Skip to main content

सुधारकेन्द्रमा बितेका उसका पल

ऊ को हो ? कहाँ को हो ? के हो उसको नामथर ? हो काम उसको के ? आदि कुराहरुलाई खुलस्त पार्दा मसँग दुईटा अप्ठ्यारा रहन सक्दछन् – एक त ऊ जस्तो समाचारका विषय वस्तुहरु भोली म सामु नखुल्न सक्छन् । अर्को कुरा रह्यो कसैको गोपनियता भंग गर्ने अधिकार संसारको कोही पनि मसिहालाई प्रदत्त छैन् । तसर्थः म उसको नामथर वतन र काम बताउन चाँहदिन् । तर उसले मसँग आफ्नो मान्छे ठानेर बाडेका केहि तिता मीठा उसका अनुभवहरुलाई ब्लगप्रेमी मित्रहरुमाझ बाड्न मात्र चाहेको हुँ । 

आफ्नो रक्सी, चुरोट, गाँजा, खैनी र हल्का हल्का मात्रामा गर्ने ड्रग्स सेवनको कुलतबाट केही गरी पनि आफू छुट्न नसकेपछि आफ्नो परिवार त्यसमाथि आफ्नी प्रेमिका माथि पर्न गएको तनाब उसले राम्ररी महशुस गरेको बतायो । तथापि उसलाई आफ्ना परिवार, इष्टमित्र, प्रेमिका वा साथीभाई कसैले पनि सुध्रनका लागि प्रेरित गर्ने काम भन्दा पनि कुलतमा परेको भनेर विभिन्न उपमा दिइएकाले आफूलाई निकै विझेको र कुलतमा फसिरहन प्रेरित गरेको कुरा उसले मलाई नमीठो गरेर सुनायो । 

आफूलाई सधैं टर्चर मात्र दिने परिवार, साथीभाई र आफन्तको व्यवहारले आफूलाई सधैं दुखित मात्र बनाएको कुरा बताउँदा, मलाई हामी नेपालीहरुको अरुलाई होच्याउने र जिस्काउने प्रवृतीप्रति नमज्जा लागेर आयो । हामी किन आखिर खराब काममा लागेकाहरुलाई असल बन्न प्रेरित गर्नुको साटो उनीहरुलाई प्रत्यक्ष अप्रत्यक्ष वा जानेर नजानेर त्यसैमा लागिरहन सघाउने काम गर्छौ ? आँखा भरी टिलपिल आँशु पारेर उसले भन्यो – “दाजुले सुध्रार्नका लागि मलाई सुधारकेन्द्रमा लग्नका लागि सम्पर्क गरेको रैछ, केन्द्रका मान्छेहरु आएर मलाई समाते, गाडीमा राखे अनि केन्द्रमा लगेर भर्कुनु सम्म भकुरे । उनीहरुले चुटिरहँदा मलाई लाग्यो अब मेरो ईहलिला समाप्त हुँदैछ । तर त्यसो भएन । उनीहरुले मलाई मेरो गल्तीको महशुस गराउनका लागि र केन्द्रबाट भाग्ने प्रयास नगरोस् भन्नका लागि पो चुटेका रहेछन् । तरपनि त्यसप्रति मेरो केही गुनासो छैन् । भोलीपल्टदेखि पिट्ने काम चटक्कै छोडे– उनीहरुले ।

अब मेरो सकारात्मक सोच राख्नु पर्छ भन्ने अर्थ लुकेका क्लासहरु हुन थाले । मैले त्यहाँ म जस्तै ५०–६० अरु युवाहरुलाई पनि पाएको थिएँ । उनीहरुका आफ्नै छुट्टै कहानीहरु थिए । उनीहरु मध्ये सबैजसो म जस्तै धनी बाबु आमाका सन्तान थिए । जसले बाबा आमाले मेहनत गरी कमाएको पैसा मैले जस्तै कुलतका लागि खर्चने काम गर्थे ।”अलिकति आत्मविश्वासका साथ ऊ बोल्यो – “तर हेर जीवनमा कुलतमा फसे पछि मान्छेसँग एउटा मात्र विकल्प हुँदो रहेछ, मृत्यु ! मलाई केन्द्रको ६ महिने बसाईले यहिँ सिकाएको छ !” त्यो दिन उसको व्यस्तताका कारण उसले आफूले केन्द्रमा बिताउन परेका जटिल पलहरुका बारेमा खासै बताउन सकेन् तथापि उसले मसँग वाचा गरेको छ, एकदिन उसले ती सबै कुराहरु मसँग बाड्ने छ , आशा गरौं उसका अनुभव हामी यहि ब्लगमार्फत पढ्न पाउनेछौं ।

Popular posts from this blog

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...