Skip to main content

साइकल माथि चढेर, सपना चुम्ने मेरो साथी

जलवायु परिवर्तनले विश्वव्यापी रुपमा पारेको प्रभावलाई केहि हदसम्म भए पनि न्यूनिकरण गर्नु र परिवर्तित जलवायुमा अनुकुलन हुनु आजको विश्वका लागि यी सबभन्दा महत्वपूर्ण पहिलो दुई विकल्प हुन् । जलवायु परिवर्तनको मुद्दाले अहिले विश्वका सबै गरिव तथा धनी, विकसित तथा अविकसित सबै देशहरूलाई एउटै मञ्चमा उभ्याईदिएको छ । र, विश्वका प्रत्येक राष्ट्रहरूले प्रत्येक मञ्चमा यिनै दुई विकल्पका बारेमा भरपुर छलफल चलाउने र यीनको सफल कार्यान्वयनका लागि अति नै महत्व दिदैँ आएका छन् । तथापि, समस्या भने ज्यूँका त्युँ नै छ । जलवायु परिवर्तनका कारण उत्पन्न दुष्परिणामहरूबाट सबभन्दा बढी जोखिममा पर्ने मुलुकहरुको अग्रपंक्तिमा रहेको हाम्रो देशमा जलवायु परिवर्तनका प्रभावका कारण उत्पन्न हुने जोखिमलाई न्युनिकरण गर्ने आवश्यक श्रोत र साधनको टड्कारो खाँचो अवश्य नै छ । तथापि, यो समस्यालाई समस्याका रुपमा मात्र नहेरी समाधानका आवश्यक उपायहरूको अधिकतम खोजी गर्नु पर्ने हाम्रो दायित्व पनि हो । र, परिवर्तित जलवायुका क्षेत्रमा युवाहरूको भूमिका त झन उदाहरणीय हुनु आवश्यक नै हुने भो’ । यस्तै भूमिकालाई आत्मसाथ गरेका एक युवासँग मेरो मित्रता हुनुलाई हावापानी परिवर्तनका क्षेत्रमा आफूले निर्वाह गर्नुपर्ने भूमिका बारेमा अझबढी स्पष्ट हुनका लागि सघाउ पुर्‍याउने कोशेढुंगाका रुपमा लिएको छु । पर्वत घर भै हाल काठमाडौं ज्ञानेश्वरमा डेरा गरी बसेका बसन्त पौडेल त्रि–चन्द्र क्याम्पसमा वातावरण विज्ञानको स्नातक तेस्रो वर्षका छात्र हुन् । हरेक काममा आफ्नो नेतृत्वदायि भूमिकाले केही गर्न सक्छु भन्ने मान्यताका २१ वर्षीय यी युवालाई मैले मित्रका रुपमा पाएको थिएँ, गत बैशाखको पहिलो साता चितवनको सौराहमा ! दोश्रो नेपाली जलवायु सम्मेलनका एक सक्रिय व्यवस्थापक, आयोजक तथा सहजकर्ताका रुपमा मैले उनको प्रस्तुती अविश्वसनीय पाएको थिएँ । इन्जिनियर पुत्र, मेरा नवपरिचित मित्र बसन्त जलवायुका एक महत्वपूर्ण युवा अभियन्ता हुन् भन्दा फरक नपर्ने मेरो आफ्नै ठनाई छ । नेप्लिज युथ फर क्लाईमेट एक्सन नामक राष्ट्रिय स्तरको एक लुज नेटवर्कको महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका उनी त्रिचन्द्र क्याम्पसको युवा रेडक्रस सर्कलका अध्यक्ष पनि हुन भन्दा धेरैलाई विश्वास नलाग्न पनि सक्छ । आर्थिक लाभबाट अभिप्रेरित नभै नितान्त सामाजिक सेवामा कटिबद्ध मेरा मित्र बसन्तको लगाव र आफ्नो भूमिका प्रतिको निष्ठा देख्दा मलाई पनि आहरिश लाग्दछ । गतसाता काठमाडौं गएको मौंकामा मैले उनलाई उनको कलेजमा भेट्ने मौका पाएको थिएँ । त्रिचन्द्र परिसरबाट आफ्नो साइकलमा चढेर बाहिरिदैँ गर्दा मैले उनलाई थुप्रै प्रश्नको झटारोले हाने । मानौं उनी हाजिरीजवाफ प्रतियोगिताको र्‍यापिड फायर राउण्डमा आफ्नो टिमको कप्तानी सम्हालिरहेका छन् । आत्मविश्वासले भरिपूर्ण उनको तार्किक जवाफबाट मैले हावापानी परिवर्तनको आधारभूत विज्ञानसम्बन्धी थुप्रै जानकारी प्राप्त गरेँ । वातावरण प्रदुषण कम गर्न र कार्वन उत्सर्जनमा कमी गर्नमा आफ्नो सक्रिय सहभागिताले निकै राम्रो भूमिका खेल्नुपर्छ भन्ने हेतुले साइकलमा यात्रा गर्ने बताउने यी मेरा युवा मित्रका विचार प्रदुषित काठमाडौंमा अक्सिजन हुन सकुँन भन्ने मेरो आशा छ, सतत् शुभकामना मित्र बसन्त !

Comments

Popular posts from this blog

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...