Skip to main content

Posts

गजल

(देशको मायाले मलाई लेख्न विवश गरायो – यो प्रस्तुत गजल । जब मैले देख्दै र भोग्दै आएँ, मेरो देशमा उचाई भएको नेताको अभाव, खाँटी देश र जनताप्रेमी नेताको रित्तता अनि मलाई कोर्न मन लाग्यो, यो गजल । हरेक दिन जब मैले देखेँ थुप्रै नेपाली युवायुवतीहरू कहिले कामका लागि कहिले पढ्ने बहानाका लागि सम्पन्नशाली देशका राजदुतवासमा भिषाका लागि तछाँडमछाड गरेको मैले आफूलाई पनि उभाएको छु, त्यो भिडमा । अनि लाग्यो, मलाई एउटा देशप्रेमी दीलको खाँचो छ, जसले सधैँ गर्न सकुँ मैले मेरो देशको माया । बाँकी गजलमा....) जन्माउन सक्ने सपुत कोख पठाईदिनु माथि पुग्छौं मिलेर भन्ने सोच पठाईदिनु सिंगार्नेछौं मेहनतले हाम्रो प्यारो देश यो देश बन्न सघाउ पुग्ने जोश पठाईदिनु देशलाई माया मारी कति डाँडा काटी गए मेरो प्यारो नेपाल भन्ने ओठ पठाईदिनु रोएन कि देश रुँदा कठोर हाम्रा मन देश दुख्दा मलाई दुख्ने चोट पठाईदिनु (शिरीषका स्पनदनहरुबाट)

काठमाडौंमा (कबिता)

(मैले मेरा थुप्रै पटकको काठमाडौं यात्रामा भेटेका फरक–फरक चरित्रहरूले सारमा काठमाडौंलाई परिभाषित गर्न सक्षम होलान् कि भन्ने आशयले यो कविताको सृजना गरेको हुँ ।)  १. सबेरै पशुपतिबाट एउटा थालिभरी फूल, चन्दन र आशिष लिएर कुदेको हुन्छ, शिवराम  बस स्टपहरुमा ।  बेलुकी, बस स्टपहरुबाट  त्यही थालिमा दाम, गाली र घृणा भरेर  निस्केको हुन्छ, शिवराम  सोमरसको खोजीमा ।   २. बिहानै, चिम्सा आँखा मिच्दै कुर्ता सलवारमा सीता झैं सजिएर  हिडेकी हुन्छे, मेनका पाठशालामा । सम्साँझै पाठशाला–घर–बजार  सबैतिरबाट फर्केर  सीर्फ छालाका कपडामा  नाचेकी हुन्छे, मेनका  नाँगा डान्सबारमा ।  ३. रात ननिख्रिदै,  झिसमिसे मै  ठेलामा राखेर सामल  भोक बेच्नको लागि  निस्केको हुन्छ, कर्मसिंह  चोक, चौतारी र चौरस्ताहरुमा ।  धेरै अबेरसम्म  ननिख्रिन्जेल बटुवा बाटोहरुमा  निख्राएर आफ्नो ठेला  पसिनाको पाइ पाइ हिसाब राखेर  रमेको हुन्छ, कर्मसिंह  परिवारसित डेरामा ।

नांगा हिमाल, जलबायु परिवर्तन र हाम्रो देश

केही बर्ष पहिले हिउले पुरिने गुर्जा हिमाल अहिले चाँही हिउ कङगाल हिमाल बनेको छ वि श्वभरी अहिले पृथ्वीको बढ्दो तापक्रम र यसले जलवायु परिवर्तनमा पार्न सक्ने असरका बारेमा चर्चा परिचर्चा चलिरहेकै सन्दर्भमा यो विषय पनि मेरो चासोको विषय बन्न पुग्यो । वैज्ञानिकहरूले निकट भविष्य मै (सम्भवतः सन् २०१२ भित्रैमा) हिमाली क्षेत्रमा रहेका ठुल्ठुला हिमतालहरू फुट्ने तथा हिमालमा रहेको हिउँ पग्लने दर अत्याधिक हुन गै समूद्री सतहबाट निकै होचा मानिने घना आवादीका क्षेत्रहरू माल्दिभ्स, न्यूयोर्क, सिड्नी र मुम्बई लगायतका विश्वप्रसिद्ध शहरहरूमा ठूलो क्षति पुग्न सक्ने पूर्वानुमानले यो एक दशक विश्व इतिहासमा कहिल्यै बिर्सन नसकिने प्रलयको दशक हुन सक्ने गम्भिर खतरा बढेर गएको छ । यस अघि कहिल्यै लामखुट्टे नपाइने डोल्पामा लामो समयसम्म लामखुट्टे पाइन थाल्नु, जाडोको समयमा हिमाली भेगहरूमा पर्याप्त चिसोको महशुस नहुनु, शिशिर ऋतुमा हिमाली क्षेत्रमा हुने हिमपात कम हुनु, सगरमाथाको चुचुरोमा झिंगा भेटिनुले पृथ्वीको बढ्दो तापक्रमलाई स्पष्ट पार्ने काम गरेको छ । यसले जलबायु परिवर्तनमा पार्ने असरले विश्वका कुनै पनि देश प्रभावहिन नर...

आफ्नो गाउँमा आफ्नै व्यवसाय

नेपाली युवा युवतीहरू रोजीरोटीका लागि विदेशीरहेको परिप्रेक्ष्यमा एक जना युवा आफ्नै गाउँमा खुल्ला रेष्टुँरा चलाएर बसेको देख्दा मलाई अनौठो लाग्यो । यसपालि आफ्नो कामको शिलशिलामा कार्यक्षेत्र जादै गर्दा सदरमुकाम बेनीदेखि झण्डै ३५–४० कि.मी पश्चिमोत्तर क्षेत्रमा पर्ने ताकम गाउँमा दिउँसो २ बजेतिर पुग्दा यस अघि कहिल्यै नदेखेको दृश्य देख्न पाएँ । ताकम स्वास्थ्यचौकी नजिकै गैर्‍हा भन्ने स्थानमा रहेको एक सार्वजनिक चौतारिमा गाउँ सल्लाह गरी त्यहींका एक स्थानीय २२ वर्षिय युवा अनिल भण्डारीले मःम, चाउमिनका विविध परिकारहरूले पदयात्रीहरूलाई सेवा गरिरहेको देख्दा यस्तो लाग्यो – ईच्छा शक्ति, लगनशिलता र सीप भएको मानिसले स्वदेशमा नै केहि गर्न सक्दो रहेछ । आफ्नो सानो चौतारी रेष्टुरेन्टमा दिनमा कम्तिमा पनि ५०÷६० प्लेट जति मःम चाउमिन बिक्री हुने कुरा हामीलाई सुनाईरहँदा मैले उनको अनुहारमा अनौठो चमकको महशुस गरेँ । भण्डारीले मःम चाउमिनका अलावा चिया, बिस्कुट, चाउचाउ, अण्डा आदि पनि उल्लेख्य मात्रामा बिक्री हुने कुरा सुनाउँदा मलाई पनि कुत्कुति लाग्नु स्वभाविक थियो – आखिर बफ, मटन र चिकन आइटमका लागि उनले मासु कहाँ खरिद ...

गाँजा, एक हुल किशोर र नौ टाँका

अध्ययनको शिलशिलामा विदेश पुगेको मेरो एक जना सहपाठीले मलाई अनलाइन कुराकानीमा आफूले त्यहाँ बिताई रहेका केही सम्झनायोग्य पलहरूका बारेमा जानकारी दिदैँ भनेको थियो– “यार ! यादगार क्षणहरू बितिरहेछन्, पढाई पनि त्यहाँ (नेपालको) जस्तो भोकले पेट टाउँसिने गरी लगातार ६–७ घण्टा हुँदैन्, हप्तामा ४ दिनभन्दा बढी कलेज हुने पनि होईन् । एकदम व्यवहारीक र जीवनपयोगी शिक्षण विधी रहेछ यहाँ त !” “तर अस्ति एकजना साथीको बर्थ डे पार्टीमा चाहिँ बबाल भो नि !” उसले मलाई आफ्ना मनका कुराहरू पूरै खुलाउन नचाहे जसरी अपुर्ण जानकारी दिन खोज्दै भन्यो – “भो छोड् यार ती कुरा भनिन् बरु त्यताको खबर के छ सुना मलाई ।” “खासै त्यस्तो त केहि होइन् ....” मैले आफ्नो कुरामा अड्डि कसेपछि अलि अलि अकमकाउँदै उसले घटनाको स–बिस्तार जानकारी गराउन खोज्दै भन्यो – “हामी केही नेपाली, केही श्रीलंकन र इन्डियन विद्यार्थीहरू एक जना श्रीलंकन विद्यार्थी साथीको बर्थ डे पार्टी सेलिबे्रट गर्न भेला भएथ्यौं, एकजना इन्डियन साथीले मातेको सुरमा हाम्रो नेपाली साथीलाई हल्का धक्का दिन पुगेछ, अनि त बबाल भैहाल्यो नि नेपाली साथीले गोर्खे जोशमा एक चार्ज क...

बाटोमा भेटिएका एक बृद्ध

यसपालीको यात्राको दोश्रो दिन बिहान ११ बजेतिर धारापानी पुग्नै आँटेका बेला हामीले तस्बिरमा देखिएका यी बृद्ध मानिसलाई भेट्न पायौं । परैबाट ती बृद्धले नमस्कार गर्दै हामी नेर आईपुगे । “म राँडो मान्छेलाई सज्योग (सहयोग) गरेर धर्म गर्नुस् साब ।” खानका लागि गाउँबाट लिएर आएको दुई तीन माना काँचा मकै पुरानो उध्रेको कोटबाट झिकेर देखाउँदै उनले भने – “हजुर, घरमा कोही छैन् (म एक्लो छु) । काममा कसैले डाक्तैनन् । खानका लागि हजुरहरु जस्तै दयालुहरुले दिएको दुई चार पैसा दामले खानेकुरा किनेर खाँदै बाँचेको छु हजुर । बृद्ध भत्ता दिन सचिव नानी पनि आउनु भएन ख्वै ? तपाइँहरुले बाटोमा भेट्नु भएन् ?” बृद्धको कुरा सुने पछि मलाई लाग्यो – मेरो देशमा यिनकै जस्तै नियती भोग्ने बृद्धबृद्धाको सँख्या कति होला ? अनि ती वृद्धहरु मध्ये कोही देशको बागडोर समाल्दै आएका राजनैतिक हर्ताकर्ताहरुका माता, पिता, बाजे वा बज्यै होलान् कि नाई ?! बृद्धप्रति एक मुठी अगाध दया वा माया के पलायो मलाई थाहा भएन् मैले उनको हातमा रु ३०।– को नोट राखिदिए, उनले बाटोको छेऊमै रहेको पातिको बुटाबाट केही पातहरु टिपेर मेरो कानमा पहिरिदैँ भने – साबको जय होस...

नागरिक, नागरिक सर्वोच्चता र आन्दोलन

प्रदर्शनी मार्गमा आफ्ना कार्यकर्ताहरुलाई भाषण दिएर चित्त पार्ने क्रममा प्रचण्डले बोले – मंसिर ५ गतेसम्म पनि यो कठपुतली सरकारले राष्ट्रपतिको असंवैधानिक कदमका सम्बन्धमा संसदमा छलफल गर्ने वातावरण निर्माण गर्नलाई अटेर गरी नागरिक सर्बोच्चता स्थापनाको यो अभियानमा रोकावट दिन्छ भने त्यसको मूल्य यो सरकारले चुकाउनु पर्छ । म प्रचण्डको भाषणलाई टिभिमा ध्यानपूर्वक सुन्दै र हेर्दै बसिरहेको थिएँ । तब प्रचण्डको चेतावनी मिश्रित भाणणमा मेरी धर्मपत्नीले “नागरिक सर्वोच्चता” भन्ने शब्द सुनिन्, राजनीतिमा खासै चासो नदेखाउने उनले मलाई “नागरिक सर्वोच्चता” को अर्थ सोधिन् । म बिचरालाई त्यसको अर्थ के थाहा ? म विलखबन्दमा परेँ । उनको ट्यान ट्यान रोकिएन् । “नागरिक सर्वोच्चता भनेको बन्द, हडताल, घेराबन्दी र आन्दोलनबाट जनता पिल्सनुलाई भन्या होला ।” उनले आफ्नो सिधा सादा परिभाषा दिएको जस्तो मलाई लाग्यो । मैले केहि बोलिन । हुन पनि अस्ति दुई दिन सम्म देशभरका जिल्ला प्रशासन कार्यालय घेराऊ “नागरिक सर्वोच्चता”कै लागि भएको थियो । बिचरा दुरदराजका गाउँबाट यो राज्यले यहाँका जनतालाई निशुल्क दिन सकेको त्यही एउटा नागरिकताको खोस्टोका ...

मेरो तेस्रो सन्तानको जन्म !

मेरो कृतिको बाहिरी झलक कृति बिमोचन गर्दै साहित्यकार अजयमिलन श्रेष्ठ साथमा हरिक्रिश्न आचार्य (जिल्ला बिकास समिती म्याग्दीका कार्यक्रम अधिकृत) कार्यक्रममा उपस्थित सहभागीहरु यस अघि मैले १७ वर्षको उमेरमा पीडा र विछोड नामक उपन्यास प्रकाशित गरेपछि झण्डै साढे ६ वर्षको अन्तराल पछि गर्तवर्ष जेष्ठमा माउण्ट एभरेष्ट उ.आ.मा.वि को प्रकाशनमा अमान्छे नामक कविता संग्रह प्रकाशनमा ल्याएको थिएँ । र, यो पाली आफ्नो २५ औं वर्षमा प्रवेशको सुखद उपलक्ष्य पारी मेरा अनन्य मित्र राजकुमार थापा, दीपेन्द्र शर्मा र नगेन्द्र परंतपको विशेष आग्रह तथा आर्थिक सहयोगमा शिरीषका स्पन्दनहरु नामक गीति गजल संग्रह प्रकाशनमा ल्याएको छु । हिजो २३ गते म्याग्दी सामुदायिक पुस्तकालयका अध्यक्ष श्रद्धेय धनन्जय श्रेष्ठको विशेष सहयोगमा पुस्तकालयको सभाहलमा सम्पन्न विमोचन कार्यक्रममा जिविस म्याग्दीका कार्यक्रम अधिकृत तथा साहित्यकार हरिष्कृष्ण आचार्यज्यूले अध्यक्षता ग्रहण गर्नुभएको थियो । गीत÷गजलकार श्रद्धेय अजयमिलन श्रेष्ठज्यूले कृति विमोचन गर्नु भएको थियो भने कार्यक्रम संचालन मेरा अनन्य मित्र राजकुमार थापाज्यूले गर्नु भएको थियो । कार्...

आन्दोलन, सरकार र अनिश्चित राजनैतिक भविष्य

नेपालको पछिल्लो राजनैतिक घटनाक्रम देशको भविष्य यसै होला भनी अनुमान गर्न नसक्ने हिसाबले अगाडि बढेको छ । विगत २ महिनादेखि अबरुद्ध हुँदै आएको व्यवस्थापिकाको बैठक सधैँजसो भोलिपल्ट ३:१५ का लागि स्थगित हुँदै आएको छ । यो श्रृखंला नियमित स्वभावका रुपमा विकास हुँदै आएको छ । तीन प्रमुख राजनैतिक दलहरुबीच बढ्दै गएको चर्को ध्रुबिकरण यसको मुख्य कारण हो । राजनैतिक दलहरु आ–आफ्नै अडानमा अडिग हुनाले देशमा विद्यमान राजनैतिक समस्याले सजिलै निकास नपाउने छाँट देखिन थालेको छ । कार्तिक ११ गते एनेकपा (माओवादी) को केन्द्रीय कमिटि बैठकले यहि कार्तिक १५ देखि देशमा दबावमूलक आन्दोलनको जेहाद छाड्ने घोषणा गरेकै भोलिपल्ट कार्तिक १२ गते नेकपा (एमाले) संसदीय दलको बैठकले माओवादीलाई आफ्नो आन्दोलनका कार्यक्रम फिर्ता गर्न लगाउने निर्णय गरेको छ । लामो समयदेखि सडक तताउने कार्यक्रम नगरेको माओवादीलाई आन्दोलनका घोषित कार्यक्रमहरु सञ्चालन गर्न व्यापक नैतिक दबाव रहेको चर्को सन्दर्भमा उसले गर्ने भनेको मशाल जुलुसदेखि राजधानी नाकाबन्दीसम्मका कार्यक्रम विफल पार्न कुनै कसर बाँकी राख्न नहुने अड्डी कसेको सरकारबीच हुने मुठभेडले देशमा ठूल...

राजमार्गका चित्रहरु

राजमार्गका यस्ता खाल्डा कहिले पुरिएलान ? थोत्रा ट्रकका धुवा कती पिउने ? राजमार्गका यस्ता घाउहरुको उपचार कहिले गर्ने ? म २०५८ देखि काठमाडौंमा जाने आउने गरेको छु । अर्थात् यो समयसम्म म कम्तिमा पनि पचासौं पटक काठमाडौं ओहोरदोहोर गरिसकेको छु । मेरो जस्तै यहाँहरुको पनि काठमाडौं जाँदा\आउँदाका आ–आफ्नै अनुभव होलान् अझ विशेष गरी देशको राजधानी छिर्ने एउटा मात्र राजमार्ग पृथ्वी राजमार्गको हविगती देखेपछि ! मैले विगत ८ वर्षदेखि धेरै नजिकैबाट यो क्षतविक्षत राजमार्गलाई नियालीरहेको छु । नौबिसेबाट उकालो लागेपछि नागढुंगा नपुग्दासम्मको कहालीलाग्दो साँघुरो बाटो अझ त्यो पनि घाईते ! राजमार्गमा भएका भयानक खाल्डा, खुल्डी र यसमा हुने सवारीको चाप । मलाई सोध्न मन लागेको छ – सिंहदरबार यो सब किन देख्दैन् ? र, म निश्कर्षमा पुगेको छु – नेपालीको बढ्दो जनसंख्यालाई नियन्त्रण गर्नका लागि राजमार्गहरु यस्तै हुनु पर्छ भन्ने हाम्रो सरकारको मान्यता हुनु पर्दछ ! मैले लाज मानेर के गर्नु ? तपाईले आँखा छोपेर के गर्नु ? जब हाम्रा नेताहरुमा दुरदर्शिता छैन् भने !

नांगो नाच, यौनधन्दा र राजधानी

मैले मेरो देशका बारेमा गर्व गर्दा अब गौतम बुद्ध, सगरमाथा, एकसिंगे गैंडा, जैविक विविधताले भरिपूर्ण देश वा जिउँदी देवी कुमारीको नाम लिनुपर्छ जस्तो मलाई लाग्दैन् । हामी अराजकता र उच्छृङ्खलताको सगरमाथा चढिसकेका छौं अब किन फोकटमा अरु अरु बहानामा नेपाली भएकोमा गर्व गर्नु ?! मैले यहाँ उल्लेख गर्न चाहेको सन्दर्भ मेरो पछिल्लो पटकको काठमाडौं भ्रमणको हो । यहाँले बुझिसक्नु भयो होला, काडमाडौं फगत हाम्रो देशको प्रशासनिक वा राजनैतिक राजधानी मात्र रहेन् । त्यो गुण्डाहरुको राजधानी हो, त्यो आन्दोलनकारीको राजधानी हो, हत्या, हिंसा र लुटपाटमा निमग्न अपराधीहरुको राजधानी हो । अनि राजधानी हो त्यो डान्स बारका नाममा नांगै नाच्ने तरुनी र उनीहरुका स्तन, नितम्ब वा हातको एक पटकको स्पर्शका लागि कामातुर बृद्ध सेठ र साहुहरुको पनि । मैले यसपटक यस्ता चार पाँच डान्सबारको भ्रमण गर्न पाएँ कि न जसको कुनै पत्रिका, रेडियो वा टेलिभिजनमा विज्ञापन नै देखिन्छन् न त त्यहाँ हुने कर्तुतका बारेमा तिनै पत्रिका, रेडियो वा टेलिभिजनका हेडलाइनहरु लेखिन्छन वा वाचिन्छन् ! न त ती ठाउँहरुमा समाजमा शान्ति, अमनचयन र सुव्यवस्थाको ठेक्का पाएका ...

रानीपोखरीमा उभिएर नेताहरू

काठमाडौंको रानीपोखरीमा अस्ताउँदो सूर्यलाई आराधना गर्दै भक्तजनहरु सूर्यसँग आफ्नो देशमा आउन नसकेको उज्यालो बिहानी मागिरहेका बेला हाम्रा देशका कथित वरिष्ठ नेताहरुले छठ पर्वको अवसरमा ताइँ न तुईको शुभेच्छा प्रकट गरेका छन् । मलाई लाग्छ यिनीहरुले छठ पर्वको उपलक्ष्यमा देशवासीलाई कस्तो शुभेच्छा प्रकट गरे त भनेर मैले यहाँ जस्ताको तस्तै लेखिदिए भने अ‍ैले ब्लग पढ्दै गर्नुहुने सबैमा हाँसोको फोहोरा छुटन् थाल्छ । शुरु गरौं हाम्रा महामहिम राष्ट्रपति डा. यादवको शुभेच्छाबाट, प्रधानसेनापति कटुवाललाई सेवाबाट बर्खास्त गर्ने तत्कालिन मन्त्रिपरिषदको निर्णय माथि आफ्नो असंवैधानिक कू गरी तत्कालिन समयको सरकारलाई ‘च्यालेन्ज’ गर्ने डा. साबले “समुन्नत नेपालको निर्माणमा अघि बढ्न प्रेरणा” मिलोस भन्ने शुभेच्छा व्यक्त गरेका छन् । आफ्नै अधिकार र कर्तव्यका बारेमा अनभिज्ञ महामहिम साबको शुभेच्छा नेपाली जनताले कसरी स्वीकार गर्ने ? त्यस्तै नेपालको ठूलो दलको हुँकार गर्दै हिड्ने एनेकपा माओवादीका अध्यक्ष प्रचण्डले आफ्ना मूसोलिनी मार्काको जुँगा मुसार्दै “राज्यको पुर्नसंरचनासहितको संविधान निर्माण” होस् भन्ने शुभेच्छा व्यक्त गरे...

एक हुल आइमाई

लिपिष्टकले रात्तिएका ओठ गाजालले भरिएका आँखा पाउडर छरिएका एक जोर गाला र, चाहानाले भरिएका मन लिएर पैसाले पुरा गर्न सकेन लौ ! बैशले भरिएको यौवन भन्दै लाहुर्नी मलाई चिथोर्न आउँछे, समुन्द्री छालले सिञ्चिए झै आफूलाई निथुक्क पारेर जान्छे ‘हेर त लुटिन नपाउँदै – मज्जासँग, भर्खर टुसाँएका यौनेच्छाहरुलाई त्यसै हताहत पारिदिएर असत्ती मलाई छाडेर हिड्यो’ “आउन तिमी मेरो राजा” भर्खर पोइले एक्लो पारिएकी नवयुवती मसँग छिल्लिन आउँछे, लुटेर मेरो सबै पुरुषार्थ बिटुलो परेर जान्छे । रंग उडेको मुहार र, ढंग गुमेको चाल लिएर व्यथाले किचिएर कुजिँए झै एक बाँझी आइमाई मेरो छेऊमै आएर बढो शिष्टताका साथ पुकार्छे– हे ! भगवान्, दिन सक्तैन मेरो नामर्द पोई मात्र एउटा शुक्र किटाणु लैजाऊ योवन बन्धकी भन्दै, मात्र एकपटकको सहवास माग्दछे ।