यसपालीको यात्राको दोश्रो दिन बिहान ११ बजेतिर धारापानी पुग्नै आँटेका बेला हामीले तस्बिरमा देखिएका यी बृद्ध मानिसलाई भेट्न पायौं । परैबाट ती बृद्धले नमस्कार गर्दै हामी नेर आईपुगे । “म राँडो मान्छेलाई सज्योग (सहयोग) गरेर धर्म गर्नुस् साब ।” खानका लागि गाउँबाट लिएर आएको दुई तीन माना काँचा मकै पुरानो उध्रेको कोटबाट झिकेर देखाउँदै उनले भने – “हजुर, घरमा कोही छैन् (म एक्लो छु) । काममा कसैले डाक्तैनन् । खानका लागि हजुरहरु जस्तै दयालुहरुले दिएको दुई चार पैसा दामले खानेकुरा किनेर खाँदै बाँचेको छु हजुर । बृद्ध भत्ता दिन सचिव नानी पनि आउनु भएन ख्वै ? तपाइँहरुले बाटोमा भेट्नु भएन् ?” बृद्धको कुरा सुने पछि मलाई लाग्यो – मेरो देशमा यिनकै जस्तै नियती भोग्ने बृद्धबृद्धाको सँख्या कति होला ? अनि ती वृद्धहरु मध्ये कोही देशको बागडोर समाल्दै आएका राजनैतिक हर्ताकर्ताहरुका माता, पिता, बाजे वा बज्यै होलान् कि नाई ?!
बृद्धप्रति एक मुठी अगाध दया वा माया के पलायो मलाई थाहा भएन् मैले उनको हातमा रु ३०।– को नोट राखिदिए, उनले बाटोको छेऊमै रहेको पातिको बुटाबाट केही पातहरु टिपेर मेरो कानमा पहिरिदैँ भने – साबको जय होस् । उनीबाट लगभग छुट्टिएर मेरा पाईलाले आधा कोषको बाटो नापिसक्दा पनि उनी यथावत उही स्थानबाट मतिरै हेरेर बसिरहेका थिए । मानौं उनले म जस्तो अर्को कुनै उनकै भाषाको एक ‘साब’ आउने प्रतिक्षामा केही घण्टा त्यहि प्रतिक्षा गरिरहेछन् ।
बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ । बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे । मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले पूर्ववतः गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...
Comments
Post a Comment
प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।