Skip to main content

Posts

एक विवश नागरिक र उसको दैनिकी

आज मैले बढो दुःखको साथ यहाँहरूले जानकारी पाइसकेको कुरोलाई मेरो आफ्नो बुझाइका आधारमा केहि लेख्ने कोशिस गरेको छु । शुरूमा त मलाई हाम्रो देशको यो फोहोरी राजनीतिका विषयमा टिकाटिप्पणी गर्न के आवश्यक छ र भन्ने महशुस भयो । तर एक सचेत नेपाली नागरिक भएको महशुस भएपछि मैले आफूलाई रोक्न सकिन र मेरा औलाहरू कि–बोर्डमा एकतमास नाच्न शुरू गरे । यतिखेर रात्रीको नौ बजेर २५ मिनेट गैसकेको छ । भोली बिहान सबेरै उठेर बिहानी कक्षाका लागि कलेज जाने श्रीमतीको कामलाई सम्हाल्नु र छोरीलाई हेर्नु मेरो नियमित जिम्मेवारी नै हो । अहिले ढिला गरेर सुते भने भोली उठीसक्दा मेरो निद्रा पुग्ने छैन र मलाई आफ्नो कार्यसम्पादनमा निकै नै अप्ठ्यारो हुनेछ भन्ने थाहा हुँदाहुँदै पनि मैले आफ्नो भावनालाई यहाँ रोक्न सकिरहेको छैन् ।  शुरु कहाँबाट गरूँ ? जब लेख्नका लागि एउटै विषयका थुप्रै उपविषयहरू प्राप्त हुन्छन् अनि म जस्ता भर्खर लेख्न थालेका मान्छेहरूलाई विषयप्रवेश सबभन्दा ठूलो चूनौती बनिदिदों रहेछ । मलाई यसबखत झल्झल्ती याद आइरहेको छ त्यो बखत जतिखेर निरंकुश भनिएको राजतन्त्रको समाप्तीका लागि छाति खुल्ला राखेर म सडकमा चिच्याईरहेको ...

पाइला – पाइलामा समस्या

पहाडी क्षेत्रका अझ त्यो पनि कच्ची बाटोमा यात्रा गर्दाका अनुभव प्रत्येक पल्ट ती यादगार क्षणहरू बन्न पुग्दछन् । कतिपय अवस्थामा ती ज्यानै जानसक्ने जोखिमयुक्त पनि हुन सक्दछन् भने कहिलेकाही ती यात्रुहरूका लागि रमाईलो र फ्रेश बन्ने अबसरका रूपमा पनि प्रयोग गर्न सकिने स्तरका हुन्छन् । तस्बिरमा देखिएको दृश्य चाहिँ केहि हप्ता अगाडि म ताकम क्षेत्रमा फिल्ड गएर बेनी फर्कदा हो । दरबाङ सबेरै सबभन्दा शुरूको क्युमा रहेको यो बसमा म ५ दिन पछाडी मेरी प्रिय सानुको हातबाट बनेको खाना खान लालयित भएर अति उत्साहित भएर चढेको थिएँ । जति जति यो दरबाङबाट टाढिदै थियो उति उति म मेरी सानु र प्यारी छोरी एन्जिलसँगको भेटलाई नजिकाउँदै थिएँ । तर दुर्भाग्य यो गाडी कम्तिमा डेढ घण्टासम्म डम्मरा (बेनी मंगलाघाटदेखि पैदल २० मिनेटको बाटो) मा आएर फसिरह्यो । म चढेको गाडिको ड्राइभर आफू नै उक्त सवारीको धनी भएको नाताले पनि हुनुपर्छ अति नै सम्बेदनशिल भएर त्यहाँबाट बाहिर निकाल्दै थियो । तर ऊ सफल हुन सकिरहेको थिएन । म लगायत बसमा सवार प्रायः यात्रुहरूले उसलाई विभिन्न संज्ञा दिन थालिसकेका थियौं । छेराउटे, कायर, डरछेरुवा, मख्खीचुस आदि इत्य...

कल्पनाभन्दा केहि पर : बेनीदेखि सोर्मार्कासम्म

विभिन्न बस स्टपहरूमा निर्धारित समयमा रोकेर, यात्रुहरू झराल्दै र उकाल्दै हामी सवार बस सोर्मार्काको बस स्ट्याण्डमा आएर रोकियो । क्याथ्रिन, एलि, हन्स, प्रजु र म क्रमशै ः बसबाट ओर्लियौं । हन्सले हामीलाई कार्यक्रम स्थलमा लगे । साँझको करिब सात बजेको समयमा हामी तालिम स्थलमा पुग्यौं । केन्याका लागि युवा स्वयंसेवक रहिसकेकी रेग्नल्ड स्टाधिम र कार्यक्रम संयोजक लट्टा क्याटबग म्याडसेनले हामीलाई न्यानो स्वागत गरे । र, काउण्टरमा रहेकी एक अधवैशेंले हामीलाई आ–आफ्ना कोठाहरूको कि–कार्ड दिइन्, तत्पश्चातः हामी केहिबेर आरामका लागि आफ्नो कोठातिर लाग्यौं । एक थान टिभि र आरामदायी दुईवटा विस्तराको साथमा रहेको एक थान दराज भएको एट्याच बाथरुम सहितको कोठाभित्र पस्दा बित्तिकै मन पुलकित भएर आयो । अहा ! म त्यो क्षणको बयान यहाँ शब्दमा कसरी गर्न सकुँ ? त्यो भब्य कोठाबाट फुसफुस परिरहेको हिउँलाई झ्यालबाहिरको होचा रुखहरुको सानो वनमा मैले अविछिन्न हेरिरहेँ ! प्रणयदिवसको त्यो दिन मैले मेरी धर्मपत्नीलाई एकतमास सम्झिराखेँ । अझ साँच्चिकै भन्नुपर्दा त्यो फुस्फुसाईरहेको हिउँले मलाई मेरी धर्मपत्नीको याद दिलायो । कल्पनामा मैले मेर...

माधवको राजीनामाले दिन सकोस् राष्ट्रलाई उचीत निकास

अन्तत : प्रधानमन्त्रीको कुर्सीमा बसेको लगभग १३ महिना पुग्नै आँटेपछि नेपाली राजनीतिमा सर्बाधिक विवादास्पद प्रधानमन्त्रीका रुपमा चित्रित २२ दलीय संयन्त्रका साझा उम्मेदवार बनि प्रधानमन्त्रि बन्न सफल माधवकुमार नेपालले आज राजीनामा दिएका छन् । २२ दलीय संयन्त्रमा गठित आफ्नो नेतृत्वको सरकारलाई टिकाइराख्न माधवकुमार नेपालले जीवनमा सर्वाधिक तनावका दिनहरूका रूपमा बिताए भन्नेमा सहजै अडकल काट्न सक्तछौं । विभिन्न मितिमा गरी बितेका १३ महिनामा उनले मन्त्रिपरिषदलाई ८ पटकसम्म बिस्तार गरी ४३ सदस्यीय बनाएका थिए । हालसम्मकै दोश्रो ठूलो आफ्नो नेतृत्वको सरकारलाई टिकाइराख्न उनले विभिन्न कसरतहरू गरिराख्न विवश बने । प्रत्येक बिहान भारतीय राजदुत राकेश सुदलाई भेट दिनु र भेट्नु, तथा गठबन्धनमा रहेका हरेक नाम मात्रका दलहरूको संयुक्त बैठक डाकिराख्नु र छलफल गर्नु तथा गराउनु उनका नियमित कामका रूपमा देखिए । संविधानसभाको निर्वाचनमा दुई फरक जिल्लाका दुई फरक निर्वाचन क्षेत्रहरूबाट निर्वाचन लडेपनि चुनाव हारेका उनी सम्भवत निर्वाचन हारेपनि प्रधानमन्त्री बन्न पाउने विश्वकै अहिलेसम्मका एक मात्र र सायद अन्तिम व्यक्ति हुन सफल भए ।...

प्रम माधव नेपालको अन्तिम सम्बोधन

आदरणीय दिदी-बहिनी तथा दाजुभाइहरु ! तेह्र महिनाअघि मैले प्रधानमन्त्रीको पद सम्हालेदेखि आजसम्म आइपुग्दा अनेकौं घुम्तीहरु पार भएका छन् । तत्कालीन प्रधानमन्त्रीले राजीनामा गरेपछि उत्पन्न अप्ठ्यारो राजनीतिक परिस्थितिमा २२ राजनीतिक दलको समर्थनमा २०६६ जेठ ९ गते व्यवस्थापिका-संसदबाट म विधिवत् प्रधानमन्त्रीमा निर्वाचित भएको थिएँ । ऐतिहासिक जनआन्दोलनको उपलब्धि लोकतान्त्रिक गणतन्त्रमा सरकार प्रमुखको महत्वपूर्ण जिम्मेवारीलाई मैले देश , जनता र लोकतन्त्रका पक्षमा दृढताका साथ बहन गर्ने इमानदार प्रयास गरेको छु । राजनीतिक आन्दोलनको महाअभियानमा अमूल्य जीवनको आहुति दिने ज्ञात-अज्ञात शहीदहरुप्रति म हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । साथै , आन्दोलनका घाइते र अपाङ्गहरुप्रति ऐक्यबद्धता प्रकट गर्दछु ।  शान्ति प्रक्रिया आरम्भ भएपछि राष्ट्रको सर्वोपरी हित तथा नयाँ संविधान निर्माण र शान्ति प्रक्रियालाई सार्थक निष्कर्ष पुर्‍याउने साझा मूल कार्यलाई सम्पन्न गर्ने न्यूनतम सहमतिका आधारमा सबै सरकार गठन भएका हुन् । तर पनि , ती सबै साझा कार्यहरु सम्पन्न भएका छैनन् । स्वाधीन , सबल , समृद्ध , स्वाभिमानयुक्त र शान्त ल...

साइकल माथि चढेर, सपना चुम्ने मेरो साथी

जलवायु परिवर्तनले विश्वव्यापी रुपमा पारेको प्रभावलाई केहि हदसम्म भए पनि न्यूनिकरण गर्नु र परिवर्तित जलवायुमा अनुकुलन हुनु आजको विश्वका लागि यी सबभन्दा महत्वपूर्ण पहिलो दुई विकल्प हुन् । जलवायु परिवर्तनको मुद्दाले अहिले विश्वका सबै गरिव तथा धनी, विकसित तथा अविकसित सबै देशहरूलाई एउटै मञ्चमा उभ्याईदिएको छ । र, विश्वका प्रत्येक राष्ट्रहरूले प्रत्येक मञ्चमा यिनै दुई विकल्पका बारेमा भरपुर छलफल चलाउने र यीनको सफल कार्यान्वयनका लागि अति नै महत्व दिदैँ आएका छन् । तथापि, समस्या भने ज्यूँका त्युँ नै छ । जलवायु परिवर्तनका कारण उत्पन्न दुष्परिणामहरूबाट सबभन्दा बढी जोखिममा पर्ने मुलुकहरुको अग्रपंक्तिमा रहेको हाम्रो देशमा जलवायु परिवर्तनका प्रभावका कारण उत्पन्न हुने जोखिमलाई न्युनिकरण गर्ने आवश्यक श्रोत र साधनको टड्कारो खाँचो अवश्य नै छ । तथापि, यो समस्यालाई समस्याका रुपमा मात्र नहेरी समाधानका आवश्यक उपायहरूको अधिकतम खोजी गर्नु पर्ने हाम्रो दायित्व पनि हो । र, परिवर्तित जलवायुका क्षेत्रमा युवाहरूको भूमिका त झन उदाहरणीय हुनु आवश्यक नै हुने भो’ । यस्तै भूमिकालाई आत्मसाथ गरेका एक युवासँग मेरो मित्रता हु...

कल्पनाभन्दा केहि पर ः बेनीदेखि सोर्मार्कासम्म

चार पाच घण्टाको आराम पछाडि हन्सले हामीलाई हाम्रो गन्तव्य स्थल सोर्मार्कामा जाने समय भएको बताए । मनमा अनेकन जिज्ञासाहरू उठिरहेका थिए । एक प्रकारको कौतुहुलता मनमा जागिरहेको थियो । हवाई यात्राको सम्पूर्ण थकान ओश्लोका सडकमा हिडिरहँदा त्यहाँ भएको हिउँको दृश्यले सम्पूर्ण रुपमा नामेट भएको अनुभूति भैरहेको थियो । तथापि बादलले टम्म ढाकिएको आकाशबाट सूर्यको छिद्र ताप मात्र हामीसम्म आइपुगेको थियो । हामीलाई एकदम समयभित्र बस टर्मिनलसम्म पुग्नु आवश्यक थियो । तर हिउँले चम्किरहेका ओश्लोका सडक, पुल, भवन, उद्योग, स्टेडियम, मार्केट स्क्वायर अनि वनलाई पृष्ठभूमिमा राखेर तस्विर खिच्ने अवसरलाई मैले हतास मुडमा गुमाउन चाहिन । मेरो अनुरोध पछि हन्स र प्रजुहरु पनि तस्विर लिन राजी भए । त्यो जेब्रा क्रसिङ्ग थियो र म जेब्रा कसिङ्ग पार गर्नै लाग्दा एउटा कार आएको देखिएपछि टक्क रोकिए । कार आफ्नो गतिमा आइरहेको थियो । तर अचम्म कार रोकेर, चालकले पहिला मलाई बाटो पार गर्न इशारा दिए । म छक्क परेँ त्यहाँको सडक अनुशासन देखेर । हाम्रोमा सवारी हाक्नेहरू सडकका सर्वेसर्वा मानिन्छन् । मानौं सडक खाली नहुन्ज्याल वा ढुक्कसँग सडक पार गर...

यस्ता छन् आन्दोलनका सहभागीहरू

माओवादीहरुको आमहडतालको पहिलो दिन बैशाख १९ गते बेनीको र्‍यालीमा सहभागी यी व्यक्तिलाई देखेपछि मलाई लाग्यो – के साँच्चिकै यो आन्दोलन “के कस्का लागि” र “किन” भन्ने बुझेर आएका होलान् यिनी ? बिचरा आफ्नै अन्यौल भविष्यका सम्बन्धमा बेखबर यिनीजस्तै युवाहरू कति भ्रामक छन् – आन्दोलनमा ? अब घरमै गएर आन्दोलनमा जानु पर्छ भन्ने ह्विप जारी भएपछि यिनीहरूको के लागोस् ?

मेरो आशिर्वाद छ, नेताहरूलाई

              बेनीमा आयोजित प्रदर्शन जागिर त गर्नैपर्‍यो ः प्रहरी टोली आखिर माओवादीहरुको अनिश्चितकालिन आमहड्ताल शुरु भएरै छाड्यो । छिटफुट हिंसात्मक घटनाबाहेक आन्दोलन शान्तिपूर्ण नै रहेको छ । तर यसपालीको उनीहरुको आन्दोलन भने केही खुकुलो रहेको अनुभूति भएको छ । पानी ट्याङ्कर, एम्बुलेन्स, पर्यटक बोक्ने गाडीहरु चल्न दिने बताइएको छ । तेस्रो जनआन्दोलन भनेर नाम दिइएको यस आन्दोलनमा  गाउँ गाउँबाट मानिसहरु काठमाडौं झिकाइएको छ । आन्दोलन जतिसुकै शान्तिपूर्ण भनिएता पनि आन्दोलनमा सहभागी केही प्रदर्शनकारीहरुले सडकमा वितण्डा मच्चाउनकै लागि आएको झैं व्यवहार गरिएका घटनाहरु पनि सार्वजनिक भएका छन् । आम हडतालकै कारण अधिकांश स्थानमा कक्षा १२ को अन्तिम परिक्षा समेत स्थगन गरिएका छन् । नेपालमा यसरी हडताल, बन्द र आन्दोलनका कारण नागरिकको शिक्षा प्राप्त गर्ने हक, स्वास्थ्यको हक र विना रोकटोक शान्तिपूर्ण ढंगले एक ठाउँबाट अर्को ठाउँमा पुग्न पाउने जस्ता मौलिक हकहरु समय समयमा बन्धक बनाइएका छन् । जुन माओवादीहरुको यो आन्दोलनबाट समेत अछु...

सरस्वतीको मन्दिरमा क्रान्तिकारीको तोडफोड !

नीजि विद्यालयले मनपरी शुल्क बृद्धि गरेको निहुँमा माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको देशभर विद्यालय बन्द गर्ने कार्यक्रम अनुसार म्याग्दी जिल्लाका अखिल क्रान्तिकारीमा संलग्न युवाहरुले पनि सदरमुकामका नीजि विद्यालयहरु आजदेखि पूर्णरुपमा बन्द गराएका छन् । आफ्नो माउ पार्टीले बैशाख १८ गतेदेखि गर्ने भनेको आन्दोलनबाट प्रेरित भएर अखिल क्रान्तिकारीका विद्यार्थीहरुले नीजि विद्यालय बन्द गराएको कारण शुल्क बृद्धि बहानाबाजी मात्र भएको धेरैको टिप्पणी छ । विद्यालय बन्द गराउने काममा उनीहरु निकै हदसम्म पूर्वाग्राही भएर लागेको सदरमुकाम बेनीस्थित विद्यालय बन्द गराउने क्रममा उनीहरुले देखाएको हर्कतबाटै प्रष्ट हुन्छ । नेपाली कांग्रेस जिल्ला कार्य समितिका उपसभापति रेशम बानियाँद्धारा संचालित बेनी आवासीय मा.वि.मा बन्द गराउने क्रममा उनीहरुले तोडफोड समेत गरेका छन् । तोडफोडबाट खासै ठूलो क्षति नभएपनि बजारबासी बुद्धिजीवीहरुको अखिल क्रान्तिकारीका विद्यार्थी तथा नेताहरुले विद्यालय बन्द गराउने नाममा पूर्वाग्राही व्यवहार प्रदर्शन गरेको ठहर छ । आफ्ना पार्टीमा संलग्न सुवासकुमार श्रेष्ठ तथा रवीन्द्रराज जोशी संचाल...

आमस्टर्डमदेखि ओश्लोसम्मको यात्रा

बादल माथि माथि उड्नुको मज्जै बेग्लै ! मलाई आमस्टर्डमदेखि ओश्लोसम्मको यात्रा अवधीभर महशुस भएको एउटै मात्र सत्य नै यहि थियो । सहकर्मी प्रजु थकान भरिएको निन्द्रा निदाईरहेको बेला म यति लालयित भएर समुन्द्र खोजिरहेको थिएँ कि मेरो वशमा भैदिएको भए समुन्द्र ढाकेर छरिएको बादललाई एकै निमेशमा हटाएर समुन्द देख्ने मेरो प्यास एकै पलमा मेटाउथेँ तर कहाँ सक्नु ? आखिर समुन्द्र देख्नै नपाई CITY HOPPER ले १ घण्टा ५० मिनेटतिर हामीलाई ओश्लो एअरपोर्टको सिधैं माथि ल्याई पुर्‍यायो । झ्यालबाट मैले यसो चिहाएको मात्र के थिएँ, हिउँ नै हिउँले छोपिएको ओश्लोको दृश्यले मलाई यति रोमाञ्चित बनाईदियो कि अगाडि समुन्द्र देख्न नपाएको थकथक एकै निमेशमा झ्वाम ! “आहा कति राम्रो” प्रजुको आवाजले मलाई झसङ्गै पारिदियो । उनी पनि त्यो मनमोहक दृश्यले उत्तिकै रोमाञ्चित भएको मैले सहजै अनुमान लगाउन सकेँ । साँच्चिकै जाडो याममा ओश्लोको विशेषता नै हिउँले पुरिनु रहेछ ! उता हाम्रा हिमाल हिउ कंगाल भैरहेका बेला यता मिटरका मिटर हिउँ जमेको देखेर आहरिश पनि लाग्यो । तर मन बुझाउनु बाहेक अर्को उत्तम विकल्प पनि त थिएन् ! मौसमको खराबीका कारण ह...

संविधान सभाको अर्को चुनाऊ

राजनीति त्यसै त नबुझिने विषय झन नेपालको राजनीतिको त के कुरा गर्नु र ? कुरा गरेरै साध्य छैन् । न सत्ता पक्ष दलहरू गम्भिर देखिन्छन् न सत्ताका लागि कसरत गरिरहेका दलहरु इमान्दार देखिन्छन् ! सायद अजब देशको गजब कहानी भनेकै यहि नै होला । भाद्रदेखि चलिरहेको कुर्सीको द्धन्द्ध यति विधि उछालिएर आयो कि त्यो समयको दौडानमा ठूला भनौंदा दलहरुको दिमागमा संविधान निर्माणको कार्य तालिका कहिल्यै घुसेन् उनीहरुको दिमागमा खाली एउटै मात्र कुरा नाचिरह्यो – सत्ता जोगाइराख्न सकेमा वा त्यो कुर्सीमा पुग्न सकेमा जाबो संविधान त एक चुट्कीको भरमा भैहाल्छन नि !

यी दिशाहिन माउबादीहरू

करिब ८ महिनापहिले भदौंको दोश्रो हप्तादेखि “नागरिक सर्बोच्चता” को बहाली गर्ने एकमात्र आफ्नो उद्देश्य किटेर सडक र सदन आन्दोलन तताउन शुरु गरेको माओवादीको आन्दोलनले आजको मितिसम्म न त उसले दावी गरेको “नागरिक सर्बोच्चता” नै कायम गर्न सक्यो न त आन्दोलनले निर्णायक समाप्ती नै प्राप्त गर्‍यो । बरू हाँसो उठ्दो कुरो त उसको आन्दोलनले आजका दिन सम्म पाँचौ चरण पार गरिसक्दा उसले उद्देश्य किटेको “नागरिक सर्बोच्चता” को मु्द्दा समेत अहिले ओझेलमा पर्न गएको छ । अनि उसको नयाँ माग छ, स्वाधिनता ! हुन त “नागरिक सर्बोच्चता” भनेको के हो ? र, यसको कुन कुन क्षेत्रको व्याख्या गर्दछ ? भन्ने कुरा आम जनताले थाहा नपाउँदै उनीहरुले शुरु गरेको “स्वाधिनता” अर्थ र यसले समेट्ने क्षेत्रहरुको बारेमा जानकारी हासिल गर्न नपाउँदै फेरि कुन नयाँ शब्दको उदय हुने हो त्यो त आउने समयले नै बताउँला । राजनीतिक विश्लेषकहरुले माओवादी अब विस्तारै दिशाहिन हुन थालेको र ऊ आफ्नो अबको कार्यनीति जनसत्ता, जनविद्रोह वा संविधान निर्माण के रहने हो भन्ने कुरामा अलमलमा परिरहेको बताउँदै आएको बखतमा झण्डै २४ घण्टाको म्याद नगुज्रिदै बसेको स्थायी समितिको पछिल्...