(देशको मायाले मलाई लेख्न विवश गरायो – यो प्रस्तुत गजल । जब मैले देख्दै र भोग्दै आएँ, मेरो देशमा उचाई भएको नेताको अभाव, खाँटी देश र जनताप्रेमी नेताको रित्तता अनि मलाई कोर्न मन लाग्यो, यो गजल । हरेक दिन जब मैले देखेँ थुप्रै नेपाली युवायुवतीहरू कहिले कामका लागि कहिले पढ्ने बहानाका लागि सम्पन्नशाली देशका राजदुतवासमा भिषाका लागि तछाँडमछाड गरेको मैले आफूलाई पनि उभाएको छु, त्यो भिडमा । अनि लाग्यो, मलाई एउटा देशप्रेमी दीलको खाँचो छ, जसले सधैँ गर्न सकुँ मैले मेरो देशको माया । बाँकी गजलमा....)
जन्माउन सक्ने सपुत कोख पठाईदिनु
माथि पुग्छौं मिलेर भन्ने सोच पठाईदिनु
सिंगार्नेछौं मेहनतले हाम्रो प्यारो देश यो
देश बन्न सघाउ पुग्ने जोश पठाईदिनु
देशलाई माया मारी कति डाँडा काटी गए
मेरो प्यारो नेपाल भन्ने ओठ पठाईदिनु
रोएन कि देश रुँदा कठोर हाम्रा मन
देश दुख्दा मलाई दुख्ने चोट पठाईदिनु
(शिरीषका स्पनदनहरुबाट)

Comments

Unknown said…
gajjab lagyo hai !