँगको भेटलाई नजिकाउँदै थिएँ ।
तर दुर्भाग्य यो गाडी कम्तिमा डेढ घण्टासम्म डम्मरा (बेनी मंगलाघाटदेखि पैदल २० मिनेटको बाटो) मा आएर फसिरह्यो । म चढेको गाडिको ड्राइभर आफू नै उक्त सवारीको धनी भएको नाताले पनि हुनुपर्छ अति नै सम्बेदनशिल भएर त्यहाँबाट बाहिर निकाल्दै थियो । तर ऊ सफल हुन सकिरहेको थिएन । म लगायत बसमा सवार प्रायः यात्रुहरूले उसलाई विभिन्न संज्ञा दिन थालिसकेका थियौं । छेराउटे, कायर, डरछेरुवा, मख्खीचुस आदि इत्यादि ! ऊ कुनै शब्द ननिकाली चुपचाप बसलाई त्यहाँबाट निकाल्न खोजिरहेको थियो । ट्याक्ट्ररले २ पटकसम्म प्रयास ग¥यो तर दुबै पटक गाडी तान्ने रसी चुडिए पछि ट्याक्ट्ररको ड्राइभर निराश भयो र केहि पनि नबोली त्यहाँबाट हिड्यो । तर हामी सवार बसको साहु–ड्राइभर भने आफ्नो निरर्थक प्रयासमा लागिरहेकै थियो ।
झण्डै डेढ घण्टा बित्नै लाग्दा बेनीबाट दरबाङ्का लागि हिडेको बसको एक किशोर ड्राइभरले उसलाई कुन्नी के कानेखुशी गरेथ्यो । गाडि त्यस दलदलबाट मुक्त भयो । र, म श्रीमतीको हप्की पाइने डरले फोन गर्दै उनलाई फसेको ठाउँबाट गाडि निक्लेको कुरा अवगत गराएँ । “जेसुकै गर्नोस्, आफै खाना पस्केर खानुहोला म र छोरी बाहिर बजारमा जाने काम छ ।” जबाफ उनले यति भनिन र मोवाईल राखिन् ।
गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?" दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ । त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट नभएपछि कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो ...
त्यो पिडा मा त म पनिसाक्षी थिए नि !
ReplyDelete