Skip to main content

Posts

आन्दोलन, सरकार र अनिश्चित राजनैतिक भविष्य

नेपालको पछिल्लो राजनैतिक घटनाक्रम देशको भविष्य यसै होला भनी अनुमान गर्न नसक्ने हिसाबले अगाडि बढेको छ । विगत २ महिनादेखि अबरुद्ध हुँदै आएको व्यवस्थापिकाको बैठक सधैँजसो भोलिपल्ट ३:१५ का लागि स्थगित हुँदै आएको छ । यो श्रृखंला नियमित स्वभावका रुपमा विकास हुँदै आएको छ । तीन प्रमुख राजनैतिक दलहरुबीच बढ्दै गएको चर्को ध्रुबिकरण यसको मुख्य कारण हो । राजनैतिक दलहरु आ–आफ्नै अडानमा अडिग हुनाले देशमा विद्यमान राजनैतिक समस्याले सजिलै निकास नपाउने छाँट देखिन थालेको छ । कार्तिक ११ गते एनेकपा (माओवादी) को केन्द्रीय कमिटि बैठकले यहि कार्तिक १५ देखि देशमा दबावमूलक आन्दोलनको जेहाद छाड्ने घोषणा गरेकै भोलिपल्ट कार्तिक १२ गते नेकपा (एमाले) संसदीय दलको बैठकले माओवादीलाई आफ्नो आन्दोलनका कार्यक्रम फिर्ता गर्न लगाउने निर्णय गरेको छ । लामो समयदेखि सडक तताउने कार्यक्रम नगरेको माओवादीलाई आन्दोलनका घोषित कार्यक्रमहरु सञ्चालन गर्न व्यापक नैतिक दबाव रहेको चर्को सन्दर्भमा उसले गर्ने भनेको मशाल जुलुसदेखि राजधानी नाकाबन्दीसम्मका कार्यक्रम विफल पार्न कुनै कसर बाँकी राख्न नहुने अड्डी कसेको सरकारबीच हुने मुठभेडले देशमा ठूल...

राजमार्गका चित्रहरु

राजमार्गका यस्ता खाल्डा कहिले पुरिएलान ? थोत्रा ट्रकका धुवा कती पिउने ? राजमार्गका यस्ता घाउहरुको उपचार कहिले गर्ने ? म २०५८ देखि काठमाडौंमा जाने आउने गरेको छु । अर्थात् यो समयसम्म म कम्तिमा पनि पचासौं पटक काठमाडौं ओहोरदोहोर गरिसकेको छु । मेरो जस्तै यहाँहरुको पनि काठमाडौं जाँदा\आउँदाका आ–आफ्नै अनुभव होलान् अझ विशेष गरी देशको राजधानी छिर्ने एउटा मात्र राजमार्ग पृथ्वी राजमार्गको हविगती देखेपछि ! मैले विगत ८ वर्षदेखि धेरै नजिकैबाट यो क्षतविक्षत राजमार्गलाई नियालीरहेको छु । नौबिसेबाट उकालो लागेपछि नागढुंगा नपुग्दासम्मको कहालीलाग्दो साँघुरो बाटो अझ त्यो पनि घाईते ! राजमार्गमा भएका भयानक खाल्डा, खुल्डी र यसमा हुने सवारीको चाप । मलाई सोध्न मन लागेको छ – सिंहदरबार यो सब किन देख्दैन् ? र, म निश्कर्षमा पुगेको छु – नेपालीको बढ्दो जनसंख्यालाई नियन्त्रण गर्नका लागि राजमार्गहरु यस्तै हुनु पर्छ भन्ने हाम्रो सरकारको मान्यता हुनु पर्दछ ! मैले लाज मानेर के गर्नु ? तपाईले आँखा छोपेर के गर्नु ? जब हाम्रा नेताहरुमा दुरदर्शिता छैन् भने !

नांगो नाच, यौनधन्दा र राजधानी

मैले मेरो देशका बारेमा गर्व गर्दा अब गौतम बुद्ध, सगरमाथा, एकसिंगे गैंडा, जैविक विविधताले भरिपूर्ण देश वा जिउँदी देवी कुमारीको नाम लिनुपर्छ जस्तो मलाई लाग्दैन् । हामी अराजकता र उच्छृङ्खलताको सगरमाथा चढिसकेका छौं अब किन फोकटमा अरु अरु बहानामा नेपाली भएकोमा गर्व गर्नु ?! मैले यहाँ उल्लेख गर्न चाहेको सन्दर्भ मेरो पछिल्लो पटकको काठमाडौं भ्रमणको हो । यहाँले बुझिसक्नु भयो होला, काडमाडौं फगत हाम्रो देशको प्रशासनिक वा राजनैतिक राजधानी मात्र रहेन् । त्यो गुण्डाहरुको राजधानी हो, त्यो आन्दोलनकारीको राजधानी हो, हत्या, हिंसा र लुटपाटमा निमग्न अपराधीहरुको राजधानी हो । अनि राजधानी हो त्यो डान्स बारका नाममा नांगै नाच्ने तरुनी र उनीहरुका स्तन, नितम्ब वा हातको एक पटकको स्पर्शका लागि कामातुर बृद्ध सेठ र साहुहरुको पनि । मैले यसपटक यस्ता चार पाँच डान्सबारको भ्रमण गर्न पाएँ कि न जसको कुनै पत्रिका, रेडियो वा टेलिभिजनमा विज्ञापन नै देखिन्छन् न त त्यहाँ हुने कर्तुतका बारेमा तिनै पत्रिका, रेडियो वा टेलिभिजनका हेडलाइनहरु लेखिन्छन वा वाचिन्छन् ! न त ती ठाउँहरुमा समाजमा शान्ति, अमनचयन र सुव्यवस्थाको ठेक्का पाएका ...

रानीपोखरीमा उभिएर नेताहरू

काठमाडौंको रानीपोखरीमा अस्ताउँदो सूर्यलाई आराधना गर्दै भक्तजनहरु सूर्यसँग आफ्नो देशमा आउन नसकेको उज्यालो बिहानी मागिरहेका बेला हाम्रा देशका कथित वरिष्ठ नेताहरुले छठ पर्वको अवसरमा ताइँ न तुईको शुभेच्छा प्रकट गरेका छन् । मलाई लाग्छ यिनीहरुले छठ पर्वको उपलक्ष्यमा देशवासीलाई कस्तो शुभेच्छा प्रकट गरे त भनेर मैले यहाँ जस्ताको तस्तै लेखिदिए भने अ‍ैले ब्लग पढ्दै गर्नुहुने सबैमा हाँसोको फोहोरा छुटन् थाल्छ । शुरु गरौं हाम्रा महामहिम राष्ट्रपति डा. यादवको शुभेच्छाबाट, प्रधानसेनापति कटुवाललाई सेवाबाट बर्खास्त गर्ने तत्कालिन मन्त्रिपरिषदको निर्णय माथि आफ्नो असंवैधानिक कू गरी तत्कालिन समयको सरकारलाई ‘च्यालेन्ज’ गर्ने डा. साबले “समुन्नत नेपालको निर्माणमा अघि बढ्न प्रेरणा” मिलोस भन्ने शुभेच्छा व्यक्त गरेका छन् । आफ्नै अधिकार र कर्तव्यका बारेमा अनभिज्ञ महामहिम साबको शुभेच्छा नेपाली जनताले कसरी स्वीकार गर्ने ? त्यस्तै नेपालको ठूलो दलको हुँकार गर्दै हिड्ने एनेकपा माओवादीका अध्यक्ष प्रचण्डले आफ्ना मूसोलिनी मार्काको जुँगा मुसार्दै “राज्यको पुर्नसंरचनासहितको संविधान निर्माण” होस् भन्ने शुभेच्छा व्यक्त गरे...

एक हुल आइमाई

लिपिष्टकले रात्तिएका ओठ गाजालले भरिएका आँखा पाउडर छरिएका एक जोर गाला र, चाहानाले भरिएका मन लिएर पैसाले पुरा गर्न सकेन लौ ! बैशले भरिएको यौवन भन्दै लाहुर्नी मलाई चिथोर्न आउँछे, समुन्द्री छालले सिञ्चिए झै आफूलाई निथुक्क पारेर जान्छे ‘हेर त लुटिन नपाउँदै – मज्जासँग, भर्खर टुसाँएका यौनेच्छाहरुलाई त्यसै हताहत पारिदिएर असत्ती मलाई छाडेर हिड्यो’ “आउन तिमी मेरो राजा” भर्खर पोइले एक्लो पारिएकी नवयुवती मसँग छिल्लिन आउँछे, लुटेर मेरो सबै पुरुषार्थ बिटुलो परेर जान्छे । रंग उडेको मुहार र, ढंग गुमेको चाल लिएर व्यथाले किचिएर कुजिँए झै एक बाँझी आइमाई मेरो छेऊमै आएर बढो शिष्टताका साथ पुकार्छे– हे ! भगवान्, दिन सक्तैन मेरो नामर्द पोई मात्र एउटा शुक्र किटाणु लैजाऊ योवन बन्धकी भन्दै, मात्र एकपटकको सहवास माग्दछे ।

अभागीहरुको तिहार !

०५९ सालतिर मैले साहित्यिक यात्राका क्रममा एउटी बहिनी भेटेको थिएँ – रमी थियो उनको नाउँ । हुन त हामीमा रगतको कुनै नाता थिएन् तर भावनात्मक रुपमा हाम्रो सम्बन्ध अनुपम र दमदार बन्दै गएको थियो । अनि हामी भयौं – दाजु र बहिनी । कुनै एक आमाको एउटै कोखबाट जन्मेका दाजु र बहिनी जत्तिकैको माया र ममता थियो हामी दुई दाजु र बहिनीमा । कालान्तरमा हामी छुट्टियौं । उनका त एउटै कोखबाट जन्मेका दाजुभाईहरु पनि थिएँ । तर मेरा त कोही दिदी बहिनी थिएनन् । जसले असर गर्यो, यो पालीको तिहारमा ! म र मेरो भाईलाई टिका लगाउँदै आउने फुपु आफ्नो देवरको देहावसान भएकाले यो वर्ष टिका लगाउन आउनु भएन । फुपु नभएपछि हाम्रै ठूली आमाकी छोरी (घरतिरबाट फुपु) बहिनी रेनु आफ्नै भतिजहरुलाई टिका लगाउन काठमाडौं गएकी थिईन अब म, सुजन र अर्को भाई (ठुलिआमाको छोरो) उमेशको निधार खाली हुने लगभग पक्कापक्की भयो । पछि खोज्दै जाँदा साईलो हजुरबाकी नातिनी अर्थात अंकलकी छोरी एक जना बहिनीको हातबाट टिका त लगाउन पाईयो, तर मेरो मनमा भने दिदीबहिनीको अभाव खट्कीरह्यो । यहि अभावमा आफ्नो मन बुझाउँदै आफ्नो दुखेसो धर्मबहिनी रमीलाई सुनाउनलाई फोन पनि गरेँ तर उनले कल...

सुधारकेन्द्रमा बितेका उसका पल

ऊ को हो ? कहाँ को हो ? के हो उसको नामथर ? हो काम उसको के ? आदि कुराहरुलाई खुलस्त पार्दा मसँग दुईटा अप्ठ्यारा रहन सक्दछन् – एक त ऊ जस्तो समाचारका विषय वस्तुहरु भोली म सामु नखुल्न सक्छन् । अर्को कुरा रह्यो कसैको गोपनियता भंग गर्ने अधिकार संसारको कोही पनि मसिहालाई प्रदत्त छैन् । तसर्थः म उसको नामथर वतन र काम बताउन चाँहदिन् । तर उसले मसँग आफ्नो मान्छे ठानेर बाडेका केहि तिता मीठा उसका अनुभवहरुलाई ब्लगप्रेमी मित्रहरुमाझ बाड्न मात्र चाहेको हुँ ।  आफ्नो रक्सी, चुरोट, गाँजा, खैनी र हल्का हल्का मात्रामा गर्ने ड्रग्स सेवनको कुलतबाट केही गरी पनि आफू छुट्न नसकेपछि आफ्नो परिवार त्यसमाथि आफ्नी प्रेमिका माथि पर्न गएको तनाब उसले राम्ररी महशुस गरेको बतायो । तथापि उसलाई आफ्ना परिवार, इष्टमित्र, प्रेमिका वा साथीभाई कसैले पनि सुध्रनका लागि प्रेरित गर्ने काम भन्दा पनि कुलतमा परेको भनेर विभिन्न उपमा दिइएकाले आफूलाई निकै विझेको र कुलतमा फसिरहन प्रेरित गरेको कुरा उसले मलाई नमीठो गरेर सुनायो ।  आफूलाई सधैं टर्चर मात्र दिने परिवार, साथीभाई र आफन्तको व्यवहारले आफूलाई सधैं दुखित मात्र बनाएको कुरा बताउँदा,...

सधै‌ थला पारिएको एउटा देश

माध्यमिक तहको पढाइ चलिरहँदा सामाजिक शिक्षाका गुरु नारायण ढुंगानाले हामीलाई सारा पृथ्वीको मानचित्र हेर्ने औसर जुटाइदिनु भएको थियो – एउटा डेट एक्सपायर्ड ग्लोब ल्याइदिएर । विश्व मानचित्रमा कतै हराएको अति सुक्ष्म विन्दु झैं लाग्ने हाम्रो देशको नक्शा अति मुश्किलले भेट्टाएपछि कक्षाकोठाभरीका हामी ६०–७० जना किशोर किशोरीहरु बडो चिन्तामा पर्थ्यौ । अनि सामाजिक सरको कानै नजिक गएर भन्थ्यौं– वीर गोर्खा लडाकुहरुको देश यति सानो ?! हाम्रो सानो मस्तिष्कले सोच्न भ्याएको यो अपत्यारिलो र अप्रसाङ्गिक प्रश्न पश्चात: लगभग त्यो ४५ मिनेटको एउटा पूरै पिरियडभर कक्षा एकदम स्तब्ध रहन्थ्यो । हामी ग्लोब घुमाउँदै, फेरि घुमाउँदै र अझ धेरै पटक उसै गरी घुमाउँदै सयौं विशाल देशहरुको मानचित्रको सीमारेखाभित्र रहेको सानो "स्पेश" भित्र नेपाललाई पटक पटक खोजीरहेका हुन्थ्यौं अनि सामाजिक सर हामीबाट केहि पर कालोपाटीको ठीक मुन्तिर उभिएर हामीलाई सोधिरहनु हुन्थ्यो – ए, बाबुनानीहरू हाम्रो देशको नक्शा भेटायौं त ? यो त भयो किशोरवयको कुरो । जव मैले आफूलाई जवान हुँदै गएको पाएँ अनि बल्ल थाहा पाउन थालेँ, ती किशोरवयमा हामीले पोख्ने...

फेवासिटीमा बितेका पट्यार लाग्दा पलहरु

४२ वर्षसम्म मेरो बुबा एक पटक पनि बिरामी पर्नु भएको थिएन् । तर यतिखेर उहाँ एक्कासी यो महिनाको १७ गतेदेखि लगातार विरामी पर्नुभयो । टाउको दुख्ने, ज्वरो आउने र रिङ्गटा लाउने तीन किसिमका फरक फरक व्यथाले उहाँलाई कमजोर पारे । बागलुङ्का विभिन्न नाम चलेका क्लिनिकमा चेक अप गरेर औषधी सेवन गरेतापनि बुबाको स्वास्थ्यस्थितीमा सुधार नआए पछि थप उपचारका लागि हामीले उहाँलाई पश्चिमाञ्चलमा नै नाम चलेको फेवा सिटी नामक नीजि अस्पतालमा लग्यौं । पाँच दिन चार रात सम्म पनि उहाँको विरामीको कारण केहो पत्ता लगाउन त्यहाँका प्रतिष्ठित डाक्टर नर्सहरू असफल नै रहे । तर तिनीहरुले प्रदान गरेको औषधी र उपचार विधिले भने उहाँको स्वास्थ्यमा केही सुधार आउन थाल्यो । तथापी उहाँको उपचारको क्रममा अस्पतालमा बस्दा त्यहाँको व्यवस्थापनले मलाई धेरै असहजिलो बनायो ।  काउण्टरमा बस्ने युवती स्टाफसँग नियमितजसो मेरो असमझदारी रह्यो ।  म सोध्छु – सिस्टर, डाक्टर साब कतिखेर पाल्नुहुन्छ होला ?  डाक्टरको टाइम साइम फिक्स हुँदैन् । यिनी झर्केर जवाफ फर्काउँछिन् ।  म ब्लड, युरिन आदि चेकको रिपोर्टका लागि पैसा तिरी बिल लिन खोज्द...

सुन्दरताको परिचायक - गुर्जा

“टुपीभन्दा माथि ठाउँ छैन्, गुर्जाभन्दा माथि गाउँ छैन्” भन्ने उखानले नै यस गुर्जा गाविस सम्म पुग्नका लागि यसको भौगोलिक विकटताले पुर्याएको अप्ठ्याराका बारेमा छर्लङ्ग पारेको छ । सदरमुकाम बेनीदेखि उत्तरतर्फ २६ कोष टाढा अवस्थित यो एक सुन्दर गाविस हो । अझ यस गाविसमा अवस्थित सु्न्दर हिमालहरु तथा यहाँ पाइने बहुमुल्य जडिबुटी तथा भौगोलिक बनोटले यसको सुन्दरताको थप पुष्टी गरेको छ । तथापी यातायातको उचित प्रबन्ध हुन नसक्नु र उपलब्ध घोडेटो बाटोको समायानुकुल मर्मत सम्भारको अभावका कारण यस गाविसका बासिन्दाको आयआर्जनका क्रियाकलापमा सहज पहुँच पुग्न सकेको देखिदैन् । छन्त्याल जातिको सघन उपस्थिती रहेको यस गाविसलाई “छन्त्यालको गाउँ” भनेर पनि चिनिन्छ । देशभर मै छन्त्यालहरुको मात्र बस्ति रहेको एक्लो गाविसको रुपमा यस गाविसलाई चिन्ने गरिन्छ । यसर्थ ः छन्त्यालहरुको सघन उपस्थित रहेको यस गाविसमा छन्त्याल जातिका विभिन्न साँस्कृतिक चालचलनलाई पनि नजिकैबाट अध्ययन गर्न सकिन्छ । वि.सं. २०५८ को जनगणना अनुसार कुल १०५३ जनसंख्या रहेको यस गाविसमा छन्त्याल बाहेक केही दलितहरुको पनि बसोबास रहेको छ । मुख्यत: आलु खेती हुने यस गाव...

माग्नु हाम्रो नियती ! माग्नु हाम्रो विशेषता !

हामी नेपालीको एउटा अनौठो लाग्दो विशेषता भनेको हामी माग्नमा विश्वास गर्छौ, वा हामीलाई माग्नमा लाज शरम छैन् । हाम्रो देशमा विकाशका लागि पनि नेपाल सरकारले दातृ निकायहरुलाई भिख नमागी सुख्खै छैन् ! अर्थात भनूँ – माग्नु हाम्रो शान वा माग्नुले हामी गोर्खाली भनौदाहरुको वीरताकोे पुष्ट्याई गरेको छ । संसारमा कुन त्यस्तो देशमा त्यस्तो सरकार छ, जसले हाम्रो सरकारले झैं विदेशीहरुसँग हात फिँजाएर रकम जम्मा पार्न सफल भै देश चलाउन सकेका छन् ? त्यसैले हामीले गर्व गर्न सक्नुपर्छ – हामी माग्नमा माहिर छौं । यो देखिएको तस्विर यो पटकको काठमाडौं बसाईको क्रममा खिचेको हुँ । एउटी बुढी आमा (जसले सुनले भरेको दाँत लगाएकी थिइन) म बसेको माइक्रोको सिट नेरको झ्यालमा उभिएर मजाले हात फिँजाउदै टुठेफुटे हिन्दी लवजमा बोल्दै थिइन – कुछ देदो बाबु भगवान तेरेको मंगल करेगा ! लौ भयो अब ? सुनको दात लगाएकी बजैको त यो हालत छ, अब अरुको कुरा के नै भो र ? जस्तो देश उस्तै भेष भनेको यहि त होला नि !

पानी बोक्दै गरेका नानीहरु

प्रत्येक वर्ष प्रवेशिका परीक्षाको नतिजा प्रकाशित हुन्छ । नतिजाले देखाउँछ सरकारी तथा सामुदायिक विद्यालयको नतिजा एकदमै सरमलाग्दो अझ जोडदारले अभिव्यक्ती गर्दा – बेइज्जतपूर्ण ! तर यस्तो नतिजा आउनुका पछाडी कारणहरु खोज्दै जाँदा धेरै तथ्यहरु बाहिर आउन थाल्छन् । पहिलो कुरा त सरकारी वा सामुदायिक विद्यालयका शिक्षकशिक्षीकाहरु आफ्नो पेशाप्रति वफादार नहुनु नै हो । अरु मुख्य कारणहरुमा गाउँघरतिरका सामुदायिक विद्यालयमा पढ्ने बालबालिकाहरुले आफ्नो पढाइका लागि समय व्यवस्थापन गर्न नपाउनु । सामुदायिक विद्यालयका विद्यार्थीहरु घरको काममा निकै खट्नु पर्ने अवस्था र पढाइप्रति अभिभावकहरुको अरुची कारण पनि यस्ता नतिजा आउने गरेको हो । यो माथि दिइएको तस्विर बेनी (म्याग्दी जिल्लाको सदरमुकाम) देखि झण्डै ३० किमी उत्तरमा अवस्थित मुना गाविस (हालको धौलागिरि गाउँपालिका, मुना) को हो । यस तस्बिरमा देखिएका नानीहरु झण्डै आधा घण्टाको बाटो हिडेर पानी ओसार्न विवश छन् । अब तपाई नै अनुमान गर्नुसु – यी नानीहरुले कतिबेला पढ्ने ? कतिबेला गृहकार्य गर्ने ? अनि कुनबेला विद्यालय पुग्ने ? र कसरी उत्कृष्ट नतिजा प्राप्त गर्ने ? यहि नै हो गाउ...

एउटा इतिहासको अन्त्य

श्रावण महिनाको २३ गते म्याग्देली शैक्षिक इतिहासमा महत्वपूर्ण योगदान पुर्याउनु हुने सोमबहादुर बोगटीको देहावसान भएको छ । रत्नेचौर गाविस वार्ड नं. १ का बासिन्दा बोगटी पृथ्वी नारायण क्याम्पसको स्थापनामा पनि सक्रिय सहभागि हुनु भएको जानकारहरु बताउँछन् । म्याग्दी बहुमुखी क्याम्पसको शैक्षिक वातावरणलाई अनुशासित र नियमित गर्ने कार्यमा उहाँले निभाउनु भएको भूमिका प्रशंसनीय रहेको छ । पञ्चायती शासन व्यवस्थाका विरुद्धमा विद्रोहको आगो ओकल्नहरुको अग्रपंक्तिमा उभिई आफ्नो बलिदानीका लागि उहाँ कहिल्यै पछि हट्नु भएन । पछिल्लो समय शैक्षिक क्रियाकलापमा उति सक्रिय नदेखिए पनि श्री भानु मा.वि.रत्नेचौरको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा रही आफ्नो काममा खटिरहनु भएको थियो । उहाँको देहावसानले म्याग्दीले एक अनुशासित र संघर्षशिल शैक्षिक सिपाही गुमाएको कुरामा कसैको दुई मत नरहला । स्व. बोगटीको आत्माको चीर शान्तिका लागि म भगवान्सँग प्रार्थना गर्दछु । साथै उहाँले प्रशस्त गरिदिएको शैक्षिक यात्रामा अगाडि बढ्न सबैलाई प्रेरणा मिलोस् !