Skip to main content

सुधारकेन्द्रमा बितेका उसका पल

ऊ को हो ? कहाँ को हो ? के हो उसको नामथर ? हो काम उसको के ? आदि कुराहरुलाई खुलस्त पार्दा मसँग दुईटा अप्ठ्यारा रहन सक्दछन् – एक त ऊ जस्तो समाचारका विषय वस्तुहरु भोली म सामु नखुल्न सक्छन् । अर्को कुरा रह्यो कसैको गोपनियता भंग गर्ने अधिकार संसारको कोही पनि मसिहालाई प्रदत्त छैन् । तसर्थः म उसको नामथर वतन र काम बताउन चाँहदिन् । तर उसले मसँग आफ्नो मान्छे ठानेर बाडेका केहि तिता मीठा उसका अनुभवहरुलाई ब्लगप्रेमी मित्रहरुमाझ बाड्न मात्र चाहेको हुँ । 

आफ्नो रक्सी, चुरोट, गाँजा, खैनी र हल्का हल्का मात्रामा गर्ने ड्रग्स सेवनको कुलतबाट केही गरी पनि आफू छुट्न नसकेपछि आफ्नो परिवार त्यसमाथि आफ्नी प्रेमिका माथि पर्न गएको तनाब उसले राम्ररी महशुस गरेको बतायो । तथापि उसलाई आफ्ना परिवार, इष्टमित्र, प्रेमिका वा साथीभाई कसैले पनि सुध्रनका लागि प्रेरित गर्ने काम भन्दा पनि कुलतमा परेको भनेर विभिन्न उपमा दिइएकाले आफूलाई निकै विझेको र कुलतमा फसिरहन प्रेरित गरेको कुरा उसले मलाई नमीठो गरेर सुनायो । 

आफूलाई सधैं टर्चर मात्र दिने परिवार, साथीभाई र आफन्तको व्यवहारले आफूलाई सधैं दुखित मात्र बनाएको कुरा बताउँदा, मलाई हामी नेपालीहरुको अरुलाई होच्याउने र जिस्काउने प्रवृतीप्रति नमज्जा लागेर आयो । हामी किन आखिर खराब काममा लागेकाहरुलाई असल बन्न प्रेरित गर्नुको साटो उनीहरुलाई प्रत्यक्ष अप्रत्यक्ष वा जानेर नजानेर त्यसैमा लागिरहन सघाउने काम गर्छौ ? आँखा भरी टिलपिल आँशु पारेर उसले भन्यो – “दाजुले सुध्रार्नका लागि मलाई सुधारकेन्द्रमा लग्नका लागि सम्पर्क गरेको रैछ, केन्द्रका मान्छेहरु आएर मलाई समाते, गाडीमा राखे अनि केन्द्रमा लगेर भर्कुनु सम्म भकुरे । उनीहरुले चुटिरहँदा मलाई लाग्यो अब मेरो ईहलिला समाप्त हुँदैछ । तर त्यसो भएन । उनीहरुले मलाई मेरो गल्तीको महशुस गराउनका लागि र केन्द्रबाट भाग्ने प्रयास नगरोस् भन्नका लागि पो चुटेका रहेछन् । तरपनि त्यसप्रति मेरो केही गुनासो छैन् । भोलीपल्टदेखि पिट्ने काम चटक्कै छोडे– उनीहरुले ।

अब मेरो सकारात्मक सोच राख्नु पर्छ भन्ने अर्थ लुकेका क्लासहरु हुन थाले । मैले त्यहाँ म जस्तै ५०–६० अरु युवाहरुलाई पनि पाएको थिएँ । उनीहरुका आफ्नै छुट्टै कहानीहरु थिए । उनीहरु मध्ये सबैजसो म जस्तै धनी बाबु आमाका सन्तान थिए । जसले बाबा आमाले मेहनत गरी कमाएको पैसा मैले जस्तै कुलतका लागि खर्चने काम गर्थे ।”अलिकति आत्मविश्वासका साथ ऊ बोल्यो – “तर हेर जीवनमा कुलतमा फसे पछि मान्छेसँग एउटा मात्र विकल्प हुँदो रहेछ, मृत्यु ! मलाई केन्द्रको ६ महिने बसाईले यहिँ सिकाएको छ !” त्यो दिन उसको व्यस्तताका कारण उसले आफूले केन्द्रमा बिताउन परेका जटिल पलहरुका बारेमा खासै बताउन सकेन् तथापि उसले मसँग वाचा गरेको छ, एकदिन उसले ती सबै कुराहरु मसँग बाड्ने छ , आशा गरौं उसका अनुभव हामी यहि ब्लगमार्फत पढ्न पाउनेछौं ।

Popular posts from this blog

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

यो के गर्यौ तिमीले मेरा प्यारा हन्तकालीहरू हो?

"सर, चाउमिन बाँकी रह्यो । एक प्लेट थपिदिऊँ ?" स्कुलको क्यान्टिनका मुख्य कुक पाण्डे दाईले मलाई कान मैं आएर भनेपछि मैले नाइँ भन्नुपर्ने कारण देखिनँ ।  वाइवाइ चाउचाउको चाउमिन यस्तो मीठो थियो कि एक प्लेट खाँदा पनि मेरो जिब्रोको भोक मेटिएकै थिएन् । मैले अर्को प्लेट हसुरेँ ।  पाण्डे दाईले थपिदिएको त्यो उभ्रेको एक प्लेटबाट दोस्रो चोटी काँटामा बेरेर मैले मुखमा पुर्याउनै आँटेको के थिएँ, टेबलटेनिसको पुरानो हरियो टेबलमाथि बसेर भर्खर सकिएको दोस्रो त्रैमासिक परीक्षाको कापि जाँच्दै गरेका जनसंख्या शिक्षक एवं म अध्यापनरत विद्यालयका संस्थापक नराम्ररी बिच्किए । भन्दै थिए, "यहाँ आफूले एक प्लेट पाइया छैन्, सरले दुइ प्लेट नै उठाइदिने ?"  भोकले रन्थनिएका केसी सरले अहिले मैले मिलाएर लेखेको भन्दा तिखा शब्दहरू उनेर केहि भनेका थिए । सायद उनको ठाउँमा म र मेरो ठाउँमा उनी भएका भए त्यसबखत उनले मलाई मारेभन्दा बड्ता पेचिलो डायलग म मार्ने थिएँ होला । डायलग मार्न म बच्चैदेखि खप्पिस हुँ ।  तर त्यो वखत डायलग बेहोर्नेमा म थिएँ, मार्ने अर्को कोही । एकैछिन अघिसम्म मीठो भएको त्यो वाइवाइ चाउचाउको चाउमिन के...