Skip to main content

नागरिक, नागरिक सर्वोच्चता र आन्दोलन

प्रदर्शनी मार्गमा आफ्ना कार्यकर्ताहरुलाई भाषण दिएर चित्त पार्ने क्रममा प्रचण्डले बोले – मंसिर ५ गतेसम्म पनि यो कठपुतली सरकारले राष्ट्रपतिको असंवैधानिक कदमका सम्बन्धमा संसदमा छलफल गर्ने वातावरण निर्माण गर्नलाई अटेर गरी नागरिक सर्बोच्चता स्थापनाको यो अभियानमा रोकावट दिन्छ भने त्यसको मूल्य यो सरकारले चुकाउनु पर्छ । म प्रचण्डको भाषणलाई टिभिमा ध्यानपूर्वक सुन्दै र हेर्दै बसिरहेको थिएँ । तब प्रचण्डको चेतावनी मिश्रित भाणणमा मेरी धर्मपत्नीले “नागरिक सर्वोच्चता” भन्ने शब्द सुनिन्, राजनीतिमा खासै चासो नदेखाउने उनले मलाई “नागरिक सर्वोच्चता” को अर्थ सोधिन् । म बिचरालाई त्यसको अर्थ के थाहा ? म विलखबन्दमा परेँ । उनको ट्यान ट्यान रोकिएन् । “नागरिक सर्वोच्चता भनेको बन्द, हडताल, घेराबन्दी र आन्दोलनबाट जनता पिल्सनुलाई भन्या होला ।” उनले आफ्नो सिधा सादा परिभाषा दिएको जस्तो मलाई लाग्यो । मैले केहि बोलिन । हुन पनि अस्ति दुई दिन सम्म देशभरका जिल्ला प्रशासन कार्यालय घेराऊ “नागरिक सर्वोच्चता”कै लागि भएको थियो । बिचरा दुरदराजका गाउँबाट यो राज्यले यहाँका जनतालाई निशुल्क दिन सकेको त्यही एउटा नागरिकताको खोस्टोका लागि उनीहरुको आन्दोलनका बारेमा थाहा नपाई सदरमुकाम झरेका नागरिकहरुले दुई दिन त्यसै गोता खानुपर्दा कस्तो महशुस गरे होलान् ? अझ आफूहरुकै सर्वोच्चता स्थापनार्थ चलिरहेको आन्दोलनका बारेमा थाहा नपाउँदा नागरिकता र राहदानी लिन झरेका नागरिकहरुको मन कति कुडिँयोहोला ? भलै जेहोस्, मेरै धर्मपत्निले “नागरिक सर्वोच्चता” का बारेमा बुझेको कुरा यथार्थ हो भन्ने मेरो मान्यता हो । दुई दिनसम्म राज्यसञ्चालनको मुख्य प्रशासनिक केन्द्र घेराऊमा कति नागरिकहरुले सास्ती खेप्नु परेको होला त्यो पनि बिचरा उनीहरु कै सर्वोच्चता स्थापनाका लागि चलेको आन्दोलनका कारण ! अर्कोतिर भाद्र पहिलो सातादेखि अबरुद्ध संसद नखुल्दा अझै बजेट पास हुन नसकिरहेको यस सन्दर्भमा राष्ट्रसेवक कर्मचारी, प्रहरी र सेनाहरुले कार्तिकदेखिको तलब भत्ता नपाउने निश्चित भैसकेको यो समयमा ती राष्ट्रसेवक कर्मचारी, प्रहरी र सेनाहरुको नागरिक सर्वोच्चताका बारेमा किन ध्यान पुर्‍याउँदैनन् प्रचण्ड कुन्नी ! तिनीहरुको तलब भत्ताको कुरा त गोली मार्दिम् । विकास निर्माणका लागि तिर्खाइरहेका करोडौं नेपालीहरुले आ–आफ्ना गाउँघर र क्षेत्रमा परेका योजनाको बजेट पास नभएर निकासा हुन नसक्ने कुरा अनुभूत गरिरहँदा आफ्नो “नागरिक सबोच्चता” कसले बन्धक बनाएको छ भेऊ पाए हुनन् कि नहुनन् ! बडो अचम्मको कुरो छ ! आखिर कुरो जे भए पनि, हरेक दलको अभिष्ट नागरिक सर्वोच्चता नै हुनु पर्छ । यदि सबैको अभिष्ट एउटै हो भने दलहरुको यो व्यवहारले नेपाल र नेपालीको भविष्यलाई कता डोहो¥याउँदै छ, त्यो प्रचण्डले जान्नै पर्ने कुरा हो । गिरीजाले बुझ्नै पर्ने कुरा हो । र, त्यो यो देशको नमुना सरकारका प्रमुख माधवकुमारले सोच्नै पर्ने विषय हो । राजनैतिक दल र नेपाली नेताहरुले खास नेपाली नागरिकहरुको भावनालाई चोट पुर्‍याउने काम गरे भने तिनीहरुले बिर्सनु हुँदैन् संसारको कुनैपनि देशका कुनै पनि जनताले आफ्नो देशमा कुनै किसिमको तानाशाह र निरंकुशता सहन गर्न सक्दैन् । भोली विशुद्ध नेपाली नागरिकहरुले गर्न सक्ने आन्दोलनको तेजले न प्रचण्ड भन्छ, न गिरीजा मान्छ न त माधवकुमार सम्झन्छ । वा, सिधा आँकलन गर्दा, जनताको शक्ति कुनै पनि दल विशेष वा नेता र कार्यकर्ताहरुको भन्दा कयौं गुणा ठूलो हुन्छ । होशियार हैं दलहरु !

Comments

Popular posts from this blog

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

यो के गर्यौ तिमीले मेरा प्यारा हन्तकालीहरू हो?

"सर, चाउमिन बाँकी रह्यो । एक प्लेट थपिदिऊँ ?" स्कुलको क्यान्टिनका मुख्य कुक पाण्डे दाईले मलाई कान मैं आएर भनेपछि मैले नाइँ भन्नुपर्ने कारण देखिनँ ।  वाइवाइ चाउचाउको चाउमिन यस्तो मीठो थियो कि एक प्लेट खाँदा पनि मेरो जिब्रोको भोक मेटिएकै थिएन् । मैले अर्को प्लेट हसुरेँ ।  पाण्डे दाईले थपिदिएको त्यो उभ्रेको एक प्लेटबाट दोस्रो चोटी काँटामा बेरेर मैले मुखमा पुर्याउनै आँटेको के थिएँ, टेबलटेनिसको पुरानो हरियो टेबलमाथि बसेर भर्खर सकिएको दोस्रो त्रैमासिक परीक्षाको कापि जाँच्दै गरेका जनसंख्या शिक्षक एवं म अध्यापनरत विद्यालयका संस्थापक नराम्ररी बिच्किए । भन्दै थिए, "यहाँ आफूले एक प्लेट पाइया छैन्, सरले दुइ प्लेट नै उठाइदिने ?"  भोकले रन्थनिएका केसी सरले अहिले मैले मिलाएर लेखेको भन्दा तिखा शब्दहरू उनेर केहि भनेका थिए । सायद उनको ठाउँमा म र मेरो ठाउँमा उनी भएका भए त्यसबखत उनले मलाई मारेभन्दा बड्ता पेचिलो डायलग म मार्ने थिएँ होला । डायलग मार्न म बच्चैदेखि खप्पिस हुँ ।  तर त्यो वखत डायलग बेहोर्नेमा म थिएँ, मार्ने अर्को कोही । एकैछिन अघिसम्म मीठो भएको त्यो वाइवाइ चाउचाउको चाउमिन के...