Skip to main content

अभागीहरुको तिहार !

०५९ सालतिर मैले साहित्यिक यात्राका क्रममा एउटी बहिनी भेटेको थिएँ – रमी थियो उनको नाउँ । हुन त हामीमा रगतको कुनै नाता थिएन् तर भावनात्मक रुपमा हाम्रो सम्बन्ध अनुपम र दमदार बन्दै गएको थियो । अनि हामी भयौं – दाजु र बहिनी । कुनै एक आमाको एउटै कोखबाट जन्मेका दाजु र बहिनी जत्तिकैको माया र ममता थियो हामी दुई दाजु र बहिनीमा । कालान्तरमा हामी छुट्टियौं । उनका त एउटै कोखबाट जन्मेका दाजुभाईहरु पनि थिएँ । तर मेरा त कोही दिदी बहिनी थिएनन् । जसले असर गर्यो, यो पालीको तिहारमा ! म र मेरो भाईलाई टिका लगाउँदै आउने फुपु आफ्नो देवरको देहावसान भएकाले यो वर्ष टिका लगाउन आउनु भएन । फुपु नभएपछि हाम्रै ठूली आमाकी छोरी (घरतिरबाट फुपु) बहिनी रेनु आफ्नै भतिजहरुलाई टिका लगाउन काठमाडौं गएकी थिईन अब म, सुजन र अर्को भाई (ठुलिआमाको छोरो) उमेशको निधार खाली हुने लगभग पक्कापक्की भयो । पछि खोज्दै जाँदा साईलो हजुरबाकी नातिनी अर्थात अंकलकी छोरी एक जना बहिनीको हातबाट टिका त लगाउन पाईयो, तर मेरो मनमा भने दिदीबहिनीको अभाव खट्कीरह्यो । यहि अभावमा आफ्नो मन बुझाउँदै आफ्नो दुखेसो धर्मबहिनी रमीलाई सुनाउनलाई फोन पनि गरेँ तर उनले कल रिसिभ गर्न सकिनन् । त्यहीँ झोँकमा मैले कोरेका ई शब्दहरु यहाँहरुलाई पनि !

हो कस्तो तिहार दिदी बहिनी विना यो
रित्तो भो निधार दिदी बहिनी विना यो

बाबुआमा दियौं जीवन यो उपहार
देख्दिन म सार दिदी बहिनी विना यो्र

यो सम्बन्ध अनुपम दाजु र बैनीको
सस्तो भो विचार दिदी बहिनी विना यो

डाकेर म कसलाई मनाऊ तिहार
खाली भो दिवार दिदी बहिनी विना यो

Popular posts from this blog

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

यो के गर्यौ तिमीले मेरा प्यारा हन्तकालीहरू हो?

"सर, चाउमिन बाँकी रह्यो । एक प्लेट थपिदिऊँ ?" स्कुलको क्यान्टिनका मुख्य कुक पाण्डे दाईले मलाई कान मैं आएर भनेपछि मैले नाइँ भन्नुपर्ने कारण देखिनँ ।  वाइवाइ चाउचाउको चाउमिन यस्तो मीठो थियो कि एक प्लेट खाँदा पनि मेरो जिब्रोको भोक मेटिएकै थिएन् । मैले अर्को प्लेट हसुरेँ ।  पाण्डे दाईले थपिदिएको त्यो उभ्रेको एक प्लेटबाट दोस्रो चोटी काँटामा बेरेर मैले मुखमा पुर्याउनै आँटेको के थिएँ, टेबलटेनिसको पुरानो हरियो टेबलमाथि बसेर भर्खर सकिएको दोस्रो त्रैमासिक परीक्षाको कापि जाँच्दै गरेका जनसंख्या शिक्षक एवं म अध्यापनरत विद्यालयका संस्थापक नराम्ररी बिच्किए । भन्दै थिए, "यहाँ आफूले एक प्लेट पाइया छैन्, सरले दुइ प्लेट नै उठाइदिने ?"  भोकले रन्थनिएका केसी सरले अहिले मैले मिलाएर लेखेको भन्दा तिखा शब्दहरू उनेर केहि भनेका थिए । सायद उनको ठाउँमा म र मेरो ठाउँमा उनी भएका भए त्यसबखत उनले मलाई मारेभन्दा बड्ता पेचिलो डायलग म मार्ने थिएँ होला । डायलग मार्न म बच्चैदेखि खप्पिस हुँ ।  तर त्यो वखत डायलग बेहोर्नेमा म थिएँ, मार्ने अर्को कोही । एकैछिन अघिसम्म मीठो भएको त्यो वाइवाइ चाउचाउको चाउमिन के...