मेरो आशिर्वाद छ, नेताहरूलाई

              बेनीमा आयोजित प्रदर्शन

जागिर त गर्नैपर्‍यो ः प्रहरी टोलीआखिर माओवादीहरुको अनिश्चितकालिन आमहड्ताल शुरु भएरै छाड्यो । छिटफुट हिंसात्मक घटनाबाहेक आन्दोलन शान्तिपूर्ण नै रहेको छ । तर यसपालीको उनीहरुको आन्दोलन भने केही खुकुलो रहेको अनुभूति भएको छ । पानी ट्याङ्कर, एम्बुलेन्स, पर्यटक बोक्ने गाडीहरु चल्न दिने बताइएको छ । तेस्रो जनआन्दोलन भनेर नाम दिइएको यस आन्दोलनमा  गाउँ गाउँबाट मानिसहरु काठमाडौं झिकाइएको छ । आन्दोलन जतिसुकै शान्तिपूर्ण भनिएता पनि आन्दोलनमा सहभागी केही प्रदर्शनकारीहरुले सडकमा वितण्डा मच्चाउनकै लागि आएको झैं व्यवहार गरिएका घटनाहरु पनि सार्वजनिक भएका छन् । आम हडतालकै कारण अधिकांश स्थानमा कक्षा १२ को अन्तिम परिक्षा समेत स्थगन गरिएका छन् । नेपालमा यसरी हडताल, बन्द र आन्दोलनका कारण नागरिकको शिक्षा प्राप्त गर्ने हक, स्वास्थ्यको हक र विना रोकटोक शान्तिपूर्ण ढंगले एक ठाउँबाट अर्को ठाउँमा पुग्न पाउने जस्ता मौलिक हकहरु समय समयमा बन्धक बनाइएका छन् । जुन माओवादीहरुको यो आन्दोलनबाट समेत अछुतो रहन सकेको छैन् ।
अझ सबभन्दा महत्वपूर्ण विषय त आन्दोलन कहिलेसम्म लम्बिने हो भन्ने कुराको कसैसँग जवाफ छैन । र्‍याडिसन लगायतका तारे होटलहरुमा सहमति जुटाउने प्रयास गरिए पनि चिकेन चिल्ली र रोष्टहरु लुछ्ने बाहेक संवादबाट अझै सम्म कुनै उपलब्धी हात लागि सकेको छैन् । देशमा राजनीतिक संकट शुरु भएको संकेत देखिन थालेको छ । आशा गरौं, नेपाली कांग्रेस र एमाले लगायतका सत्ताधारी दलका नेताहरुलाई संसदको सबैभन्दा ठूलो दललाई एक्ल्याएर संविधान निर्माण असम्भव छ र सडकबाट सरकार निर्माण हुँदैन भन्ने हेक्का माओवादीका नेताहरुले अविलम्ब पहिल्याउन सकुन् एक जिम्मेवार नागरिकको हैसियतले उनीहरुलाई मेरो आर्शिवाद छ ! 







बन्दको प्रभाव कस्तो छ ?
एमाले नेता नवराज शर्मा

Comments

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)